[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 डण्डिफोर
[VIEWED 18572 TIMES]
SAVE! for ease of future access.
Posted on 05-24-08 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्दिपले आज फेरि आँखा छलेर सरितालाई हेर्यो । दुई बेन्च पछाडि थीइ सरिता ,केटाहरुले जिस्काउँदा जिस्काउँदा आजित भइसकेपछि पनि उसले सरितालाई हेर्नबाट रोक्न सकेन,उ गालामा खसेको रेशमि कपाललाई मिलाइरहेकि थिई उसको कलम कपिमाँ चले पनि  ,बिच बिचमा कलम घुमाउने गर्थि जब उ ब्ल्याकबोर्डमा हेर्थी लामा परेलि खोलेर ।बिच बिचमा उ अल्छि लागेझैँ गर्थि ,अनि एकछिन पछि छुटेका कुरा हरु छैवैको साथिबाट सार्थी । बिगत दुइ महिनाका प्रत्येक पिरियड झै यसपालि पनि  मात्र हेरिरह्यो  सन्दिपले  अनि आँफैलाई धिक्कार्यो आज पनि उसले सरितालाई बहिर खाजा खान जाउँ सम्म भन्न सकेन ,किन गारो पर्छ मान्छे लाई यति मात्र भन्न पनि किन गल्छन् मान्छेहरु कोहि सामुमा मात्र हुँदा पनि ,किन लट्पटिन्छ जिब्रो आखीर ,मात्र उ एक टकले हेरिरहन मात्र सक्छ किन?

 

"सन्दिप त्यो हिजोको केमिस्ट्रिको नोट छ ?म एब्सेन्ट थिएँ ।"सरिताको यत्तिनै हो उसले तिन महिनाको क्लासमा पहिलो चोटि उसका निम्ति बोलेको बोलि सुनेको ।पहिला त पत्यार लागेन तर छेउछाउमा कोहि थिएनन् अनि उसले नाम नै लिएर पनि त बोलाएकि थीइ पत्याउन करै लाग्यो ।उ मुर्ति जस्तो एकछिन त ठिङ्ग उभिरह्यो चुपचाप मानौँ उस्ले बोल्ने शब्दहरु कतै हराएको छ ,अनि थरथर कामेका हातले केमिष्ट्रिको नोट दियो ।हातका औँलाहरु लुकेर हेर्यो गोरो हातका सलक्क मिलेका लामा औँलामा कालो रङ्को नेलपोलिश थियो ,स्पर्श गर्ने मौका हुँदा पनि आँट आएन कपिको सकेसम्म छेउमा समात्यो नछोइयोस भनेर । बिचको औँलामा पथ्थर को औँठि थियो । कसैले गिफ्ट त दिएको होइन ? थोरै सशंकित पनि भयो ,होइन होला भनेर आफैलाई चित्त पनि बुझायो ।उसलाई सन्दिपको नाम थाहा रहेछ ,उसले त्यो दिन उपलक्छ्य नभनी साथिहरुलाई चिया खुवायो ।साथिहरु केहि छ स्पेशल भन्दा उ फगत मुस्कुराइरह्यो केहि नबोलि मानौँ उ मुस्कानले नै सबै बुझाउन चाहन्छ ।

 

 

 

 

टावेल कपालमा बेरेर उ ऐना हेरेर बसिरहेकी थिइ आफ्नै कोठामाँ । सँधै नुहाइसकेपछि बरण्डामा कपाल सुकाउन जान्थी सरिता , तर पल्लो घरको छतबाट उरण्ठेउले केटाहरुले जिस्क्याए पछि आज उस्को ऐना मा बस्ने समय बढ्यो । ति उसलाई देख्ने बित्तिकै हुरुक्क हुने उरण्ठेउले केटाहरुका अनुहार सम्झी ,अनि उसैको कलेजको सन्दिपलाई सम्झी । किन एउटै प्रजाति पनि यति भीन्न ,दुवै आखिर केटा नै त हुन् । सन्दिप उसलाई हेर्दैन ,बोल्नलाई हिचकिचाउँछ किन ?केटाहरु के खोज्छन केटीमाँ ?एउटा केटा र अर्को केटा को खोजाइ मा फरक हुन्छ वा हुन्न ? के छैन उसमाँ ?ऐना ले उसलाई भन्न सकेन । त्यस्तो गोलो अनुहार, लामो कपाल,ठुला आँखा ,मिलेको चुच्चो नाक , फुकेको छाति ,सुकेको कम्मर अनि अठारको उमेर तर पनि त सन्दिप उसलाई हेर्दैन ,बोल्नलाई हिचकिचाउँछ किन ? उसलाइ टाउको दुखे झैँ भयो ।टावेल खोलेर उसले अस्ति भख्खर स्ट्रेट गराएको कपाल हेरी त्यो उसले नगराउनु पर्थ्यो क्यारे ,धेरैले उसलाई नागबेलि बनी गालामा खसेका केशराशि नै राम्रा थिए भनेर भनेका थिए ,तर अब त उसले बनाइसकेकी थिइ त्यसलाई फेरि चेन्ज गर्नु ,अहिले नै !!!!!!! फेरि बिचार बदली होइन सिधै ठीक छ ।बिस्तारै सुम्सुम्याइ ,पहिलेको भन्दा अलि अररो लाग्यो ,रेशमीपन कतै हराएजस्तो ,शुषुप्त भए जस्तो ,नुहाएर होला । थोरै नरिश गर्ने बित्तिकै त फर्किहाल्ला उसले सोची ।अनि अचानक उसले आफ्नो देब्रे गालामा सानो डण्डिफोर देखी , पुरै अनुहार बिगारे झैँ लाग्यो चन्द्रमाको दाग नै त्यहि नै हो कि भयो सरितालाई ,डण्डिफोर निचोर्न खोजि सरिताले ,,,,,अहँ खिल निक्लेन,  बरु अलिकति अझै त्यसको साइज बढ्यो अझ निचोरि ,,,,गाला नै तातो भए झै भयो ज्वरो आए जस्तो भयो न उस्ले निचोर्न छोडि न डण्डिफोर बढ्न छोड्यो ।

समाप्त

 

 

 

 

 


 
Posted on 05-24-08 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वो फुच्चे केटो के गरेको एस्तो, एस्तो नी हो, कस्तो राम्रो गैरा बेला
त्यो समाप्त भन्ने शब्द कहाँ बाट आयो, गल्ती ले मिस्तेक भयो की,
क्रमश: हुनु पर्ने होइन र भन्या,

 
Posted on 05-25-08 2:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ohe .. फुच्चे केटो के गरेको एस्तो, एस्तो नी हो, कस्तो राम्रो गैरा बेला
त्यो समाप्त भन्ने शब्द कहाँ बाट आयो, गल्ती ले मिस्तेक भयो की,
क्रमश: हुनु पर्ने होइन र भन्या, ........?

continue yaar......


 
Posted on 05-25-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो खतरा हेर्‍या होला त डन्डिफोर नैँ आउने गरी फुच्चेले!

डन्डिफोरलाइ तिमीले "metaphor" बनाको हो यो कथामा ? अलिकति ब्यख्या गर्देउन है। मैले दुइचोटि पढे र पनि बुझ्न गार्ह्हो भयो क्या।


 
Posted on 05-25-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gr8 ... liked it
 
Posted on 05-26-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bafre bafre kasto daami description..kabita jastai.................. फुकेको छाति, सुकेको कम्मर अनि utheko hip ............(nitamba po bhanchha ki kya ho ? ali aayena :-)..................chahin chutecha ki kya ho :- tara tyo 'samapta' chahin ali bhayena hai yeti chitto...trailor matra dekhayeri samapta bhandine..bhaye na ni ho kathakar jiu..:-) thap bhag ko byagra pratikshay ma..
 
Posted on 11-02-16 2:39 PM     [Snapshot: 3072]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेह फुच्चे नया कथा लेख्न छोडी हाल्यौ त .... पुरानै खोतलेर पढिर म त ...
 
Posted on 03-18-17 10:09 AM     [Snapshot: 3377]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuchhe,

Come back! Waiting for your next block buster in Sajha.

CL
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Democrat lies revealed
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Business Ideas in Nepal?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NEPAL TPS IS GONE
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters