[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Rastrabadi Siksha: Definition and Relevance
[VIEWED 6981 TIMES]
SAVE! for ease of future access.
Posted on 06-10-05 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

One article from Kantipur:
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42584

राष्ट्रवादी शिक्षा र हामी

विष्णु सापकोटा

- माघ १९ को राजनीतिक विकासक्रमपछिका थुप्रै विसंगत घटनामध्ये 'राष्ट्रवादी' शिक्षाको चर्चा र योजना सबैभन्दा बढी विसंगत प्रतीत हुन्छ । शिक्षामन्त्री राधाकृष्ण मैनाली लगायत अरू शिक्षा अधिकारीका कुरा सुन्दा बुझिने यतिमात्र हो कि आज देशका लागि राष्ट्रवादी शिक्षाको खाँचो छ । खाँचो किन छ भने आजसम्मको शिक्षा अराष्ट्रवादी छ, त्यसैले यस्तो शिक्षा प्रणालीलाई फेरेर नयाँ प्रणाली र तदनुरूपको पाठ्यक्रम विकसित गर्नु जरुरी छ ।
राजाको नेतृत्वको सरकारका शिक्षामन्त्रीले भनेको र गर्नलागेको काम यदि साँचो हो भने हामी सबै- जो आफूलाई शिक्षित भन्छौं वा ठान्छौंले आफ्ना शैक्षिक प्रमाणपत्र अगाडि राखेर घोत्लिनुपर्ने बेला आएको छ । किनभने यी प्रमाणपत्र हामीले पाएका अराष्ट्रवादी शिक्षाका प्रमाण हुन् । आजसम्म देशमा जति पनि शिक्षित व्यक्ति छन् -नेपालमै शिक्षा आर्जन गरेका) ती सबैप्रति अहिलेको सरकारको विश्वास छैन, किनकि तिनीहरूले पाएको शिक्षाअनुसार तिनीहरू देशको कुभलो चिताउँछन् ।

गणित र विज्ञानजस्ता पाठ्यक्रममा के राष्ट्रवादी हुन्छ के हँुदैन ? थाहा छैन । पक्कै पनि समाज विज्ञानसँग सम्बन्धित अन्य विषय 'राष्ट्रवादीकरण' गरिने होला अब । तर अहिलेको परिपे्रक्ष्यमा नेपाली 'राष्ट्रवाद' के हो अथवा कुन हो भन्नेमा एक शब्द नबोली 'राष्ट्रवादी' शिक्षा चाहियो भन्नुको अर्थ केही लाग्दैन । कि भनिदिनुपर्?यो- अहिलेको राष्ट्रवाद भनेको राजावाद हो, हाम्रो इतिहास भनेको शाहवंशको गौरवगाथामात्र हुन् र जनता भनेको कुनै भौगोलिक प्रदेशको ढुंगामाटोजस्तै हुन्, ती त जहाँ पनि भइहाल्छन् । के अब सोझै भन्न मिल्दैन र राष्ट्र भनेको जनता हुन् भन्ने दिन गए भनेर ? र त्यस्तो शिक्षा- जसले मान्छेलाई आफ्नो गरिमा सिकायो र आफू मिलेर नै राष्ट्र बन्छ भन्ने सिकायो, त्यो अब काम छैन भनेर भनिदिए हुँदैन ?

क्रमश:


 
Posted on 06-10-05 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली राजनीतिमा सबैभन्दा बढी बिक्री विषय हो 'राष्ट्रवाद' । प्रजातन्त्र पुनःस्थापनापछिका १२ वर्षसम्म यो विषयले यति चर्को मूल्य कायम गर्न सक्यो कि हामीले भन्ने गर्?यौं ः फलानो नेता बदमास र भ्रष्टाचारी त हो सायद तर पनि ऊ राष्ट्रलाई माया गर्ने, राष्ट्रवादीचाहिँ हो । यस्तो वाक्यको अर्थ परोक्षमा के भइदियो भने यदि कोही नेता राष्ट्रवादी कहलियो भने उसका अरू दोष हामीले माफ गरिदिनुपर्छ ।

विश्व इतिहासमा राजा-महाराजा र उनका सैनिकले मात्र जब एउटा राज्यलाई जोगाएर राख्न सकेनन्, तब जनतालाई भन्न थालियो कि 'तिमीहरूको जीवनमा तिमी आफूभन्दा पनि ठूलो तिम्रो मातृभूमि हो ।' हरेक राष्ट्र आफू बलियो बन्न राष्ट्रियताको भावना बलियो बनाउनतर्फ लागे, दुई सय वर्षको इतिहास हेर्दा । बीसौं शताब्दीमा- भूमण्डलीकरणले राज्यको अवधारणा केही हदसम्म कमजोर पार्दा-पार्दै पनि राष्ट्रवाद यसरी मौलायो कि चलचित्रले देखाउन थाले, एउटी आमा राष्ट्रहितका निम्ति छोरालाई बलिदान दिन तयार छ । र त्यो छोरा पनि देशका लागि मर्न तयार छ । विचरा ती आमा-छोरालाई के थाहा उनीहरू जे चिजलाई आफ्नो राष्ट्र भनेर मर्न-मार्न तयार छन्, त्यो केवल शासकहरूले अरू शासकहरूसँग सम्झौता गरेर ओगटेको जमिनको अंशमात्रै हो ।

राष्ट्रवाद मौलाउँदै जाँदा थुप्रै मिथक सिर्जना भए । पौराणिक कथाका पात्रलाई राष्ट्रिय विभूति घोषणा गरियो नेपालकै सन्दर्भमा पनि । चराचुरुङ्गीदेखि हिमाल-पहाड बने राष्ट्रका परिचयका प्रतीक । र यो राष्ट्रवादी लहरमा नागरिक स्वयम् अति महत्त्वहीन बनाइए । 'देशले रगत मागे मलाई बलि चढाउनु' भन्नेजस्ता गीतले हामीलाई छोए । नेपाली सबै नेपाल जोगाउन मर्न पनि तयार हुनुपर्छ सधैं' भनियो । यो तर्क अघि सार्दा केसम्म हुनपुग्यो भने मानौं नेपाल जोगाउन सबै नेपाली मर्नुपर्?यो भने पनि हामी त्यसै गरौं र यो नेपाल नामले चिनिने भौगोलिक प्रदेशलाई जोगाएर छाडौं । अब जनता नै मरेर देश कसका लागि जोगाइदिनुपरेको हो ? तैपनि हामीले सिकायत गरेनौं । जागिर, पैसाका लागि साम्राज्यवादी शक्तिका लागि सिपाही भएर लडेका हाम्रा गोर्खालीका बारेमा पनि हामीले चुपचाप गर्व गर्?यौं ।

जनक, भृकुटी थिए कि थिएनन् यहाँ, तैपनि हामीले ती हाम्रै थिए भनेर चुपचाप सम्हाल्यौं- राष्ट्रका प्रतीकका रूपमा । हामीलाई त्यस्तै पढाइयो, त्यस्तै पढ्यौं । ठीकै थियो । तर अब अचानक फेरि भनिँदैछ, हामीले पढेको चिज त राष्ट्रवादी

होइन रे । अब राष्ट्रवाद भनेको त अर्कै रे । हामी सबै त अराष्ट्रवादी रे ।

राजनीतिक वृत्तमा अहिलेसम्म कुन शक्तिले कति सपारेको छ देशलाई र कसले कति बिगारेको छ, विगत २ सय ३२ वर्षमा भन्ने कुराको हिसाब-किताब अडिट गर्ने चर्चा छ । त्यही कुराको अडिट गर्दा हाम्रो यो राष्ट्र भनेको के रहेछ, कसको रहेछ भन्ने पनि अडिट गर्ने हो कि ? यदि हामी जनताको पनि केही हिस्सा रहेछ भने यो राष्ट्रमा हामीले पनि त्यहीअनुसार कर्तव्य गरौंला । होइन यो अर्कैको रहेछ भने त्यहीअनुसार कम्मर कसौंला । कमसेकम राष्ट्रवादी शिक्षा लागू गर्नुभन्दा पहिले यो राष्ट्रवाद के हो भन्ने सम्बन्धित पक्षले बुझाइदिए सजिलो हुन्थ्यो कि ?

-लेखक त्रिवि कीर्तिपुरमा अंग्रेजीका उपप्राध्यापक छन् ।)
 
Posted on 06-11-05 12:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My interest to start this thread is--- not just to post the Kantipur Article--- but also to have an intense discussions about *Rastrabadi Siksha*. Thank you 'Pilot' for your comments.

This is a very IMPORTANT issue to discuss in Sajha---a highly educated circle. The issue not only has short-term political motives but also will have a long-term disturbances in Nepalese Education System and production of our future leaders. The points are:

1. What is *Rastrabadi Siksha* ---and at the same time--- what is *Arastrabadi Siksha*? Is it being defined in a proper way now?
2. What should be the best Education System and Curriculum for Nepalese Context?
3. Is it good to educate Nepalese children with their mother languages, e.g., Tamang, Serpa and so on? Will not it divide further the classes among different societies? Will not it barrier for inter-language communication?
4. What are the drawbacks in our school books compared with the West? Can we refer and transfer West education system to Nepal or have to design the new one?

I am an engineering student. I found no difficulties to adjust with the West books and research. I faced only one problem to deal with--- applied mathematics. We have done plenty of mathematics but are not aware how to use those formulas in real-world applications.

Share of experiences from other fields of education too.

---
OK
 
Posted on 06-11-05 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks to Durga Baral (Vaatsayanan) for this great cartoon--this tells the whole story.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters