[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali Unicode Revolution in Sajha

[Please view other pages to see the rest of the postings. Total posts: 175]
PAGE:   1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 100553 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 12-05-05 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली युनिकोडको अचेल साझामा क्रान्ति नै आएको छ। साझा मात्र किन, अरू धेरै वेबसाइटहरूमा नेपाली युनिकोडले तहल्का मच्चाइदिएको छ। अंग्रेजीमा टाइप गर्ने बानी भएकाहरूका लागि सिक्न अत्यन्तै सजिलो रोमनाइज्ड किबोर्डले गर्दा पनि म र म जस्ता अनगिन्ती प्रयोगकर्ताहरू लावान्वित भएका छन्।
तर यो अंग्रेजीको तुलनामा टाइप गर्न अझै ढिलो महसूस हुन्छ। धेरै अभ्यास नहुँदा पनि यसो भएको हुन सक्छ। अंग्रेजीमा जस्तो टाइप गर्न सिकाउने र गति नाप्ने 'टाइपिङ् टिउटर' जस्तो सफ्टवेयर कसैको नजरमा भए जानकारी दिनाले धेरैले फाइदा उठाउने थिए।
नेपाली युनिकोड चलाउने व्यक्तिले यस धागोमा आफूले कहिले देखि नेपाली युनिकोड चलाउन थालेको हो र के कस्ता समस्याहरू छन् लेखौं, यसबाट नेपाली युनिकोड कतिको चल्तिमा रहेछ र यसलाइ सुधार्नका निम्ति के गर्नु पर्ला भन्ने निर्क्यौल गर्न सकिन्छ।

लौ मबाटै शुरू गरौं। मैले नेपाली युनिकोड यो सालको मे, जुन देखि प्रयोग गर्न थालेको हुँ। प्रमुख समस्या गति हो, त्यसैकारण चाँडो टाइप गर्नको लागि म अंग्रेजीमा गर्ने गर्छु।
अरुको अनुभव पनि सुनौं न त।
 
Posted on 12-05-05 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

world Map,

First teach me how to type in Nepali. Then we shall talk about the rest.

Please.
 
Posted on 12-05-05 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepesahila, access this website:
http://www.mpp.org.np/detail_guide/winxp.htm

its easy and best way to write nepali on web.

cheers
 
Posted on 12-05-05 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वर्ल्ड म्याप जी,
तपाईँले सुरु गर्नु भएको यो धागो देख्दा खुसी लाग्यो। नेपाली युनिकोडलाई एउटा मह्त्वपूर्ण उपलब्धी मानिदिनु भएकोमा झन् खुसी लाग्यो। यदि तपाईँ साझामा नेपाली युनिकोडको प्रवेश र विकासका बारेमा जान्न चाहनुहुन्छ भने NEPALI TYPING IN 1 HOUR शीर्षकमा 11/20/04 मा आशुतोष तिवारीले थाल्नु भएको धागो हेर्नुभए हुन्छ। त्यस धागोमा धेरै कुरा भए। ओके जस्ता सफल लेखकहरूले "मञ्जु मलाई माफ गर" जस्ता कृति लेख्नु भयो र अरु पनि धेरै जनाले धेरै कुरा लेख्नु भयो।

मैले अहिले नेपाली युनिकोडका मुख्य रूपले दुइथरी प्रयोगकर्ताहरू देखेको छु। विदेशमा बस्ने नेपालीहरूलाई यसले मातृभाषमा आफ्ना कुरा भन्ने अवसर दिएको छ। अनि चाँडै नै यो गाउँ गाउँमा रहेका नेपालीहरूका लागि सूचना प्रविधिको संसारमा पस्ने पनि ठूलो माध्यमका रूपमा आउन लागेको छ। अहिलेसम्म हामीले कम्प्युटरको मातृभाषा अङ्ग्रेजी नै ठानेका थियौँ। तर अब युनिकोडका कारण अङ्ग्रेजीमा गर्न सकिने जति प्रायः सबै काम नेपालीमा पनि हुन थालेको छ।

अर्को एउटा सारै नै महत्वपूर्ण काम हुन लागेको छ। मदन पुरस्कार पुस्तकालयले यही डिसेम्बरको २२ तारिखका दिन नेपाली लिनक्स "नेपालीनक्स" सार्वजनिक गर्दैछ। त्यो खुला स्रोतको अपरेटिङ सिस्टम आएपछि नेपालीहरूले न त महँगो अपरेटिङ सिस्टम किन्नु पर्छ न त चोरीको सफ्टवेयर चलाएर शीर निचो बनाउनु पर्छ। सबभन्दा महत्वपूर्ण कुरा त नेपालीनक्स पुरै नै नेपालीमा छ। अब कुनै पनि नेपालीले "अङ्ग्रेजी जानेको भए त म पनि कम्प्युटर चलाउने थिएँ, तर के गर्नु र?" भन्नु पर्ने छैन।

अहिलेलाई यत्ति। तपाईहरूलाई चाख लागेमा अरु कुरा पनि गरौँला।

तपाईँहरूको
केदार शर्मा
 
Posted on 12-05-05 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले जाद्रै राम्रो काम अरेचन केरे यो कुरो कोट्टाएर । फेरि यो कुरोका चईनी असली भलादिमी र कारोबारी जो चईनी
मुन्छे पुनि चईनी तुरुन्तै जो आम्नु भएछ, मेरा केहि केही गुनासा पुनि छन् के यिनारु सित ।

केदार जी,
हो, यो यूनिकोडले साँच्चिकै राम्रो गर्यो । पहिले पहिले त मैले पनि yesari नेपाली लेख्थेँ, लाजको मर्नु ।

तर साँच्चिकै "सिरियस" काम गर्नलाई भने मैले एकाध अप्ठेरा भेटें है । अब तपाई पक्कै यस पक्षको ठूलो
गन्यमान्य मान्छे हुनुनहुन्छ, कृपया मिल्ने अवस्था सम्म ध्यान दिनु हुन्छ कि ?

१। यो अनुच्छेदको शुरुआतमा मैले बिगारेको होईन, मैले १ पछि थोप्लो लेख्न खोजेको, तर मेसो भाँति
पाईन । अब दशमलव प्रणाली नै हाम्रो त्यतै तिरबाट प्रार्दूभाव भएको भनिन्छ, खोई तर थोप्लो लेख्न मैले भने
पटक्कै सकिन है, नेपाली यूनिकोड भित्रबाट ।‌‌‌

२। त्यस्तै अरु लोकप्रिय चिन्ह हरु जोड घटाउ, गुणन, भाग ‍‍‍‍‍भने जस्तै + = < > / ‌‍‍‍-‍‍‍‍‌‌‌‍‍‍‍‍‍ { [ } ] पनि नेपालीमा
"लोकाले" नफेरिकनै लेख्न पाए असाध्यै राम्रो हुने थियो । मेरो कम्प्यूटरमा + = त चल्दै चल्दैनन्, नेपाली
यूनिकोड भित्रबाट त ।

अब प्रश्न रह्यो, नेपालीमा अँग्रेजीमा भन्दा धेरै अक्षर छन्, त्यस कारणले गीता र महाभारतमा नभएका अक्षर
हरु यूनिकोडबाट हटाईएको हो । मेरो सुझाब के भने नेपाली भाषा बिशेष बाट "डिप्रिकेट" भईसकेका केही
अक्षरहरु मिल्ने समूहमा Shift+Alt+Key मा राखे कस्तो हुँदो हो कुन्नि, जस्तो S->स, Shift+S->श,
Shift+Alt+Key ->ष । मैले खाली उदाहरण मात्र दिएको है, त्यस्तै पञ्चायत हटिसके पछि "ञ" को
लोकप्रियता पनि घटे घटे जस्तो लाग्दछ मलाई, यद्यपि "ङ" र "ण" भने चलनचल्तीमा नै छन् । नभए ज्ञ, क्ष
जस्तै किसिमले लेखे पनि हुन्छ केही केही अरु अक्षरहरु पनि, तर येसो जोड, घटाउ, गुणन, भाग,
थोप्ला-थाप्ली आदि पनि त लेख्न पाउनु प-यो (तुलना गर्नुस "पर्यो" सँग) नि, होईन र ?

नेपालीमा लिनक्स आयो भने एउटा साँच्चिकै खुसी हुने मान्छे म पनि हुनेछु । किनभने म अहिले पनि
लिनक्सको "डाई हार्ड फ्यान" तथा नियमित प्रयोगकर्ता हुँ । तपाईले भनेको जस्तै यो खुल्ला स्रोतको हो र
हामीले पैसो तिर्न पर्दैन, तर त्यो भन्दा पनि यो विन्डोज भन्दा धेरै शक्तिशाली तथा स्टेबल (नेपालीमा स्टेबल
लाई के भन्ने, स्थीर- प्रसँग अनुसार माने मिल्दैन कि ) छ । र यो चलाउन थाले पछि कम्प्यूटर-विज्ञानका धेरै
काईदा-कानुन, काम गर्ने तौर तरिका सबै जानिदो रहेछ सहजै । नेपालमा यसको सफल प्रक्षेपण हुन सक्यो
भने नेपाली प्रयोगकर्ताहरुको IT skills पनि बेपत्तै सँग माथि पुग्नेछ, नेपालीहरु एकाएक तगडा भएर निस्कने छन्,
त्यसैले म यस पुनित कार्यमा लाग्ने हरु र यसलाई सफल बनाउने हरु सबै जनालाई धन्यबाद सहित
शुभकामना दिन चाहन्छु ।

गुल्ट्याउँदै गरम (Keep rolling...)
 
Posted on 12-05-05 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kedar jee

malai ta yo khasa bhako cha.

garyo ( गर्यो ) Chahi lekhna janiyena hai. sikai paun. adha "र"
 
Posted on 12-05-05 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepesahila,
Go to the website of Madan Puraskar Pustakalaya, ie. www.mpp.org.np.
or directly to - http://www.mpp.org.np/download_details.php#U_roman
Download nepali unicode romanized, install it.
Configure it by going to control panel, language and regional settings.(instructions are given in the link.)
Press Alt+Shift.
अनि तपाइ पनि टाइप गर्नुस् हामी जस्तै नेपालीमा। अंग्रेजीमा फर्कन फेरी थिच्नुस् Alt+Shift.
Keyboard को तस्वीर यो लिङ्कमा छ -http://www.mpp.org.np/detail_guide/images/new_keylayout.gif
Hope this helps.

केदारजी,
आशुजीको NEPALI TYPING IN 1 HOUR नामको धागोबाट मैले धेरै सिकेको र फाइदा उठाएको छु। धेरै महिना पहिले त्यसै धागोमा तपाइसँग अन्तर्क्रिया गरेर नै त मैले नेपाली लेख्न सिकेको हो नि। अर्को कुरा, नेपालीमा 'टाइपिङ् टिउटर' जस्तो सफ्टवेयर कसैले बनाउनु भएको छ भने जानकारी पाउँ। (नत्र म आफैंले बनाउनु पर्ने हुन्छ) :D ;D :D ;D
 
Posted on 12-05-05 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रयास गर्žदा त हुदो रहेछ, धक नमानि टाइप गरम भनेको खै कसो कसो हुदो रैछ..........लउन अभ्žयास जारी राख्žनु पर्žयो
हैन यो पुण बिराम कता गऐछ
 
Posted on 12-05-05 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरू,
सकेसम्म बैलाई सम्बोधन गर्छु है त।
नेपे साहिँलालाई त मानचित्र (World map) जीले नै बताइदिइहाल्नु भो। मैले थप्नुपर्ने कुरा "अभ्यास गर्दै जाँदा तु जानिन्छ" भन्ने मात्र हो, जो सबैलाई थाहा छ।

श्री५,
तपाईँको त नामै स्वादिलो। ल ज्जा, हामी मात्र किन उउटा श्री ले काम चलाउनु, होइन त।
म गण्यमान्य सण्यमान्य केही होइन। तर नेपालीलि नेपालीलाई नेपालीमा लेख्žन थाल्ने हो भने हाम्रो जातीय एकता र जातीय स्वाभिमान पनि थपिँदै जान्छ भन्ने कुरामा मेरो गहिरो विश्वास छ। यही विषयमा बकबक गर्ने क्रममा म अहिले मपुपुमा पनि अलिअलि काम गर्न थालेको छु। टाइपिङका बारेमा कुरा गर्दा अहिले हामीसित दुइवटा टाइपिङ प्रणाली (keyboard layout) छन्। पहिलो परम्परागत अर्थात ब क म ा न वाला र दोस्रो रोमनाइज्ड अर्थात् nepal=नेपाल वाला। म परम्परागत चलाउँछु। यसमा तपाईँले भन्नुभए जस्तो थोप्लाथाप्ली चलाउनका लागि shift+ alt थिचेर roman मा गएर वा shift+ctrl थिचेर romanized मा गएर मात्र चिन्हहरू चलाउन सकिन्छ। romanized layout चलाउँदा यो अलि सजिलो छ भन्छन् साथीहरू। अङ्ग्रेजीमा जहाँ जहाँ जे जे छ romanized मा प्रायः मिल्छ क्यारे। यस विषयमा लेख्žन भनेर म मेरा केही साथीहरूलाई पनि अनुरोध गर्छु।
नेपालीमा कुन कुन अक्षर राख्žने भन्ने बारेमा हाम्रा भाषाशास्त्रीहरूको माथापच्ची चलि नै रहेको छ। तर युनिकोड कन्सोर्टियम भन्ने संस्थाले देवनागरीका सबै वर्णहरूलाई नम्बर भने दिएको छ। अर्थात् हामीले कुनै अक्षर ( उदाहरणका लागि लृ भनौँ न) नचलाए पनि त्यो वर्णमालाबाट हट्दैन। अब हाम्रा किबोर्ड ड्राइभर निर्माताहरूले ती अक्षरका लागि के व्यवस्था गरेका छन् भन्ने चैँ अर्कै कुरा हो।
तपाईँहरूलाई राम्रो लाग्ने अर्को खबर पनि छ मसित। नेपाली अक्षरहरूको प्रयोगको frequency र मानिसका औँलाको movement को वैज्ञानिक अध्ययन गरेर अर्को एउटा कीबोर्ड लेआउट पनि तयार भएको छ। यो कीबोर्ड लेआउटमा चैँ सबै चिन्हहरू उपलब्ध छन्। तपाई हामी जस्ता पहिले नै टाइपिङ सिकेकाहरूलाई त यो कति काम लाग्ला तर नयाँहरूको कार्यक्षमतालाई भने यसले धेरै नै बढाइदिनेछ।
टाइपिङ ट्युटरका बारेमा जानकारी भएन। पाएँ भने तु लेख्žनेछु।

शिरिश जी,
गर्žयो त लेख्žनै पर्žयो नि। नत्र त हिन्दीमा नभएको देवनागरीमा नेपाली भाषा लेख्žने मोलिकता नै मर्žयो नि। यदि तपाईँ romanized बाट चलाउनु हुन्छ भने r,/,+,y,o थिच्नुस। r=र, /=्(हलन्त),+=अक्षर जोड्ने joiner, y=य, o=ो। अर्थात आधा र लाई + ले र्ž बनाइदिन्छ।

sense जी,
पूर्ण बिराम त full stop भएकै ठाउँमा छ त। खोजाइ मिलेन कि?
 
Posted on 12-05-05 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो लेखाइमा देखिएका अशुद्धिहरूका लागि क्षमाप्रार्थी छु। संयुक्त अक्षरको प्रयोगमा नचाहिँदा आकारहरू किन देखिए भन्ने बारेमा पनि पत्ता लगाउने कोशिश गर्नेछु।
 
Posted on 12-05-05 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mitra haru,

yaha mero bhayena ke. keyboard layout setup garda 'compressed file is invalid or corrupted' bhanera po aayo.
 
Posted on 12-05-05 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वास्तवमा भन्नुपर्दा यो नेपाली भाषाको निम्ति क्रान्ति नै हो॥ युनीकोड र किबोर्ड ले आउट को आविस्कार/बिकासमा संलग्न सबै ग्यात-अग्यात मित्रहरू प्रशंशा अनि धन्यवादका पात्र हुन्॥ मेरो समस्या चैं हाम्रो बर्णमालाको अन्तिम बर्ण "ग्य" हों, जुन मैले लेख्नै जानिन। सिकाई पाम न।
 
Posted on 12-05-05 9:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार जी लाई धन्यबाद छ जवाफको लागि, तर हेऽरि तपाईले "लेख्न" लेख्नु भएको त "लखेट्न" जस्तो देखियो के ;)

ऋषि (ठीकै त लेखे हुँला नि)जी, ल गरि खानुस
j/Y

Keep rolling...
 
Posted on 12-05-05 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऋषि जी,

गाँठो पारी "ज्ञ" लेख्नको लागि Capital "J" अनि " / " अनि small " y" अर्थात "ज"
लेखेर खुट्टा काट्नुस अनि "ञ" ले टेका लगाइदिनुस त, कुरो खत्तम।
 
Posted on 12-05-05 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री पाँचजी र भउतेजी लाई गाँठो पारी "ज्ञ" को गाँठो फुकाइदिनुभएकोमा धेरै-धेरै धन्यवाद छ।
 
Posted on 12-06-05 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यूनिकोडले नेपाली भाषामा क्रान्ति ल्याऊँदैछ, यो सत्य हो। तर नेपाली भाषा आफैँको सर्वसम्मत नियम र ब्याकरण बन्न भने बाँकीनै छ। केहि समय पहिले नेपाली भाषा सुधार सुझाव कार्य दल भन्ने पनि बनेको थियो नेपालमा, अहिले कता पुग्यो होला!

जे होस् यो यूनिकोडले मेरो आफ्नो जीवनमा पनि क्रान्तिनै ल्याइदिएको छ। पापी पेट पाल्न गाई खाने भाषा नभइ नहुने भइहाल्यो, तर आफूलाई धक फुकाएर हाँस्न र रुन भने नेपालीनै चाहिने! मैले यो कम्पुटरमा धक फुकाएर हाँस्न थालेको गोटा सातेक महिना जति भएछ।

आफू जुन धागोमा पनि पछि पस्न पुगिन्छ (धागा पस्ने गति बढाउनैपर्ला जस्तो छ!)। समस्याजति साथीहरुले भनिसकेपछि मेरो भागमा केहि पनि बाँकी रहेनछ। "हो, त्यसै हो-----" भनेर साथ दिएँ है मैले। बरु एउटा लाजमर्दो कुरो मेरो, यो "ज्ञ" को बारेमा त मैले अहिलेसम्म ध्यानै दे'को रैनछु। मैले अहिलेसम्म "ज्ञ"नै लेखेको रैनछु त?!

अर्को एउटा कुरा, आजभोलि मेरो कम्पुटराँ म पु पु को अड्डा (site) खुल्दै खुल्दैन। के भा को होला, दौँतरीहरुलाई केहि मेसो छ कि? भयो, एक दुइ महिनै भयो।
 
Posted on 12-06-05 1:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुहरु,

हजुरहरु कै जानकारीले गर्दा म आज जीबनमा पहिलो पटक नेपालीमा टाइपिङ गर्दैछु।

सबलाइ मेरो सहर्ष धन्यबाद छ।
 
Posted on 12-06-05 6:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम बी. जी र अरू साथीहरू,
नेपाली युनिकोडका बारेमा यहाँहरूका मिठा बचनले यसको विकास र वितरणमा लागेको मदनपुरस्कारका सबै सहकर्मीहरू हर्षित छौँ। तपाईँहरू सबैलाई धन्यवाद!

गौतम बी. ले भन्नुभए जस्तै नेपाली भाषाको पूर्ण स्तरीकरण भइसकेको छैन। तर पनि हामीले प्रज्ञा प्रतिष्ठानले निकालेको नेपाली वृहत् शब्दकोशलाई मानक मानेर काम चलाउँदै आएका छौँ। भाषा स्तरीकरणका दिशामा निकट भविष्यमा नै केही मह्त्वपूर्ण र सुखद परिणामहरू आउनेछन्। यसका लागि त्रि विको भाषा विज्ञान विभाग र मदन पुरस्कारले मिलेर "भाषा सञ्चार" नामक परियोजना सञ्चालन गरिरहेका छन्।

तपाईँको कम्प्युटरमा म पु पु को अड्डा नखुलेको किन हो हामीले अनुमान गर्न सकेनौँ। www.mpp.org.np नै ट्राइ गर्नुभएको हो निऽ होइन र?

नेपाली युनिकोडको की बोर्ड ड्राइभरको विकास गरेर हाम्रो जीवनलाई सजिलो बनाइदिने म पु पु कम्प्युटरकर्मी साथीहरूलाई तपाईँहरूका कुरा मैले फरवर्ड गरेको थिएँ। उहाँहरूले नेपाली युनिकोडका सबै प्रयोगकर्ताहरूलाई धन्यवाद भन्नु भएको छ।
 
Posted on 12-06-05 7:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केदार शर्मा ज्यु र म पु पु का विकासकर्ताहरु,
यहाँहरुको यो प्रयास निकै उपयोगि र सह्रानिय छ।
कति कुराहरु नेपालीमा लेख्दा मात्रै आनन्द आउँछ।
धेरै धेरै धन्यबाद छ है, यसलाइ अझै विकास गर्दै जाम
 
Posted on 12-06-05 7:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hare something is wrong with my freaking computer, can somebody enter and fix it please..dikkai...all fonts looks like chinese to me...:d
 



PAGE:   1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters