[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 म भात जोडेर बसुँ कि कबिता लेखुं ??
[VIEWED 8052 TIMES]
SAVE! for ease of future access.
Posted on 03-30-12 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     13       ?     Liked by
 

म भात जोडेर बसुँ कि कबिता लेखुं ??

अस्ति न अस्ति एउटा कबिता लेख्या थिएँ,
साझामा छाप्या थिएँ
फेशबुकमा पोस्टया थिएँ

एउटा कमेन्ट आयो
४२० भोल्टको करेन्ट आयो
कबिता कस्तो "स्याड" रे ....
ठिकै थियो "नट ब्याड" रे .........
जसले जिन्दगी भरि,
कबितालाई लाइन मात्र मार्यो
दुइ लाइन कबिता कहिलेइ कोरेन
कवितालाई कहिलेइ बुझेंन
तिमी नै भन मेरो मान्यबर मित्र,
आज तिनै विद्वान महाशयको
म लात खाएर बसुँ कि कबिता लेखुं ?
म हात जोडेर बसुँ  कि कबिता लेखुं ?
 
फेशबुक हेर्दै थिएँ, साथी भाइ खोज्दै थिएँ,
एउटा स्टाटस देखें,

एउटा क्याक्टस देखें
३६५ दिनमा एक दिन कबिता न लेख्दा,
चम्चाहरुको चिप्लो वाह! वाह! नदेख्दा
आत्मग्लानीले रात भरि निद्रा लागेन रे


ए बाबा....... कबिता भनेको,
भान्छामा पाक्ने दाल, भात तरकारी हो र ?
कहिलेइ नरित्तिने चिन्तामणि भकारी हो र ?

कबिता शब्दहरुको  संग्रह हैन,
कबिता वाक्यहरुको बिग्रह हैन,
कबिता त मुटुको स्पन्दन हो,
भावहरुको सुगन्धित चन्दन हो,
आत्माको उदबोधन हो
परमात्मालाई सम्बोधन हो,
जीवन भोगाईको अनुबन्धन हो .

जब जब मनको परेली सजल हुन्छ,
"जब जब छातीको देब्रे पाटोमा हलचल हुन्छ",
 
तब तब एउटा मिठो कबिता बन्छ,
तब तब एउटा सुन्दर गजल बन्छ.
हर  दिन कबिता लेखन सक्दिन,
कबिता नामको रमिता देख्न सक्दिन

कबिता कुर्दा कुर्दै
भावहरु फुर्दा फुर्दै

कति रात कबिता मै हराएको छु ,
कति रात कबिता संगै कराएको छु,
 
अब तिमी नै भन मेरो मान्यबर मित्र
म रात सुतेर बसुँ कि कबिता लेखुं
म हात जोडेर बसुँ को कबिता लेखुं ?


हिजो एक जना मित्र ले फोन गरे,
फोनमा नाना थरि को टोन सुनाए,
“जागिर पाइस” उसले केरकार गर्र्यो
“छैन नि” मैले आफ्नो तितो सत्य भनें
"कबिता लेखेर बस्छस,
कथा पढेर बस्छस, "
"कसरि जागिर पाउछस् ?"
“हो हजुर, सोह्रै आना सहि “
अब देखि कबिता लेख्दीन सत्य सत्य,
क्रिया खाएँ,
प्रतिक्रियामा उ बिजयी अट्टहास हास्यो,
अब तिमी नै भन मेरो मान्यबर मित्र,
म भात जोडेर  बसुँ को कविता लेखुं ??
म हात जोडेर  बसुँ कि कबिता लेखुं ??
 
 
 

 
Posted on 03-30-12 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुल्दाइ गज्जब को कबिता गयो

 
Posted on 03-30-12 9:08 AM     [Snapshot: 20]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Not bad. It's just that it is a little sad.
 
Posted on 03-30-12 9:32 AM     [Snapshot: 12]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त ठुल्दाइ कविता त मुटुको स्पन्दन नै त हो

तर ठुल्दाइको कविता पढेर म पनि झसँग भए

अहिले सम्म न त पढेर नै सकियो
न त काम नै खोजी गरियो
खाली कविता र सबिताको चक्करमा फसियो !

 
Posted on 03-30-12 9:45 AM     [Snapshot: 51]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कबितै लेख्नुस दाइ !! 



 
Posted on 03-30-12 9:55 AM     [Snapshot: 69]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जति बोक्सी लागे पनि कवितालाइ पट्टयाई हाल्नु भाको छ के रे .. कबिता लेखिरहनुस  
 
Posted on 03-30-12 10:11 AM     [Snapshot: 102]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक छिन यो भात जोडेर भनेको चै के हो भनेर अलमलिएँ |

"कबिता शब्दहरुको  संग्रह हैन,
कबिता वाक्यहरुको बिग्रह हैन,
कबिता त मुटुको स्पन्दन हो,
भावहरुको सुगन्धित चन्दन हो, "

सार्है राम्रो लग्यो, यो पढेर एउटा कविता को याद आयो, शब्द चै धेरै जसो बिर्सिएछ:

कवि कविता होस्, कविता कवि होस्
अनि पो हुन्छ
शब्द लेखेर मात्र के हुन्छ, भाव भएपो हुन्छ ||


 
Posted on 03-30-12 10:32 AM     [Snapshot: 126]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 कबिता त मुटुको स्पन्दन हो,
भावहरुको सुगन्धित चन्दन हो,
आत्माको उदबोधन हो
परमात्मालाई सम्बोधन हो,
जीवन भोगाईको अनुबन्धन हो .

 
राहुल दाई , कविता को यो भन्दा मिठो अर्थ मैले आइले सम्म पाएको छैन , मेरो लागि पनि कविता तेइ हो दाजु तपाई ले भने जस्तै कविता लेख्न सब्द भएर हुन्न , भाब मन अर्थ सब चाहिन्छ . 

 
Posted on 03-30-12 12:25 PM     [Snapshot: 206]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई को जबाब छैन ...वाह वाह वाह उस्ताद !!!


 
Posted on 03-31-12 9:39 AM     [Snapshot: 380]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतिक्रिया लेख्न हुने र मन पराइ दिनु हुने सबै मित्रहरुमा आभार प्रकट गर्दै "राम नवमी र चैत दशैँ " शुभ होस् भन्ने कामना गर्दछु .

 
Posted on 03-31-12 10:41 AM     [Snapshot: 412]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 kabita pani lekhnu,bhat pani jodnu rahul dai..gajjab gayo...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
TPS EAD auto extended to June 2025 or just TPS?
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters