[Show all top banners]

K chha saathi
Replies to this thread:

More by K chha saathi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पूर्व राजा ज्ञानेन्द्र शाह कैलालीको धनगढीमा - कहिँ नभएको जात्रा हाँडी गाउँमा !!
[VIEWED 11606 TIMES]
SAVE! for ease of future access.
Posted on 03-30-12 10:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भारतको मद्रासमा कुनै समय एक नेपालीले करोडपतिको घरमा चौकीदारी गर्दो रहेछ। घरबेटी साहुलाई भेट्न एकचोटी अमेरिकाबाट यौटा ब्यापारी आएछ। एक हफ्ता साहुकोमा बस्दा त्यस ब्यापारी नेपालीको परिश्रम, लगन र इमान्दारिताले सारै अचम्ममा परेछ र खुसि पनि भएछ।

जाने बेलामा उसले नेपाली चौकीदारलाई यौटा जादुको करुवा दिएर गएछ र भनेछ- "तपाइले जे मागे पनि पुरा गर्छ यस करुवाले।" अमेरिकाने गएपछि नेपालीले करुवा मुसार्दै भनेछ "हे जादुको जिन, मलाई यौटा आलिसान घर दे।" जिनले करुवाबाट निस्केर "हस हजुर!" भन्दै उत्नीखेर नै आलिसान घर, तेस्मा पनि स्विमिंग पुल भाको तयार गरेर दिएछ। अचम्म !!

नेपालीले फेरी भनेछ - " हे जादुको जिन, मलाई यौटा BMW गाडी दे।" आँखा पनि झिमिक्क नगर्दै जिनले गाडी राखदेछ घरको पार्किंगमा। "अरु के सेवा गरौँ हजुर ?" जिनले सोधेछ। नेपालीले भनेछ- "मलाई यौटा राम्रो घडी पनि दे, ठिक समय दिने" जिनले घडी पनि बाँधी दिएछ हातमा उत्नीखेरै। "अरु के सेवा गरौँ हजुर ?" जिनले फेरी सोधेछ। नेपालीले धेरै बेर सोचेछ र भनेछ - " अब मसंग घर पनि भयो, गाडी पनि भयो, यौटा राम्रो घडी पनि भयो, भनेपछि अब मलाई यो घरमा बस्ने राम्रो साहु ल्याई दे, नत्र मैले कसको चौकीदारी गर्ने?"

जिन छक्क परेछ।

हो म पनि छक्क पर्छु, पुर्व राजाको ताम-झाम देखेर, सयौं सर्वसाधारणले गरेको जय जयकार देखेर। समयले हामीलाई स्वतन्त्र बनाई सक्यो। राजाको गुलामीबाट आजाद गराई सक्यो। फेरी पनि त्यो चौकीदारले पुरानो साहु खोजे जस्तै उही राजा खोज्दै हिडदै छौ। कस्तो बिडम्बना!! हो धेरै मान्छेले राजसंस्था मा विश्वास गर्छन, र गर्थे। ती सारा नेपालीलाई मा के भन्छु भने संस्थालाई मात्र विश्वास गरेर हुदैन, संस्था चलाउनेलाई पहिले विश्वास गर्नु जरुरि छ। पूर्व राजा ज्ञानेन्द्र, उनका छोरा पारस...के यिनीहरूको गुलामी गर्न पुगेन तपाईंलाई??

हाम्रो देश नेपाल गरिब छैन, हाम्रो मन गरिब छ, हामी नेपालीहरुको सोच गरिब छ।। - चितवन टुडे

यस कुरालाई धेरै नेपाली दाजु-भाई,दिदि-बहिनीहरु संग "Share" गरौँ।
http://www.facebook.com/chitwantoday
 
Posted on 03-31-12 11:38 PM     [Snapshot: 443]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Cont…
जिन छक्क परेछ।
 तर के गरोस बिचरा आदेश आदेश नै हो मान्नई पर्यो,, अनि त उसले एउटा राम्रो मालिक को बेवास्था पनि गरिदियेछ, नेपाली खुसि भएछ अब सबै कुरा राम्रो हुन्छ भन्ने सोचेछ, तर नेपाली न हो तेस्को दुर्भाग्य राम्रो मालिक भनेको त  दया माया नभएका आतंकारी  हत्यारा हरु को नाइके पो रहेछ, बिदेसी को १. न. दलाल पनि रहिछ अनि त्यो घर लाई बेचेर आर्को ठुलो मालिक को मा बिलिन गराउने सोच पनि रहिछ,
अनि त बिचारा नेपाली सपना बाट बयूजेछ, पुरानो मालिक को याद मा धुरु धुरु रोयेछ, उसलाई न्याउरी मारी पछुतो पनि भएछ, यी डाँका आतकारी, दलाल हरु भन्दा त पुरानै सोझो मालिक नै ठिक थियो भन्ने निस्कर्समा उ पुगेछ, चोक्टा खाने रहर ले झोल मा डुबेको  उसको ठम्याइ पनि रहेछ,,, पचाताप को आगो ले उसलाई पोलेछ ,, अनि त उ पुरानो मालिक को जय जयकार गर्न निस्केछ ........

 
Posted on 04-01-12 7:48 AM     [Snapshot: 593]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने हाम्रा नया नेताले यो दस बर्समा के के गरे के के दिए आदि इत्यादि,सबै गणना गर्दा धन्दुकारी भन्दा लाटो छोरै ठिक ठानी पूर्व राजा को हाइ गरे के को दोस त्यो जनतालाई ?

जनता भेडा हुन् , सबै राजनीति, रणनीति देखि पैसाकमाउ नीतिमा सबै लागेका छन् र लाग्नु पर्छ , तेसै कारण बाबु तपाइँ पनि बिदेस छिर्नु भयो, पढने भनि छिरे पनि गौड कारण पैसा, सुरक्षा , सुबिधा हुन् , कान जता बाट जसरि समाए पनि .
राजा पनि एउटा राजनीति गर्ने भाडो हो , अनि ति जनता ले राजनीति मा भाग लिए भनेर किन टाउको दुखाइ , बिदेस जादैमा बिदेसी आखा ले हेर्न खोजेको जस्तो हुँदैन ,

मूल मुद्दा (Botton line)  , राजनीति गर्ने अधिकार सबैलाई छ , यो पनि एउटा राजनीति हो , भोलि जनताले हामि राजा चाहिन्छ भनि बक्सा राखे अनि बहुमतले चाहे भने त्यो पनि हुन सक्छ , किन चाट्ठिएर कुरा गर्छौ    ???????


 
Posted on 04-01-12 6:54 PM     [Snapshot: 760]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very well reply alnebali .. current rulers are 10 times worst then prev ruler.. shri 5 gayera k bho ra shree 7 parchande aayo
 
Posted on 04-02-12 7:07 PM     [Snapshot: 1074]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 
I don't think its wise to have a selection between two thieves. Thieves are thieves - no question about that. But question is "In which society you want to be? democratic society- freedom of speech or autocracy with freedom to chakari?"

 
Posted on 04-02-12 7:30 PM     [Snapshot: 1099]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 I don't like the king either but it's his right as a general citizen to roam anywhere he wants. I thing media should simply ignore his activity.
 
Posted on 04-02-12 9:53 PM     [Snapshot: 1170]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters