[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "अपरेसन ००३"

[Please view other pages to see the rest of the postings. Total posts: 257]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 111770 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 06-24-08 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"बिदेशीहरु कहिले पनि एउटै उदेश्यले हाम्रो देशमा काम गर्न आँउदैनन्। उनिहरुको पहिलो कौतुहुलता हुन्छ "हाम्रो देशको राजनैतिक अबस्था" र दोस्रो आफ्नो कार्यक्रम मार्फत अप्रत्यक्ष रुपमा सोझो साझा जनताहरु बिच प्रजातन्त्रको भाषा सिकाउनु। त्यसैले "अपरेसन ००३" को लक्ष्य पनि त्यो दायरा भन्दा परको हुन सक्दैन। अपरेसन ००३ को सबै गतिबिधिमा निगरानि राखी समयमा नैं प्रतिबेदन बुझाउन मेजर मिन्जोलाइ यो जिम्मेबारी सुम्पिएको छ।"कर्नल आङ्जोले एउटा गोप्य फाइलमा मलाइ सुम्पिदैं भन्नु भयो।


"अपरेसन ००३" एसियाबाट आउन लागेकि बिदेशी बिशेसग्य थी। उसको अफिस र सरकारको संयोजक्त्वमा एउटा ठुलो प्रोजेक्ट शुरु हुन लागेको थ्यो। राजधानी बाहिर ५ साइटमा "अपरेसन ००३" यानि "मिस रितु" सङै म सुरक्षाको लागि खटिएको थें। "अपरेसन ००३" मेरो लागि चुनौतीको बिषय थ्यो। कारण उ जवान थी, कुनै कार्यको लागि आएकी थी अथवा कुनै अरु देशको गुप्तचर हुन सक्थी। सबैभन्दा अचम्मको कुरा उ अमेरिका बर्सको २ चोटी  आउने/ जाने गर्थी भन्ने कुरा उसको पासपोर्टमा देखिएकोथ्यो। मैले उसको सबै कुरा पत्ता लाउनु थ्यो। उ आएको १ महिना भैसकेको थ्यो। यो १ महिना भित्र उसले ३ अन्तर्रास्ट्रिय कल गरेकी थी। ४ सनिबार नैं उ आफ्ना साथीहरुसङ सहरको प्रख्यात २ वटा नाइट क्लबमा गएकी थी। १ चोटी उसकै होटेल नजिकैको बिउटीपार्लरमा फेसियल गरेकी थी र हप्ताको २/३ वटा ब्यक्तिगत मेल लेखेकी थी। यो सबै कुराको जानकारी मैले मेरो कर्मचारीहरुबाट प्राप्त गरिसकेको थें। मैले आफैले "अपरेसन ००३" लाइ देखेको थिन। उसको फोटो हेर्दा ठिकै जस्ती थी। आखिर म उ सङ अर्को हप्ता प्रोजेक्ट साइट मा सङै जांदै थें। मेरो लागि उ रहस्य मात्र थी।


"अपरेसन ००३ जवान छे, आकर्षक हुन सक्छे तर काम भन्दा बढी बिदेशी सङ त्यति हेलमेल राख्नु हाम्रो पदिय दायित्वले दिदैन। भावना र प्रेम जस्ता कुरा हाम्रो लागि देशको जिम्मेदारी भन्दा ठुलो हुँदैन।" कर्नेल आङ जो ले "जिम्मेदारी" र "पदिय दायित्व" मा धेरै जोड दिनु भयो।

"यस सर।"भन्दै मैले टाउको मात्र हल्लाए। मलाइ आफ्नो हर शब्दलाइ केलाउनु पर्थ्यो हाकिम सङ कुरा गर्दा। तेइ पनि यो आर्मीको जागिरमा हाकिमसङ हत्त्पत्ति दोहोरो कुरा गर्न मिल्दैन।   कर्नेल आङ जो को टेलिफोनको घन्टी बज्यो। बाहिर "अपरेसन ००३" हामीलाइ भेट्न आएकि रैछ, पिएले खबर गर्‍यो। त्यसको एकैछिनपछि ३ जना खैरेसङै एउटी एसिअन केटी कोठाभित्र पसी। मेरो पारखी आँखाले "अपरेसन् ००३" को शरिरको बनावटलाइ तुरुन्तै एक्स्-रे गर्‍यो।


"क्लिक-क्लिक- क्लिक" (३६-२४-३६), ए होइन रैछ, त्यस्तो बनावट नभए पनि अर्कै किसिमको मादकता रैछ उसको शरीरमा। खुइलिएको जिन्स प्यान्ट र साधारन कटनको कमीज लगाएकी, सफा अनुहारमा अलिकति गुलाबी लिप्स्टिक, हलुका मस्करा लगाएकी, धेरै दिन देखि कोर्न नभ्याएको कपाल। मतलब आजकालको फेसन जस्तो सिल्की कपाल नभयेर कर्ली रहेछ। येसो सर्सर्ती हेर्दा अलिकति अग्ली, गहुँगोरी र मसिनो स्वरले कुरा गर्ने उ मैले मन पराउने टाइपकी केटी थीन।


"नमस्ते" गर्दा अलिकति मुस्काइ, मुस्काँउदा अलि उज्याली देख्दी रैछ, अनि परिचय दिन थाली। कर्नेल आङ्जो ले पनि मेरो परिचय गराइदिनु भयो। उठेर मैले सबै सङ हात मिलाए। उसको हात मलाइ एकदमै चिसो लाग्यो। हिँउ जस्तै चिसो। यस्तो चिसो हात हुनेको मुटु कस्तो चिसो होला। उ भितामा राखेको फोटोहरुलाइ नियाल्दै थी बेला बेलामा। केहि बेरको कुरा पछि उ आफ्नो अफिसको साथीहरु सङै बिदा भइ।

उ किन आएकी ? उसको खास उद्देश्य के होला? उसको हरेक कुरा मैले कसरी थाहा पाउने? "अपरेसन ००३" कोठाबाट निस्केपनि मेरो मस्तिस्कमा छाइ रही प्रश्न बनेर।

क्रमश:

 

Last edited: 24-Jun-08 03:37 PM

 
Posted on 06-24-08 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waiting for another great episode.

 


 
Posted on 06-24-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy "अपरेसन ००३" chahi timi ho yasma. ke ke garna bhyaki ho yo ketile, bujhi nasaknu. :)
 
Posted on 06-24-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-24-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिर्शक देख्दा नै पढौ पढौ लाग्ने रेछ। अझ कथा नै पढ्दा त झनै चाख लाग्दो रेछ। अर्को भाग कहिले आउछ क्रेजी?
 
Posted on 06-24-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकछिनमा पढेर कमेन्ट गर्छु है!
 
Posted on 06-24-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भनेपछि यो पल्ट जेम्स बोन्ड पाराको कथा पढ्न पाउने भइयो!

"लभ--- क्रेजी लभ हो नाम मेरो!" रिवल्वरबाट निस्केको धुँवा फु--!! गरेर फुक्दै तिमीले भन्यौ कि भनेनौ? (एउटा कुरा के!)

दामी छ सुरुवात!

अनि त्यस्पछि के भयो?


 
Posted on 06-24-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गजबको सुरुवात रहेछ! जावस क्रेजी जावस! बरु अलि लामो राख न है अर्को भाग देखि!
 
Posted on 06-24-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह हो हुँदाँ हुँदाँ बजारमा थ्रिलर पनि आइसकेछ
राम्रो स्टार्टटिङ छ्, कुम्स ले भने झै "लभ--- क्रेजी लभ हो नाम मेरो!" भन्ने खाल्को छ्,
ल ल अर्को भाग छिट्टो कोर्नु पर्‍यो।
Last edited: 24-Jun-08 04:16 PM

 
Posted on 06-24-08 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>मेरो पारखी आँखाले "अपरेसन् ००३" को शरिरको बनावटलाइ तुरुन्तै एक्स्-रे गर्‍यो।<<

क्रजी चाँही एस्मा को त - म पात्र नै हुनु पर्छ - तेसो भये 

गजब छ ल - तर कती छोटो -


 
Posted on 06-24-08 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau अपरेसन् ००३" re   yo operation003 chai crazZ ni hunu parcha  daramarnu po raichaey ba yo crazZ ta - -- ke matra lekhna janeyko chaina yo keti le -- crazZ i am so proud of you -- go girl go ---


 
Posted on 06-24-08 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो स्टार्टटिङ छ्, कुम्स ले भने झै "लभ--- क्रेजी लभ हो नाम मेरो!" भन्ने खाल्को छ्,
I have never read James Bond styled thriller.  Majjaa aaune bhayo, Jindagi ko life time maa pahilo choTi first time kyaa.
 
Posted on 06-24-08 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 

दुश्मनलाइ चिन्न सजिलो हुँदैन। त्यसमा पनि अर्कै मुकुन्डो लाएर देशको गोप्य कुरा खोतल्न आउने एजेन्ट त झन साधारण देखिन्छन्। मैले तालिममा सुनेको कुरा सम्झें। अँ, "अपरेसन ००३" एउटी सामान्य केटी जस्तै देखिन्थी। उसको बोलीचाली, हिडाइ, हेराइ र हंसाइ समेत एक्दम साधारण देखिन्थ्यो। गुप्तचरहरु त्यस्तै हुन्छन्, कर्नेल "ते ला" ले गुप्तचरबारेको लेक्चरमा देखाएको महिला गुप्तचरहरुको फोटो पनि सम्झें। सरल र निर्दोष देखिने ती महिलाहरुले कसरी गहिरो गहिरो राजको कुराहरु हात पार्छन् भनेर फिलिम पनि देखाइेको थ्यो त्यो कक्षामा। यो मेरो पहिलो अनुभव थ्यो, कसैको सुरक्षाको बहानामा उसको ब्यक्तिगत बिबरण पत्ता लगाउनु र उ बाट हुन सक्ने हानिबाट मेरो देश र जनतालाइ बचाउनु मेरो कर्तब्य थ्यो। "अपरेसन ००३" उसको देशको केहि दैनिक पत्रिकाहरुमा लेखहरु पनि लेख्थी। उसको लेखाइको केन्द्रबिन्दु प्रायजसो मानब अधिकार र जोखिममा रहेका समुहहरु हुन्थे। सामान्यता उ सडक बालक, महिला र  जिबन उपयोगी सीपबारे कलमहरु चलाँउथी। खासै राजनैतिक प्रिस्ठभुमि नभए पनि कलेज जीबनमा उ कुनै बिध्यार्थी सङठनको नेत्रित्व गर्थी। उ मानब अधिकारको बारेमा पनि उसको लेखहरुमा खुलेर वकालत गर्थी। यो भन्दा अघि उ बैंककको एउटा संस्थामा काम गर्थी। कुन संस्था र कस्तो काम भने फाइलमा उल्लेख गरेको थिएन।

मैले आफ्नो मातहतका कर्मचारीहरुलाइ रितु को ("अपरेसन ००३")निगरानी नियमित राख्न निर्देशन देको थें। त्यस हप्ता पनि उसको बारेमा त्यस्तो महत्वपुर्ण सुत्र भेट्टाउन सकिएन। उ अफिस र होटेल अनि साथीभाइ देखि अरु कतै जान्नथी। १ चोटी शपिङ मलको साइबर क्याफेमा १० मिनेटको लागि याहु अकाउन्ट चलाएकी थी। उसको मेलहरुमा ब्यक्तिगत कुरा बाहेक अरु चासो लाग्ने बिषय थिएन।

मैले फिल्ड जानु अघि उसलाइ एकचोटी फोन गरें र बिहानै ६ बजेको फ्लाइट भएकोले उसको  होटेलबाटै४ बजे हिंड्नु पर्ने कुरा बतांए। त्यति बिहानै उठ्नु गार्हो हुन्छ होला भन्दै थी। नभन्दै उसको होटेलमा "पिक अप" गर्न जाँदा उ सुतीरहेकीथी। होटेल लबीबाट दुइचोटी फोन गरेपछि बल्ल उठी। १५ मिनेट पछि एउटा सुटकेस घिसार्दै जिङ्रिङ कपाल सहित बाहिर निस्की। मलाइ "सरी" भनी र कारमा बस्ना साथ फेरि निदाइ। यस्तो मान्छेले के हानि गर्ली र जस्तो लाग्यो मलाइ। तै पनि के भन्न सकिन्छ र? हेर्दा पो त्यस्तो देखिन्छे। भित्र भित्र कस्तो बाठी छे कि के थाहा?


प्लेन १ घन्टा पछि अर्को सहरमा ल्यान्ड गर्‍यो। त्यहाँबाट अर्को १० घन्टा कारबाट प्रोजेक्ट साइट मा यात्रा गर्नुथ्यो। रितु बाटोभरीको द्रिश्य हेरेर रमाइ। त्यो रातो फुललाइ के भन्छ? त्यो रुखलाइ के भन्छ? भनेर प्रश्न सोधेर हैरान गर्न थाली। अत्ति भएपछि म निद्रा लागेको जस्तै गरी आँखा चिम्लेर बसें। त्यसपछि उसको सहकर्मीसङ कुरा गर्न थाली। उसकी साथी हाम्रो भाषा पनि सिकाँउदैथी। बिचबिचमा "धन्यबाद" "सन्चै" "खुशी लाग्यो" जस्ता शब्दहरुलाइ जस्ताको तस्तै उच्चारण गर्ने प्रयाश गरी रहेकी थी उ। उसकी सहकर्मीले "मन पर्छ" र मन पर्दैन कसरी भन्ने भनेर सिकाउन थाली। उसकी साथीको नाम सासा थ्यो। मैले हाम्रो भाषाबाट सासालाइ "त्यसलाइ धेरै नसिका, भरै हामीलाइ बेच्ली फेरि" भनेर जिस्काँए। सासा मरी मरी हाँस्न थाली। रितु मलाइ प्रश्नबाचक द्रिस्टीले हेर्दै  बसी। म केहि नभाको जस्तै गरेर बसें। एकछिन पछि रितु ले "मन पर्दैन" (हाम्रो भाषामा-मचाइबु) भनी। सासाले "के मन पर्दैन? " भनेर सोधी। रितुले कान्छी औंला बिस्तार उठाएर मलाइ देखाइ। मैले साइडबाट देखें "अपरेसन ००३" मलाइ मन पराँउदिन।

क्रमश:

 

Last edited: 24-Jun-08 07:27 PM

 
Posted on 06-24-08 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish Ji, next part is there.

Pretty, I am not "operation 003", someone is .. ha ha ha

Miss Sis,

Kumle Bro,

"लभ--- क्रेजी लभ हो नाम मेरो!" रिवल्वरबाट निस्केको धुँवा फु--!! गरेर फुक्दै तिमीले भन्यौ कि भनेनौ? (एउटा कुरा के!)

HA HA HA HA , MALAI PANI THA CHA TAPAILE KUKHURA CHOREKO ANI SURUWAL PANI.

Biru,

I will try to write long hai ta. lekhda lekhdai thakchu ni. budeshkal ma yastai ho kya..

Biste Jyu,

Kumle bro le arko story lekhne re ani tyo scene chahi rakhne re. thanks for your comment

Serial,

Narrator is male hai, ma hoina ni.

Pjna, love poem khoi bhanyaa

Rahuldai, herdai jau hai yo kathale kasto rup lincha.


 
Posted on 06-24-08 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL,

No doubt on your writing skill and you are one of the best in Sajha. I have read your previous too but I liked the beginning of this.

Stat


 
Posted on 06-24-08 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

craZZ  kabita na sabita --la aba bhag-3 khurukka tasa natra - afulai kasto khulduli lai raa cha  
 
Posted on 06-24-08 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL ले आफु "अपरेसन ००३" भएर अरुलाई story भन्न लगाएर हामीलाई झुक्याको हो ? 

कथा राम्रो छ,  त्यस पछी के भयो ? 


 
Posted on 06-24-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त झन इन्तिरेस्तिङ पो हुन थाल्यो।
कस्तो रमाइलो भाछ आफुलाई -
अर्को भाग को प्रतिक्षामा

 
Posted on 06-25-08 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stat,

Thank you Fren! I am still learning yaar. Will try my best.

Prezz, ke chuchhi saasu jasto dhamkaaekee. mayale bhana na. ani lekchu ni

NKC, dharodharma, yo operation mero hoina, ha ha ha ... kya khatara hai timro dimag. pahila nai katha bujhne

Serial, la aba ma arko bhag lekhna base hai. sajha ma nai jagir khana paye pani hune.


 
Posted on 06-25-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oe ma chhuchhi sasu jasto bhae re  
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Don’t Just Read—Join the Conversation
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
EAD HELP NEEDED URGENTLY!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters