[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

mno

logan

ramromanchey
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 यु-ट्युब् ग्राजुएसन !
[VIEWED 6484 TIMES]
SAVE! for ease of future access.
Posted on 07-28-14 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मेरो किचेन रिमोडलिङ गर्दा भोगिएकाकुराहरुलाई समय बिताइको मेलो गर्न खोजेको छु | प्राय सबै जसो काम हरु आँफैले गर्न सकिने र यू त्युब बाट प्राप्त अनुभब को सँगालो मात्र हो | 

If you trying to lower your budget, finish all the work you can do yourself before bringing any body in your house.Installing cabinets will cost you 50-100% of cabinets’ cost. I watched hours and hours of YouTube, got enough knowledge to instruct but I was not confident working with tools and very first time. Found one person neither showed up nor called for 2 weeks.

Over a month we did not have kitchen sink, depend on fast food. We decided to hire Handyman service. सुरुमा कुरा गर्दा त आफु you-tube ग्राजुएट गरेको Internship गर्न पाइने भयो, भनी मख्ख परे, एकजानाले १० घण्टामा सिध्याउला भनेको त, एउटा देखा पर्छ अनी गएर आर्को लिएर आउछ ? श्रम बढाउदैमा प्रोडक्तिभिटी बड्दैन भन्ने कुरा कलेजमा पढिएको आँफैले भोग्दा ऐना झै छर्लङ भयो | यु-ट्युब ले दिएको शिक्षा अनुसार cabinets राख्नु अघी त्यो किला ठोक्न बिम पत्ता लागाएर मार्क गर्नु पर्छ, upper cabinet र् बेस cabinet लाई भ्याउने गरी | Cabinet एक अर्कामा जोड्नु पर्ने हुन्छ तेस्को लागि भुईमै भएको बेला प्वाल बनाएको खन्ड्मा प्वाल सिधा मात्र नभै पछी प्वाल पार्न लाग्ने समयमा केही बचत हुन्छ भने तिनिहरुलाई पनि liability न्युन हुने हुन्थ्यो , तर उनिहरुको मन्साय सके सम्म घण्टा तन्क्याउने तिरै लम्किएको भान हुन्थ्यो मलाई ? मलाई लाथ्यो ति हरिलट्ठक हरु ढिला सुस्ती बाहेक केही गर्दैनन | हरेक cabinet राखे पछी अर्को बिम खोज्छन, बोलौ उनिहरु एक्स्पर्ट नबोलौ सेकेन्ड्को ३ डलर जान्छ ? साझमा ग्रानाइट फिट गर्ने मान्छे आउछ भनेको झन त्यो dishwasher छिर्ने ठाउँ २४ इन्च हुनु पर्ने अलिक ठुलो छ  (कही फिल्लर1/2”) राख्न बिर्सिए , Filler नै नराखी गए (२ जनाले हाती छिर्यो पुच्छर अड्क्यो बनाएर छोडे) ! ज्यालादारिको काम नेपाल, भारत होस वा अमेरिका काम चोराइ कहाँ हुँदैन रहेछ र? 

कुराको खेती गर्न क्या सिपालु यि अमेरिकनहरु:  हरेक कुराको रेडिमेड  उत्तर हुने अनी आँफै ठुलो मात्र हैन जान्ने पनि हुनु पर्ने, सिकायत गरेको कुरा बाइरोड को सातघुम्ती घुमाए झै घुमाएर कुरा गर्यो न छेउ न पुछर सँग सहमत् छु तै पनि अङ्रेजी गुरुले कक्षामा पढाउनु भएको पाठ बुझे झै गरिदिए,  रकम बुझाएर आए | फेरी बाँकी काम सिध्याउन तिनिहरुलाइ नै बोलाउनु परेको खन्डमा झनै बढी समय लागाइ देलान भन्ने डरले सबै कुरा नसुनाइ फर्किए|

गएको ब्रिहस्पती बार ग्रानाइत पनि राखिदियो भने यो weekend मा धारा पानी जोड्ने मेरो जिम्मा, नत्र अनिस्चित दिनको तन्खाहा बुझाउनु तयार हुनु पर्यो ! बिहीवार र सुक्रबार बिहान् बेलुकिनै हेरी Plumbing को यु-ट्युब शिक्षा लीइयो | यो पल्ट ५ घन्टैमा ग्राजुएट भएको अनुभब गरे भने तेतिनै समयमा सिध्याउने मैले योजना बनाएको थिए| के के थप टूल्स र सामाग्री चाहिने हो थाहा हुँदैन अनी कुदी हाल्यो होम डिपो : ४ पल्ट टूल्स र सामाग्रीलाई होमडिपो धाइेएछ | हामीले धारा पनि अपग्रेड गर्ने सल्लाह बमोजिम pull down फसेट् लगाउने भए बमोजिम GlacierBay सबैको सम्मतिले निर्णय गरियो | त्यो यु-ट्युब शिक्षामा सिधै घुसारी lock गरेको देखाएको थियो | : एता उता गर्दा गर्दै तेस्को प्लस्टिकको जोड्ने एक अन्श टुक्रीइ सक्यो |

आर्को लिन फेरी कुदे | स्टोरमा के देख्छु भने कसैले मैले तुक्र्याएको पार्ट - तुक्रिएको पुरानो Facet छोडेको रहेछ | यो ब्रान्डको मुख्य कम्जोरी त्यो pull-down हुने braided पाइपको कनेक्सन लामो समय सम्म टिक्न नसक्नु रहेछ भनी निर्क्यौल निकाले  | म जस्तो अर्थशास्त्रको बिसुद्द चेलोलाई ( try to be more economical) यो देख्नु पनि एउटा ठुलै शिक्षा थियो : आफु नभएको बेला तेस्ले काम गर्न छोडेर छुट्टीयो भने घर जलामय हुने सम्भावना देखे अनी त्यो जलामय ले भित्राउने आर्को समस्यालाइन न्युन गर्न ब्राण्ड नेम Delta Faucet लिए आए : भनाइ छ नि नामी बनियाको के पनि बिक्छ : ठ्याङ्र्याङै थप  ८० मा चुना लाग्यो |

मेरो ठुलो कम्जोरी बुझाउन नसक्नु हो र छ, म बुझाउन नसक्ने अनी परिवार बुझ्न् तयार नाइ (थिएनन) | तैले सुरुदेखिनै त्यो Delta मा आँखा गाडेको थीइस तेसैले कुरा बनाइस पो भन्छन बा ? धन्न मैले त्यो बिग्रेर छोडेको-को फोटो खिचेको थिए, तेही फोटो देखाएर यो भाग एस्को कम्जोरि रहेछ | अनी तेसैको कारणले घर जलामय भयो भने त्यो मर्मत गर्न लाग्ने खर्च मेरो खल्ती बाट मात्र जाने हो र ? भने पछी उनको घैटोमा घाम लाग्नु स्वाभाबिक थियो | garbage disposal पुरानो ठाउँ बाट अलिक पर सर्यो , एस्को  बसाइ अनुसार ड्रेनेज पाईप fitting गर्न , नयाँ धारा राख्न  शनिबार + अईतबार् को बेलुकी छ बजे:  मात्र सिध्याउन सके | एस्मा ५ पल्ट होमडिपो कुदाइ पनि जोडीएको छ, आफुलाई के चाहिन्छ त्यो थाहा छैन , फोटो देखाउदै किन्नु पर्ने अनी त्यो पनि खास मान्छे भेट्टाउनु पर्ने (सबैलाई एही summer मा काम गर्नु पर्ने ) कुराइको समय नबिर्शनुस् |

रिजल्ट : अहिले सम्म पानी कतै बाट पनि चुहिएको छैन | यु-ट्युब कलेज् को plumbing course मा मेरो बिचरमा B ले पास गरियो जस्तो लाग्छ | भन्नु होला किन B मात्रै ? नयाँ ग्राजुएट्ले एक दिन्मा सिध्याउनु पर्ने २ दिन लागाएको हुनाले हो, आँफैले दिने भनेर A+ पनि लिनु भएन नि? 


Organised the garage adding old top cabinets in my garage. I will upload the pic. 


Last edited: 26-Sep-14 07:51 AM

 
Posted on 07-28-14 8:51 PM     [Snapshot: 169]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बधाई छ गोर्खे जी लाइ ग्रजुयेशन गर्नु भएको मा , कुनै बेला घर किनेर प्लम्बरको जरुरि भयो भने सम्झने नै छु यहालाई , बरु अलि मिलाएर गर्नु पर्छ नि अमिगो हरु भन्दा , एकदम राम्रो प्रस्तुति छ है आफ्नो अनुभवको ;-)
 
Posted on 07-28-14 9:54 PM     [Snapshot: 204]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोर्खे मित्रले सबै कुरो सविस्तार बर्णन गर्नु भाको रैछ, तर आफुलाई यो सम्भंदी अबसय्स्क पर्दैन अहिले लाइ , सबै घरपत्ति बा ले गर्छन | कुनै बेला आफै ले गर्नु पर्यो भने फेरि पढ्नु पर्ला |

अहिले लाइ चै खाली यी सब्द हरुमत्र बुझे जस्तो लाग्यो, सायद mood नै तेस्तै भएर हो कि : use and throw, screw, crack, pwal, jatha, jhath, upgrade, tools, aankha gadne, sidhai ghusarne etc. ;)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters