[Show all top banners]

Sursab
Replies to this thread:

More by Sursab
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दाइजोमा कम्प्युटर
[VIEWED 7632 TIMES]
SAVE! for ease of future access.
Posted on 06-13-05 2:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोरीको बिहे छिन्दा बरपक्षले दाइजोमा कम्प्युटर मागे अब आश्चर्य नहुने भयो । रंगीन टिभीको ठाउँमा कम्प्युटर नै दिए त्यसको उपयोगिता अहिलेको जमानामा पढे-लेखेका छोरी-ज्वाइँलाई बहुउपयोगी मात्र होइन । नातिलाई समेत त्यसले लाभ दिने अवस्था छ ।
तराईमा बिहेको लगन जुर्नेबित्तिकै दाइजोमा घडी, साइकल, टेलिभिजन, भिसीडी प्लेयर, भाँडा-वर्तनका साथै फर्निचरको दामको हिसाब किताब हुन थाल्छ । नयाँ वस्तु माग हुँदै जाँदा कतिपय सामान आत्यावश्यक बनेका हुन् । साइकल दिनेसँग मोटरसाइक दिने हैसियतवालाका अघि हल्का कारको माग हुन थाल्यो । नगदको विषय र बेहुलाले मागे डिङ्गो बुट र लेदरको ज्याकेट अलग । तराईमा परम्परावादी रूढीगत चलनले जरो गाडेको जनकपुर वरपर केही वर्षयता दाइजोमा सबैभन्दा पहिले कम्प्युटर दिनसक्ने कि नसक्ने ? बरपक्षले सोध्न थालेका छन् ।

त्यसो भन्दैमा बरपक्षमात्र होइन बधूपक्षले पनि दहेजमा कम्प्युटर दिनु विलासको वस्तु नभएर शिक्षित र आधुनिकताको पहिचान मान्न थालेका

छन् । भर्खरै बिहेको टुङ्गो लागेकी बधू पक्षका एक अभिभावकले भने- 'हामीसँग कम्प्युटर दिने कि नदिने भन्नेबित्तिकै मैले भन्दिएँ पेन्टिएम फोर त अहिलै

लैजानुस् ।' उनको छोरी स्नातक, घरैमा कम्प्युटर भएकाले नर्सरी कक्षादेखि कम्प्युटरमा खेल्ने । उनलाई दाइजोमा कम्प्युटर दिन कुनै नौलो माग लागेन ।

बिहेको प्रयोजनमा कम्प्युटरको बिक्री हिजोआज बढेको बिक्रेता बताउँछन् । दाइजो दिनैपर्ने बाध्यता छ भने कम्प्युटर- जस्तो उपयोगी वस्तु दिनु बेेस, बिणा कम्प्युटरका गौतम अग्रवाल भन्छन् 'लगनको साइतमा हिजोआज कम्प्युटर बिक्री बढ्न थालेको छ ।' कम्प्युटरको ठाउँमा पैसा माग्ने ज्वाइँहरू पनि न देखिएका होइनन् साथै दाइजोमा लिएको कम्प्युटर चलाउन नजान्दा वा उपयोग गर्न नसक्दा आधा मूल्यमा भए पनि बिक्री गर्ने भएको उनले बताए ।

Extracted from: http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=42755)

Friends, I could not understand one thing here. Is it so that if you find difficulty to purchase of your own , then you ask it as dowery?

I know one of my C.A friend got half a million rupees on cash and other household materials. The worst part is he hesitates to be accompanied by his wife in party/social events.

One guy from Biraspati school was my friend and his father used to maintain account of his expenses towards son and the funny part was he used to write Rs. 1000 as monthly fee, in reality it was around 600.

Would love to read your view points on the same.

Cheers
Sursab
 
Posted on 06-13-05 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाइजो लिने र दिने दुवै समाजका शत्रु हुन। चाहे सरसामान धन दौलत कम्प्युटर आदि इत्यादि जे सुकै होस।
 
Posted on 06-13-05 3:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि न्युजरको दौराको फेर समाउदै भन्छु: दाईजो लिने-दिने दुबै समाजका शत्रु हुन--- चाहे सुन होस्, चाहे कम्प्युटर ।

१. कम्प्युटर दिने राम्रो र बेलुका सुत्ने खाट दिने नराम्रो कसरी हुन्छ?--- पैसा कुनमा बढि खर्च हुन्छ?
२. सुन दिने नराम्रो र कम्प्युटर दिने राम्रो --- बिचारा मेरा लागि त दुबै उस्तै हुन, गरीबको पसिना जाने साधन।
-------
भबिश्यको नेपाल
 
Posted on 06-13-05 5:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hypothetically नयाँ प्रयोग कर्ता पनि सहि, भविस्यको नेपाल पनि सहि।
Pacticallly, जब आफ्नो बैनीको बे पर्छ नि अनि त "ह्या हामी पो के कम, दिने दिने!" भन्न थाल्छौ।
यदि भनेनौ भने र आफ्नो बे मा पनि लिएनौ भने म सम्मान गरुँला।
 
Posted on 06-13-05 5:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pacticallly -> Practically
 
Posted on 06-13-05 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त राम राम दाइजो नलिने, कोहि छ मलाई छोरी दिने?

:)

-सरु
 
Posted on 06-13-05 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटु राखन त साझामा.. छोरीहेरू लाई देखाम्?चु
मेरा त तिनोटी छन्�(क्?या फसाद)
रँlइला बौ
 
Posted on 06-13-05 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा मेरो दिदीबैनी छैनन त्यसैले आफूले दिनुपर्छ भनेर होईन। तर आफ्नो वारेमा म प्रष्ट छु। दाइजो दिने पनि र लिने पनि समाजका शत्रु हुन। न त म समाजको शत्रु वन्न चाहन्छु न त मेरा ससुरालीलाई समाजको शत्रु बनाउन चाहन्छु। दाईजो मैले घृणा गर्ने केहि कुराहरु मध्येको एक हो।

साथीभाईको विहेका लागि उपहार दिने मेरो आफ्नै काइदा छ। एउटा किताब किनेर देउ मन परे पढ्छन। नपरे फ्याँकिदिन्छन। अलि आधुनिक विचारका साथीहरुलाई गीतको सिडी म्युजिक भिडियो। त्यै हो आफ्नो idea.

(आज भोली व्यस्त हुनुहुन्छ कि क्याहो? मेरो सम्झना छ तीनै जनालाई। )
 
Posted on 06-13-05 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रायनजी तपाईंका तीनजना छोरीको कुरा ग-या होइन नी फेरी! हाम्रो दादालाई हो त्यो सन्देश।
 
Posted on 06-15-05 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dada ko chora/chori k ho? tin jana bhane pachi ta.......buda, budi ani baccha?????
 
Posted on 06-16-05 2:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k garne lina ta man chaina ni tara aafu sanga pani ta kehi chaina......

Beha pachi budi lai k k chaine ho feri..........kya fasad.
 
Posted on 06-16-05 2:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नडराउनुस् यत्रैसिद्दि जी,

बिहे गरेपछि बुढीलाई मात्र २ थोक चाहिन्छ:
१. पैसा, र
२. तपाईँ

अरु केहि पनि चाहिन्न । ढुक्क हुनुस्।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters