[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 नेपालीको राष्ट्रिय खाना

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE: <<  1 2  
[VIEWED 17267 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-07-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीको राष्ट्रिय खाना
( यस व्यंग्य कथाका सम्पूर्ण घटना तथा पात्रहरु पूर्णतया काल्पनिक हुन्)
 
 
"नेपालीको होमवर्क गर्नु छ, निबन्ध लेख्नु छ, सिकाइदे न है " मेरो कोठा भित्र छिर्दै भन्यो भाइले । "हुन्छ, ल बस् शिर्षक के हो?" आफूले पढ्दै गरेको किताब छेउ लाउँदै भनें मैले । "
"नेपालीको राष्ट्रिय खाना - चाउचाउ"
"के jpt भन्छ, नेपालको राष्ट्रिय खाना चाउचाउ नै होइन, तँलाई त्यति पनि थाह छैन?"
" अँ होइन होला खुबै, हाम्रो म्यामले त भन्नु भाको नेपालको राष्ट्रिय खाना चाउचाउ भनेर!"
" नेपालको राष्ट्रिय खाना ढिंडो र गुन्द्रुक हो, को म्याम को जे पायो त्यही सिकाउने ?"
"नकरा, आउँदैन भने आउँदैन भन् न, हाम्रो डली म्याम जान्ने कि तँ जान्ने? तँ साइन्स पढ्ने मान्छेलाई के थाह यस्तो कुरा !!! "
यसो भनेर उसले म प्रतिको अविश्वास आनि उसकी शिक्षिका प्रतिको गहिरो विश्वास देखायो । रिसले मुर्मुरिंदै मैले भने -" सब्जेक्ट को के कुरा, त्यति नि थाह हुँदैन कि क्याहो, आफ्नै देशको बारे मा?"
"भो भो। देशको खुब माया लागेर त वर्षैपिच्छे डि भी भर्छेस् !!"
अब चाहिं अति गर्यो उसले, एक झापड कस्न मनलागेको थियो तर कसिन ! दिउँसो उसको स्कुल गएर, जे पायो त्यही पढाउने म्यामकै झाँको झार्छु बरु भन्ने सोचेर म मेरो कोठाबाट निस्किएँ ।
"Excuse me! म डली म्यामलाई भेट्न आएकी, उहाँको विध्यार्थिकी दिदी हुँ ।" पाँचतारे होटलको जस्तो लाग्ने रिसेप्सनमा बसेकी सुन्दर रिसेप्सनिस्टलाई भनें मैले । " हजुर बस्दै गर्नुस म उहाँलाई बोलाइदिन्छु" उनले भनिन् ।
एकछिन पछि एकजना मोटी मोटी, चिम्रा आँखा गरेकी, बोइज् कट कपाल भएकी महिला त्यहाँ आइन् । तिनै रहिछन् डली म्याम । मैले जुरुक्क उठेर हात जोड्दै भनें " नमस्कार ! मेरो भाइ आरोग्य यहाँ Class eight मा पढ्छ ।"
"ओह! तपाईं आरोग्यको दिदी, he is my best student! Teachers' day ma पनि उसले कस्तो राम्रो राम्रो gift दिन्छ नि हौ , teachers लाई तेस्तो respect गर्ने student कहाँ पाइन्छ र आजभोलि , by the way, तपाईं चैं के गर्छ ?"
गुरुको उच्च ओहदामा बसेरपनि गुरु होइन केवल शिक्षिका बन्न सकेकी, नेपाली पढाउने शिक्षिकाको, नेपाली भाषा र मेरो भाइ उनको best student हुनाको कारण सुनेर म तिनछक्क परें ।
"हजुर, मेरो अहिले १२ को जाँच भर्खर सकिएको छ । खास आज हजुरलाई भेट्न आउनुको कारण चाहिं, हजुरले मेरो भाइहरुलाई, नेपालको राष्ट्रिय खाना चाउचाउ हो भनेर पढाउनु भएछ, नेपालको राष्ट्रिय खाना चाउचाउ होइन ढिंडो र गुन्द्रुक हो भन्ने कुरा त म्याडम लाई नि थाहै होला......"
"आम्मै !! गुन्द्रुक त सुन्या हो, but what is डिन्डो ? नेपालको national food चाउचाउ हि भनेर मलाई, मेरो Husband यो स्कुल को प्रिन्सिपल, मिस्टर आर.पी. ले सिकाउनु भाको । and I am sure, Chow chow is the national food of Nepal, yes!" वाक्यको अन्त्यमा "yes" ल्याइन उनले पनि, यो बानी मैले अरु शिक्षकहरु मा पनि देखेकी थिएँ तर नेपाली पढाउने शिक्षिकामा पहिलो पटक देखें । शायद प्रिन्सिपलकी श्रीमती भएकी हुनाले अरु केही पढाउने क्षमता नभएपछि, सबै भन्दा हेपिएको विषय "नेपाली" पढाउन पाएकी होलिन् उनले !
"हुन्छ त त्यसोभए म सरसँगै कुरा गर्छु ।" मैले शान्त हुँदै भनें ।
"OK fine" हल्का रिसाउँदै भनिन् उनले ।
मैले भनेपछि रिसेप्सनिस्टले प्रिन्सिपललाई फोन गरिन् , उनिसँग अहिले नै भेट्न सकिने जानकारी पाएपछि म उनका कोठातिर लागें । बाहिर निस्किंदै गर्दा मैले सुनें " आफूले जान्दै नजानेको Subject मा नि complain गर्न आउने, कस्तो कस्तो मान्छे हौ " शायद डलीले रिसेप्सनिस्टलाई भन्दै थिइन् ।
"Excuse me Sir, May I come in?" प्रिन्सिपलको कोठाको ढोकामा पुगेर भनें मैले । "
"Yes Please! And Be Seated! के कति कामले पाल्नुभो ।"
"मेरो भाइ आरोग्य हजुरको स्कुलमा Class Eight मा पढ्छ " नमस्कार गर्दै भनें मैले ।
" ए !! आरोग्य is a good student, Disciplined छ, अनि पढ्नमा पनि मिहिनेती छ " नमस्कार फर्काउँदै भने उनले ।
"खास कुरा के भने सर, डली म्यामले मेरो भाइको क्लासमा नेपालको राष्ट्रिय खाना चाउचाउ भनेर सिकाउनु भएछ, यस विषयमा उहाँ सँग कुरा गर्दा, हजुरले भनेको भन्नु भो, मैले त कुरै बुझ्न सकिन "
मैले यति भनि सक्न नपाई, कोठामा प्रिन्सिपलको अट्टहास गुन्जियो ।
" हा हा हा, तपाईं नेपालको राष्ट्रिय खाना ढिंडो त गुन्द्रुक पो हो भन्न खोज्नु भा होला होइन ? मलाई यति भन्नुस, अहिले नेपालमा ढिंडो कसले खान्छ ? अनि चाउचाउ नखाने को छ? राष्ट्रिय खाना भनेको त्यो हुनुपर्छ जुन् राष्ट्रमा सबैले खान्छन् अनि रुचाउँछन् पनि ! नेपालमा बच्चा देखि बुढासम्म, राजा देखि रङ्क सम्म सबैले खाने खाजा, खाना जे पनि चाउचाउ त हो, त्यसैले हामी प्रिन्सिपल्सको एउटा टिम मिलेर, चाउचाउलाई नेपालको राष्ट्रिय खाना घोषणा गरियोस् भनेर एउटा निवेदन दिएका छौं, त्यो छिटै आउँछ, मिडियामा ....."
झनै छक्क परें म । हुँदा हुँदा निवेदन नि दिइसकेका रे !! सोर्स फोर्स पुर्याए भने त पारित हुन नि बेर छैन, हाम्रो देशको सरकार त हो, त्यहाँ भन्ने केही कुरा पाइन मैले "हस् त सर त्यसो भए अहिले म जान्छु" यतिमात्र भनें आनि उठेर हिंडें ।
स्कुलको लञ्च ब्रेक भएको रहेछ त्यतिखेर, जाडो को बेला भएकोले होला, शिक्षक- विध्यार्थी सबै आफ्नो आफ्नो ग्रुपमा, घाम ताप्दै खाइरहेका थिए!
"Friends! मलाई चाउचाउमा खसी पर्यो...." खुशी ले गद् गद् हुँदै एकजना शिक्षक चिच्याए ! सबैजना उनलाई बधाई दिन थाले! म भनें भरे भाइलाई के जवाफ दिने भन्ने सोच्दै घरतिर लागें ।
 
क्रमश:  होइन है समाप्त
Last edited: 07-Mar-08 09:21 AM
Last edited: 07-Mar-08 09:22 AM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-07-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढिदिनुहुने र टिप्पणी गरिदिनुहुने, सबैलाई धेरै धेरै धन्यवाद !!

म: म: लाई राष्ट्रिय खाना बनाए त बरु ठिकै हो नि चित्रे, मीठो नि हुन्छ, फाइदा नि गर्छ ! पोषणका लागि नभइ विभिन्न खाले उपहारका लागि किनिने, बेचिने चाउचाउलाई बनाउन लागे र पो पीर परेको!!

Gyanguru र Yakku लाई Full marks दिनुभएको मा धेरै धेरै धन्यवाद  ।


 
Posted on 03-07-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्ले नि मन परा'र लेख्द्या थेउ क्यार, हाम्रो त नामै निशान छैन त धन्यवाद को लिस्टोमा, घोर कलयुग
रक्षा गर प्रभु


 
Posted on 03-07-08 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"पढिदिनुहुने र टिप्पणी गरिदिनुहुने, सबैलाई धेरै धेरै धन्यवाद !! " भनेपछि तपाईं पर्नुभएन त!!! कस्तो कुरा गर्या होला!!! Gyanguru र Yakku लाई पो डबल धन्यवाद देको त !! विद्यार्थीलाई थाह हुन्छ नि marks को महत्व त्यसैले!!!

त्यहीपनि,

यो कथा पढिदिनुभएकोमा रिठ्ठेज्यूलाई धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै धेरै  धन्यवाद टक्र्याउँदछु!!


 
Posted on 03-07-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चार जानाले पढेर कमेन्ट गरेकोमा ३ जानाले धन्यवाद खादा आफ्नो नाम नदेख्दा त भन्नु पर्‍यो नि चेली ज्यु
होस् अब त्यो भनी भनी देको धन्यवाद त नलिने है


 
Posted on 03-07-08 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Please लिनुस् न रिठ्ठेज्यु! Pleeeaaassseeeeeee,

मैले चित्रेलाई नि धन्यवाद भन्या छैन नि, उहाँको धन्यवाद नि माथि नै आको भएर !!

मेरो धन्यवाद लिनुस् न है, म चाउचाउ ख्वाउँछु नि!!


 
Posted on 03-07-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


माथि लेख्या धेरै 'इ' भ'को 'प्लिज प्लिज' देखेर त लिउ कि क्या हो जस्तो लाग्या'थ्यो एकपटक
त्यो तल पट्टी चाउचाउ ख्वाउने कुरा गर्या रइछ, आफुलाई कैले मन नपर्ने
होस् भईहाल्यो नलिने म त
त्यो चाउचाउ लाई मेट्टाएर म:म बनाउन मिल्छ भने चाँही बिचार गर्नै पर्छ


 
Posted on 03-07-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हुन्छ ल म: म: नै ख्वाउने!! :)

 


 
Posted on 03-07-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भने पछी १ बुदे सम्झौता होला जस्तो छ है अब चाँही
अब आज शुक्रबार के हस्ताक्षर गराइ भयो र सम्झौतामा --सोमबार नै गर्नु पर्‍यो है


 
Posted on 03-07-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-07-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 नाइ नाइ म नि म: म: खाने ।

चेली जी , बिहानै पढेको थिएं। ढंगको ब्यङ्ग। यथार्थ यही हो। धर्म संस्कृतिमा हामी ओरालो लागि रहेकाछौं  । आफ्नो पराया छुत्याउन सकिरहेकाछैनौं। नेता लाई गाली गरेर मात्र आफ्नो कर्तब्य निर्बाह गरेको मान्दैछु।
 


 
Posted on 03-07-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यही त ठुल्दाइ, त्यो राष्ट्रिय खाना परिवर्तन गर्ने प्रिन्सिपलको डिमान्ड मलाई चित्त बुझेन
हो, ढिडो गुन्द्रुक खाने मान्छे वा मन पराउने मान्छे तुलनात्मक रुपमा निक्कै कम पाईन्छ हाम्रो देशमा
तर तेस्को मतलब यो हैन कि राष्ट्रिय खाना मै फेर बदल गरेर चाउचाउलाई राष्ट्रिय खाना बनाउने
'सय थुङा फुल्का हामी' भन्ने राष्ट्रिय गान हामी मध्ये कतीलाई आउछ पुरै? धेरै कम
तेसो भये त कुनै हिन्दी सिनेमाको प्रख्यात गाना "कजरा रे" लाई राष्ट्रिय गान बनाउने हो त?, धेरै नेपालीहरुलाई गाउन आउछ वा मन पराउछन भनेर
कुरा तेस्तै त भयो नि !


 
Posted on 03-07-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म: म: को बास्ना आयो,
खोइ हाम्लाई नि पाउछ कि
हाम्ले पनि पढेको हो क्यारे,
कमेन्त लेख्न पो नभ्याको,
 
Posted on 03-07-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कुनै हिन्दी सिनेमाको प्रख्यात गाना "कजरा रे" लाई राष्ट्रिय गान बनाउने हो त?, "  साह्रै हाँस उठ्यो ल, कस्तो देखिएला, हाम्रा बुढा बुढा नेताहरुले "कजरा रे" भन्दै राष्ट्रिय गान गाएको !!!!

त्यस्तै छ रिठ्ठे हाम्रो नियति, नातावाद, कृपावाद र घुसवाद को भरमा सबै माथि माथि पुगेका छन् । सबै हामी नेपालीको कारणनै हो जस्तो लाग्छ मलाई; पहुँचवालाहरुले जति गलती गर्दै हिंडे पनि केही भन्न नसक्नु हाम्रै गल्ती त हो नि!! प्रिन्सिपलले राष्ट्रिय खाना नै बदल्ने गफ छाँटिरहेका बेला मैले उनलाई केही भन्न नसक्नु मेरो गल्ती होइन त? नेताहरुलाई पनि के गाली गर्नु, उनीहरुपनि हामी मध्ये कै एक त हुन् !

Thanks to Ritthe(again), Thuldai and lahare for reading this piece of writing and passing the comments.

ल म सबजनालाई म: म: खुवाउँछु है त!!

 

 

 

Last edited: 07-Mar-08 03:15 PM

 
Posted on 03-07-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली बहिनी, राम्रो प्रस्तुती, गोच-पेच दरिलो छ। कथा भित्र ब्यङ रस को राम्रो प्रयोग गरेकी छौ। लेख्दै गर।
रिट्ठे ब्रो, ब्यङलाई वास्तविकता को रुप मा न लिएर ब्यङ को रुप मा लिउ न।
 
Posted on 03-07-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चेली म:मको लागि धन्यवाद
"हमे तो हर पुलिसवाले के चेहेरे एक जैसे लगते है" लम्बुको यो शोलेको डाइलग जस्तै मलाई त त्यो माथिको म:म देख्ने बित्तिकै ठुल्दाइको हातकै
म:म जस्तो लाग्यो, क्या बानकी परेको म:म बाइ

नेप्चे मैले ब्यङलाई वास्तविक रुपामा लिएको हैन, चित्त नबुझेको कुरा गरेको मात्र हो
चेली कैले आउ म:म हसुर्न?


 
Posted on 03-07-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुवाएँ त म: म: !! अझै खाने भन्या हो? हो भने ल त!

थपिदिएँ


 
Posted on 03-08-08 8:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शैलि पनि राम्रो , खुराक पनि ।

"OK fine" हल्का रिसाउँदै भनिन् उनले ।।।"


ळेख्दै गर्नु होला । हामी रमाई रमाई पढ्छौं, चेली जि ।





 
Posted on 03-08-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्छे दाजु अनि सोमजी,

पढिदिनु भएकोमा अनि मनपराईदिनुभएको मा धेरै धेरै धन्यवाद!

सबैलाई नारी दिवशको शुभकामना!!

 

 


 
Posted on 03-09-08 1:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तँपाइको कथा राम्रो छ तर चौधरि ग्रुपले मानहानि मुद्दा हाल्ला भन्ने पिर पर्यो मलाई !

just kidding .............nice flow अनि शैलि असाध्यै मन पर्यो ,अलि धेर लेख्नुहोस न ,हामीले पनि पढिरहन पाउँथ्यौ!


 
Posted on 03-09-08 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks fuchheketo! मलाईपनि तपाईंको शैली साह्रै मनपर्छ !  
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Need Help of IT consultancies
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters