[Show all top banners]

saru_bhakta
Replies to this thread:

More by saru_bhakta
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 जीवनका अन्तर्कथा अनी अन्तरबेथाहरु
[VIEWED 8949 TIMES]
SAVE! for ease of future access.
Posted on 12-16-07 3:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरुभक्त, मैले सुनेको नाम जब म तुने गर्थे Kantipur FM, म तपाईं हरु सामु छु तपाईं हरुकै हेम सुबेदि..... यस्तै यस्तै...... खै के पो थियो कार्यक्रम्को नाम तर ज् होस् सुन्ने गर्थे यो नाम प्राएजसो नेपाल हुँदा। शायद एही नाम्ले प्रेरित भएर होला नाम जुराए मैले मेरो। सरु, के साचिकै काल्पनिक थियो त? के यत्तिकै भक्त भयो त आज यो सरुभक्त कसैको? सुरुवात गर्ने ठाउँ खोज्दै छु म यतिबेला। SLC को बेला, सबैको म माथिको expectation अनी मेरो प्रेमले मेरो भबिस्य माथि गरेको तुसारोपात। भन्छन प्रेम्ले मान्छेलाई एउटा दिसा दिन्छ, एउटा उर्जा प्रदान गर्छ। भन्छन हरेक सफल पुरुषको पछी कुनै नारिको हात हुन्छ। के एही हो त मेरो सफलता? क् यही भबिस्ये दियोत मलाई मेरो प्रेमले?  सरु, यो कस्तो नाम हो? कसरी आयोउ तिमी मेरो जीवनमा? न चाहेर बिर्सिन नै सक्छु न त सम्झेर चाहननै सक्छु। शायद सपनामा पनि थाहा भको भए...... कास जिन्दगी उफ्... म किन बौल जस्तो एक्लै भौतारी रहेको छु? के एही नै हो त मेरो कथा? म मेरो कथाको सुरुवात खोज्दैछु, त्यो कथा जस्को अन्त्य मलाई आफुलाई नै थाहा छैन...Contd........


 
Posted on 12-16-07 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म एुटा Professional Writer हैन। साझामा पढ्ने गर्छु Rahulvhai, SurNaTal, Satelite, Deepji, Dipika अनी अरु अरु। कहिले काही लाग्छ कास म पनि तेस्तइ कथा हरु लेख्नसकुँ। मलाई राम्रो लेख्न अौँदैन। मेरो लेखाइमा केही  त्रुटी हुन गएमा म हृदय देखी नै माफि माग्न चाहन्छु।

आज मलाई पनि मेरो कथा लेख्न मन लागेको छ। साँचो भन्नुपर्दा अन्य साथीभै हरुको प्रेरणा मिलेको छ मलाई। हिजो सम्म म मेरो कथाको सुरुवत खोजिरहेको थिए। मलाई लाग्छ शायद मैले मेरो कथाको सुरुवात  पाएको छु। म एुटा मध्यम बर्गिय परिवारको कान्छो छोरा। अनी निम्न मध्यम बर्गको मान्छेले शायद कमै मात्रमा पौछन होल राम्रो असल boarding school पढ्न। हुनत म मेधाबी छात्र हैन तैपनी भन्छन नि "लाटो देशमा गाँडो तन्नेरी",  हो तेस्ताइ भयो मेरो जीवनमा पनि। जिन्दगी को छैटौ बसन्त पार गरेपछी भर्ना भएँ म कक्षा २ मा। स्कुलको जिन्दगी खै कती छिटो बित्दो रहेछ,थाहै नपाई म कक्षा छ पुगिसकेछु। ति दिन्हरु पनि थिए जिन्दगीमा जुनबेला पढाईमा कसै भन्दा कम कहिले भाईएन। तेशैले टोल छिमेकी सामु सधैं नतमस्तक हुनुपर्थ्यो तारिफ सुनेर "फलानाको छोरा कस्तो पढ्ने, कती ज्ञानी, कती असल" यस्तै यस्तै। शायद पारिवारिक अभावको कारणले पनि हुनसक्छ। अझभनु म कान्छो छोरा हुनुपुर्व पनि सानै उमेरमा परिपक्व भएजस्तो। कसैले जित्ने आँट पनि गर्न सक्दैन थियो तेती बेला school मा मलाई। २ कक्षा देखी लगातार छ् कक्षा सम्म प्रथम भको मान्छे । शायद politics free दुनियाँ शायद नै होला। Headmaster को छोरी प्रथम भइन कक्षा छ् बाट ७ मा अनी भान्जा द्वितिय...... म सातौ हुन पुगेछु। मेरो जिन्दगीमा पहिलो पल्ट भोगेको बज्रपात थियो त्यो। जिन्दगी लाई २ तरिकाले हेर्न सकिदो रहेछ, एउटा ज् होस् होस् बाल मतलब अनी अर्को हैन एस्तो हुनै पर्छ। मलाई तब सम्म केही महसुस  भएन जब सम्म म कक्षा ७ को पहिले क्लास गैन। सधैं roll no 1 भन्दा उठ्ने हात हरु छ् जनाको हात कती बेला उठ्ला अनी आफ्नो पालो आउला भनेर कुर्न पर्‍यो। त्यस दिन मैले निर्णय गरे म अब यो school  पढ्दिन।
.......... क्रमस:।


 
Posted on 12-16-07 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-16-07 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

exactly, good start. Testo ramro naramro kehi haina, saru bhakta ji, lekhdai janus bhai halcha, hami padhne chhadai chham.
 
Posted on 12-16-07 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरु भक्त जी, त्यस्तो रर्मो लेख्नु हुँदो रहेछ। तर प्रस्तुती अली लामो हुनु पर्‍यो। अती नै छोटो भयन र? अर्को प्रश्तुती लामो होस् भन्ने आशा रख्छु।


 
Posted on 12-16-07 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waiyat, SurNaTal ani prem_chopda ज्युहरु तपाईंहरुको प्रोत्साहन को लागि धन्यवाद। हिजोसम्म म मेरो कथाको सुरुवात खोजिरहेको थिए तर पाउन सकिन। आज मलाई मेरो कथाको सुरुवात मिलेको छ। म आफुलाईनै थाहा छैन यो अन्त्य कहाँ गएर हुन्छ। यो पनि थाहा छैन यो अन्त्य हुन्छ कि हुन्न। खैर छिट्टैनै तपाईंहरु सामु कथाको ठेट लिएर आउने वाचा गर्दछु।
-- सरुभक्त


 
Posted on 12-17-07 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Go ahead Sharu bhakta Ji,

all the best,

CL


 
Posted on 12-20-07 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry Waiyat मैले भन्न खोजेको एउटा थियो तपाईंले अर्कै बुझ्नुभयो या भनु मैले बुझौन सकिन। जे होस् मेरो कथाको अन्त्य त्यसरी पनि हुन सक्थ्यो भन्नु को मत्लब त्यो English म लेखियको जस्तो हुन सक्थ्यो भन्नु थियो। मेरो कक्षा २ बाट सुरु भएको कथालाई एकैपटक jump गर्ने मेरो intention थिएन र छैन पनि। जे होस् फेरी पनि एक पटक sorry for misunderstanding भन्न चाहन्छु।

भाग २

भाउजु चिया ready भयो? सधैं ७ बजे उठने बानी लागेको ७ बजेको क्लास भ्यौनु छ आज मलाई। शायद घरको कान्छो छोरा अनी फेरी भाउजु मेरो दिदी जस्तो। आफ्नो भाई जत्तिकै गर्नु हुन्थ्यो। ५ बजे आँखा मिच्दै भाउजुलाई दिएको आवाज थियो मेरो। Morning School जोइन गरेथे मैले आफ्नो पुरानो घोटाले स्कुल छोडेर। सुनौलो घामको  किरणसँग नयाँ साथीभाइहरु बिच नयाँ भबिस्यको कल्पना गर्दै नयाँ school गएको थिएँ। भन्छन नि ज् लेखेको छ त्यही हुन्छ। त्यस्तो नै भयो मेरो जिन्दगीमा पनि। ३-४ दिन त राम्रै बितेक थिए। सबैले नयाँ साथी भनेर मायानै गर्थे। एक मन्मा लाग्थ्यो ज् गरौछ ठिकै गरौछ भगवानले। यस्तो राम्रो साथीहरु अनी यस्तो राम्रो बातावरण मलाई लेखेको रहेछ तेसैले छोड्नु पर्‍यो त्यो स्कुल। तर अर्को मनमा अर्कै कुरा। दैलो अगाडिको स्कुल छोडेर १ कोश हिंड्नु पर्ने।

Shiva Sir, मैले नबिर्सिने नाम हो यो। History को Teacher हुनुन्थ्यो वोहा। कक्षा ७ अनी पृथ्वी नारायण शाहको दिब्य उपदेश। ११ वोटा थिए। गृहकार्य थियो त्यो ११ वोटा कन्ठस्थ सुनाउन पर्ने। याद पनि गरेको हो। तर के गर्ने १० वोटा त खररर नै भनियो तर ११ नम्बरमा अलिकती गडबड भएछ जिन्दगी को मोड नै change भयो।  शायद त्यस्तो पिटाइ न कहिले खाइेको थियो न नै कहिले खाइन्छ होला। सानो भए पनि रिश उठ्यो मलाई। एुटा बाल मनोबिग्यान् लाई पनि नबुझ्ने कस्तो teacher होल जस्तो। त्यसपछी मैले change गरे अर्को स्कुल। नयाँ स्कुल, छेबैमा चल्चित्र मन्दिर । त्यस्पछी त के चाहियो जिन्दगीमा? पढ्नु सढ्नु कौने काम हलो जोती खाए माम् भनेजस्तो भो। तेस दिन देखी मेरो पढाईले उकाली लाग्ने नाम कहिले लिएन। १ रुपैया अनी तेस्रो दर्जाको टिकेट, हप्ता पिछे नयाँ फिल्म। कहिले मिथुन त कहिले धर्मेन्द्र। अब महेन्द्रमाला र सामाजिक शिक्षा अनी ईतिहास र भुगोल भन्दा पनि मलाई कुन फिल्ममा कुन हिरो छ भन्ने बढी याद हुन थाल्यो। सधैं कक्षामा प्रथम हुने छोराको marksheet म ७ बाट ८ मा जाँदा ३५% देख्दा कुन बाबुआमालाई दु:ख हुन्न र? तेस्ताइ भयो। गाली पनि खाए घरमा टन्नै अनी चित्त पनि दुख्यो बाबा मामुको। अब राम्रो पढ्छु भन्ने द्रिढ निस्चय गरे मैले। तर आफ्नो सोच जस्तो भएन। जती सुकै पढे पनि कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा पनि म बल्ल बल्ल उतिर्न भएँ।

कक्षा ९ को पहिलो दिन। सबै आफ्नो सुरमा मस्त थिए। आज त नयाँ अनुहार पनि  देखियो। शायद अर्कै स्कुल बाट सरेका होलान कुनै न कुनै काहानीले गर्दा। कतिको मेरो जस्तो नै होलान कतिको अलिक फरक खाल्को। जे होस् कक्षाको माहोल अली फरक किसिमको थियो। पढ्नेमा नाम कहलाएक हरु फर्स्ट बेन्च्मा बस्थे भने म त नपढ्ने लन्ठु। मास्टरहरुको प्रश्नबाट जोगिन होला शायद पछाडिको row म लगायत अरु तेस्ताइ तेस्ताइ केटाहरुको लागि reserve थियो। पहिलो कक्षा, नेपाली सर। Roll Call हुँदै थियो। भर्नाक्रम अनुसार मेरो नम्बर १३ थियो। मान्छे अनुसारको roll number पाएको थिए मैले...... एउटा unlucky number । केटाहरु हौडेमा पनि नम्बर १ नै थिए। जस्को रोल नम्बर आउछ उस्को मुख छोपिदिन्थे जबर्जस्ती। रोल कल चलिनै रहेको थियो। कक्षा कोठाको ढोका बिस्तार खोलियो। शायद कोही आयो जस्तो छ। प्याजी रङ को कुर्ता सल्वार लगाएको थीन उन्ले। लामो सलल्ल परेको कपाल, नाकमा चिटिक्क परेको फुली अनी निधारमा अबिर को रातो टिका। शायद कोही त्यस्तो नहोला जो तेत्तिबेला उनी प्रती मोहित नभको होस्। "May I come in Sir?" अलि डर् मिसिएको आवज् थियो उन्को। सायद् नयाँ school अनि नयाँ दिन् भएर होला। सेकेन्ड बेन्चमा अरु केटी हरु सँगैबसिन आएर। मेरो आँखा हटेन उनिबाट। नेपाली सरले सोध्नु भयो उन्को नाम। केही लजाउदै अनी केही डर मिसौदै उत्तर दियिन उन्ले......Sir...umm..... सरु।


क्रमस:



 
Posted on 12-20-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It's goin well and i liked the way u joined your story back with your first name and i feel it like it somewhat happened to you.Saru Jee i know it will be little hard to make a impact for you with among the excellent writers in Sajha but u keep going.I would love to read more from you.Good luck.


 
Posted on 12-21-07 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hehe I know Waiyat Ji I am not an excellent writer. Just wanted to share something with you guys so I started writing it. Well thank you so much for liking it. I will keep on writing till the end (hope I will get one)

Saru_bhakta

 
Posted on 12-21-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

common Pal....u  hve a good start....im enjoying it... come up with more...
 
Posted on 05-28-08 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Waiyat and Satelite....Its been a long time. I was busy with some personal stuffs....But thanks much for your valuable comments. I will be back soon with new episode.
 
Posted on 05-28-08 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवनका मोडहरु दुरुस्त पस्किरहनु भएकोमा धन्यवाद। छिट्टै यो मोड बाट गोरेटो अगाडी बढोस्।

 


 
Posted on 05-28-08 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hami pani paddai cham hai...


keep going.. im enjoying..

 
Posted on 05-28-08 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i can't wait for another part.

 


 
Posted on 05-29-08 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SurNaTal, Somewheredowndearth and Mailo_Bhai......thanks much.

Part 3

बिहानिको सिरेटोमा तिमीलाई भेट्न आउँला,
अब यी बाँकी जीवन तिमीसङै बिताउँला ।

दीपक खरेलको त्यो गीत जस्तै । बिहानि त सधैं तेही नै त हो । उषाको लाली हरु मलाई अर्कै लाग्यो त्यो दिन । मानौं कि त्यो घाम मेरै लागि नयाँ बिहानि लिएर आएजस्तो । मेरो जीवनमा नयाँ उमङ उब्जिएको थियो । हिजो सम्म माधुरी, रविना, जुही लगायत अन्य हिन्दी फिल्मका हिरोइनको कल्पना गर्ने ति मेरा आँखामा केबल तेही प्याजी रङ को कुर्ता सल्वार वालिको मात्र झझल्को थियो । के तेही नै थियो त माया ?

के भो बाबु आज तपाईंलाई चिया पिउन पर्दैन ? आज त चुपचाप हुनुन्छ नि? भाउजुको आवाजले झस्किय म । होइन भाउजु म माथि भान्छामा आउन लागेको थिए, मेरो उत्तर थियो । मौन थियो मेरो त्यो बिहानि मानौ केही हराए जस्तो , मानौ केही गुमाए जस्तो । एकछिन आँफैलाई सम्झाये , जुन कुरा मैले पाएकै छैन त्यो त गुमौने भन्ने प्रश्न नै छैन । बरु चाहनाले मलाई प्रेरित गर्दै थियो ।

छिटो छिटो स्कुल गएर उन्को सुन्दर्ताको दर्शन गर्ने लोभ मेरो मनमा जागी सकेको थियो । भाउजु भुजा पाक्यो ? मलाई स्कुल जान हतार भयो । अघी सम्म चुपचाप मेरो बिहान् अब एकाएक बेचेनी छायो म मा,  कती खेर स्कुल पुगौ जस्तो भयो । हैन कहिले भुजा खान हतार भयो नभन्ने हाम्रो बाबुलाई आज के भो ? बिहान देखी चुपचाप हुनुन्छ नि , सन्चो छैन जस्तो छ तपाईंलाई बरु सन्चो छैन भने एक दिन स्कुल नजादा पनि हुन्छ नि घरमै बसेर आराम गर्नुस , एकाएक ज्वालमुखी बिस्फोट भयो मेरो मनमा भाउजुको त्यो कुरा सुनेर । तैपनी मेरो मनमा पलाएको आशाको टुसालाई म मर्न किन दिन्थे र? हैन भाउजु मलाई एकदम सन्चो छ बरु नयाँ क्लासमा अब राम्रो सँग पढ्नु पर्छ धेरै बिग्रे जस्तो लाग्यो , मेरो उत्तरमा भाउजुको मुस्कानले समर्थता दिएको थियो ।

कुनै कुनै दिनहरु आफुले सोचेको जस्तो हुँदैन । मेरो सोचाइ भन्दा बिपरित म भन्दा पनि पहिले त्यो क्लासमा अर्कै मान्छेको आगमन भईसकेको रहेछ । शायद नयाँ क्लासको साथी हरुलाई छिट्टै चिन्न खोज्ने उन्को पनि त रहर थियो होलानी । तर मलाई लागे उनी मेरै प्रतिक्ष्यामा थियिन । मेरो मन केही खुशी थियो उन्लाई देख्न पाउदा त केही लाज । कतै थाहा त भएन उस्लाई नै हेर्न मेरा आँखा लालाइत छन भन्ने ? केही डर अनी केही लाज भए पनि अन्तत आँट गरेर बोले , "म   Mr. X " । "Hello म चाँही सरु" , मन्द मुस्कान सँगै उन्ले आफ्नो नाम भनिन । तेसो त मलाई उन्को नाम हिजो नै थाहा नभएको हैन तर पनि मेरा कान उन्को मुखबाट १००० चोटि पनि तेही बाणी सुन्न लालायित थिए । मेरो मनमा त्यो आवाज गुन्जियो "म चाँही सरु ....म चाँही सरु ...म चाँही सरु " । जसरी हिमालका चिसा हावा हरु आएर मननै सितल बनाएर जान्छ तेस्तै आभास भयो मलाई । उनी सँग धित मरुन्जेल कुरा गर्ने चाहना नभएको हैन मेरो । दुनियाँ केही हद सम्म त स्वार्थी नै छ भन्ने कुरा सास्वत सत्य नै हो । कुनै पनि मान्छे एउटा असफल मान्छेको पछी किन लागोस ? मलाई एकदमै लाज लागेर आयो अनी हिनता बोध जब उन्ले मेरो roll no सोधिन । कास म First boy भको भए अर्कै स्थान बन्थ्यो होला उन्को मुटुमा मेरोलागि । तर अफसोच, एउटा unlucky no बोकेको थिए मैले अनी लाचार थिएँ म roll no १३ को बिल्ला जो थियो म मा .......

 

contd.....


 
Posted on 05-29-08 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

light pyaji ta malai man parne color ho saru_ bhakta Ji! 

मेरो मनमा त्यो आवाज गुन्जियो "म चाँही सरु ....म चाँही सरु ...म चाँही सरु " ।

हो त त्यो बेला त्यस्तै हुन्छ।

म पनि पढिरहेको छु है तपाइको मनको अन्तरकथा।

अर्को भाग कहिले आँउछ?

feri spelling mistake! correction gareko maile edit garda hai.

Last edited: 29-May-08 07:52 PM

 
Posted on 05-29-08 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL thank you hai mero katha padhnu bhako ma....ma pani tapaiko rachanako fan ho.......yeah mero man nai chorera lagi ni morile pyaji color maa.......hehe
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters