[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 राशी

[Please view other pages to see the rest of the postings. Total posts: 51]
PAGE: <<  1 2 3  
[VIEWED 45235 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-09-10 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

राशी

"तिम्रो राशी कुम्भ हो?" आफ्नो सुरमा हिन्दै गरेकी एउटी सुन्दरीलाई झस्किने गरी बाटो छेक्या झैं गरी बाङ्गेले सोध्यो।


सूर्य पस्चिम आकाशको खुड्किलो ओर्लिदै गरेको बेला थ्यो, मन्द बतास चलेको--त्यै बतासका केही लहरहरुमा अल्झिएका उस्का केही कपालहरुलाई आफ्नो अनुहारबाट पन्छाउँदै सुन्दरी टक्क रोकिई।


एक पल त त्यो सुन्दरीलाई भरखर के भयो त्यो बुझ्न पक्कै लाग्यो। घटना मेरो लागि समेत आकस्मिक मात्रै होईन अप्रत्यासित पनि थ्यो भने सुन्दरी नझस्किने त कुरै भएन।


सुन्दरीलाई हेर्दा उ धागोमा आगो लागिसक्या मल्टाबारा जस्ती देखिन्थी -- रन्थनिएकी सुन्दरी कस्तो प्रतिकृया कुन तरीकाले बजाईदिन पाए सोध्नेले प्रस्टै बुझ्थ्यो भन्नेमा निश्चित भैसकेकी थिईन सायद...


शरद ऋतुको बेला थ्यो, हावामा चिसोपन मिसिईसकेको त थ्यो तै पनि जाडो नै हुने बेला चै भैसकेको त थिएन --तर पनि जाडो भए जस्तो भो --त्यसमाथि बौद्ध पुगेर आएको-- जाडोकै महिना भए त जिउ रन्किनु पर्ने---


बाङ्गेले फेरी सोध्यो "हैन राशी त कुम्भै हो कि क्या हो?"


अब सुन्दरीले एक पल पनि खेर नफाली झर्केर "होइन" भनी अनि अघि बढी।


कान थुने पनि उस्ले सुन्ने गरी बाङ्गेले भन्यो "-- ज्योतिषीले कुम्भ राशी सँग बिहे हुँदैन तेरो भन्दया थ्यो -- नहुने काममा लागिने हो कि भन्ने कत्रो पीर आफुलाई --अब बल्ल ढुक्क भो --"।


सुन्दरीले आफु पछी साँढे कुदेर आको हो कि झै गरी एक चोटी तर्सेर हेरी अनि आफ्नो हिँडाई तेज गरी।


"को हो त्यो?" धोबीखोलाको पुलमा बस्दै मैले बाङ्गेलाई सोधें।


"त्यो मेरी हो नी" बाङ्गेले हाँस्दै भन्यो।


"अब यो मेरीको दाई डेभिड छ कि माईकल छ छ त्यस्ले भेट्यो भने तँलाई बिनाभी पनि नभनी त्यो सोर्हखुट्टे ओरालोमा गाडाले च्यात्या टायर धसेर ब्रेक ला जसरी तँलाई धसेर---"


"ल ल भो -- साथीले गरी खाओस भन्नु त कता हो कता अझ--" मैले मेरो कुरा पुरा गर्नै नपाई बाङ्गेले आफ्नो कुरा भन्यो।


अघि त्यो यत्तिकै जाडो भाको जस्तो अनुभव बिस्तारै हराउँदै गयो -- डर अभावको रे छ क्यारे प्राप्तीको सम्भावना छेउछाउ हुँदा बिचलित भएको--तर अब त्यो सम्भावना न्युन हुँदै गए पछि डर आफै ठेगान लागेको हुँदो हो।


"ल ल गरी खा ---" मैले भन्दें। मैले अरु गर्नु पर्ने केही थिएन, त्यै भन्दिनु त थ्यो नी -- त्यसमाथि बौद्ध सम्म पुर्याएर तातो, चिसो र ध्वाँको प्रायोजन उसैले गरेको थ्यो--गुन पनि त देख्दै गर्नु पर्यो नी --


धोबीखोलाको पुलमाथि कालो पुल तिर फर्केर बस्दै मैले भनें "त्यसलाई पैला त देखेको याद छैन---"


"देखेकै छैन नी -- देखेको भए बिर्सिन के सकिन्थ्यो--" बाङ्गेले पनि खल्तीबाट डनहिल लेखेको चुरोट झिक्दै भन्यो।


बाङ्गेले कुरा त ठीक गर्या हो। उस्लाई पैला देख्या भए बिर्सिन नसकिने नै थिई। रातको बेला--लगातारको झरीमा बिजुली चम्किए झैं थिई उ -- साँझको बेला सूर्य-चुम्बनमा मग्न समुद्र जस्ती थिई उ -- बिहानले पुर्बी आकाशमा फाउ खेले झैं थिई उ -- 


"यो धोबीखोला गन्हाएर पनि चुरोटको स्वादै बिगारीसक्यो---" बाङ्गेले झर्किएर बोल्यो -- अघिकी सुन्दरीको मन्दीर बनाउँदै थिएँ म --भत्कायो --
के भन्नु---केई भनम उस्की भनी र छ -- दिक्क लाग्ने --


"खै चुरोट ले -- "मैले पनि झर्किदै भनें। उस्ले उस्कै चै चुरोट दियो -- नयाँ झिक्ला भन्या त -- तान्नै पर्यो ---


"त्यो ठीटीको पछी लागीनस त -- घर कता हो पत्ता लाउनु पर्दैन?" मैले धुवाँलाई एक छिन हेराईले लखेट्दै सोधें।


"अघि नै झस्क्या देखिनस? फेरी पछी लागेर तर्साउन हुन्थ्यो के त? --पछी लाग्ने लगाउने दिन त आईहाल्छन नी --" उस्ले तरुनी गएको त्यो चाबेलको बाटो तिर हेर्दै भन्यो।


साँझ गहिरिदै थ्यो -- रात चिनीने बेला हुँदो थ्यो।


"लस्किने होईन त अब?" पुलबाट ओर्लिदै बाङ्गेले सोध्यो।


म पनि ओर्लिएँ।


"खै त्यो अघिको चुरोट अर्को एउटा झिक न -- अघि आधी तानेको केई धित नै मरेन --" मैले अलि मधुरो स्वरमा भनें--अलि ठुलो स्वरमा भन्दा कैले काईँ "राख्न देको थिस र झिक भन्नलाई" भन्थ्यो -- त्यो पनि सम्झिनै पर्यो --


उस्ले चुरोट झिक्यो -- अलि अलि बतास चल्दै थ्यो -- उस्ले लाईटर पार्यो म छेकेर चुरोट सल्काउँदै थिएँ "ए! के गरीरा हँ? तिमेरु? -- के तान्या त्यो?" एउटाले गर्जेको झै गरी सोध्यो। झसंगै भएँ। चुरोट सुरोट फ्याल्दिन ला थें--हेर्या त अर्जुन दाई रे छ --


"चुरोट तान्या नी दाई अरु के हुनु?" मैले हाँस्दै भनें।


"चुरोटै हो त? खै हेरम?" अर्जुनदाई अलि बढे र चुरोट मेरो हात बाट लिए। धुवाँ सुघेँ अनि यसो चुरोट नियाल्दै "के चुरोट यो? भने। अर्जुनदाई र अर्को झ्याप्ले भन्ने दाई रे छन।


"यो डनहिल हो दाई" बाङ्गेले भन्यो। अर्जुनदाई मान्छे भकुर्नमा ओस्ताज थिए। उन्को संगत फलदाई हुने भएकोले होला बाङ्गेले हत्त न पत्त अर्को खिल्ली उनलाई दिदै भन्यो "दाईहरु कता नी?"


बाङ्गेले उनलाई देको खिल्ली चै उनले झ्याप्लेलाई दिँदै अर्को खिल्लीको लागी हात बाङ्गे तिर बढाउँदै भने "पिस्न हिनेको"। उनले मेरो चुरोट मलाई नै दिए।


"दाईले पिस्न हिनेको भनेर सम्झिएँ -- एउटालाई मेरो पनि पिस्नु पर्ने थ्यो -- म पनि दाई जस्तो भा भे त पिस्दी सक्थेँ---" बाङ्गेले अर्जुनदाईको चुरोट सल्काउन लाईटर पार्दै भन्यो।


"को हो? मैले गरेर हुने भए म ठोक्दिन्छु नी" डनहिल ले आसामी बनाईहाल्यो।


"छ दाई एउटा -- त्यस्को बैनीलाई बिहे नै गर्छु भनेको--उल्टो मलाई दागा धरी रा छ --त्यस्को बैनी सँग बिहे गर्न पाईन भने त म कसै सँग नी बिहे गर्दिन --बरु मर्छु" बाङ्गेले भाबुक भएर भन्यो।


मैले बुझें। बाङ्गेले त्यो अघिकी सुन्दरीको दाईले केई तल माथि गरे त्यस्को बन्दोबस्त अहिले देखिनै गर्यो भनेर। चोर बाङ्गे। आईडिया त लाकै हो --


"त्यस्तो डेडली सेन्टी छ?" झ्याप्लेले सोध्यो।


"नभाको भए कोई यत्तिकै मर्न खोज्छ दाई?" बाङ्गेले सानो स्वरमा भन्यो।


"पर्दैन मर्न सर्न -- म पिस्दीम्ला तेस्को दाईलाई -- पर्यो भने मलाई भन्नु -- " अर्जुनदाई फेरी गर्जिए।


"हस दाई" बाङ्गेले दंग परेर भन्यो। अब उस्लाई त्यो मैले अघि भनेको डेभिड र माईकलको डर भएन।


उस्ले म तिर पुलुक्क हेर्यो। मैले बुझिसक्या थिएँ।
"देखिस, यसरी चलाउनु पर्छ गोटी" उस्को हेराईले मलाई त्यही भन्दै थ्यो।


"अनि दाई चैं कस्लाई पिस्न हिन्या त यो राती?" आफ्नो बन्दोबस्त भए पछी बाङ्गेले सोध्यो।


"यहाँ मेरी फुपुकी छोरीलाई अघि राशी सोध्यो रे कल्ले हो--तेस्को राशी नछेत्र सराद जम्मैको ठेगान लाईदिनु पर्यो ----" अर्जुनदाईले कठोर स्वरमा भने।


"हो हो दाई ठोक्नु पर्छ" मैले पनि थपें।


बाङ्गे चुपचाप थ्यो। म उस्लाई हेरीरा थिएँ। उस्ले म तिर हेर्दै हेरेन।



 


 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-11-10 2:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-11-10 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप

मैले भनेको कुरा सुन्दैन ! कति भन्नु ? 

किताब छाप भन्या किताब ! 

बिषय बस्तु ईन्टेलेक्चुयल नभए पनि रमाईलो र नंया छ - प्रस्तुती र शैलीको त झनै गज्जप ! 

तिमी सित भेट्ने ईच्छा जिउदै छ !

मबि


 
Posted on 03-11-10 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा पढ्न एक चोटि छिरे पुग्या थ्यो, कमेन्ट पढ्न दुई चोटि छिरे नि नपुग्ने भईसक्यो ! लौ न


भन्न खोज्या कमेन्टहरु नि कथा भन्दा कम् रमाइलो छैन


 
Posted on 03-11-10 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनि दाई चैं कस्लाई पिस्न हिन्या त यो राती?" आफ्नो बन्दोबस्त भए पछी बाङ्गेले सोध्यो।


"यहाँ मेरी फुपुकी छोरीलाई अघि राशी सोध्यो रे कल्ले हो--तेस्को राशी नछेत्र सराद जम्मैको ठेगान लाईदिनु पर्यो ----" अर्जुनदाईले कठोर स्वरमा भने।


"हो हो दाई ठोक्नु पर्छ" मैले पनि थपें।


दीप जि,


छोटो मिठो क्या दामी कथा पस्कनु भो, म जस्तो एक्स्प्रेस साझा भिजिट गर्नेलाई पनि केही नलेखी बस्न सकिन। अरु कथाहरु पनि पढ्न पाउने आशामा............


कालेदाइ


 
Posted on 03-12-10 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिरादाई,


काँ भुस्याहा कुकुरहरु त्यो पनि गुलुप उडीसकेकाहरुको मुस्कान सम्झेर बस्या हो यति बेला? बरु सम्झिन सम्झिन परेसी मित्र पार्क पूर्ब त्यो चार्टड एकाउन्टेटको घर उत्तर अब कति घर उत्तर चै म भन्दिन --त्यै घरका मान्छे यता हुँदी रेछन भने? राम राम राम -- हो त्यो घरकी बिजुली सम्झिम्न प्रभो -- अहिले पनि मन झिलीमिली हुन्छ ---


shabanam,


म जस्तो सोबर मान्छेलाई सबनमले बिर्स्या हो की भन्ने पीरमा दशैंको अष्टमी पनि एकादशी जस्तो लाग्न थालीसक्या थ्यो --आहा! धन्न होईन रे छ ---आफ्नो ईस्ट टंगाल गणेश उतै परे नत्र आज लड्डु चढाउँथे म --सबनम र मेरो तर्फ बाट --


माई डियर दीप भनेको रे छ माई डियर सबनमले -- जीबन धन्ने भो --


brandy,


नामैले नशा लाग्ला जस्तो भो गाँठे! संगत गर्न पाए त मदहोसको अर्थ पनि थाह हुन्थ्यो होला --


Harka_Bahadur,


चल्न त प्रभो कैले काईँ गोर्खापत्र बटारेर त्यस्कै धुबाँ भन्ने की खार अब त्यो पनि चलेकै हो -- तर डनहिल त्यो पनि सित्तैमा तान्न पाउँदा त्यो रत्न राज्य स्कुल छेउकीले मुस्कान देको जस्तै लाग्थ्यो नी --


प्रभो अनि त्यो कुमारीगाल तिर बाट उता गौरीघाट पनि परेड खेलेकै हो -- अरु केई नभए नी दिनभर त्यसरी परेड खेल्दा ज्यान चै स्वस्थ हुने रे छ --मन बिमार भए पनि --


दिनमा आधी घण्टा हिन्नु ज्यान स्वस्थ हुन्छ भन्दा रे छन हामी त दिनभरी जसो हिन्थेम -- कुमारीगालमा बादल लाग्या जस्तो देखियो भने बानेश्वर तिर घाम ताप्न पुग्थेम - के गर्नु --मनको बसमा परे पछी त्यस्तो हुने --


aakanksha,


यो नाम चै सार्है मन पर्यो मलाई -- आकांक्षा -- मायालुका अधरले आफनालाई जतन सँग स्पर्श गर्दाको पल सम्झाउने--


मेरो बगर जस्तो लेखाई प्रति पनि फुलबारी जस्ता शब्दहरु खर्च गरेको रे छ -- मन पक्कै उदार हुनु पर्छ --


user123,


प्रभो, पैला पैला लामै पनि बिन्ती चढाकै हो --यस पटक छ्यास्स ज्यानले धर्म छोड्या छैन है साथी हो भन्न सम्म हाजीर भएको हुँ ---- फेरी गैर्हीधारा तिर बाट अर्यालहरुको घर हुँदै नीलसरसोती सम्म पुगेर फर्किम की जस्तो फुर्ती पो आउला जस्तो भो -- साथीहरुको आड पाएर --


sky,


:D :D


सत प्रतिशत थपेर धन्यबाद चढाएँ।


shirish,


लौन नी प्रभो के भन्या त्यस्तो --- मैले नी किताब छाप्न थालेँ भने त त्यो घण्टाघर नेरको अमात्य पृन्टींग प्रेस बन्द मात्रै हुने होईन साँच्चिकै लेखकहरुले सैनीक मन्चमा लगेर मलाई तोपको अगाडी उभ्याएर बारुदमा आगो लाउँदैनन् र?


मेरो त झन प्रभो को दर्शन पाउने ईच्छा शुक्ल पक्षको चन्द्रमा झै छ ---


ritthe,


यता त जति आयो तेती रमाईलो नी प्रभो -- भिड भए पछी अरु केई हुनै पर्दैन यत्तिकै रमाईलो हुन्छ -- रत्नपार्कमा बदाम बेच्नेलाई होस की सडकमा खाल्डो खन्नेलाई होस झिरिप्प घेरेर बस्ने बानी -- भिड भए पछी यसै रमाईलो लाग्ने -- खाली एउटा भिड चै कैलेई मन परेन जिन्दगीमा -- त्यो चै आफुलाई भावनाको दाईले यता र उता हुर्‍याउँदा तमासा हेर्न जम्मा भाको भिड --


KAledai,


प्रभो, स्वागत छ है -- नामले अलिकति झस्कायो तर -- त्यो भावनाको दाई पनि श्यामबर्णको थ्यो --- प्रभो बालुबाटार तिरको त हैन नी है?


************


फेरी एक चोटी सबै प्रति मेरो लेखाईमा खर्चेको समयको लागि आभारी छु। अनि सबैलाई मेरो हार्दिक शुभ-कामना पनि।


 
Posted on 03-12-10 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभु हराको हो की भन्ने सोच्दै थिए म त 

 

एउटा कुरा नि प्रभु, नक्साल, नीलसरसोती, गैर्हीधारा, कुमारीगाल बाहेक अरु कता थियो अड्डा हाम्रो  ?

 

उही/उस्तै  थालमा खाना खाने मा परिएको थियो की जस्तो पो लाग्न थाल्यो त :)

 
Posted on 03-14-10 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


मलाई चाहि रमाइलो लाग्यो शायद म त्यो बाटो धेरै चोटि हिड्येकिले गर्दा होला। अनी तिमीलाई भुडे गणेशमा लडु मैले चडाइ दिन्छु ल ? नेपाल जानी बेलामा बरु कस्कको नामबाट हो भन्दीरख list सँग चडाइ दिन्छु ल ?  NEXT MONTH ल ?


 

Last edited: 14-Mar-10 12:34 PM

 
Posted on 03-14-10 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप प्रोभुको बल्द दर्सन भो,कतै तपाइको कुम्भकर्ण राशी त परेना, ६ महिना बेपत्तै हुने? यस पटक प्रकटमा २-४ कथा त पक्कै जाला,कसो?
झन दौंतरीमा नदेखेको त बर्ष दिन हुन लाग्यो कि?
 
Posted on 03-14-10 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछि देखा पर्नु भयो नि दीपजी, जे भए पनि राम्रो (रमाइलो) कथा लिएर आउनु भो, धन्यवाद, अब त्यसरी नहाराए हुन्थ्यो ...
गुच्चा चोर

 
Posted on 03-15-10 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ek@l,


प्रभो हाम्रो थाल एउटै त नभएकै बेस, तर थाल फरक फरक भए नी खान्की चै एउटै जस्तो छ।


अनि हाम्रो चरण र बिचरण बौद्ध देखि म्हेपी/बालाजु, बाँसबारी देखि लगनखेल सम्म हुन्थ्यो। बिशेष परीस्थितीमा घेरो अझ फराकिलो पनि हुन सक्थ्यो। मन्दीर नयाँ बजार पारीका रायमाझीका हुन की, आरुबारीका चालिसेका, अथवा झम्सीखेल/धोबीघाट तिरका बस्नेतका हुन की चक्रपथ तिरका प्रधानका, हामी भक्तहरुको भक्तिमा कुनै अन्तर थिएन, प्रभो।


BlurMirror,


ए---हिन्ने बाटो तेई हो? अर्जुनदाई मामाको छोरा त हैनन होला नी--


अनि नेक्स्ट मन्थ नेपाल जाँदा गणेशथानमा लड्डु चढाईदिने मेरो तर्फबाट? यो त साह्रै रमाईलो कुरो भो -- हजुरआमा पशपतीमा लाखबत्ती बाल्ने कुरा हुँदा मक्ख पर्या जस्तै भएँ कि क्या हो म त---


त्यो टङगाल गणेशको रातो छातामा ढ्याङ्ग हानेर हाजीर गरें है प्रभो नभनेको पनि धेरै भो--बरु सँगै जान पाए, लड्डु नी सँगै किन्न हुन्थ्यो, गणेशथान नी सँगै जान हुन्थ्यो, लड्डु नी सँगै चढाउन हुन्थ्यो अनि ---- धमिलो ऐना पनि म किलयर पार्दीन्थे--- गफै त हो --


रमाईलो लाग्यो भनेको पढेर धेरै खुशी लाग्यो।


 


दौतरी,


त्यै त प्रभो--भेटघाटै पो हुन छाड्यो त -- अब भोकोलाई मोमो थपथप, अघाकोलाई बाल मतलब भन्ने उखान छ नी --त्यै भएर हो कि?


आफ्नो बन्दोबस्त भएसी प्रभो जन्तीको बाल मतलब नगर्दीने? अनि के गर्नु?


guchcha chor,


हराउन पनि गतिलो ठाम भेटे त हुन्थ्यो नी, प्रभो --


अनि अग्गा बग्गा, सखरी बखरी, ह्वाक्र्याङ्ग, टप्पु, एंगल, कच्ची, ठाँटी जमानाको हो त प्रभो?


घराँ छम छम खल्ती बजाउँदै गए घरका मान्छे भडकिन्थे --त्यै भएर डबलीको अर्को पट्टी मन्दीरको छेउमा एउटा ईँटा झिकेर गुच्चा लुकाउने गर्या थ्यो -- एक दिन साँझा ४२ वटा गुच्चा त्यैं लुकार हिनेको भोली पल्ट ब्यानै आएर हेर्दा छैन -- हराको हराकै भा थ्यो --


नाम चै दरो हो ल प्रभोको जे होस।


*********


फेरी स्वस्ती गरें है सबैलाई।


 
Posted on 03-15-10 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 

Last edited: 15-Mar-10 10:50 AM

 
Posted on 03-15-10 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भा यो केटा? झन म भन्दैछु त लडु चदाइदिन्छु भनेर अब छातामा चै म हिर्काउन सक्दिन हात दुक्छ होला सुकुमारी छन। list दिनु भन्दा तीन पुषत्ये माग्छ । हैन अर्जुन मेरो मामा हैन। काका हुन चित्त बुज्यो अब ?



तर छाते गणेशजी धेरै लडु खाएर daibetic भएछन भनिदेकुन तिम्रो दोश है ल ? 



अनी अर्को कुरा सुनि राख फेरी धमिलो ऐेनामा हेर्दा defouse हुँदा कहिले कहिं त्यै नै राम्रो देखिन्छ सब कुरा देखिनु स्वस्थ को लागि हानिकरक हुन सक्छ तेसैले एस्लाई धमिलो नै रहन देउ ल?



लु दाम राखे


 
Posted on 05-02-10 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

as promised!


 



 
Posted on 05-03-10 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I guess I missed it the last time.


Chhoto mitho sarhai ramro lagyo. As always, a huge fan of your narration style; your stories are few reasons I frequent Sajha every now and then, albeit much much less frequently than I used to.


Aru jawos.


 
Posted on 05-03-10 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो, छोटो मिठो कथा को त के कुरा गर्नु? जति कुरा गरे पनि सकिदैन। तर यो त अन्याय नै भो है, एउटा अध्याय मै कथा टुङ्याइ देको मा चाइ मेरो घोर आपती छ। यो त आँखा लाई जिस्क्याको जस्तो मात्र भो।   फुर्सद मिले अरु नी थपम न भन्या।

 
Posted on 05-03-10 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरल र सुन्दर सब्दको प्रयोग मलाई सार्है राम्रो लाग्यो .


 
Posted on 05-04-10 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

goldencage,


मैले "बिद्वानलाई केही नभने नी बुझ्छ, मूर्खलाई जति भने पनि केई न केई" भन्ने भावनाबाट ओतप्रोत प्रतिकृया भेट्या हो त?  :)


BlurMirror,


गणेशथानलाई यसरी साझामा ल्याईदेकोमा धेरै धेरै धन्यबाद। दिनमा दुई चोटी जस्तो भेटघाट हुन्थ्यो उनको र मेरो कुनै बेला। पुराना दिनहरु सम्झिएँ। उनको मन्दिर छेउको त्यो बाटो हुँदै गहना पोखरी पुग्दाको रमाईलो बन्दकीमा थ्यो, उकास्न सकिएन। भाटभटेनी र भगबतीबहाल आउँदा जाँदा तिनै गणेशलाई के कति कामले जानला हो र उनको सहयोगको अपेक्षा राखीएको छ भन्ने जानकारी दिईन्थ्यो। तर गणेश चैँ ज्याद्रा थिए। पटक्कै भनेको नसुन्ने। अलि गतिलो एउटा ईयरफोन चढाईदिन नपुग्या।


As promised भनेको रहेछ झन। खुशी लाग्यो।



 Lekhak,


प्रभो,


दर्शन पाईयो, धन्य भैयो। हुन त म आफै साझा तिर परदेशी हुन आँटीसकें। प्रभोका प्रस्तुतीहरु पनि दरो हुन्थे। पढ्न नपाएर आफ्नै नोक्सान भाको छ।


Nepal ko chora,


खै BlurMirror ले यता उताका पुराना गणेश बोलाको प्रतापले हो कि के ले हो प्रभो सँग पनि भेट भो।


हुन त अरुलाई के भन्नु, यो साझा आफ्नै लागि सुन्दरीको घर अगाडीको त्यो चिया पसल जस्तो भैसक्यो। पैला पैला सुन्दरीको बिहे अगाडीको जस्तो त्यो यो साझा पसल, बासै यतै थ्यो। अचेल सुन्दरीको बिहे भैसके पछीको जस्तो छ।


PeaceSoul,


प्रभोका दुई शब्द मेरा लागि हौसलका पखेटा हुन।


 


*****


सबैलाई फेरी पनि धन्यबाद, अनि शुभकामना। 


 


 


 


 


 

 

 
Posted on 05-10-10 12:56 PM     [Snapshot: 2811]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-09-10 5:27 PM     [Snapshot: 3354]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bro..I have been your fan for several years but I enjoyed reading in english typing more than the Devanagari...but I am sure I am the only one who feels like that..keep doing what you doing!...I haven't had a lots of Nepali reading other than Mahendra Mala and you're my true Nepali writer...Kudos to you...

 
Posted on 07-10-10 3:06 PM     [Snapshot: 3421]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जि मैले त यो साझा खोल्न थालेकै तपाईं को कथाले गर्दाहो । साझामा कैले के नमिल्ने कैले के  ,कथा मिस्स होला भन्ने दर । बरुएउता किताब निकाले कसोहोला । म चै पक्का किन्छु ।
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters