[Show all top banners]

jhilkeJetho
Replies to this thread:

More by jhilkeJetho
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Shitasma
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओवादी सरकारका निर्णयविरुद्ध रिट
[VIEWED 6657 TIMES]
SAVE! for ease of future access.
Posted on 05-26-09 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं जेठ १२- माओवादी सरकारले अल्पमतमा परिसकेपछि दीर्घकालिन असर पर्ने गरी भएका ३८ निर्णय बदर गर्न सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरिएको छ।

अल्पमतमा परिसकेको सरकारले महत्वपूर्ण निर्णय गर्न नहुने भनी ती निर्णय बदर गर्न माग राखी अधिवक्ताद्वय दिनेशराज सत्याल युवक कुमार गौतम र मार्गदर्शन खवरपत्रिकाको प्रधान सम्पादक दिपक पाठकले रिट दायर गरेका हुन्।


रिटमा विश्वास नै नभएको सरकारले जाँदाजाँदै गरेको निर्णय लागु नगर्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ।


सरकारले सशस्त्र प्रहरी प्रमुख राष्ट्रिय अनुसन्धान विभागका निर्देशक नियुक्त गर्ने निजामति सेवामा २० वर्ष सेवा अवधि र ५० वर्ष उमेर पुरा भएकालाई स्वेच्छिक अवकाशको योजना ल्याउने कर्मचारी सरुवा बढुवा गर्ने आपराधि मुद्दा फिर्ता लिने माओवादी अस्पताललाई एक करोड अनुदान दिने लगायतको ३८ निर्णय गरेको थियो।


बाहिरिने बेलाको सरकारले उद्योग व्यापार अस्पताल प्रहरीप्रशासनलगायतका क्षेत्रलाई प्रभाव पार्ने निर्णय गरी नागरिक सर्वोच्चताको उपहास गरेको र यस्तो परम्पराले विधिको शासनलाई परवाह नगरेको रिटमा उल्लेख छ।


माओवादीका मात्र मन्त्री सहभागि बैठकले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन र मन्त्रीपरिषद्को निर्णय अनुसार नियुक्त भएका व्यक्तिलाई पनि कुनै काम गर्न नदिन आदेश जारीको माग गरिएको छ।


मन्त्रीपरिषद्ले गत वैशाख २० मा प्रधानसेनापति रुक्मांगत कट्वाललाई हटाउने निर्णय गरेपछि त्यसमा असहमति जनाई सत्ता साझेदार दलले नै समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । त्यसको भोलीपल्ट सरकार छोडेकै दिन माओवादी मन्त्रीमात्र सहभागि बैठकले ती निर्णय गरेको थियो।


रिटमा प्रधान मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गृह अर्थ शान्ति तथा पुनर्निमाण भूमीसुधार संस्कृति तथा राज्य पुनः संरचना स्वास्थ्य तथा जनसंख्या सूचना तथा साचार कानुन न्याय तथा संविधानसभा व्यवस्था र नागरिक उड्डयन मन्त्रालयलाई विपक्षी बनाइएको छ ।


 
Posted on 05-26-09 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prachanda, Ram Bahadur and Ghamandi Dr should be tried in International Court of Justice.


 
Posted on 05-26-09 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with you.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters