चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
* जिम्माल बा तीर्थ यात्रामा: दक्षिणी गामहरूको तीर्थ यात्रा सफलतापूर्वक सम्पन्न गरेर जिम्माल बा चौतारी गाम् फिर्ती सवारी हुनभएको छ। प्रशान्तका भाइ निशान्त तथा कुमलवाका भाइ मदनवा पनि जिम्माल बा सँगै तीर्थ गएका थिए।
* राहुलदाइ डेरा सर्ने क्रममा: फिला दे फियाको हो हल्लापूर्ण शहरबाट छुटकारा पाई स्वच्छ हावा खाने हेतुले राहुलदाइ गुन्टा सुन्टा कसेर ठेला गाडा गुडाउँदै शहरबाहिर डेरा सर्नुभएको छ।
* ठूलीको तरकारी बेच्ने काम पूरा: दुम्सी गामको बजारमा गत १ महिनादेखि तरकारी बेच्ने काम सकेपछि अब ठूली चौतारीमा पहिलेजस्तै सक्रिय हुनको लागि कसरत गरिरहेकि छिन्।
*तितौरी चौतारी गामबाट बेपत्ता: सान्फ्रे गाममा बसोबास गर्ने चित्र बादुर मुखियाकी पनातिनी एवं जिम्माल बाकी नातिनी तितौरी हराएकी छिन्। देख्नुहुने महानुभावले खबर गर्नुहोला: 1800-CHAUTARI
* नयाँ खर्कमा म:म: पार्टी: चौतारीका बरिष्ठ पून्टेदाइको सभापतित्वमा, अन्तरे र रीठ्ठेको सहभागितामा हालै म:म: पार्टी एवं गाना बजाना गफगाफ सम्मलेन सम्पन्न भएको छ।
तारेमाम् गाम्लेहरु। नयाँ गाम् बाट नयाँ चौतारीमा नयाँ तारेमाम्। डेरा सर्ने कार्य लगभग समाप्त भएकोले हाजिर जनाएको छु। हिजो अस्ति मेरो अनुपस्थितिमा भए गरेका कार्यहरुको पुनराबलोकन गर्दै सोम बार देखि सक्रिय हुने घोषणा समेत गर्दछु। धन्यबाद धन्यबाद भने सि याद आयो, चित्रेलाई नयाँ चौतारी छिनेकोमा धन्यबाद।
जिन्तखिमा फस सेकेन थड काम छैन जे छ फुरोथाँ छ गाम्लेओ!
औसत राउँरो रे के! उत्तम र अधम भन्दा मध्यम राम्रो!
हेरि कुरो के भन्देखुन तो के जाति चारधाम जाँदा म बुडो सगै एउटा राति सुत्ने बेलाँ नि छालाको यामानको जुत्ता लाउन नछाड्ने अनि अर्को बोल्यो कि त गित गाउने मुन्छेहरु नि गाका छन भनेछौ चित्रे भन्नलाई त तर गाँठि कुरो अर्कै छ! एक्लै हिन्या हुन एक्लै चाइन्जो फर्क्या हुम्। जिन्तखि चइन्जो एस्तै हो सपै एक्लै हुन, नातागोता सपै माया रेछ! तिर्थमा सिकेको क्या!
लु चित्रे जे भ' नि दुख अरेर चाइन्जो चौतारी बनाएछौ, भाग्गेमानि भएस जागिर भनेजस्तो पाएर जोइ रोजे जस्तो पाएस्, कुस्त पैसो कमाएर आँखा नदेखेस्!
लौ म पाँचौ। यो भन्दा अगाडिको चौतारी त अब कैले पडेर भ्याईएला खै।
ग'का दुई हप्ता साह्रै ब्यस्त भएर बिजि भएकाले आउन नपाको, अब भने हरेक बेलुकी हाजिरी जनाउने कुरा सम्पूर्ण चौतारीबासीमा जानकारी गराउन चाहन्छु। साहू बुढाले हाललाई पिन्सिलभनिया केहि दिन र तेसपछि उरिगन वा मुन्टाना तिर मुन्ट्याउनि सम्भावना रहेकाले बिच बिचमा गयल भएमा लौ अन्तरे जोत्दै होला कतै डाँडा तिर भन्ठान्ने छन् गाम्लेले भन्नि भन्ठान्ने छु।
म बुल्बुले तालको पानी अन्जुलिभरि लिएर तिम्रो अनुहार देखाइरहेथें। तिमि कलकल धाराहरुमा पानी खेलिरहेकि, ८-१० बर्षकि सुकोमल बच्चि बनेर। म बोलाइरहेथें-"छोरिले खेल्छे अब पानीमा, आमाले अल्मलिएको स्वाहेन - आउ छिट्टो, गाडी छुट्ने बेला भैसक्यो।"
सुर्खेत् कोहालपुरको ८६ KM धुले बाटोले बहुत कस्टप्रद बनाएथ्यो - हाम्रो यात्रा। मानिसको खांदाखांदले सास् फेर्न पनि गर्हो होला झै। तिमि गुनासो गरिरहेथ्यौ- "प्लेन मा गएको भएनि हुने नि।" म आफ्नो निरिहता पोखिरहेथें-"पछि पैसा कमाएपछि चडौंला - प्लेन मात्र के, हेलिकोप्टर नै लिएर घुमौंला नि!"
कोहलपुरबाट लक्षमणा सम्मको २२ KM चाहिं आरामदायी थियो। राम्रो पिच बाटो। मेरि घरपेटी आमै हामीलाई देखेर यति खुशी भइन् कि तिमिलाइ अंघालो हालेर आँशु खसाइरहेकि - मानौँ बर्षौं पछि उनका आफ्नै छोरा बुहारी घर आएका हुन। उनले त्यो दिन तेहिं बस्न खुब् कर गरिन्। जुन कोठामा ७ बर्ष अगाडि म बस्तथें त्यो खाली नै छ रे। तिमि गालि गरिरहेथ्यौ - "हजुर त कस्तो मान्छे, जस्ले जे भन्यो तेहि मान्ने। जां पायो तेहि म त बस्तिन।" म बुझाउन खोजिरहेथें - "यो कँ जाँ पायो तेहिं हो र। उहांहरु मलाई छोरा जस्तै मान्नु हुन्छ। डेरावला नै भएपनि आफ्नै घरजस्तो गेरेर म ८ महिना बसेथें - यहि कोठामा - मलाई एकदम माया लाग्छ उहांहरुको।" त्यो, त्यो घर थियो, जहां मैले जिवनको पहिलो जागिर गर्न पस्चिम तराइ जादा एउटा सुन्दर आतिथ्यता र अपनत्व पाएको थिए, डेरा गरेरै बसेको भएपनि। बर्दिया, तिम्रो देउडाकला, त्यो health post construction site र त्यो लक्षमणा गाउँ, मेरो पहिलो overseer जिवन, आहा......
भोलिपल्ट बिहानै हामी चिसापानीको चिसो पानीमा नुहाइरहेथ्यौं। कर्णाली नदि हिमालका हिउँहरु बोकेर त्यो चिसापानी हुंदै तराइतिर झरेकि छिन्। -"राम प्यारी, कस्तो जाडो भयो।" -"कस्ले नुहाउनु भनेको थियो त? अव म कसरी न्यानो बनाइदिउँ?" यताउति हेरेथें। नजिकै कोहि थिएन। तिमिलाई म संगै तानेथें र त्यो चिसोपना लाई भुलेर हामि धेरै वेर पानीमा खेलिरहेथ्यौं।
कर्णाली आडको एउटा होटलमा खाना खाएर हामी पुलमा गएथ्यौं। त्यो विशेष पुल जो एउटा मात्रै पिलरमा उभिएको छ - विशाल पिलर। हामीले धेरै फोटोहरु खिचेथ्यौं।
धनगढि नेपलगन्ज को bus पक्डेर फर्किरहंदा बबइ सिंचाइ परियोजना छेउछाउ बर्दिया रास्ट्रिय निकुन्जाका हरिणहरुले तिमिलाइ देरै रमाइलो दिएका थिए। खुबै प्रफुल्ल मुद्रामा तिमि झ्याल बाहिर हेरिरहेथ्यौ। -"कहिं त्यति रमाईलो नलाग्ने मान्छेलाई यो हरिण ले चाहि मोहनी लाएछ।" -"चुप लाग्नुस् हजुर्। बेकारमा दिस्टर्ब गरेर आर्कालाइ। कस्ले भन्यो म अन्त बेखुसि थिए?" -"हे हे, तेसो भए false assumption मा परिएछ।"
कर्णाली नदि बाटा नेपलगन्ज को कर्णाली होटल सम्म को यात्रा अहिले समाप्त भयो। तिमि थकित देखियौ। एक्छिन् थकाइ मारियो। तिमि फ्रेश् हुन र अरु तयारी मा लाग्यौ। ढिला भैसक्यो, कति time लगाउने होला यि आइमाइमान्छेहरु, अलिकता प्रेसर बढेछ कि कसो आफ्नो नि।-"हैन सकिएन? छिट्टो गर छिट्टो। जहिले नि तिमि ढिला गर्छौ।"
साँझखेर हामी टाँगा चडेर रुपेडिया गएथ्यौं। होटल बाट ४-५ KM मात्रै होल, सिमानाको सानो Indian बजार, रुपेडिया। बनियान हरु खुब सस्ता। "हजुर् एक्छिन् यतै बस्नुस् है" - तिमि खै कता हरायौ। एक्लै कहा लाग्या होला, यो अर्काको देशमा। कता कता रास्ट्रियता खड्किहाल्ने, सिमाना काट्न साथ। आखिर के होला यो सिमारेखा। एकैछिन् train station हेरेर फर्किदा अंध्यारो भैसकेको थियो, अर्काको देशमा, रात ब्याल। कता कता डर हो कि के हो मनमा। हतार हतार लम्किरहेथ्यौ हामी। सिमाना वारि तिर।
भोलि बिहानै बागेश्वरी भगवतीलाई दर्शन गरेर हामी रंगशाला तिर घुम्न निस्केथ्यौं। मलाइ खुल्दुली लाग्यो - "के माग्यौ?" - "किन भन्नु हजुरलाइ!" - "मैले के मागे थाहा छ?" - "के?" - "छोरी - सुन्दर, तिमि जस्तै!" - "मैले छोरा मागे, तर हजुर जस्तो हैन, अलिक smart।" मौले तिम्रो टाउकोमा प्याट्ट पड्काएं - "अनि न smart मान्छे संग किन हिडेकि त?" - "म जो सुकै संग हिडौ, हजुरलाइ के मतलव!" मानौं तिमि कोहि अरु संग मेरो कुरा गरिरहेछौ।
रात्रि बस ५ बजे छुट्यो - नेपलगन्जबाट। लमहिमा बेलुकाको खना खादा मैले सुनाएथें - "पोहोर शाल यहिं हो माओबादीले आक्रमण गर्दा रात्रि बसका पनि दर्जनौं यात्री मारिएका।" तिमि त्रसित बनेउ। हतार गर्न खोजिरहेकि। छिट्टो त्यो ठाउं छाड्न पाए। तर तिमि driver होइन। उ त कहाँ हो 'खोया बिर्के' तान्दै होला।
बुटवल पुग्दा १२ मात्रै बज्यो। बस पार्कमा एक एक सोली चटपटे खाएर होटल खोज्न तिर लागियो। दिनभरको घुमाइ अनि ७-८ घन्टाको बस, थकान ले सिमा नाघिसकेझैं छ। तिमि भुसुक्क निदाइ सकेकी, म के के सोच्दै ढल्किरहेथें।
निया चौतारी बनारल्याकोमा चित्रे बाउचालाइ मेरो दुइ चार मुठा धनियाको पात । हरि,कुम्ले,राहुल दाइ,बिर्खे,अन्तरे,भउते,सानो कान्छा र सुन्तलेलाइ आइतबारको गोधुली नमस्कार ।
लु सुन्तले मजाको यात्रा संस्मरण आओ! तो कोहलपुर देखुन सुर्खेत सम्मको धुले बाटो त हाम्पनि हिँड्या छम गाँठे! बरु तो भेरिमा पुन नभ'र हाउँरो बस त के जाति फेरिमा राखेर तार्या थो!
लु एउटा गजब को प्रश्न दिल-ए-नादान लाई-
...हम भटकते हैँ, क्योँ भटकते हैँ दस्त-ए-सहरामे ऐसा लगता है मौज प्यासी है अपने दरियामे ...
जिम्माल बाले ज्यादै राम्रो राम्रो मुटु छुने संगीत राख्नु भएछ मलाई सुन्न मन लागेको एउटा गीत सबैले सुनुम है त, यो गीत जैले सुन्दा पनि मेरो मुटु छुन्छ:- ध्यान दिएर सुनेर गीत को अर्थ बुझौ है त, please
दाssssssssमी गीतहरु ! धन्यबाद जिम्माल-नाना र रिठ्ठेसानलाई। बिहान देखि कम्फरा तातेर को सँग बाझुँ को सँग बाझुँ भैराथ्यो। गीत सुनेर मनै हरररररररररररररर भो गाँठे। बल्ल शीत्तल भो।
अन्तरे-जीले कहिले गजल लेख्नुहुन्छ र गोताएँले भन्दा पहि झम्टेर करेक्शन गरिटोपल्म्ला भनेर कुरेर बसेको म त।
अत्ती राम्रो लाग्छ मलाई यो गीत हो जिम्माल बा, यो साथी फिलिम को गीत हो, मेरो बेस्ट गीत हरू मद्दे को बेस्ट यो फेरी आदित्य पन्चोली मेरो बेस्ट हिरो तेथी खेर को, तेस्को जस्तो एक्टिङ गर्ने त कोइ देखेको छैन मैले
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.