[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 को हुन उपेन्द्र यादब?
[VIEWED 6104 TIMES]
SAVE! for ease of future access.
Posted on 01-27-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हुन् उपेन्द्र यादव ?


तराईमा तनाव बढेपछि उपेन्द्र यादव एकाएक चर्चामा आएका छन्। उनको मधेशी जनअधिकार फोरम, सशस्त्र तथा भूमिगत पार्टी जनतान्त्रिक तराई मुक्ति मोर्चाको गोइत र ज्वाला सिंह समूहभन्दा बढी छाएको छ। को हुन् त उपेन्द्र यादव ? आउनुस्, बुझौँ।

उपेन्द्र यादव सुरुमा नेकपा मार्क्सवादीका कार्यकर्ता थिए। माले-मार्क्सवादीबीच एकता भएर एमाले पार्टी बनेपछि ०४८ को संसदीय निर्वाचनमा उनी सुनसरीमा एमालेको उम्मेदवार भई उठेका थिए। तर उनी त्यस निर्वाचनमा विजय गच्छेदारसँग पराजित भएका थिए ।

मधेशसम्बन्धी एमालेको नीतिबाट असन्तुष्ट भई उनले मधेशको सम्बन्धमा बौद्धिक अध्ययन गर्ने संस्थाको रुपमा अर्को शब्दमा एनजीअ‍ोको रुपमा ०५४ मा उनले मधेश जनअधिकार फोरम स्थापना गरेका थिए। पछि उनी माओवादीसँग नजिकिन पुगे।

तर, दिल्लीमा मातृका यादव र सुरेश आले मगरसँगै उनी गिरफ्तार भए। मातृका र सुरेशलाई भारत सरकारले नेपाल सुपुर्दगी गरे पनि उनलाई भने रिहा गरियो। त्यसपछि माओवादीले शंकाकै आधारमा भौतिक कारबाहीको निर्णय गरेको भन्दै माओवादीबाट टाढिएका थिए। उनी सोझा र इमान्दार मधेशी कार्यकर्ताको रुपमा चिनिन्थे। तर, उनको सोझोपनको फाइदा नेपालमा विभिन्न दङ्गा, तोडफोड मच्चाएर राजतन्त्रलाई बलियो बनाउन चाहनेहरुले खोजेका त होइनन् - भन्ने आशंका उब्जन पुगेको छ । किनभने, आफू राष्ट्रिय एकताको प्रतीक भएको बताउ“दै अहिलेसम्म शासन गर्दै आएको राजतन्त्र यतिबेला यस्तै साम्प्रदायिक दङ्गाहरु फैलाएर आफ्नो आयु लम्ब्याउन चाहन्छ । मधेशमा हुने यस्ता तोडफोड, हुलदङ्गा र साम्प्रदायिक दङ्गाहरुले राष्ट्रिय एकता कायम गर्न राजतन्त्रको आवश्यकता छ भन्नेहरुको तर्कलाई सघाउ पुर्याउँछ ।

तराईका अर्का विद्रोही नेता जयकृष्ण गोइत। उनको जनतान्त्रिक तराई मुक्ति मोर्चा सशस्त्र संघर्षमा छ। यो पनि माअ‍ोवादीबाट फुटेको समूह हो। गोइतबाट पनि फुटेको समूह ज्वाला सिंहको नाममा सशस्त्र संघर्षमा छ।

तोडफोडहरु फोरमका नाममा भए पनि त्यसमा राजावादीहरुदेखि लिएर जनतान्त्रिकसम्मको हात रहेको आशङ्का गरिएको छ । फोरमनिकट मानिने मधेशी विद्यार्थी फ्रन्टले समेत मधेशको पूर्वी भागमा भएका यी तोडफोडहरुमा घुसपैठ भएको भन्दै सार्वजनिक विज्ञप्ति दिइसकेको छ। बारामा एक जनाको ज्यान जाने गरी भएको झडपमा समेत घुसपैठका कारण भीड अनियन्त्रित भएको भनी फोरम कै जिल्ला नेताहरुले बताएका छन्।

लोकतन्त्रको पुनर्बहालीभन्दा केही अघिदेखि अध्यक्ष उपेन्द्रको भारतको राष्ट्रिय स्वयंसेवक संघस“ग सम्बन्ध रहेको छ । लोकतन्त्र पुनर्बहालीलगत्तै नेपाल आउनुअघि भएको फोरम केन्द्रीय समितिको एउटा बैठकका लागि खाने, बस्ने, सुत्नेलगायतको सम्पूर्ण व्यवस्था राष्ट्रिय स्वयंसेवक संघले पट्नास्थित आफ्नो कार्यालयमा मिलाइदिएको थियो । राष्ट्रिय स्वयंसेवक संघलाई भारतीय जनता पार्टी, शिवसेना, बजरङ्ग दलजस्ता भारतका कट्टरतावादी हिन्दूहरुको छाता संगठनको रुपमा लिइन्छ । भारतीय जनता पार्टी अध्यक्ष लालकृष्ण आड्वाणीसमेत संघद्वारा भाजपालाई मजबुत बनाउन पठाइएका नेता हुन् ।

उपेन्द्र र सो कट्टर भारतीय हिन्दूहरुबीच सम्बन्ध रहेको कुराको खुलासा त्यतिबेला हुन पुग्यो, जब गत १९ डिसेम्बर -पुस ५ गते) गोरखपुरमा सो संघका सह-सरकार्यवाह (उपप्रमुख) सुरेश सोनी प्रमुख अतिथि रहेको कार्यक्रममा उनी अतिथिको रुपमा उपस्थित भए र नेपाललाई पुनः हिन्दू राष्ट्रको रुपमा स्थापित गर्न ‘हिन्दूत्वको संकल्पना’ गर्नुपर्ने अभिव्यक्ति दिए । हिन्दूस्तान दैनिकको लखनउ संस्करणको २० डिसेम्बरको अंकमा उपेन्द्रको भाषण उल्लेख गर्दै लेखिएको छ- ‘मधेशी जनअधिकार फोरमके केन्द्रीय अध्यक्ष उपेन्द्र यादव ने कहा कि विना हिन्दूत्वके संकल्पना के नेपालमे पुनः हिन्दू राष्ट्रकी स्थापना नहीं हो सकती ।’ राष्ट्रिय स्वयंसेवक संघका उपप्रमुख सोनीलाई प्रमुख अतिथि बनाएर ‘नेपाल-भारत सीमा क्षेत्र हिन्दू संस्कृति सङ्गम’ विषयक सो कार्यक्रममा राजाको माघ १९ को कदमलाई र्समर्थन गरेको नेपाल सद्भावना पार्टी अध्यक्ष लक्ष्मणलाल कर्ण् माघ २६ को चुनावमा विराटनगर उपमहानगरपालिकामा सो पार्टी तर्फबाट उम्मेदवारी दिएका दिलिप धाडेवा आदि पनि उपस्थित भएका थिए । धाडेवा र कर्णलाई पनि अतिथिको रुपमा मञ्चमा राखिएको थियो। (स्रोत)
http://www.nepalnews.com.np/contents/2007/nepaliweekly/janastha/jan/jan24/mainnews.php#2
http://www.mysansar.com/?p=1254#more-1254
 
Posted on 01-27-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Upendra Yadav is a political agent of India. He is very dangerous man in Indian mission to Nepal.

Now he is a president of Terai party.

 
Posted on 01-27-07 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Do you know that one , who are/were the Indian's puppets? we all know it very well but we do not want to accept that.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters