amricane
Replies to this thread:

More by amricane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हाम्रा प्रधान मन्त्री किन सार्वजनिक भाडाका गाडी चडदैन
[VIEWED 5472 TIMES]
SAVE! for ease of future access.
Posted on 09-12-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सीता दाहाललाई काला कार

नेतालाई बिगार्न र आफ्नो काम बनाउन नोकरशाहहरूले के–केसम्म गर्छन् होला? जवाफ सामान्य छ– घुमाउरोपाराले प्रलोभनमा पार्छन्। यसका लागि उनीहरूले नेताका नजिकका मानिस वा पत्नीमार्फत आफ्नो पहुँच बनाउने प्रयास गर्छन्।


 सन्दर्भ मुलुककै सबभन्दा माथिल्लो तहका नोकरशाहको आफ्नो काम बनाउने शैलीको हो। हाम्रा मुख्यसचिव भोजराज घिमिरेले प्रधानमन्त्रीसम्मको पहुँचका लागि प्रमपत्नी सीतालाई माध्यम बनाएका छन्। शनिबार प्रमनिवास बालुवाटारमा गृहमन्त्री वामदेव गौतम, रक्षामन्त्री रामबहादुर थापा, भौतिक योजनामन्त्री विजय गच्छेदार र मुख्य सचिवसहितको बैठक प्रम दाहालको उपस्थितिमा बसेको थियो। बैठकले कोसी प्रकोपका कारण अस्तव्यस्त तराईमा बाटो खोल्ने, पीडितहरूलाई राखिएको शिविरमा विद्यालय गइरहेका, तर हाल स्कुल नभएका विद्यार्थीका लागि पठन–पाठनको व्यवस्था मिलाउने र शिविर थप व्यवस्थित गराउने निर्णय गर्‍यो। बैठक सकेपछि अरू त आ–आफ्नो धुनमा लागे। मुख्यसचिवले पनि आफ्नो धुन छाड्ने कुरै भएन।
प्रम दाहाल अलि फुर्सदिलो र अलग भएको थोरै क्षणको उपयोग गर्दै मुख्यसचिवले आफ्ना कुरा राखे। उनले भने– 'हजुर! मैले आजै मात्र थप दुईवटा पठाएको छु। जम्मा पाँचवटा भए। यतिले त पुग्छ होला नि! म्याडमका लागि सरकारी नम्बर प्लेट झिकी प्राइभेट नम्बर हालिदिएको छु।' अरूले सुन्दा कोड भाषाजस्तो लाग्ने मुख्यसचिवको यो भनाइ प्रम निवासमा भर्खरै पुर्‍याइएको ५५३५ र ५५२१ नम्बरका थप दुईवटा चिल्ला काला कारका बारेमा थिए। मुख्यसचिवले शनिबार साँझ मात्र दुईवटा सरकारी आधुनिक कार निजी बनाएर प्रम दाहालसमक्ष चढाएका हुन्। शनिबारसम्म सरकारी सम्पत्तिका रूपमा रहेका यी मित्सुबिसी गाडी सोही दिन साँझदेखि एक नोकरशाहका कृपाले निजी बनेका छन्। यी दुवै गाडी पूर्वमन्त्रीहरूले प्रयोग गर्थे।
यसपटक फेरि बालुवाटारमा आरजूकै शैली दोहोरिएको छ। प्रधानमन्त्रीका परिवारले माथिको छुट्टै भान्सा प्रयोग गर्ने र अरू कर्मचारीका लागि छुट्टै तल भान्साको व्यवस्था गरिएको छ। तलको भान्सामा खाना बनाउने वा भान्सेका रूपमा समावेशीताका नाममा गोपाल र शिवराम विकलाई ल्याइएको छ।

— जनआस्था साप्ताहिक


 
Posted on 09-12-08 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसै को लागि महाभारत गरे
अब किन चुक्थे त

 


 
Posted on 09-18-08 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K tapai haru gadi ko matra kura garnu hunchha, desh nai ek din India banai dinchha yini haru le.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
2020 : Why No Trump !
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
NOV 18th TPS DAY
EAD Filing
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters