[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 तिम्रो मेरो सम्बन्ध !!!!!
[VIEWED 18760 TIMES]
SAVE! for ease of future access.
Posted on 04-30-12 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     15       ?     Liked by
 

 तिम्रो मेरो सम्बन्ध !!!!!

अनन्त  यात्रा,
अनिगिन्ती सहयात्रा,
संग संगै हिड्यौ,
संग संगै पुग्यौं .
 
तिमी मेरो
मेरो तिमी
छाँया मात्र थिएन,
 
तिमीलाई दुख्दा,
दुख्ने तन मेरो,
मेरो पिडामा  
रुने मन तिम्रो
माया मात्र थिएन
 
सुखमा रमायौं,
दुखमा रसायौं,
एक अर्कालाई
पीर मर्कालाई
यसरी बुझ्यौं
यसरी पुज्यौं
मानौ इश्वर र नश्वर बिचको सार
धरती र स्वर्ग बीच जोडिने तार


हामी बिचको सम्बन्ध,
हामी बिचको आस्था
 
कसरी  परिभाषित गरुं म?
कसरी बिभाजित गरुं म ?
 
माया पिरती भन्दा संग्लो ,
आकाश धरती भन्दा अग्लो,

न तृष्णा थियो
न वासना थियो,
न राधा थियो
न कृष्णा थियो .
 
एउटा नचुडिने,
कतै  नमुछिने
भावना थियो
सदभावना थियो.
पबित्र, निश्चल
अविचलित, अविरल
हाम्रो सबन्धलाई,
कुन नाम दिउँ,
राम त बदनाम
हुने जगतमा 
फगत कुन नाम दिउँ ?
 
 
 

 
Posted on 04-30-12 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै राम्रो , पदेरै नासकिनी पढे को पदेई गरौँ जस्तो सारै मिठो !!

 
Posted on 04-30-12 2:39 PM     [Snapshot: 90]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्दर!! :)

 
Posted on 04-30-12 2:41 PM     [Snapshot: 90]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गज्जब ठुल्दाई - अति नै राम्रो

 
Posted on 04-30-12 2:47 PM     [Snapshot: 106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमामामामा कत्रो लाsssssssssssssssssssssमो

सहि भन्नु भयो दाई 

"हामी बिचको सम्बन्ध,
हामी बिचको आस्था
कसरी  परिभाषित गरुं म?
कसरी बिभाजित गरुं म ?"

म पनि यहि "दोधार" मा थिएँ र अझै छु पनि
"
पबित्र, निश्चल
अविचलित, अविरल
हाम्रो सबन्धलाई,"

म केहि नाम दिन खोजी रहेको छु,

 
Posted on 04-30-12 3:13 PM     [Snapshot: 136]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी गयो दाइ दामी ..

सार्है मनपर्‍यो

 
Posted on 04-30-12 3:14 PM     [Snapshot: 136]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "पबित्र, निश्चल
अविचलित, अविरल
हाम्रो सबन्धलाई,
कुन नाम दिउँ,
राम त बदनाम
हुने जगतमा
फगत कुन नाम दिउँ ?"

ये बाबा थाकुरे कत्ति लामो कविता तर ठुल्दाई  सारै मनखाने ..... सारै मुनपारो दाइ मुलाई ता ......

 
Posted on 04-30-12 4:47 PM     [Snapshot: 225]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तिमि चुपचाप बस, म चुपचाप बस्छु
न दिउ  नाम , न दिउ स्वोरुप,
रहोस  सधै निराकार यो सम्बन्ध

कती लाई सम्झाउ? कती लाई बुझाउ?
अपरिभासित रहोस, अविनाशी रहोस
तेसैले कसैलाई नभनम, यो सम्बन्ध

कसैले सोधे, ताकेता गरे भानि दिनु
बुझनै  सकिनौ तिमीले, यो सम्बन्ध
तिमि चुपचाप बस, म चुपचाप बस्छु

 
Posted on 05-01-12 2:48 AM     [Snapshot: 421]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-01-12 8:54 AM     [Snapshot: 521]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई,  मनको सम्बन्धलाई शब्दमा कती मिठो सँग उतार्नु भएको। कस्तो मिठो भाव।

एकदम मन पर्‍यो।  

 
Posted on 05-01-12 9:04 AM     [Snapshot: 526]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सटिक कविता !! 
 
Posted on 05-01-12 10:00 AM     [Snapshot: 567]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 राहुल दाइ तपाई ले मेरो मन को बह आफ्नो सब्द मा पोखी दिनु भो  , उनको र मेरो समन्ध लाइ मैले दिने कुनै नाम  नै छैन . 
धेरै मिठो अनि रसिलो कविता दाजु को . 

 
Posted on 05-01-12 10:03 AM     [Snapshot: 571]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा सानो असहमति !

हुन त अफिसको समय चोर्दै कविता पढ्नु पर्ने बाध्यताले गर्दा कविता लामो लागेको हुनसक्छ ....

तर ठुल्दाइको यो कविता लामो भयो भन्ने गुनासोहरुसँग चाँही सहमत हुन सकिएन ..

यो महाभारत त होइन नि .....

 
Posted on 05-01-12 10:41 AM     [Snapshot: 602]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो सबन्धलाई,
कुन नाम दिउँ,
राम त बदनाम
हुने जगतमा 
फगत कुन नाम दिउँ ?

सार्है सुन्दर प्रस्तुति, ठुल्दाइ। 

 
Posted on 05-01-12 11:10 AM     [Snapshot: 619]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोखरेली कान्छी,
आफ्नै कबिता भएर होला मलाइ पनि पढु पढु लाग्ने भन्या . धन्यबाद मन पराइ दिनु भएकोमा .

चेली,
सुन्दर कमेन्ट को लागि आभार .

लहरे,
गज्जब को कमेन्ट को लागि मुरी मुरी धन्यबाद .

मुल्मी,
दोधारमा न पर्नु,  दुवै तिर धार भएको तलवारले आफै लाइ काट्न सक्छ.  भो भो नाम देउ, नाम भन्दा बढी काम देउ सम्बन्धलाई .

बाघ दाइ,
मन पराइ दिनु भै दामी टिप्पणी को लागि दामी धन्यबाद .

थाने,
लामो त थिएँन जस्तो लाग्याथ्यो, लामो जस्तो देखिएको मात्र होला . लामै भए पनि पढेर गुणेर मन पराइ देकोमा धन्यबाद .

तिमी मेरो साथी,
त्यसैले नै अहिले सम्म चुपचाप नै बसेको थिएँ, यो सम्बन्धलाई लिएर . टीएमएस को मिठो कविताको लागि धन्यबाद .

गेशे,
नाइस कमेन्ट को लागि धन्यबाद .

अमिरिकाने,
केही यस्ता सम्बन्धहरु हुन्छन, जसको कुनै नाम हुदैन तर बदनाम भने अनेक हुन्छन . त्यस्तै सम्बन्धलाई कोर्न खोज्या मात्र .

दीपिका,

मन न हो, सम्बन्धको तार जोड्ने . नियमित सम्बन्ध भन्दा माथि, पराम्परागत सम्बन्ध भन्दा पनि उच्च यस्तो एउटा सम्बन्ध पनि हुन्छ जसको बर्णन यो नाथे कबिताले शायदै बर्णन गर्न सक्छ , तै पनि सानो प्रयास थियो, मन पराइ दिनु भयो. धन्यबाद .

भक्ते दाई,
सटिक थियो थिएँन थाहा भएन, प्रतिक चाही थ्यो है . अनौठो लागे पनि सम्बन्धको नि सम्बन्ध हुँदो रहेछ.

चिप्ले सर,
धन्यबाद सर .

कमेन्ट नगर्नु भए पनि पढी दिनु हुने, हेरी दिनु हुने सम्पूर्ण साझाका मित्रहरुमा आभार व्यक्त गर्न चाहन्छु . यस्तो एउटा सम्बन्धको यस्तो एउटा भोगाई को चित्र कोर्न खोजेको थिएँ जसको सजिब उतार भयो भएन मलाइ थाहा भएन. मलाई लाग्छ अझै मैले कबिताका सीमित घेरामा पुरै सम्बन्धलाई न्याय गर्न सकेको जस्तो लागेंन . एउटा लामो कथा, एउटा अदृश्य ब्यथा थियो, एउटा उकुस मुकुस थियो. केहि शब्दमा पोखें, यसैमा सम्बन्धलाई जोखें.


 
Posted on 05-01-12 11:34 AM     [Snapshot: 657]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई को लेखाइ त उही "अकबरी सुनलाई कसी लाउनु पर्दैन" त हो| गहिरो भाव छ, कबिता उत्कृसट छ| बाकी अरु के भनु अब? 

 
Posted on 05-01-12 12:01 PM     [Snapshot: 675]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी कविता दाई....

न तृष्णा थियो
न वासना थियो,
न राधा थियो
न कृष्णा थियो

वाह वाह ठुल्दाई.....


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters