[Show all top banners]

nakkali keti
Replies to this thread:

More by nakkali keti
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

Geology Tiger

ThahaChaena

shirish
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 खुत्रुक्के (भुड्को )

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 21999 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-21-09 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुत्रुक्के (भुड्को )

"ए काली! तिम्रो दशैंमा टोट्टल कती पैसा भयो?"
हामी ३ जना भनेको दुई दाई र म एक बहिनी हाम्रो साझे कोठामा दशैं तिहार छुट्टीको गृहकार्य गरेको जस्तो गरीरा बेलामा ठुल्दाले (ठुल्दाई) सोधे।
" एक सय पाँच, किन?" मैले गर्ब साथ सुनाएर सोधें। "एक सय पाँच? कसरी?" विश्वास लागेनछ।
"बुवाले देको २० रुप्पे, मामीले देको १० रुप्पे, केशब अंकल काँ १५, साबित्री आन्टी काँ ५....... " म बेलिबिस्तार लगाउँदैथे बिचैमा प्वाक्क हाँस्दै भने "साबित्री आन्टी काँ त खाममा हालेर देका थे नि, ५ रुप्पे मात्रै देछन?"
"त्यै त नि" मलाई उस्को कुरो चै मन परेको थ्यो तर हासेको चै मन परेको थेन।
"हाम्लाई पनि दिनु नि दशैंमा टिका लाएर पैसा, हाम्लाई चै खाली स्याउ र केरा मात्र दिन्छन" ठुल्दाले आफ्नो मनको तितो ओकले।
" केटा मान्छेलाई किन दिनु पर्‍यो टिका लाएर पैसा, बरु केटा मान्छेले कमाएर अरुलाई दिने हो" त्यो बेला आफुले बुझेको त्यै थ्यो, त्यै भन्दें।
"अब के गर्छौ त त्यो पैसा? मामीलाई राख्न दिन्छौ हो?
" मेरो पैसा प्रतिको उन्को उत्सुकता कायमै थ्यो। "दिन्न, मेरो पैसा म आँफै राख्न सक्दिन कि के हो?" मैले आफु ठुलि भैसकेको जानकारी गराएँ। गराउन त उही बेला गराको हो तर पत्त्याउन चैं अहिले सम्म पत्त्याका छैनन।
"त्यसो भये के गर्छौ त? स्कुलमा लिएर नजाउ है, फेरी हराउँछ" पैसाको सुरक्षा प्रती सावधान गराउँदै फेरी सोधे।
 "खुत्रुक्केमा हाल्छु" मैले हाम्रो साझे गोद्रेज दराज माथि टल्किराखेको मेरो २ रुप्पेको खुत्रुक्के तिर हेर्दै भने। हुन त स्कुलमा लगेर सबैलाई देखाउन मन नलागेको त हैन तै पनि सुरक्षाको डर थ्यो। त्यै माथि मेरो डरलाई दाईले भर्खर हम्केका थिए।
"अहिले हाल्छौ? म निकाल्दिम?" दाई सामाजिक सेवा गर्न तत्पर थिए। मलाई अहिले नै हाली हाल्न चै मन थेन, अरु २,४ चोटि गन्दै राख्दै गर्न मन थ्यो तर पनि पैसा जस्तो कुरो त्यसरी स्वतन्त्र रुपले छोड्दिदा फेरी अर्काको खल्तितिर उफ्रेला भन्ने डरले "हुन्छ" भनें। दाइले पश्पतिको बाँदरले केरा झम्टेको जसरी दराज माथि बाट खुत्रुक्के निकालेर छिन्द्रिन छिन्द्रिन बजाउदै ल्याए। मैले पैसा आमासँग कर कर गरेर हात पारेको पहेंलो अक्षरमा "गृहलक्ष्मी ज्वयलर्स" लेखिएको रातो मखमलको गहना राख्ने थैलोमा राखेको थिएँ, निकालें। अबिर लागेर राता भएका पैसासँगै अली अली अक्षता र सुकेका जमरा पनि निस्किए। हामी पैसा फिजाएर गन्न थाल्यौं। यतिन्जेल गृहकार्यको गहिराइमा डुबिराखेका मेरा सान्दा (सान्दाई) पनि पैसो छरिएको देखेपछी उत्रेछन।
 "म पनि गन्दिम" भन्दै नजिकै आए। गन्दिदैमा त के जान्थ्यो र? हामी सहमत् भयौं। सबै मिलेर गनी सक्यौं १०५ रुप्पे नै रैछ।
"खै ल्याउ म राम्रोसँग पट्टयार हाल्दिन्छु" ठुल्दा फेरी जान्ने पल्टिए।
"पर्दैन, म आँफै हाल्छु" आफ्नो पैसा पनि आँफैले हाल्न नपाउनु कि के हो जस्तो भो मलाई। "ल ल तिमी नै हाल, हामी पट्याइ दिन्छौ, हुन्छ?" सान्दाले सोधे। कुरा मिल्यो, खुत्रुक्केमा सबै पैसा हालियो, एउटा १० को नोट चै ठुल्दाले हातमा खेलाई राखेका थिए। त्यस्को पालो आए पछी निक्कै नरम स्वर बनार "यो १० रुप्पे चै मलाई देउ न" भने। "किन? नाइ! " कुकुरले भेटेको मासु झैं मैले आफ्नो पैसाको सुरक्षा गर्न खोजें।
"म चाचा चौधरी र नागराज को कमिक्स ल्याउछु, तिमीलाई फर्स्टमा पढ्न दिन्छु नि...अनी पैसा पनि तिर्दिन्छु " ठुल्दाले लोभ्याए, म लोभिएँ। दशै जस्तै तिहारको पैसा पनि त्यही जम्मा गरें। एवम रीतले हरेक सङ्रान्ती, पुर्णिमा, एकादशीमा आमाबाट टिका लाएर मैले पाउने गरेको मेरो आम्दामी त्यही खुत्रुक्केमा जान थाल्यो।
कैले काँही ठुल्दाले सोध्ने गर्थे "काली तिम्रो त खुत्रुक्केमा टन्न पैसा भै सक्यो होला है?" भनेर। म पनि गर्वसाथ "अहिले सम्म त २०० जती भै सक्यो होला" भन्थे।
तर एक दिन सधैं दराजको टाउकोमा टल्किने मेरो खुत्रुक्के हरायो। हे भगवान! मेरो जिन्दगी भरीको पुँजी एकाएक गायब भो। अब के गर्ने? पुगें आमाकाँ आफ्नो ब्यथा लिएर। "त्यतै होला....दाइहरुले लुकाइदे होलान" खाना पकाउन ब्यस्त आमाले मेरो त्यत्रो समस्यालाई खास्सै गहनताका साथ लिनु भएन। दाइहरुसँग पनि मुर्मुरिदै सोधें।
"त्यै थ्यो त, आँफैले काँ राखी अनी?" भनेर खोज्दे जस्तो पनि गरे तर भेट्टिएन। अरुले खास्सै महत्व नदिए पछी आफ्नो ब्यथा लिएर पुगें बासँग। हुन त त्यस्ता झिना मसिना कुराहरु बासम्म हत्त पत्त पुग्दैन थे, आमा द्वारानै समाधान हुन्थे तर अहिले चैं मैले अरु बाटो देखिन। सुरुमा त बाले पनि "त्यही होला राम्रो सँग खोज" भन्नु भो तर मेरा आँखामा टल्पलाका आँशुले बालाई जुनसुकै बेला पनि पगाल्न सक्थे।
"ल आइज म खोज्दिन्छु" भन्दै हाम्रो कोठामा आउनु भयो। बा कोठामा छिरे पछी दाईहरु सतर्क भए । बाले पनि सबै तिर हेर्दिनु भयो तर मेरो प्यारो खुत्रुक्के भेट्टिएन।
"तिमिहरुले चलाको हो बैनीको खुत्रुक्के?" बा दाईहरु तिर आइलाग्नु भो।
"हैन" ठुल्दाले आनकानी गर्दै भने, सान्दा चै चुप थिए।
"हैन भने घरमा राखेको चीज काँ गयो त?" बा अलिक कस्सिनु भो ।
"भाईले फुटाए" ठुल्दाले रातो अनुहार बनाएर भने, सान्दा निलो भए, बा र म दुबै जना अचम्म पर्यौं । सान्दा सानै देखी भद्र थिए। उपद्रोको काम जती प्राय सबै मेरो र ठुल्दाका हुन्थे। कैले काँही त मेरो भागका पनि ठुल्दाका थाप्लोमा पर्थे, म पनि "हैन मैले गरेको हो" भनेर किन भन्थें र? तर आज त अचम्मै भो। बाले सान्दालाई "तैले फुटाको हो?" भनेर सोध्नु भो । सान्दाले "हो " मा टाउको हल्लाए, केही बोल्न सकेनन। हुन त चर्चा खुत्रुक्केको मात्र भए पनि खास ध्यान चै त्यस भित्र राखेको पैसामा थ्यो।
"अनी पैसा खै त?" बा मुख्य कुरा तिर लाग्नु भो। सान्दाले दराज भित्र बाट एउटा प्लास्टिकको झोलमा पट्यार राखेका नोट र अलिकती चानचुन निकाले।
"किन फुटाको तैले त्यो खुत्रुक्के? दाई भएर बैनीलाई दिनु त कता हो कता अझ उस्को पैसा चलाऊने हो?" बाले नसियतका २, ४ कुरा सुनाउन थाल्नु भो।
"जानी जानी फुटाको हैन" सान्दाले बल्ल बल्ल त्यती भन्न सके।
"दे बैनीको पैसा, अब देखी त्यस्तो काम गर्ने हैन" बाको काम सक्कियो।
म पोको बोकेर पैसो गन्न तिर लागें तर जम्मा ९५ रुप्पे मात्र छ। दशैं मै १०५ रुप्पे राखेको त्यस पछीका सबै, काँ गए त बाँकी पैसा? म फेरी बालाई बोलाउन जान आँटेको थ्यें, ठुल्दाले समातेर ल्याए। "मसँग छ बाँकी पैसा" भनेर ठुल्दाले सय रुप्पियाको हरियो नोट निकालेर दिए। त्यो नोट त ठुल्दाले खै काँ हो बादबिबाद प्रत्योगितमा त्रितिय पुरस्कार जितेर पाको भनेर देखाका थिए।  हामीले घरमा छीन छीनमा गरी रहने बादबिबादको प्र्याक्टिस हेर्दा त फस हुनु पर्ने थ्यो कसरी त्रितिय भएछन। जेहोस् , आफ्नो पैसा हराको बेलामा पाको त्यो पैसा आफ्नै जस्तो लाग्यो ।मेरो पैसा त मैले सबै त्यै बेला पाएँ तर त्यो खुत्रुक्के कसरी फुट्यो भन्ने कुराको रहस्य उद्घाटन करिब करिब १० बर्ष जती पछी मात्र भयो। खास कुरा चैं के भाको रैछ भने ठुल्दाले आफ्नो भैपरी आउने खर्च जती सबै मेरो खुत्रुक्केबाट चलाउँदा रैछन्, बिना कार्डको ATM जस्तो। म जुन प्वालबाट पैसा हाल्थें दाईले त्यै प्वालबाट निकाल्ने रैछन्। हुन त मलाई त्यो प्वाल अली ठुलो भाको हो कि जस्तो पनि लाग्थ्यो बेला बेलामा। आमाको पनि हात रैछ त्यस्मा तर। आमाकै त हैन आमाले लाउने गरेको चिम्टी काँटाको चैं रैछ। एकदिन त्यस्तै कार्यमा ब्यस्त भै राखेको बेला सान्दाले भेटेछन । अब सान्दाले अरुलाई भन्दे भने त उन्को दुहुनो गाई मर्ने भो, थ्यै भएर सान्दालाई पनि पैसा निकाल्ने तकनिकी सिकाएछन। ठुल्दा त प्रो. भै सकेका, सान्दा चैं सिकारु। सान्दाले एकदिन त्यै सिक्ने र गर्जो पनि टार्ने उध्यस्यले पैसा ओकाल्न खोज्दा खुत्रुक्के फुटेर छताछुल्ल भएछ।

यो शनिबार बिहान यस्तै यस्तै पुराना कुराहरु भए। अहिले जिन्दगी नै खुत्रुक्के हो कि जस्तो लाग्छ, स्‍मृति र अनुभवहरु सँगाल्ने खुत्रुक्के। कहिले फुट्ने हो, के भरोसा?

अस्तु

Last edited: 21-Dec-09 10:49 AM

 
Posted on 12-21-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त आफ्नै कथा जस्तो लाग्यो नक्कली_केटी (दिदी/बैनी)
 
Posted on 12-21-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सदा झै साधारण घटना लाई मनोरन्जनात्मक शैलीले सिगारेर प्रस्तुत गर्ने कलालाई सलुट गर्दछु !


पढ्दै हाँस्दै गरियो ! मज्जा आयो !


 
Posted on 12-21-09 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसरि खुत्रुके फोरेकै त थिएनम हाम्ले तर बैनिको पैसा खुसुक्क झिकेर लुसुक्क पारिन्थ्यो बेला बेलामा!


नागराज र चाचा चौधरीको कमिक्सको कुराले अलिकता नोस्टाल्जिक बनायो। त्यो चाचा चौधरीको एउटा सेवक थियो नि साबु भन्ने जे पनि गर्न सक्ने हाहाहाहा। अनि नागराजको त कुरै भएन नि नागराज सिरिज सुरुभए देखि लगालग पढियो 'इछ्याधारी नागराज' सम्म। हाम्ले र राम रहिम को पनि पढ्थ्यौँ। बाँकेलाल को पनि पढ्थ्यौँ।


जाँदा जाँदै एउटा कुरा नि, यो कथाको संवाद जतिलाई चाहिँ लाईन ब्रेक गरेर राखे पढ्न सजिलो फरम्याट बन्थ्यो कि? झ्वाट्ट सोचाई आएको मात्र हो है!


-------केहि यसरि------


"ए काली! तिम्रो दशैंमा टोट्टल कती पैसा भयो?"


हामी ३ जना भनेको दुई दाई र म एक बहिनी हाम्रो साझे कोठामा दशैं तिहार छुट्टीको गृहकार्य गरेको जस्तो गरीरा बेलामा ठुल्दाले (ठुल्दाई) सोधे।


" एक सय पाँच, किन?"


मैले गर्ब साथ सुनाएर सोधें।


"एक सय पाँच? कसरी?"


विश्वास लागेनछ।


"बुवाले देको २० रुप्पे, मामीले देको १० रुप्पे, केशब अंकल काँ १५, साबित्री आन्टी काँ ५....... "


म बेलिबिस्तार लगाउँदैथे बिचैमा प्वाक्क हाँस्दै भने


 "साबित्री आन्टी काँ त खाममा हालेर देका थे नि, ५ रुप्पे मात्रै देछन?" "त्यै त नि"


मलाई उस्को कुरो चै मन परेको थ्यो तर हासेको चै मन परेको थेन।


"हाम्लाई पनि दिनु नि दशैंमा टिका लाएर पैसा, हाम्लाई चै खाली स्याउ र केरा मात्र दिन्छन" ठुल्दाले आफ्नो मनको तितो ओकले।


 
Posted on 12-21-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नागराज,चाचा चौधरी, राम रहिम बाँकेलाल..........



बिर्खेले कुरा निकालेपछी म नि झसँग भये ! उहिल्यै २ रुप्पे भयो कि त कमिक किन्न (पछी फिर्ता गर्ने गरी) गैन्थ्यो ! थिए ति दिन पनि ! आssssssssssहा


 
Posted on 12-21-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा! कस्तो मिठो गरी लेख्या, हुन त हामलाई दशैमा टिका लाएर पैसो दिन्थ्यो, तर पाको पैसो सब आमालाई दिन्थेम, खातामा हाल्ने भन्नु हुन्थ्यो, खै खाता काँ छ ऐले सम्म थाहा चाइँ छैन, ठिकै छ, थाहा पाउन पनि त्यस्तो जरुरी पर्या छैन। तर त्यो दशैमा आको पैसो बाट नागराज, धुर्ब को कमिक्स चाइँ खुब किनिन्थ्यो, २० रुपैयाँ जत्ती चलाऊन दिन्थीन माँले।

कस्तो मज्जाले लेख्यौ नक्कली केटी जि तिम्ले। अनी जिम्मालबाले पनि सहि सुझाव देका हुन, यस्ता रथी-महारथीको कुरो सुन्न पर्छ, हामी जस्तो पाठकलाई पनि पढ्न सजिलो। कथा चाइ घच्ची नै थ्यो ल!! 
 
Posted on 12-21-09 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त १२ रुपैयाँ म किन्थें, अनी चोकमा एक मोरमा त्याही पढ्ने भये अनी घर लानी भे १ रुपैयाँमा दिन्थेँ, कत्ती धेरै कमिक्स लिन बाँकी छ केटाहरु सँग, लास्तै घाटा खाइयो नि, के भन्नु र!


 
Posted on 12-21-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimbaal dai,
agi hataar hataar ma taaseko eutai dallo bhayera taassiyechha.... ali ali ta milaye....tyo comics ko kura ni garna man chha tara ahile fursad bandhi bhako chha...k garnu?

padhera ra comment garne arulaai dhanyabaad.....fursad ma sabistaar dhanyabaad bhanchhu hai.....

 
Posted on 12-21-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मज्जा आयो पढेर - खुत्रुके बाट मैले नि निकाल्या छु है - तर अरु को होइन आफ्नै खुत्रुके बाट - पैसा भयो कि हाल्दिन्थे अनी चाहिया बेला


निकाल्नु पनि पर्‍यो नि - आफु पनि त्यती बेला लगभग लगभग प्रो नै भइयाथ्यो।


अब कमिक्स को कुरा गर्दा पढ्या हो नागराज त - नागराज पढेर नागराज को हेरस्टाइल पनि कपि गर्या थ्यो 


 
Posted on 12-21-09 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुत्रुक्के को महत्व कत्तिको हुंदो रहेछ भन्नेको  जिउंदो सबूत हुँ म पनि । भात ले लात मार्दा, स्कूलको फी तिर्न नसक्दा फुटालेको खुत्रेको को सम्झना आइरह्यो।
 
Posted on 12-21-09 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हामीले घरमा छीन छीनमा गरी रहने बादबिबादको प्र्याक्टिस हेर्दा त फस हुनु पर्ने थ्यो कसरी त्रितिय भएछन"


पैला र दोस्रा हुनेको झन तगड़ा प्राक्टिस थ्यो कि घरां ? :-)


good good


 


 


 
Posted on 12-21-09 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lovely, and excellent presentation.


I used to steal my older sister's money from her "khuttrokke" though. It reminded me my childhood.


 
Posted on 12-21-09 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chacha chaudhari, raakaa, popat chaupat, betaal, mandrke, Flash Gordon, Ram Rahim, faulaadi singh, lambu motu, motu patalu... Talk about Indian influence.
 
Posted on 12-21-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न्यूलिन्यूले सम्झाऊनुभो।  यो वेताल,म्यान्ड्रेक (कमिक्समा त मैन्ड्रैक लेख्या हुन्थ्यो) र फ्ल्यास गोर्डन त अंग्रेजीको हिन्दि रुपान्तर जस्तो लाग्थ्यो। वेताल (पछि त फैन्टम भनेर नै आउन थालेछ) त बस्ने ठाउँ पनि पानीको झरनाको बिचबाट जानु पर्ने। रेक्स भन्ने छोरो हो कि कुकुर रे वेतालको? यि तीन चरित्रका कमिक्स चाहिँ मनोज काँमिक्स र राज काँमिक्स बाहेक अर्कै पब्लिकेसनको हुन्थ्यो क्यार। त्यतिबेला असन कमलाक्षि मासगल्लि तिर एक सुकामा एउटा कमिक्स पढ्न पाईन्थ्यो डोरिमा टाँगेको हुन्थ्यो।
Last edited: 21-Dec-09 12:30 PM

 
Posted on 12-21-09 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाले दरो सँग घोक्र्याएर बिगतमा पुर्यायो। कैले त काहीँ त घोक्र्याउँदा नी भन्या ठाममा पुगेसी धन्न घोक्र्याएछ भनीन्छ नी, हो त्यस्तै भो। सरल शब्द प्रबाह। कथा बस्तु सामान्य हो, त्यस्तै उस्तै -- भन्या म जस्तै तर एक्लै किन पर्नु भनेर घेरो ठुलो पार्या -- ले भए यस्ता सामान्य घटना लिएर कथै लेख्ने आँट गर्न त शिबदाईले दुई बदल लाए पछी अंग्रेजीमा भाषण दिन्छु म भन्या जस्तै स्तरको आँटले पनि भ्याउँथ्यो कि भ्याउँदैनथ्यो कुन्नी। शिबदाईको अंग्रेजी भाषणमा फेरी हिन्दी र नेपाली पनि प्रचुर मात्रामा भेटीन्थे।


लेखिकाको फेला परे पछी शब्दहरु पनि कति ज्ञानी हुँदा रे छन। जुन मेलो लायो, त्यै मेलाँ सुरुसुरु लाग्ने।


अनि त्यो चोरेको कुरा चै अब नझिकम होला। फेरी एक ताका एउटा साथीको घडी बनाईदेको जस्तो होला। के बिग्रेको थ्यो त थाह भएन तर सबै फुकालेर फङ्ल्याङ्ग फुङ्ग्लुङ्ग पारे पछी फेरी फिर्ता राख्न आएन। ह्या यसै बिग्र्या उसै बिग्र्या यो थोत्रो घडी फ्याल्दे भनेर अझ ठुलो स्वर गरेर हिनीयो। "तिर तिर पैसा तिर -- केई भाको थे न घडी त्यै बाफ पसेर नदेखिएको मात्रै त हो नी -- पैला पैला नी घाममा सुकाएसी ठिक हुन्थ्यो --"यस्तै के के जाती भन्दै थ्यो तर तिर्न चै तिरीएन। अब पैसो भा पो तिर्नु। पैसा भा भे त्यस्तो बाफ पस्या घडी खोलेर बस्ने फुर्सद हुन्थ्यो के त? पैसा खर्च गर्न जानु पर्दैनथ्यो कि क्या हो?


जिम्माल, हो हो त्यो कमलाक्षीमा कमीक म पनि पढ्थें। अलि अलि हिन्दी त त्यस्ले पनि सिकाको हो। अमर चित्र कथा, मनोज पाकिट बुक्स के के हो के के--बल्ल बल्ल जगेडा गरेर हुन्छ कि बखेडा गरेर हुन्छ पैसो बोकेर पुग्यो, एउटा भाग पढेसी त बाँकी अर्को भागमा पढ भन्छ बा! त्यस् पछी फेरी अर्को रे, अनि अर्को रे -- साथीले त्यसै "चोर बनाउने रे छ यस्ले त" भन्या हो र। पछी त तर आईडिया नी लाईयो। दुई चार जना भएर गयो, मिलेर पढ्यो। एउटाले एउटा भाग, अर्कोले अर्को लियो। मिल्यो पढ्यो। तर के गर्नु र घराँ देख्दैनथे। दिन भरी घराँ बास छैन, अहिले सम्म जाँ थिस, उहीँ जा न भात खान पनि" भन्थे।  "अब पैसो नभै कमिक्स त पढ्न दिदैनथ्यो, ख्वाउँथ्यो होला नी भात।"


 
Posted on 12-21-09 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वहाँ वहाँ क्या मिठो याद हरु फर्किए भने , असन गल्ली मा गएर कोमिक्स पढेको याद आयो । दसैं तिहार मा दाजु भाई मिली जुली दिदी बहिनी को पैसा तास मा लुटेका दिन हरु पनि याद आए ।


क्वालिटी आइस क्रीम किनेर दिदी बहिनी को जित्या पैसा ले नै उनिहरु आइस क्रिम किनेर ल्याइदियो , पोल नि बुढा पाका हरु सम्म नपुग्ने आफ्नो काम नि बन्ने ।


 
Posted on 12-21-09 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rex bhanne ta keto ho betaal ko gufaa waripari ghumi hidne.. Arko kaale thiyo Gurran... Kukur chahi Shera ho kya re... Ghoda chahi tufaan ho ki kya ho??? Tara euta achamma ko kuro, betaal ko generation ka generation budho bhai paralok sidhaar bhaya pani Rex ra Gurran haru chahi hurkine hoina... Hami jasta haru lai comix lekhne harule bekuf banayakai ho...
 
Posted on 12-21-09 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन भरी घराँ बास छैन, अहिले सम्म जाँ थिस, उहीँ जा न भात खान पनि" भन्थे।
Wah!!!

 
Posted on 12-22-09 2:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्कली केटी तिमीलाई म के भनौ ...........
येति सार्हो पनि लेख्न न हुने तिमीले ....
म लगायता धेरैको बाल्यकाल याद दिलायेउ तिमीले ......
 हरे ...... ठमेल मा त्यो डोरिमा झुण्ड्याअेका कमिक्स हरु ..........
स्कुल बाहिर झुन्डेका कमिक्स हरु .........
सबै मन दिएर .... ध्यान दिएर ........ बुझेर ..... मन मा लिएर ...... अर्को भाग कुरेर पढिन्थ्यो ............
तर खुत्रुकी चाँही कहिले नि फोरिएन ........
न आफ्नो मा पैसा हुने ......
न दिदी बहिनिको मा हुने ........
न बिर्खे बुढा जस्तो आफ्नै बहिनिको पैसा चोर्ने ............
हरे सिव अहिले त्यो पैसा जम्मा गरेको भये बिर्खे बुढालाई दान्त किन्न पुग्थ्यो होला .........

के गर्नु, उमेर मा गरेको कुरा ले अहिले पिरोल्छ
जये होस सबैको
प्रणाम




 
Posted on 12-22-09 2:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 22-Dec-09 09:36 AM

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters