[Show all top banners]

Max Rossa
Replies to this thread:

More by Max Rossa
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पिताजीको सुनको तक्माबारे
[VIEWED 8475 TIMES]
SAVE! for ease of future access.
Posted on 09-25-14 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

पिताजीको सुनको तक्मा हालसालै पढ्ने मौका पाएँ । बाल्यकालीन सम्झनाहरुको सेरोफेरोमा आधारित भएर लेखिएको यो कृति जीवन संघर्षका सत्य घटनामा आधारित भएर रचना गरिएको छ । यात्राका क्रममा केही घण्टामैं पढिभ्याएको कृतिपछि मलाई के लाग्यो भने सुशील ताम्राकारजीको साहित्यीक यात्रको भविष्य समुज्वल छ, आफ्नो बयश्क जीवन संघर्षका तितामिठा क्षणहरुको संगालो उहाँले समेटेर पुस्तक प्रकाशित गर्नुभयो भने त्यो अझै रोचक बन्ने छ । र, पाठकलाई त्यसले प्रेरणा मिल्नेछ । सफलतालाई त्यतिकै टपक्क टिप्न सकिंदैन, यसलाई प्राप्त गर्न भगीरथ प्रयत्न चाहिन्छ । हिरा बन्नका लागि कोइला नजाने कैयौं हजार बर्षसम्म उच्च चापमा रहेजस्तै सुशील ताम्राकारजीको अहिलेको व्यक्तित्व पनि सहज ढंगबाट बनेको होइन । परिस्थितिबश सम्पन्न परिवारबाट अति विपन्न परिवारमा परिवर्तन हुनुपरेको नियतीलाई ताम्राकार दाजुभाइले दश नंग्राखियाएर आफ्नो परिवारलाई येनकेनप्रकारेण सामान्य स्तरमा माथि उठाए । सुशिल ताम्राकारले त झन्, काम गर्दे पढ्दै गरेर एसएलसीको बोर्डको नवौं स्थानमा आफूलाई स्थापित गर्नुभयो । एसएलसीको त्यो छलांगले उहाँको जीन्दगीले यस्तरी उडान भर्यो कि भारतको प्रतिष्ठित विश्वविद्यालयबाट इन्जिनियरिंग अध्ययन, महानगरपालीकाको जिम्मेवार प्राविधिक इन्जिनियर र अहिले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधी, यी सव उपलब्धीहरु त्यतिकै प्राप्त भएका होइनन् ।

साहित्य ताम्राकारजीको मूल बाटो नभएपनि उत्तीकै पकड, रुझान्, र प्रेम राख्नु उल्लेखनीय कुरा हो । उहाँको मूल बाटो विज्ञान, प्रविधि र अनुसन्धान हो । मलाई लाग्छ पक्कै पनि उहाँले आफ्नो विश्वविद्यालयामा आफूले पढेको विषयमा विशेष खोज र अनुसन्धान गरिरहनुभएको छ । त्यो खोज र अनुसन्धानले फेरि पनि उहाँलाई अर्को तक्मा दिलाओस र सम्पूर्ण उहाँका परिवार र समग्र नेपालले उहाँप्रति गर्व गर्ने आधार दिलाओस् । शुभकामना छ यसको ।
यो कितावको थिम दर्द हो, यो त्यही दर्द जसले पलपल तपाईंलाई सुत्नबाट ब्यूँझाउँछ, यो त्यस्तो दर्द जसले तपाईलाई आफ्नो उद्देष्य हाँसिल नगरेसम्म धनुषकाँड विसाउनबाट रोक्छ, र यो यस्तो दर्द जसले तपाईलाई उपलब्धीको उपल्लो सिंढिसम्म नहिंडाइ सुखै दिंदैन । पिताजीको सुनको तक्माले त्यही दर्दको वरिवरि तपाईंलाइ विचरण गराउँछ । तक्मा बेच्नुपरेको तीतो नियतीलाई सुसिलजी बदल्न चाहन्छन् आफ्ना कर्मठ हातहरुद्धारा । एउटा तक्मा गुमेको घाउलाई एकपछि अर्को तक्माहरु ल्याएर मलम लगाउने र शीतलता प्राप्त गर्ने भिष्म प्रतिज्ञा छ पिताजीको सुनको तक्मामा । जीवनबारे विचार गर्दा मलाई के लाग्छ भने सफलता भनेको एउटा स्वभाव हो । यो त्यस्तो स्वभाव जसले तपाईंलाई दिनदिनैं मात्र होइन क्षण प्रतिक्षण सजग र सचेत गराउँछ । ताम्राकारको कितावमा त्यस्तै सफल स्वभाव भेटें मैंले ।
बोष्टन, सेप्टेम्बर २५, २०१४
 
Posted on 09-25-14 12:27 PM     [Snapshot: 119]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pay Pal Link To Buy 
Click here to buy


Amazon Link

http://www.amazon.com/gp/product/9937857651

 
Posted on 09-25-14 8:01 PM     [Snapshot: 285]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइलाई सुभकामना | तर दाई साझामा पनि नया कथा हरु लेख्न चाही नबिर्सिनु होला | तपाईको किताब amazon.co.jp मा पनि उपलभ्द गराई दिन पर्यो | हामी क्रेडिट कार्डमा विश्वास नगर्ने मान्छेले पनि cash on Dilivery (COD) मा किन्न मिल्ने थियो |
 
Posted on 09-25-14 8:26 PM     [Snapshot: 305]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डन मण्डल को कथा को प्रतिछ्यामा!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters