Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 तानाशाह

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 33742 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-29-11 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 यो चौतारीको कथा हो। काल्पनिक ईतिहासमा काल्पनिक पात्रहरुको काल्पनिक घटना।

तानाशाह

।१।

" कति भएछ हुन चाईँ?"
पुन्टेन्द्रले आफ्नो सदाझैँ रवाफिलो स्वरमा,हात जोड्दै चापलुसीको भावमा गम्भिर भएर केहि झुकेर उभिएका राहुलभाईलाई सोधे।
"पचहत्तर रुपियाँ हजूर!तल्लोबारीको मकै अझै बेच्न बाँकि छ रे बुढाको, त्यसको अर्को पचास रुपियाँ आउँछ होला!"
राहुलभाईले आफ्नो कालो अनुहार झन कालो बनाउँदै झिनो स्वरमा उत्तर दिए।
"केहि छ त्यसकाँ अझै?"
पुन्टेन्द्ले राहुलभाईको अनुहारमा तिखो नजरले हेर्दै सोधे।
राहुलभाई अलिकता लाचार देखिए र भने-
"हजूर भैँसि र पाडो त पोहोरै ल्याएको हो तीन सय पचार मोलेर,बाख्रा मरेछ, अरु केहि छ होला जस्तो लाग्दैन हजूर!"
" त्यो बारी नि?"
पुन्टेन्द्रले फेरि सोधे।
" क्..कुन बारि भनिबक्सयो हजूर?"
"त्यो अगि भनिस् नि मकै बेच्न बाँकि भनेर..कति मोलिएला त्यसको?"
"हजूर त्यो त हजूरकै हो हजूर, बडासाहु स्वर्गे नहुँदै बिर्खे बुढोबाट नामसारी भईसक्या छ!"
राहुलभाईले याद दिलाए।
"अनि बुबाले बाँकि त्यहिँ काम गरेर तिर् भन्नुभाको हैन त्यसलाई? अब कति बाँकि छ?"
अनुहारमा फेरि क्रोध ल्याऊँदै पुन्टेन्द्रले सोधे।
"हजूर, सावाँ ब्याज स्याज सबै गरेर, सोह्रसयमा पचहत्तर घटाएसी....पन्ध्रसय पच्चिस बाँकि हुन्छ असोज सम्ममा तिर्यो भने, 
नत्र कात्तिक लाएसी बढ्छ!"
"हम्म्म..."
केहि सोच्दै पुन्टेन्द्र गम्भिर मुद्रामा आए र आफ्ना दुबै हात पछाडि कम्मरमाथि लगेर बाँध्दै कक्षमा यता उता गर्न थाले।
पुन्टेन्द्र जता जता चल्दथे राहुलभाई चुपचाप आफ्नो टाउको त्यतै घुमाउँदथे।
कक्षमा पुन्टेन्द्रको हल्का पदचापको आवाज बाहेक चकमन्नता व्याप्त थियो।
राहुलभाईको मनमा अहिलेको यो घडि समाप्त भईदिए हुन्थ्यो भन्ने लागिरहेको थियो।
पुन्टेन्द्रको पदचाप रोकियो।
राहुलभाई केहि सतर्क देखिए।
"त्यो अस्तिन चैते दशैँमा बुढा बालि बुझाऊन आउँदा संगै आएकी त्यस्कि नातिनी हैन?"
पुन्टेन्द्रको लामो मौनतापश्चातको प्रश्न सुनेर राहुलभाई अलिकता त्रसित भएजस्तो भए र भने-
"हजूर नातिनी नै हो!"
"पोटिली देखिन थालिसकिछे!यहाँ महलमा काम गर्ने सक्छे अब?"
यति भन्दाभन्दै पुन्टेन्द्रको मुखमा व्याप्त हुँदै गएको कुटिल मुस्कान राहुलभाईले प्रश्टसंग देखे र झनै त्रसित् भए।
"ह...हजूर..सानै छे बिचरी!"
कुन्नि किन हो, राहुलभाईको मुखबाट हल्का बिरोधको आभाष आयो।
"यता आईज!"
पुन्टेन्द्रले अलिक कड्केर राहुलभाईलाई भने र राहुलभाईको कानमा बिस्तारै केहि कुरा गर्न थाले।
कुरा गर्दै जाँदा पुन्टेन्द्रको आँखाको चमक र राहुलभाईको अनुहारको कालोपन अनुक्रमानुपातिक रुपमा बढ्दैथिए!
तर उनिहरु अन्जान थिए कि महलको यो कक्षको बन्द रहेको ढोका बाहिर अँध्यारोमा टाँसिएर रहेको एउटा मानव छायाँले उनिहरुको 
वार्तालाप सबै सुनिरहेको थियो।


।२।


कोठामा रामेको अट्टाहास गुन्जियो!
कोठामा टुकिको मधुरो पँहेलो प्रकाश फैलिएको थियो। भुईँमा सुकुल ओछ्छयाएर रामे, बैरे र लहरे अस्त-व्यस्त रुपमा बसे‍का थिए, र पिउँदै थिए; कुनै फोहोर कुरामा अट्टाहास लगाउँदै।
"तरिका जान्नु पर्छ मुरदार हो, अनि पो भन्या भन्या भेटिन्छ!दिमाख नि लाउन जान्न पर्छ, मुढेबल मात्रै भो'तेरो जस्तो भने हेर् 
लहरे तँ अइले जस्तो छन तेस्तै हुन्चस घाट लाने बेलासम्म नि!"
बैरेले एक मुठि च्यूरा मुखमा हुलेर हरियो खुर्सानि किटिक्क पार्दै चपाउँदै भन्यो।
रामे फेरि हाँस्यो।
लहरेलाई हल्का हेपिएको आभाष भयो र रिस उठ्यो।
गिलाँसमा बाँकि रक्सी एक सासमा सिनित्त पार्यो र बैरेतिर हेरेर रिसायो-
"तैँ मुरदारको दिमाख होला, घराँ अंगालोभरकि स्वास्नि हुँदाहुँदै अर्काकि छोरिबेटी स्वास्नि जोसंग नि लहसिँदै हिँड्ने दिमाख्!"
"मर्दले हो लहरे तरुनि फकाऊनि, तेरा बसको बात हैन!"
रामेले लहरेको रिसको आगोमा घ्यू थप्यो।
लहरेको कन्चट तातेर आयो। फरक्क रामेतिर मुन्टो बटारेर भन्यो-
" तँ मुरदार जस्तो मर्द नि देख्याहुम्, दुईखुट्टा ऊभ्भ्या आइमाई देख्न हुन्न भगाऊने कुरो गर्छ। कुरैले तरुनि भाग्ने भए तँ भाते 
सिरिकिस्न भैसक्थिस्!"
रामेको अनुहारमा लहरेको ऊ प्रतिको यथार्थताले आएको कालोपन रामेले निकै कुशलतापूर्वक लुकायो र केहि भन्न मुख खोल्यो।
रामेले बोल्न नपाउँदै, बैरे बोल्यो-
" क्यार्न रिसाउँचस ए बजिया,एसो कुरो पो गर्या त लु रउसि खा' नरिसा!"
यति भन्दै बैरेले लहरेको गिलाँसमा रक्सि थपिदियो।
लहरे चुपचाप रक्सी पिऊन थाल्यो।

कोठामा मौनता छायो।
रामेको मनमा कुरा खेल्न थाल्यो। 
लहरे सहि थियो।
नगरमा कुनै स्त्रीको मनमा पनि रामेले आफ्नो छाप छोड्न सकेको थिएन र नगरमा कुनै यस्ता स्त्री पनि थिएनन् जसलाई देखेर रामेको मनमा अनुराग उत्पन्न नभएको होस। पुन्टेन्द्रको दाहिने हात रिठ्ठेको साथि भएको नाताले उ लगायत बैरे र लहरे, तिनैजानाको प्रभुत्व नगरमा बलियै थियो। उसको उमेर जवान थियो र स्वास्थ्य पनि गजबको थियो। तर उसको बोलीले गर्दा सबैकुरा बिग्रन्थ्यो। उसले स्त्रीसंग बोल्ने बोलीमा माया तथा प्रेम भरेर बोल्दा उसलाई नसुहाऊने किसिमले झुटो सुनिन्थ्यो र उसले मनको कुरा राख्दा, उसले बोल्ने भाषा तथा प्रयोग गरेका शब्दहरुमा उसले नारीलाई वस्तु सम्झेको कुरा स्पश्ट झल्किन्थ्यो। अहिलेसम्म उसले यदि कुनै नारीको सामिप्यता पाएको थियो त केवल बलले पाएको थियो। बैरे र लहरेको अगाडि ऊ यसलाई बढाई-चढाई गरेर प्रस्तुत गर्थ्यो तर यथार्थत: उसको भित्रि मनमा यस्तो सामिप्यताले केहि महत्व राख्दैनथ्यो। ऊ आशामा थियो त केवल यस्तो नारी दृष्टीको जुन कुनै बलले नभई स्व:स्फुरित किसिमले ऊ तिर परोस!

"ढक् ढक् ढक्"
ढोका ढक्ढक्याएको आवाजले रामे यथार्थमा आयो।
बैरे र लहरे पनि सम्हालिए।
तिनैजना आँखामा प्रश्नवाचक चिन्ह लिएर एक अर्कालाई हेर्न थाले।
"ढक् ढक् ढक्"
ढोका फेरि पिटियो।
बैरे उठ्यो र ढोका खोल्न गयो।
रामे र लहरेले बैरेले ढोका खोलेको सुने।
बैरे ढोकामै बसेर कसैसित गुनगुन गरेको सुनियो।
एकैछिनमा ढोका बन्द गरेर बैरे फर्कियो।
फटाफट लगाईराखेको फोहोर भोटो खोल्दै बैरे बोल्यो-
"रिट्ठेले तुरन्त बोलाएको छ महलमा, पुन्टेन्द्र साहुको काम गरिहाल्नु पर्ने भा' छ रे! छिटो जाम्!"
बैरेको कुरा खस्न नपाउँदै तिनैजना चुपचाप जाने तरखरमा लुगा लगाऊन थाले।
कोठाभित्रको मौनतामा बाहिर अँध्यारोमा झ्याउँकिरी कराएको आवाज मात्र व्याप्त थियो।
Last edited: 29-Jun-11 04:13 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 06-29-11 4:21 PM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ५ को अन्त र ६को शुरु मिलेन नि जिम्मालबा। पैलै आँखा जुधिसक्या थ्यो। 
 
Posted on 06-29-11 4:24 PM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाका त झनै ड्यान्जर भन्दा खतरानाक भयो ल

अब को आहोला - रिट्ठे त हो नि -

कवाफ मा हड्डी बन्न रिट्ठे लाई जस्तो अरुलाई कहाँ आउछ र
 
Posted on 06-29-11 4:25 PM     [Snapshot: 47]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शबू लाई आँखा जुध्या जस्तो लाग्या होला

पुरे ले चाँही नदेख्या होला -

 
Posted on 06-29-11 4:25 PM     [Snapshot: 43]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 हैन हैन, पाँचको अन्त्य शबुतिर बाट हेर्दाको अनि ६ को शुरु पुरेतिर बाट हेर्दाको एउटै घटनाको बयान गर्न खोज्या हो। बुझिएन?
 
Posted on 06-29-11 4:27 PM     [Snapshot: 43]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लौ मार्यो रिट्ठेराम पो आए जस्तो छ, मार्ने भो बुढोले, हरे, काँ ल्यार रोक्या यो कथा, लु भे'न यस्तो त, छिटो आर्को भाग चाइयो, फेरि भोलि देखुन् त लामो सप्ताहन्तको लागि निस्किनछन् केरे। झट्ट चाइयो झट्ट
 
Posted on 06-29-11 4:28 PM     [Snapshot: 58]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बुझियो बा, खतरा बुझियो। वाह वाह, ब्राभो पर्भु। 
 
Posted on 06-29-11 7:48 PM     [Snapshot: 179]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काल्पनिक ईतिहासमा काल्पनिक पात्रहरुको काल्पनिक घटनाको शुक्ष्म  अध्ययन । धेरै राम्रो छ ।
 
Posted on 06-30-11 10:51 AM     [Snapshot: 380]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dhat teri pranaam bhanchha bhanya ta hajoor po bhane chha ...

Ritthe le baachne bhayo baas pure ko tighraa maa aba..
 
Posted on 06-30-11 11:49 AM     [Snapshot: 419]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लौ छैठौ भाग नि भ्याइयो। 
गजब रमाइलो सिन थ्यो दुई जना को, कस्तो डर भर नभाकी राइछे सबु त, बिचरो पुरे ले भेट्ने भो जस्तो छ् अब। 
गन्ध को पछी लाग्दै हिन्या थ्यो। 
तर सबु ले डोको ले छोपेर राक्छे पुरे लाई,धन्दा नगरेस पुरे। रामे ले जस्तो भेट्दैनौ। हिरो पो हो त केटो,यो फिलिम को। 
 
अनी चौतारी पात्र हरुमा यो सबु चै को पारीन हँ कि सिमी =सबु एउटै हुन त सम्धी ज्यु। 
 
लु अब सातौ आध्याए भोली सम्म मा त सुन्न पाईेला नि। 

 
Posted on 06-30-11 1:51 PM     [Snapshot: 479]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शबू भन्या उहिले उहिले ओन्स अपन अ टाईम चौतारी मा आउने शब्नम हो क्यारे - हैन त जिम्बाल

चौतारी कथा पार्ट १ मा पनि थ्यो - त्यो सिन पो सिन त - पँधेरा को सिन - वाह क्या सिन है
 
Posted on 06-30-11 2:03 PM     [Snapshot: 485]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 त्यो सबु त था भो तर 
त्यो कथा लेखाइ बिवरण मा नाम उल्लेख नभा भर र अहिले का पात्र हरु मात्रा हुन कि भनेर 
त्यो कथा चौतारी को त्यो भाग त रमाइलो थ्यो पढेरा को सिन। फेरी एक चोटि रिभिजिट गर्नु पर्ला जस्तो छ् 
यो तनासाह सकियोस अनी टास्नु पर्ला फेरी,
नयाँ केट्केटी ले नि पढुन न, बाउ बाजे को पाला को। 
मखुला लहरे। 

 
Posted on 06-30-11 2:11 PM     [Snapshot: 501]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-30-11 2:40 PM     [Snapshot: 525]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 touched my heart.........read it in one slot..waiting for more


 
Posted on 06-30-11 3:16 PM     [Snapshot: 558]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढिदिनुभएकोमा धन्यवाद् मट्याङ्ग्राजी लगायत सम्पूर्ण कमेन्ट गर्ने कथाका पात्रहरुलाई!
हामी सबैनै पात्र बनेर यसो कुथुङ्ग्री बनाको हो यो।
सबैको लामो सप्ताहान्त सुखमय बितोस!

जाँदाजँदै: लेख्न भ्याईन्न तर पढ्न भ्याईन्छ, मट्याङ्ग्राजी तपाईँको धागोमा थप्नोस है?
Last edited: 30-Jun-11 03:23 PM

 
Posted on 06-30-11 4:00 PM     [Snapshot: 584]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हाहाहाहहाहा।।।।।।।।।।।।।माल्दाजु...मलाई पनि ठ्याक्कै त्यहि भन्न मन लागेको थीयो भन्या....यो विकेन्डमा अर्को भाग पस्किने सक्दो प्रयास गर्छु।।।।।
 
Posted on 07-05-11 8:54 AM     [Snapshot: 941]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काल्पनिक इतिहासको, काल्पनिक घटना तथा पात्रहरुको पनि कति वास्तबिक जस्तो लाग्ने चित्रण .. पढ्दा रमाइलो लाग्यो !! ढोका ढक्ढक्याउने को हो छिटै थाहा पाउना पाए हुन्थ्यो ..

 
Posted on 07-08-11 12:48 PM     [Snapshot: 1103]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 मट्याङ्ग्रा र साहित्य, बल्ल फर्केँ घुमघामबाट, अब लेख्ने हो!
 
Posted on 07-08-11 9:19 PM     [Snapshot: 1238]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo mailo le kahile dekhin fursat pauna thalechhan pheri. :D

 
Posted on 10-18-12 12:38 PM     [Snapshot: 3465]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हुन त पुरानो धागो हो.... तर अपुरो रहेछ कथा तेसैले बेस्सरी जोद्लागायेरा धकेल्दै छु ..... ये माइल्बाजे लुना वरिपरी हो भने कथा पुरा गर्नुस न......  .........अब त छुट्टि मानाको नि एक वर्ष बढी नागिसक्यो बुडा मान्छे 
 
Posted on 10-18-12 1:46 PM     [Snapshot: 3527]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बिर्खे बुढा कहाँ बाट अन्मरियो भनेको त थाने ले धागो लाई तानेको पो रहेछ ....
 
पुरै कथा सिद्द्याये राम्रो हुन्थ्यो ..... ल भोली शुक्रबार ....... साहिलि काहा बिर्खे आएर गिलास रित्याउदै त्यही ढलेको बेला सम्झाउनु पर्ला । 

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters