[Show all top banners]

caliber19
Replies to this thread:

More by caliber19
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

ThahaChaena

lutee_bahun
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एउटा कथा दशैको

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE: <<  1 2  
[VIEWED 25379 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-25-12 1:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

भर्खर कामबाट आएर जसो-तसो change गरेको थिएं, laptop खोल्न मन नै लागेन - (एक किसिमको डाहा भनौ) दंशैको शुभकामना, टिका-जमराको फोटोहरु ... सबैले एही post गरेकाहोलान्; मनमा एही लाग्यो । TV मा पनि NFL को तेही बासी reporting चलिरा'रैछ । चिया पनि एक्लै खान मन लागेन, तेसोत चिया हाम्रो घरमा दुई थरीको पाक्छ - milk tea सँगै सुर्ये तान्नुपर्ने आफ्नो नानी देखिको बानी, सुधा भने lemon tea प्युंछे । मैले सोचें, अब दारुसङै केही काट्-कुट सुरु गर्छु; विचरी उ पनि थाकेरै आउली । फ्रिज खोलेर हेर्छु त अचम्म छ बा ! मेरो beer हरु सबै गाएब ! Indian Grocery बाट किनिएका सामानहरुले फ्रिज भरी-भराउ छ ! धन्न केही बोतलहरु माथि रहेछन ।
म दारु प्युदै आफ्नो काम गर्दै थिए सुधा आईपुगी ।

हजुरले चिया पिस्यो ? कि म बनाउ ?
यि ... मैले whisky को गिलास देखाएं
म पनि प्युदिन तेसो भए, तर ऊस्ले heineken खोलिसकेकी थी
oe फुलन ! change नै नगरि !!
आज दशै हो नि बुढा !
साच्ची, आज रोहित बाबुहरु कती खेर आईसिन्छ ?
खोइ ढिलै आउछन होला, get together पनि छ रे ऊनिहरुको । 
अनी था'पाइस्यो .. सन्ध्या नानीले अर्को सेमेस्टर, ब्रेक लिने रे नि !
हो र !! मलाई त त्यस्तो केही भनेकी छैन, तैले कांबाट था'पाइस ?
सुनिस्यो न, एदी पैसाकै problem हो भने हामी पनि help गर्थिम नि..
ऊस्को अरु पनि त केही reason हुन सक्छ नि, बरु फोन गर्ने होकी एक पटक
मैले कती try गरी सके तर नानीको फोन unreachable भन्छ ..
एदी तेरो कुरा भयो भने मलाई पनि update गर् ल ।
 

म marlboro हातमा लिंदै वरण्डातिर लागें । बुढाsss (उ kitchen बाटै भन्दै थी') आज रोहित बाबु सँग जेनी पनि आउँदैछिन शायद, be prepared है !

सांच्चै सुधा अचम्मकी छे, ऊस्कै वहिनिसँग मैले कुरा नगरेको महिनौ भईसकेको छ - ऊस्लाई पनि था'छ तर मेरा सबै इस्ट-मित्रका हालखबरहरु ऊसँग up to date हुन्छ । धेरै पहिले, Romeo-Juliet को काहानी सुरु हुनु अघी, म पनि ऊस्लाई "हजुर" नै भनी सम्बोधन गर्थें । तेस्पछी विस्तारै तपाईं-तिमी र अहिले तं मा आईपुगेकोछ । कहिले काहीं म सोच्छु .. ऊस्ले "ओए तंलाई काममा जानु ढिला भएनर ?" भनी भने .. मेरो पुरुष मनले अनी के सोच्छहोला ! तर मेरो एही प्रश्नको उत्तरमा - सहझै ऊ मुस्काउंदै भनिरहेकी हुन्छे "बुढा, आज speeding को टिकट पक्का छ" । के हाम्रो पुरुष मन यती सानो छ र ? कतै झुक्नै नचाहने, केही दिनै नखोज्ने ?

म भित्र जाने सुरमा थिएं, कांबाट एउटा कुरा दिमागमा आईहाल्यो .. फेरी अर्को चुरोट सल्काएं । मलाई अहिले ट्ठ्याक्कै नाम त याद भएन तर धेरै वर्ष पहिले कान्तिपुरमा एक महिला पत्रकारको खोजमुलक लेख छापिएको थियो, तेस्मा मैजुबालतिरकी एक श्रमिक महिलाको कथन थियो "के गर्नु दिदी, त्यो मोरो कालेले जत्ती कुट्छ ऊती माया लागेर आउंछ भन्या ।" दशकौं भईसक्यो तर मेरो गिदी अहिले पनि ति महिलाको वाक्यले घन्चक्कर भईरहेकोछ । (यदी ... definitely पुरुषहरुसँग एस्को हल छैनहोला, at least मेरो बुझाईमा, अन्यथा माफि पाउं ... कुनै महिला पाठकले ति महिलाको वाक्यको आशय, explanation, meaning या mystery ऊल्था गरिदिनु भएमा धेरै आभारी हुनेछु)अनी अर्को प्रसँग; अनेकौ हिन्दी सिनेमाको नायिकाझैं सुधा पनि कुनै बेला भन्ने गर्थी "मलाई,तपाईं हैन .. तिमी नै भनिस्यो न ।" ऊतिबेला त भुइंमा खुट्टा थिएन, लौ है केटीले green signal दि' भनेर । तर अहिले सोच्दा या भनौ त्यो घटना अरु कसैकालागी कल्पना गर्दा .. सम्बोधन "भनिस्यो" तर ऊ आफुलाई "तिमी" भन्न आग्रह गरिरहेकिथी । पूर्ण मान-सम्मानका साथ मेरो महिला वर्गप्रती फेरी अर्को अनुरोध र प्रश्न छ, यो सब के हो ?

हजुरको फोन ! म मासु काट्दै थिएं सुधा मेरो फोन लिएर आईपुगी । "नेपालबाट हो, speaker मा राखिस्योन"
हेलो !
Sir ji happy dashain
हेलो को बोल्नुभा'को
America मा green label र blue label मात्रै प्युने बानी होला, blue Riband कहाँ याद हुन्छ Sir लाई ।
(blue riband को किस्सा म कुनै अर्को प्रस्तुतीमा ऊल्लेख गर्नेछु)
ओेए साले ! कां छस तं ? मेरो नम्बर कसरी भेटिस् ? भाउजुलाई कस्तो छ ? तं त bank खोल्दै छस् रे नि ! मेरा प्रश्नहरु एक पछी अर्को गर्दै ऊस्लाई वर्षीरहे ।
आज तेरो घरमा गएको थिंये यार
so ?
तलाई नेपाल आउन मन लाग्दैन ?
o'course तर त्यहाँ आएर गर्ने के भन्त ?
तिमीहरु सँग त पैसा छ नि गुरु (हाम्रो सर्कल्मा प्रयोग हुने शब्द)
तेसो भए, अब म पनि तिनै लन्ठु मन्त्रीहरुको सुविधा कर तिर्न नेपाल आउं ?
कुरा तेसो हैन गुरु, तं यहाँ आएर चार जनालाई रोजगारी दिन सक्छस भने त्यो ठुलो कुरा हैन र ?
त्यो त हो यार, तर तै भन् .. नेपालको policy अनी political condition के गर्न सकिन्छ एस्तो स्तिथिमा ?
यार, हुनत तेरो आफ्नै mentality र living style होला .. ए साची, अब त तलाई भाउजुबाट पनि permission चाहिन्छ होला हैन !
"हैन-हैन बाबु, full freedom छ, कुरा गरिस्योन" । अघीदेखी हाम्रो वार्तालाप सुनिरहेकी सुधाले विचमै बोली ।
ओहो भाउजु पनि लाइन्मै हो ! दर्शन है ! अनी तेस्को कान्मा एक झापड हान्नुत !!
भो बाबु आज माफ गरिदिये है ! दसैंको दिनमा बुढालाई के कुट्नु !
   
अनी नि भाउजु अरुणी ... (फोन बिच्मै कट्यो) तर धेरै यादहरु तंछाड-मछाड गर्दै थिए
क्रमश:

Last edited: 25-Oct-12 02:20 AM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-25-12 10:19 AM     [Snapshot: 131]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो प्रस्तुति - अर्को भाग को प्रतीक्षा मा

 
Posted on 10-25-12 10:36 AM     [Snapshot: 170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद, लहरे ज्यु । यादहरु वर्षे भेलसरी ऊर्लिरहेकाछन ... कुनलाई कहाँनिर जोडू भनेर तानाबाना बुन्दैछु म ।
 
Posted on 10-25-12 10:49 AM     [Snapshot: 191]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 क्याली , अगिनाइ पढेर लाइक ठोकेको थिए..... बल्ल प्रसंसाको दुइशब्द टक्रौदैचु ..... एकदम मन पर्यो.. सरल , सरस र जीवन्त भाषामा मीठो यादको तानाबाना बुनिएको ..... अझै अर्को भागको प्रतिक्ष्यामा ....

- थाने 

 
Posted on 10-25-12 10:52 AM     [Snapshot: 191]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 आज काममा क्यारुँ क्यारुँ भैरा, लु मैले पनि पढेँ , यो क्रमश चाई सारै झ्याउ लाग्ने के लास्टाँ , 
राम्रो, असाध्यै राम्रो , नेपालको सर्कललाई मैले पनि एकपटक rewind गरे 
blue Riband छिट्टो गिलासमा खन्यानु परो मित्र , घाँटि प्याकप्याक भईसक्यो 
 
Posted on 10-25-12 11:02 AM     [Snapshot: 210]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"oe फुलन ! change नै नगरि !! "

जिबन्त लाग्यो लेखाइ। धेरै राम्रो। पढ्दै छु है।
 
Posted on 10-25-12 1:50 PM     [Snapshot: 283]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सजिब रमाइलो लेखाइ लाग्यो,  लु अब अर्को भाग नि टासम त| 

 
Posted on 10-25-12 4:35 PM     [Snapshot: 330]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा कथा दशैको  part 2

अनी नि भाउजु अरुणी ... (फोन बिच्मै कट्यो) तर धेरै यादहरु तंछाड-मछाड गर्दै थिए

निधारमा गांठो पार्दै सुधाले म तिर हेरी "अरुणिमा दिदी त .. फेरी बाबु पनि .. "
tension लेनेका नही sweety देनेका है .. कुनै जमानामा लैला-मज्नु थिए इनिहरु । ऊस्को बाउलाई वाहुन ज्वाँई नै चाहियो त .. के गर्नु !
तर दिदिले कहिल्यै भनिसेन .... (ऊ केही सोच्दै'थि)
ओेए फुलन ! त्यो ठुलो प्यान त्यां राख्न । (ऊस्का आंखामा अनेकौ प्रश्नहरु कोरिंदै थिए)

तेसो त मेरो यो मित्र (मेरो लौङगौटिया यार) हेर्दा जस्तो देखिये पनि माहा ज्ञानी छ । ऊलाई खुबै प्युनु पर्ने, दारु सम्बन्धी कुनै पनि प्रश्न सोध्नुस् .. भुइंमा झर्न नपाउदै ऊस्ले उत्तर दिनेछ । कहाँ - कहिले - कस्तो माल पाइन्छ, ऊस्लाई रास्ट्रिएगान झैं कन्ठस्त थियो । म भने एक step माथि ऊक्ली सकेको थिएं, Isc पढ्दा-पढ्दै म "डा.साप" भईसकेको थिए । कुन tablet कसरी र के सँग मिसाउदा trip दिन्छ - सबै फर्मुला थियो !

यार, अब त आउनु पर्ने । माथिको बाटो गई कि क्या हो ? (हामी अरुणिमा school जाने बाटोमा कुरिरहेका थियौं)
आउलेनी यार, धैर्यताको फल मिठो हुन्छ बालक ! शान्ती ..
एस्सो imagine गर्त .. हाम्रो जोडी made for each other होइनत ?
तं वाहुन भएर जन्मिनस् गुरु, मलाई त संका छ है ।
प्यार, प्यार होता है गुरु, who care क्षेत्री-वाहुन ?
तेरो ससुरो बाउले त care गर्छनी । n thats important ।

ओेए ! त्यो अरुणिमा होइन !! (pink cycle मा अरुणिमा आउंदै थिन्)
तेरी आमालाई जे भन्नुछ भन् है । म सधैं class bunk गर्ने वाला छैन ।
letter दिउंत ?
होइन, चुम्मा-चाटी नै गरे भो'नी गुरु । दर्शक म छंदैछु त ।
(तर त्यहां केही भएन)
अरुणिमा हांस्दै निक्लिन्
मेरो गुरु शायद आफैलाई सराप्दै थियो ।

अनायाशै ढोका खोलेर उ प्रशन्न मुद्रामा बोल्यो "के प्रोग्रामीङ-स्रोग्रामिङ मा दिमाग खपाइरा' हिंड्न आज अरुणिमा मसँगै movie जांदैछे"
अरे वा ! best of luck bro, तर म कवाबमा हड्डी किन बन्नु ?
सुधालाई पनि भन्न
अरे यार ! फुलन देवीसँग time छैन गुरु, staff nurse को तयारी गर्दैछे ।
म फोन गरुम् ?
गरी हेर्, तर मलाई लाग्दैन उ आउंछेहोली ।
"गुरु, तेरो ससुरोले उठायो भने चाँही tension हुन्छ है" उ भुत्भुताउंदै नम्बर dial गर्दै थियो ।

हाम्रा दिन यस्तै थिए, अहिले सम्झदा खुशी पनि लाग्छ - केही खिन्नता पनि । चाहेको भय शायद तेतिखेर, धेरै कुरा गर्न सकिन्थ्यो होला । म अहिले सोच्छु, शायद राजनीतितिर लागेको भये हुन्थ्यो कि .. तर गोजिमा गांठ र फुलन देवीको साथ पाएपछी अरु सबै कुरा भाड्मा थिए तेतिखेर ।

बुढा ! यो त डढ्न लाग्यो त ! के हेरिस्या हजुरले ?
(म कुन दुनियाँमा थिएं) झसङै बनाइ सुधाले । "अलिकती पानी हाल्न"
रिया मैयाको फोटो हेरिस्यो हजुरले फेसबुकमा ? मलाई त मैया pregnant जस्तो लाग्यो नि ।
म के गरुं त ?
ओए-होए !! मेरो बुढा कहिले देखी सुध्रिस्यो एसरी ? anyway, good for me है !
मेरो अरु केही काम छैन र, दुनियाँको भुंडी हेर्दै बस्नलाई ?
फिर भि, रिया-रिया वो रिया-रिया .. रिया-रिया वो रिया .. उ भाङ्डा गर्दै थि
"मर् तं" भन्दै म फेरी marlboro लिएर  वरण्डातिर लागें , 

रिया जुनीएर थि हाम्रो कलेजमा, तर हामी मिल्थौं । सुधाले तिलको पहाड मात्र बनाएकी हो । तर मेरो मन अहिले कहीं अन्तै तानिएको छ ..

दसैंकै दिन थियो त्यो पनि .. घरको टिका र अरु दुई-चार ठाउँ भ्याएर म अड्डामा पुगें । मलाई था' थियो उ तेही हुनेछ, भयो पनि तेस्तई ।
कती जितिस गुरु ?
के जित्नु यार, बसेदेखी लोदर लाइरा'छ
छोड् यो सब, हिंड नारायण अंकलको मा जाउं
अरे प्रभु ! आप नही होते तो ... कोइ और होता !! (उस्ले joke मार्यो तर खेल छोडेर मसँग आयो पनि)
खै! कुन गोरु बेचेको साइनोले हो, अरुणिमा पनि नारायण अंकलको मा टिका लाउन आउथिन् । हामीलाई तेत्ती काफी थियो - अरु सब बाल भो ।

सुधालाई फोन गरिस् ?
छैन यार उ पनि बिजी होलेनी ।
तर एती धेरै स्पेस पनि दिनु हुंदैन बुझिस् .. चङ्गा चेट् हुन्छ फेरी ।
I trust her गुरु
तेरो रामकाहनी तैं जान् । कतै bike रोक्न बरु, चुरोट खान मन लाग्यो यार ।
त्यो दिन मैले कसरी bike रोकें भगवान जाने ! unsolved mystery भन्दा पनि हुन्छ । bike लड्यो .. तेस्लाई cross गर्दै म घोप्टियं .. bike र मलाई cross गर्दै झनै अगाडि उ पछारियो ।
क्रमश:


 
Posted on 10-25-12 4:58 PM     [Snapshot: 343]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 के जित्नु यार, बसेदेखी लोदर लाइरा'छ...........................
हो भन्या त्यस्तै भा छ के भा को हो कुन्नि, कसको मुख हेरेर हिदियेछा.........
 
अति मिठो लेखाइ, तर अलि छोटो भयो......के गर्नु अलि लोभी बाहुन परियो नि....

 
Posted on 10-25-12 5:04 PM     [Snapshot: 343]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "...... Isc पढ्दा-पढ्दै म "डा.साप" भईसकेको थिए । कुन tablet कसरी र के सँग मिसाउदा trip दिन्छ - सबै फर्मुला थियो !....."      लोल लोल .....

कत्ति दाइ र मेरै कक्ष्याको एउटी साथी पनि पारंगित थियिन यो कार्य मा चै..... क्लासमै गाला रातो रातो परेर आँखा लट्ठ परेर लास्ट बेंचीमा हामी संगै हुन्थीन ... अहिले त भलाद्मी भाकिचिन रे .... अनि नर्स पनि भाकीछिन् रे 
 
फेरी पनि कहाँ ल्याएर अद्काको यक्सिदेंत भो रे अनि के भो ..... 

 
Posted on 10-25-12 5:30 PM     [Snapshot: 360]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले कसैको नाम लिन एदी बिर्सिए भने, माफी चाहन्छु  tha'chhaina, mulmiz, dipika, nepal ko chhoro, baaramaase  सबैलाई धन्येबाद /  तेसो त मेरो आज अफ नै हो, भरसक आज म यो कथा सक्ने भरपुर कोसिस् गर्ने छु /
 
Posted on 10-25-12 9:29 PM     [Snapshot: 429]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा कथा दशैको part 3

bike र मलाई cross गर्दै झनै अगाडि उ पछारियो ।

धन्न हातखुट्टाहरु शही सलामत थिए । मैले जिऊको धुलो झार्दै ऊस्लाई सोंधे "गुरु तं ठीक छस"
तेरी माकी मैयत साले, कसरी ब्रेक हानेको ?
तैं त भन्दैथिस, चुरोट खान रोक भनेर .. शितल भो हैन अब !
त्यो bike ऊठा यार पैले, पछाडिबाट कल्ले हान्छ फेरी

हामी ठीक थियौं (भन्नु पर्‍यो), main बजार बाट अली बाहिरको बाटो हुँदै नारायण अंकलको तिर लागियो । उ के सोच्दैथियो कुन्नी .. अरुणिमाको बारेमा या .. मेरो जस्तै घुंडाको दु:खाई ।

एस्पाली भने मैले बडो राम्रोसँग bike रोकें ..
"ओेए हाल् सालेलाई" ईन्स्पेक्टर साबको ऊर्दी आयो, साथमा अरु २०-२५ जना जवान पनि थिय ।
सर हाम्ले के गरेका छौं र, हामीत टि__
बढ्ता बोल्छस् .. (ईन्स्पेक्टर साबले यहाँ लेख्न नसकिने शब्दहरु प्रयोग गर्नुभो)

मैले त औषधी विज्ञानमा phd गरिसकेको थिएं - मेरो मुखबाट गन्ध आउने कुरै भएन , तेही मित्रले रामधुलाई भेट्दै थियो । तर मेरो खुशी पनि धेरै बेर टिकेन । साप, खास लफडा गर्ने त यो हो रे ! एक जवानले मैतिर औंला तेर्स्याय । अनी मलाई पनि जिउभरी - खासगरी कम्मर भन्दा माथि दु:खाइहरु प्राप्त हुन थाले । ईन्स्पेक्टर साबका वाणी पनि तेही लय र तालमा गुन्जिरहेका थिए । तेसो त मेरो बाबा जिल्लाको ठुलै पदमा सेवारत हुनुहुन्थ्यो, एदी एक फोन मात्र पनि गर्न पाएको भये यिनै जवानहरुले  हाम्लाई घरसम्म छोड्ने थिए । तर कल्ले सुन्ने त्यहाँ, दसैंमा घर जान नपाएको पिडा सबैसँग थियो क्यारे ... कसैले श्वास्नी सम्झेहोलान्, कसैले छोरा छोरी त कसैले बाउ आमा .. अनी punching bag - हामी जिन्दाबाद ! चार दिन सम्म एही नित्य कर्म चलिरह्यो । अरुले बाहिर खसिको ह्याकुला चपाउंदै थेहोला, हामी चाँही नाम मात्रको (खै कुन्नी केस्को थियो) दालसँग भात (नै भनौ) बडो टाइम लगाएर खान्थेउं - किनकी त्यो हाम्रालागी पिडा शहनु नपर्ने टाइम हुन्थ्यो । धेरै डुलुवा नभएको भय शायद तेही कार्यलयमा कोही न कोही आईपुग्थेहोला; मेरो भाई-छोरो हरायो भनेर, तर आफु सधैं हराउने बानी - घरकालाई पनि मत्लव भएन ।

कुरा के भएको रहेछ भने (जो हामीले पछी था'पायौं) माथि चोकमा, मेरै घर अगाडि, मेरै जस्तो, कालो लेदरको ज्याकेट लगाएको व्यक्तिले कुनै महिलालाई हात्पात गरी तथा केही गहना समेत लुटेर भागेको रहेछ । अनी ईन्स्पेक्टर साबले तेस्कालागी हामीलाई पक्डिनु भएको रहेछ । चार दिनपछी बल्ल राम दाई आईपुगे । नाम राम भय पनि ऊनी काम भने सधैं हराम नै गर्थे । सधैं त होइन तर प्राय जसो ऊनी यहाँ आईरहन्थे - वा ल्याइन्थे । जेसुकै होस् तर जीवनमा भुलिनसक्नुको रिण लाये राम दाइले त्यो दिन ... ईन्स्पेक्टर साबलाई ऊन्ले विस्वस्त पारे कि म ".." कै छोरो हुँ ।

"भाइहरुले पहिले नै भन्नु पर्नेनी"
गालीबाट अब हामी भाई भईसकेका थियौं
"सांची, गल्ती भो बावु" ईन्स्पेक्टर साब पग्लिदै थिए ।
"म यो जिल्लामा रहुन्जेल बावुहरुलाई कसैले छुने छैन, धरोधर्म"
   
गुरु bike त चलाऊन सक्छस्नी, यार अब नलडा है
कां जाने अब ?
भट्टी हिंड यार, ३-४ दिन भईसक्यो; अब त blue riband को स्वाद पनि विर्सने बेला भो !


 
Posted on 10-26-12 7:10 AM     [Snapshot: 497]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

था'छैन मित्र ! के सारो डरलाग्दो कुरा गरेको हाउ यहाँले, त्यो "आँखा लट्ठ पार्ने वाली" मेरै सुधा परी कि क्या हो !! नर्स नै हो मेरी मन्त्रायणी पनि ।
 
Posted on 10-26-12 8:33 AM     [Snapshot: 527]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कथा सकिएको हो कि अझै बाकी छ ? क्रमश: को बानी पर्र्या मान्छे .. क्रमश: खोजि रहेछु . 


एउटा जीवन्त कथा को सुन्दर प्रस्तुती . अझै निखार्ने , निचोर्ने ठाउँ प्रशस्त छन् र पनि यो प्रयास उच्चकोटी कै मानेछु . 
 
Posted on 10-26-12 9:14 AM     [Snapshot: 531]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भनेपछि भक्कु चुटाइ खाइयो दशैँ को बेला मा -

अनि भट्टी गएर दुइ चार गिलास घुत्काएपछी  चुटाइ को दुखाइ निको भो नि भएन थाहा पाम केरे

 
Posted on 10-26-12 9:21 AM     [Snapshot: 542]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाइ ! अनी धन्यवाद पनि । तेसो त लेखिन सक्ने टन्नै ठाउंहरु थिए .. रोहित-जेनी, सुधा, अरुणिमा, रिया अनी मेरो त्यो मित्र .. मैले केही प्रस्ट्याइन; पाठककालागी पनि केही सोच्ने स्थान राखिदिनेकी भन्ने लाग्यो । म कुनै अर्को बिषय लिएर चांडै आउनेछु ठुल्दाइ ।
 
Posted on 10-26-12 9:37 AM     [Snapshot: 554]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुटाइ त भक्कु नै खाइयो नि लहरे ज्यु ! कां आफु साथीको मामला फिट गर्ने मुडमा हिंडेकोत .. मोराहरुले आफैलाई फिट गरिदिय ।
 
Posted on 10-26-12 9:49 AM     [Snapshot: 567]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मन परो है मलाई त. गुरुले लेख्दै जाने हो भने यस्तो त खोजि खोजि पढिन्छ. 
 
Posted on 10-26-12 10:29 AM     [Snapshot: 606]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 र्यापिड फाएर आएछ ३ भागनै !! बल्ल पढी सके !! 
 
धेरै जिबन्त प्रस्तुतिको लागि धन्यबाद ! अरु खुराक पनि पस्किदै जानु होला

 
Posted on 10-26-12 10:30 AM     [Snapshot: 602]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "था'छैन मित्र ! के सारो डरलाग्दो कुरा गरेको हाउ यहाँले, त्यो "आँखा लट्ठ पार्ने वाली" मेरै सुधा परी कि क्या हो !! नर्स नै हो मेरी मन्त्रायणी पनि । .."  हाहाहाहा ल फसाद हो कि क्या हो त सुधा-जी नै पो मेरो साथी इश्कुल्को ...
 
पढ्न हिजै पढेको तेश्रो भाग पनि ...तर लास्ट पार्ट अलिक दौडिएर सकिएको जस्तो पो लागो है मलाई... तर जे सुकै होस् मन पारो है मलाई ....मनपारो भनेसी मनपारो बास...... अर्को संस्मरणको प्रतिक्ष्यारत रहनेछ यो साथी तपाइको .....

 
Posted on 10-26-12 11:40 AM     [Snapshot: 623]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद है guruji, नामले त यहाँ मेरै मन्डलीको पर्नु भएछ - खुशी लागो !

भक्ते दाजै, हजुरलाई पनि धन्यवाद ट्क्र्याएं ।

अनी था'छैन मित्र; मैले कान समातिसकें है ! गल्ती पक्डिहाल्नुभो त ! खास्मा हिंजो भयो के भने .. मेरो off त थियो तर अरु side business पनि थुप्रै थिय, माहारानी पनि के-के गन्गन् गर्दै थि, Vodka ले पनि trip दिंदै थियो, अरु लेखौं भने पनि फेरी थुप्रै कुराहरु लेख्नुपर्ने (यो विषयमा मैले ठुल्दाइसँग विन्ती बिसाइसकेको छु) .. तेसैले सकिदिएको ।


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters