[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH-II

[Please view other pages to see the rest of the postings. Total posts: 315]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 147519 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 02-28-06 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।

साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।

कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;

- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557

आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।

"मैले नेपाल छोडेको छैन"

हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;

हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।
 
Posted on 02-28-06 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(पहिलो भागबाट) नेपाली कान्छा र डीसी विषाणु (dc virus) लाई कविताको देशमा स्वागत छ।

नेपाली कान्छाको कविता राम्रो छ, धन्यवाद। टाइपिङका सानातिना समस्या चाँडैनै सुल्झिनेछन् भन्ने आशा छ। अनि विषाणुजी, लेख्ने कोशिश गर्नुस् नेपालीमा र यहाँ टाँस्नुस्, हामी प्रतीक्षामा छौँ।

साथीहरु,अबदेखि यतै यो दोश्रो भागमा भेला हौँ, कि कसो?
 
Posted on 03-01-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा सबैको शझा।

यो बिरानो ठाउमा नत मेरो कोहि नै छ
आज यो साझा सब् को साथि भयेको छ।

सथि को सेवा सबैले मिलेर गरुम्
आज यो सझा लाइ अस्लिल्ताले भरेर मैलो नपारुम्।

साझा एक् गोरेटो हो
जुन् सब्को साझा हो।

साझा यो साझा बश् हैन
जस्म अफुनै बस्ने कुर्सि भत्कियको छ।

साझा यो टुडिखेल्को मैदान् हैन
जस्म टोड्फोड् को ढुङाले भरियेको छ।

साझाको सदुपयोग् गरुम् एक् स्वछ वाताबरनदियेर
नत यो एक् नेताहरुको कुर्सिनै हो।

साझाको सदुपयोग् गरु एक् सन्त वताबरन्दियेर
नत यो एक् अतन्कबादिले भरिएको भुमन्डल्नै हो।

साथि यो सझा को सहि सदुपयोग गरुम्
झुट् मैलो र तिरस्कारबाट बचाऔ।।
 
Posted on 03-01-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

--------हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु। "

गौतमजी मिठो लाग्यो यि भावानाहरु। आजभोलि चित्रेभाइ कता गएछन?!
 
Posted on 03-01-06 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे ज्यू,
सधैं झैं ओजपूर्ण कविता, तपाईको हरेक शव्दमा गहनता हुन्छ।

नेपाली कान्छा,
राम्रो प्रयाश।

मास्टर्नी दिदी,
म हराएको हैन, अलि व्यस्त मात्र हो अचेल, लेख्ने कामको लागि फुर्सदै पाईरहेको छैन भन्या।
 
Posted on 03-01-06 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mitra haru , malai kabita bhanne bittikai kina kina jiu ma kanda umrera aaunchha hola kina ho ?? i am not trying to offend hoina tara khoi kina ho maile bujna sakeko chhaina .... one thing is sure its not because i am in USa and being unpatriotic kina ki i dont like english poems also .

tapai harule kun umer dekhi kabita lekhna thaleko ho ??
 
Posted on 03-01-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।

हामि जस्ता बिदेशिएकाहरुको यथार्थ!!!!

गौतमजी, जन्मभूमीको याद संगै नयाँ देश शुरु गर्नुभएकोमा बधाई अनि शुभकामना छ!
यो नयाँ धागोमा टाँस्न अहिले म संग कविता छैन तर एउटा गित टाँस्दै छु।

गित-

बिर्सेर यो सारा जगत् दौडि मेरो घरमा आऊ
लत्याएर सारा चलन हाँस्दै मेरो जीवनमा आऊ

नाघेर संस्कारका लक्ष्मण ति रेखाहरु
पखालेर जातका सबै काला ति छापहरु
तर्साएर बैरि समाज झुम्दै यो जीवनमा आऊ

पन्छाएर हजूरबाका ‘खबरदार’ ति नजरहरु
भत्काएर पूरोहितका पापका कथित् डगरहरु
उदाएर नयाँ तारा चम्किँदै यो जीवनमा आऊ

बिर्सेर यो सारा जगत् दौडि मेरो घरमा आऊ
लत्याएर सारा चलन हाँस्दै मेरो जीवनमा आऊ

 
Posted on 03-02-06 5:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विर्खे माइला गुरु ,
कविता अति राम्रो छ र साहित्यको खुराक पस्काइ रहनु भएको छ ।
अनि
यो कविता टास्दै छु ।

शान्ति मन्त्र
ॐ श्री गणेशय नम: श्री कृष्ण हरी हरी,
अब सुख शान्ति छाओस नेपाल भरी

सत्तामा रहदा नेताहरुले गरेर खुब् गल्ती,
एक दशक सम्मा देश र जनतालाइ पोल्यो भल भल्ती

प्रचन्ड,गिरिजा,देउबा,माधव र राजा,
सबै मिली बजाउ अब शिघ्र शान्ति को बाजा

कात्रो किन्ने पसल को भीड श्रीङ्गार को पसल मा जाओस ,
नेपाली नारीहरुले सधैं चुरा र सिन्दुर लाउन पाओस

बाँच्न पाओस सबैले अकाल मा कोही नमरोस ,
श्रीमति बिधवा, बच्चाहरु टुहुरा, र आमाको कोख रित्तो कसैको नगरोस

लोकतन्त्र, गणतन्त्र, कुन्नी के के तन्त्र ,
ढेडो खाएर गुन्द्री माथि निर्धक्क सुत्न पाओस त्यही प्रजातन्त्र

हे प्रभु, अब नेपालमा दिर्घा शान्ति छाओस ,
सबै नेपाली आफ्नै मतृभुमिमा निर्धक्क बाँच्न पाओस

ॐ शान्ति शान्ति शान्ति । ।
 
Posted on 03-02-06 6:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐनामा हेर्दा ......

मेरो टाउकोभित्र दुई आवज गुन्जिन्छन्
एउटा भन्छ
हे मानवजाती, तँ किन यसरी बहुलाएको ?
यो बृछ्यरुपी संसारको हाँगोमा बसेर
तँ करौँती चलाऊछस्
अर्को आवाज मरी मरी हाँस्छ
हे मनुश्य, करौँती देख्ने ती आँखाले
तेरो आफ्नै रगताम्य खुट्टा
अनि हातमा रहेको बन्चरो चाँही देखेनस् ?
 
Posted on 03-04-06 1:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली कान्छाजी, ठिक कुरा हो तपाईँको। साझाको सहि सदुपयोग हुनुपर्छ। हामी सबैले आत्मालोचना गरेर हरौँ, साझालाई सहि उपयोग गर्ने कुरामा हामी कति खरो उत्रेका रहेछौँ।
*****************
माष्टर्नी नानी, मानचित्र र जिम्माल, कविता मन पराइदिनुभएकोमा धन्यवाद। माष्टर्नी नानी र मानचित्रबाट केहि नया कविता जाओस् न! (हुनत मेरो पनि गति कम भएको छ, माफ पाऊँ।)। जिम्मालले भने धाराप्रवाह लेखिरहनुभएको छ। यो गीतले पनि कला र सन्देश दुबैको राम्रो सन्तुलन राखेको छ।
****************
गुरुङजी, निसन्देह हामी सबैलाई, नेपाललाई चाहिएको शान्ति हो। तर के कुरामा सचेत हुनैपर्छ भने अबको शान्ति मूर्दा शान्ति हुनु हुँदैन, हरेक मान्छेले अवसर पाउने, हरेक समुदायले अगाडि बढन पाउने 'जीवन्त शान्ति' हुनुपर्छ। नेपालको वर्तमान हिँसा र अन्यौल बास्तवमै नराम्रो हो तर प्रत्येक बादलमा चाँदीको घेरा भएझैँ यो अन्यौलभित्र नेपाली देश र समाजले फड्को मार्नसक्ने धेरै ठूलो सम्भावना लुकेको छ। यो हिँसाले आजसम्म हामीले देखेको 'मूर्दा
शान्ति'भित्र भूसको आगोझैँ रहेका अनगिन्ती समस्याहरुलाई तपाईँ हामीले छर्लङ्गै देख्ने गरी सतहमा ल्याईदिएको छ। यी समस्याहरुलाई यत्तिकै छोडेर आउने शान्तिले अझ ठूलो अशान्ति ल्याउने छ।
साथीहरुसंग आफ्नो मनको भावना साटेको है! अन्यथा नलिनु होला।
***************
le chef du nuit जी (नेपालीमा कसरी लेख्ने तपाईँको नामलाई?), निकै दार्शनिक चिन्तन राख्नुभएको छ। यसको सोझो गाऊँले बुझाई "आफ्नो आङको भैँसी नदेख्ने, अर्काको आङको जुम्रो देख्ने" जस्तै हो? कि मेरो बुझाई गलत भयो?
 
Posted on 03-04-06 1:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली छोरोजी, कवितासंग त्यस्तरी किन डराउनुभएको हो? त्यस्तो डरलाग्दो त केहि छैन! कि तपाईँलाई कविता नाम गरेकी केटीले धोका दिइन् र हो? (ठट्टा है!)
कविता लेख्न थाल्ने उमेर पनि तोकिएको हुन्छ र? मनमा भावना अटाएनन् भने कविता बनेर बाहिर निक्लन्छन्, त्यतिमात्रै हो।
 
Posted on 03-04-06 4:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

[B]ऊनी ले मलाई सम्झिइन रे![/B]

ऊनी ले मलाई सम्झिइन रे!
त्यो समुद्रि तटमा
ती एकलास बगरहरु बिच
एक सुन्दर बिहानीमा
मेरै नाम लिईन रे!
बालुवा किनारै-किनार दौडडै हर ढुक-‍ढुकिमा
मलाई सम्झिईन रे!
हावाका झोकाहरुले
कानेखुसी गरे रे!
ती चिरबिर चरिहरुले
मेरै नाम लिए रे!
मलाई थाहा भएन-२
म तिमी सामु भएको भए के गर्थे हुँला
सायद तिमीसँगै ती समुद्र तटमा दौडदै
टाढा क्षितिज नाप्थे हुँला
अनि हातेमाले गर्दै भविष्यको सुन्दर कल्पनामा हराउँथे होला
तिम्रो त्यो पाउजुको झंकारमा
सुन्दर नयनहरु नियाली रहन्थे होला
ती नील नयनहुरुलाई चुम्थे होला
मलाई हरबखत “मेल” लेख्ने ती औलाहरु चुम्थे होला
थाहा भएन
सायद तिमीलाई
एक कसिलो बाहुपासमा बाँध्थे होला
तिमीलाई मेरा नयन भरि सजाउँथे होला।
 
Posted on 03-04-06 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई 'नुईटे' भनि बोलाएहुन्छ हजुर :)
 
Posted on 03-04-06 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नुईटे कविता खै त अरु?नाम सजिलो लाग्यो के।:)

"मेरो टाउकोभित्र दुई आवज गुन्जिन्छन्
एउटा भन्छ
हे मानवजाती, तँ किन यसरी बहुलाएको ?
यो बृछ्यरुपी संसारको हाँगोमा बसेर
तँ करौँती चलाऊछस्
अर्को आवाज मरी मरी हाँस्छ
हे मनुश्य, करौँती देख्ने ती आँखाले
तेरो आफ्नै रगताम्य खुट्टा
अनि हातमा रहेको बन्चरो चाँही देखेनस्
-नुईटे"
आजभोलि मलाई अरुले लेखेको मात्र पढ्नमन लाग्छ।
:)
 
Posted on 03-04-06 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नुइटेको कबिता त सारै गह्रौं (Heavy) लाग्यो यार।
 
Posted on 03-04-06 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-06 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lost Cause

kasto abela aauchou timi
mutu nai dukh dukh huni garera
kina bhujdainou timi malai
ho mero sahara timinai

sodhchu euta kura
thanchau timi arkai
risauchau tettikai nabujhi
kasari bujhau timilai

janne le bujhchan malai
timilai bhane katti garro
samaya ta cha ni sabaiko
bitauchau timro chai katai katai

jatti kosis gare pani
bujhnu nai garro timilai
maile nabujheko ho ki, timile
thaha paunai sakina tetti pani

bhanchu maile afailai
garera ke faida yo kosis
choddeu yo kura sabai
santosh huna deu ekaichin maanlai
 
Posted on 03-04-06 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद माईला,
पहिलो धागोमा उत्तर पाएँ र कविता फेरी पढें। चित्त बुझ्यो।
 
Posted on 03-05-06 12:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी धन्यवाद्! रफ्तार मात्रे बढेको हो गुरुको जस्तो शसक्त भावना पस्किन सकेको हैन!

गुरुङ्गजीको दामि गयो, समसामयीक प्रहार!

नुईँटेजी, आफैँले आफ्नो न्वारन गर्नुभो खुसि लाग्यो, मलाइ पनि नेपालीमा कसरि सम्बोधन गर्ने भनेर अप्ठ्यारो लागिरहेको थियो। तपाईँको कविता दह्रो छ साह्रै! बरु एउटा कुरा अलि लम्ब्याऊन मिल्दैन?

सुरेन्द्रजी, मेरो मनमा खेल्ने भावना पस्किनु भयो । राम्रो छ! अझै लेख्दै जानुस

माष्टरनी नानीको नयाँ कविता नपढेको धेरै भयो, लेखौँन यसो समय पाएको बेलामा!!

एऊटी केटी, धेरै राम्रो भावना पस्किनु भयो, बरु मिल्छ भने शिर्षक पनि नेपाली मै राख्दा कस्तो होला?
 
Posted on 03-05-06 2:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्ने कविता लेखौ लेखौ भन्दा पनि कविता लेख्न्न नपायको मा साह्रै दुख लग्या थियो । आज बल्ल यौटा कविता लेख्न्न पायो ..jani najani yauta kawita lekhdai chhu ..hope evaone like ..






आज भोली नेपालमा वर्षा ज्यादै बढेको छ
आफ्नै सन्ततिबिच
साढेको हुकार जस्तो व्यव्हारले
नेपाल आमाको कलेजो फाटेको छ
आमाको जलेको छाति शान्ति पार्न
बादलले मुसलधार पानी वर्षायको छ
नेपालको धन जन सबै गुटु मुटु पारी
भारतमा पुरायको छ
आमाको वेदना झन झन बडेको छ
अविरल आसुको वर्षाले आज
आफ्नै रुप छी या छी या पारी
बाल बच्चा घर परिवार सबै बगाई लगेछ
आफ्नै वएदनका आशुले आफैलाई डुबाएको छ
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters