[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 यस्तो पनि आमा ...........

[Please view other pages to see the rest of the postings. Total posts: 43]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 47620 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-17-12 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

यो कथा  २००७ -८ साल तिरको तरुनी को हो   । तत्कालिन सन्कुचित र पुरातन समाज मा यस्ता घट्ना र पात्रहरु थिए जुन आधुनिक समाजमा पनि अपाच्य र दुर्लभ हुन्छन ।

काम बिशेषले नयाँ सडकको वडा कार्यालयमा गएको थिए। २०४९ को प्रजातन्त्र पुनर्स्थापना पश्चातको पहिलो स्थानिय निर्वाचन पछी चुनाव जितेर आउनु भाका वडा अध्यक्ष महोदय चिनजानको भाकोले बधाई पनि दिउं र आफ्नो ब्यक्तिगत काम मा सल्लाह मागुं भनेर छिरेको थिए। वडा कार्यालय भरी भराउ थियो । एक जना अर्को वडाअध्यक्षज्यू पनि हुनु हुन्थ्यो । २०१९ साल देखीको आजीवन वडाअध्यक्ष । सामान्य कुराकानी के सुरु के भाको थ्यो , एक जना वरिष्ठ् नागरिक बजै आउनु भयो ।

"नमस्कार बाबु , धेरै धेरै बधाई छ । चुनाव मज्जा ले जित्नु भाको मा । मलाई त बाबुले न जित्ला भन्ने कत्रो पीर परेको। जितेको खबर पछी मात्र भात खाएं "

बजै को बधाई सन्देशमा चिप्लो घसाइको मात्रा ज्यादा थियो ।

"नमस्कार आमै, धन्यवाद । तपाईंहरुकै भोट् पाएर जितें । तपाईं को सेवा गर्ने मौका दिनु होस् ।"

अध्यक्षज्यू ले शिष्टाचार राम्रै सँग निभाउनु भयो ।

स्याउ र सुन्तलाको मिश्रित पोका दिदै "ल मेरो तर्फ बाट सगुण हो बाबु, अझ माथि गएस ।"
आशिर्बादको हात बढाइन्।

चिया एक सरो अर्डर भो ।

"आमै को केही काम छ कि ?"
वडा अध्यक्षज्यू ले जेष्ठ नागरिकको नालेबेली बुझेर हो वा किन हो कुन्नी बजैलाई छिटो पन्छाउने मनशाय देखाउनु भयो ।

"सानो काम थियो बाबु । त्यो मेरो छोरो छ नि , दिनेश क्या । हो दिनेश घर छोडेर बेपत्ता भाको नि ५-७ बर्ष भैसक्यो । कुनै अत्तोपत्तो छैन । त्यसको मृत्‍यु दर्ता प्रमाण पत्र बनाइ दिनु पर्‍यो ।"

वडा अध्यक्षज्यू सशंकित । हामी पनि आश्चर्यचकित ।

"हैन दिनेश त घर छोडेर पो गाको हो, मृत्‍यु भाको हैन नि । फेरी साथमा श्रीमती र छोरो पनि सँगै गाको हो । जिउदो मान्छेको मृत्‍यु प्रमाण पत्र बनाउन मिल्दैन आमा, के भन्नु भाको यस्तो । "

वडा अध्यक्षले इन्कारी मनशाय देखाइ हाल्नु भयो ।

"किन मिल्दैन , कसरी मिल्दैन ?? "

अघिको चिप्लो बोलिमा खस्रो मिस्सिन थाल्यो ।

"त्यो मरेकै हो मेरो लागि । त्यसको अल्छिनी रंडी स्वास्नि  त उहिलेइ मरेर किरा परेको।"
"खुरुक्क म्रुत्यु प्रमाण पत्र बनाइ देउ ।"

अब भने बजै को रणचण्डी रुप देखियो । कार्यालय भरिका सबैजनामा तनावको रेखा देखिन थालयो । अनिष्ठको संकेत ।

"मिल्दैन आमा, मरेको प्रमाण नभै मृत्‍यु दर्ता गर्न कानूनले दिदैन र जानाजानी जिउदो मान्छेलाई मरेको घोषणा गर्न म सक्दिन । अहिले जानुस् ।"

"ल कसरी दर्ता गर्दैनस म पनि हेर्छु ।"
तपाईं र बाबुबाट झरेर "तं" मा बजै को बोली फेरी सकेकोथियो ।

"यो देशमा जे पनि हुन्छ । तैले कसरी चुनाव जितेको मलाई थाहा छ । असत्ती, पाखण्डी । मरेको मान्छेको नामको भोट् हाल्न लगाएर जितेको हो। वडाबासिले तं जस्तालाई जुठो भात पनि दिदैन।  तेरो साखा सन्तान चोर् डाँका हो । "

अब भने बजैले सामाजिक मर्यादा नाघ्न थालिन् ।

"बनाउने कि न बनाउने ?? " चोली को बाहुला माथि सारी अध्यक्षको कुर्सि नजिकै पुगी धमकाइन.

"अझै भन्छु , जिउदो मान्छेलाई मरेको भन्न सक्दिन , प्रमाण पत्र बनाउन मिल्दैन , खुरुक्क घर जानुस् । "

"तं लाई राम्रो सँग चिन्छु डाँका, तेरो साखा सन्तान लाई हैजाले लगोस, असत्ती डाँका ।"
 बनाउन मिल्दैन हैन ? लौ यो हेर भन्दै फरिया आधा उचाली सकेकी थिइन , सँगइ बसेकी वडाको पियन आशा मायाले हत्तपत्त स्थितिलाई नियन्त्रण मा लिइ बाहिर लगिन।

क्रमश : 
 


 
Posted on 01-17-12 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आबुई  कस्तो खतरा......
 
Posted on 01-17-12 1:39 PM     [Snapshot: 68]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ओहो आमै त मापाकी रैछिन् !! हेर्दै जाउ के के गर्छिन् 
चाडै पढ्न पाइयोस अरु भाग पनि !!
 
Posted on 01-17-12 1:40 PM     [Snapshot: 97]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 wating for next part..

tara amai danger mane khatra .......raichin

 
Posted on 01-17-12 5:10 PM     [Snapshot: 370]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति छोटो प्रश्तुति हो यो/ पढ्न सुरु गर्दै थिय, क्रमश रे /
 
Posted on 01-26-12 9:57 AM     [Snapshot: 963]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग २



"बनाउन मिल्दैन हैन ? लौ यो हेर" भन्दै फरिया आधा उचाली सकेकी थिइन , सँगइ बसेकी वडाको पियन आशा मायाले हत्तपत्त स्थितिलाई नियन्त्रण मा लिइ बाहिर लगिन।

अप्रिय र अश्लील घट्ना घट्न पाएन । एक क्षण स्तब्ध रह्यो वडा अफिस । सँगै रहनु भाको वरिष्ठ् वडाअध्यक्ष ज्यू ले सन्नाटा तोड्दै " त्यो आमै आउने बित्तिकै तर्स्याथें म। मलाई थाहा थ्यो केही न केही अप्ठेरो काम गर्छे भन्ने ।"

मलाई उत्सुक्ता जाग्यो । र अनुरोध फर्काएं । भन्नुस् न अध्यक्षज्यू को हुन यिनी , किन यस्ती भाकी ??

"तिनको जवानी निकै रंगिन थियो। यसबारे धेरै यहाँ नभनुं अरु कुनै बेला भन्छु "

"हैन अध्यक्षज्यू आज मलाई नि फुर्सद छ, यता भन्न नमिले पिपल क्याफे मा जाम, यसो खाजा पनि खाम २ बजी सक्यो" : बिस्तारइ कानेखुसी गरें।

हुन्छ, हुन्छ , आज ता खान नि खाएको छैन, बिहानइ निस्क्या अब यस्तो झमेलामा फसियो ।

जाम त अध्यक्षज्यू एक क्षण यसो बाहिर गएर आम । बरिष्ठ अध्यक्षज्यू ले वडाअध्यक्षज्यू लाई पनि खाजाको अफर गर्न भन्नु भयो ।

"हैन दाई ,तपाइहरु जानुस् , अझै काम बाँकी छ । टोलका दाजुअभाइहरु अझै काम को लागि बस्नु भा छ ।"

उहाँको कार्यबस्ततालाओ मध्ये नजर गर्दै म र वारीष्ठ अध्यक्षज्यू पिपलबोट स्थित पिपल क्याफे मा गयौ। दुई मिनेट को बाटो मा खासै कुरा भएन । क्याफे मा चिया र सी म: म: अर्डर गरी कुरा कोट्याएं ।

अध्यक्षज्यू ले आमै को कथा सबिस्तार लाउन सुरु गर्नु भयो ।

"प्रजातन्त्र पछी को कुरा हो यो । न्यूरोड र असन ईन्द्रचोक त्यतिबेलाको शहर को केन्द्र बिन्दू । ईन्द्रचोकका उर्मिला र न्यूरोडका शर्मिला निकै मिल्ने टिन एजका मिल्ने साथी । स्वभाबत धनी बाउकी पुल्पुलाएकी छोरीहरु।


१६ सत्र नपुग्दै बानी यती बिग्रेछ कि भनेर साध्य छैन । त्यतिबेलाको सामाजिक पारीबेश त के अहिलेको आधुनिक समाजलाई नाइ नपच्ने हर्कत गर्न थाली ।

"कस्तो अध्यक्षज्यू ?? "

कस्तो भन्ने अब ।

धनी अधबैशे मान्छेलाई जालमा फसाउने, अनी टन्न लुट्ने ।  रखैल भएर बस्ने १-२ महिना अनी टन्न सम्पत्ति कुल्म्लाए पछी शर्मिला र उर्मिलाले "लेट अस एक्स्चेण्ज" भन्दै केटा साटासाट गर्ने  रहेछ ।

क्रमश:

    


 
Posted on 01-26-12 10:05 AM     [Snapshot: 964]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या ठुल्दाइ कती छोटो भन्या

हप्तौ दिन पनि कथा आको छ त्यो नि एती छोटो

भएन एस्तो त

 
Posted on 01-26-12 10:21 AM     [Snapshot: 983]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "लेट अस एक्स्चेण्ज" re 
 
Posted on 01-26-12 10:40 AM     [Snapshot: 1051]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नौ दिन पछी अर्को भाग लेख्दा पनि यति कन्ज्युस्याई? अति उत्तम
 
Posted on 01-26-12 12:44 PM     [Snapshot: 1181]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 एस्ता लोवी त थिएनन बुढा ....... किन एती थोरै पस्केका हुन ?
 
 
लु छिट्टो थाहा भएको जत्ती सब्बै राख्न पर्‍यो ठुल्दाइ । 

 
Posted on 01-26-12 1:42 PM     [Snapshot: 1255]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

2007/8 teera pani C momo pauthyo ra bro...yo chai ali pachena...tara katha chai rochak nai chha...

 
Posted on 01-26-12 1:58 PM     [Snapshot: 1273]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भुस्तिघ्रे ले कथा बुझेन जस्तो छ

राहुल भाई ले २०४९/५० साल मा सि म: म: खाँदै वडाअध्यक्षज्यू बाट २००७/८ साल को कथा सुनेर अहिले साझा मा पस्केको हो

 
Posted on 01-26-12 2:11 PM     [Snapshot: 1322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well narrated. Please continue.

Yo C mo:mo: bhanya ke ni?
 
Posted on 01-26-12 2:12 PM     [Snapshot: 1320]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुस तिघ्रे जी ,
सेरिल ले भने जस्तै ४९ साल मा सी म: म: खाको बेला अध्यक्षज्यू ले सुनाको कथा हो यो. कथा चाही २००७ साल पछी को हो.

 
Posted on 01-26-12 2:14 PM     [Snapshot: 1328]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

KIDDO jii

सी म: म: शायद चिल्ली म: म: लाइ भन्या हुनु पर्छ . रातो रातो पीरो हुने अचार मा डुबाएर ल्याउथ्यो .


 
Posted on 01-26-12 2:32 PM     [Snapshot: 1373]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhanyabad Rahulji.
I thought I visited every nooks and corners of the momo empire in Kathmandu (20 years back). Probably not then.
 
Posted on 01-27-12 10:00 AM     [Snapshot: 1767]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

ठुल्दाइ, आलाकाचा उमेर मै त्यस्तो हर्कत गर्न प्रख्यात राइछिन आमै अनी किन गाह्रो मान्थिन त वडा अधेक्ष्य ज्यु माथि त्यस्तो शब्द प्रयोग गर्ने।

म पनि फेला परेकोछु ठुल्दाइ त्यस्तै आमाको एकचोटि। लग्भग तीन बर्ष अगाडि को कुरा हो यो। बिहेको कार्यक्रम सकेको ३ दिन जती भएको थ्यो सासु मुवाको आदेश आयो छोरा बुहारी  नै पशुपती जानु अनी शिवजी को आसिर्बाद लिनु भन्ने। तेस्मा थप आदेश थ्यो पशुपतिमा चिनेका मान्छेहरु धेरै भेटिन सक्छन त्यसैले सारी लगाउनु। अरुले चटक्क मिलाइदिएर लगाइदेको सारीमा त हिंड्न गाह्रो हुने मलाई त्यो बेलामा त आँफैले लगाउनु परेको। जेन तीन लगाए। अलिकती बिचार  पुगेन भने के दुर्दशा हुने हो भनेको जस्तो ताल थ्यो आफ्नो। त्यस्तो बेलामा त्यो दिन ठुलै चाड को परेछ गौसाला मै गाडी रोकेर हिन्नु पर्ने भयो। माग्ने हरुको भिड त्यही देखिन सुरु भएको थ्यो तर मेरो ध्यान चै माथि रुखमा भएका बाँदरहरु तिरै थ्यो। नामै त बाँदर फेरी यो पोते सोते झुन्ड्याएको छु तेइ लुछ्ने बहाने न्याक्लान आफुलाई भन्ने डर ले वतप्रोत भईराखेको बेलामा एक्कासी एउटी आईमाई त त्यो बल्लतल्ल लाएको सारीमा पो झुन्डिन थालिन पैसा माग्दै। झसङ्गै भए। अरु भन्दा नि अब एकचोटि यो दिदिले फेरी सारी तानिन भने मेरो बिजोग निस्चितथ्यो त्यहाँ। म त म मात्र तर्सेको भन्ने सोछेको थिएं श्रीमान ज्यु को पनि सातो उडिसकेको रहेछ त्यसरी मेरो सारीमा त्यो आईमाई झुन्डेको देखेर। हत्तपत्त "ल ल छोड्नुस् उस्लाई म दिन्छु पैसा भन्नु भयो"। उनले छोडिन पनि। श्रीमान ले पैसा दिदै गर्दा मेरो आँखा त्यो दिदिको छेउमा सुताएको बच्चामा पुग्यो। आफुलाई एउटा स्वेटर ले नधान्ला जस्तो लागेको बेलामा त्यो ८-९ महिनाको जस्तो देखिने बच्चा एक्सरो थाङ्नामा बेरेर त्यो चिसो भुइमा तेत्तिकै सुताइराखेको थ्यो। नाकमा सिगान जमेर मुख बन्द भयो भने त्यो बच्चा ले सास फेर्न सक्दैन झै देखिन्थ्यो। त्यो बिभत्स रूप देखेर अनायसै मेरो मुखबाट निस्केछ, "हेर, यस्तो हात खुट्टा सद्द्देभएको, जिउमा फुर्ती भएको मान्छे ले आफ्नो बच्चाको यस्तो बिजोग गरेर मागेर बस्छन?" म त्यसरी भनिहाल्ने मान्छे पनि होइन। त्यो दिन दशा लागेछ भन्नु पर्‍यो अब। उसले दिएको पैसा थैली मा कोचिसकेकी थिइन। मैले तेसो भनेको मात्रै के थिए मलाई यस्तो अस्लील शब्दहरु प्रयोग गरिन कि नेपाली शब्दकोष को भण्डार बाट अश्लील शब्दहरु नै रित्याउछु झै गरिन। कती शब्दहरुत "कस्ले प्रयोग गर्लान र यस्ता शब्द" भने झै थ्यो। उसै त पशुपती त्यस्मा पनि चाडबाड को दिन, रमितेको घुइचो लाग्यो। उस्ले मुख बन्द नाम निशान थिएन  अझ रमिते देखेर हौसला बढीराखेको थ्यो उस्को। म त  खम्बा झै स्त्ब्द भएर  कुनै दैबिक प्रकोप को उपकार म माथि परेर अद्रिस्य हुन पाए हुन्थ्यो भनेर प्रार्थना गर्दै खम्बा झै उभिराखेछु। रमिते हरु के भएको छुट्याउन सकिराखेका थिएनन। हो न्  हो मैले माग्ने को थैलि नै चोर्न खोजेकी झै गरी घरि मलाई हेर्ने घरि  त्यो आईमाईलाई गरिराथे। भिड्मा एउटा ले "वोइ त माग्न बसेर अरुलाई जथाभाबी गाली गर्छेस, उन्लाई पैसा दिन मन लागेन दिएनन होला" भनेको सुनियो। भिडले आ-आफ्नै अनुमान लगाएछन। कुन बेलामा श्रीमान ले हात समातेर त्यो भिड्बाट मलाई निकालेको हो याद पनि भएन। तेस्पछी त कुन भगवान को दर्शन गरे पनि थाहा भएन। उस्को अस्लील गालीहरु कान मा मन्दिरका घन्टी झै बजिराखेका थिए घर पुगेको पनि याद नभए झै भयो। घर पुग्ने बित्तिकै मुवा को शब्द सुने, "चन्दन लेरयाउ?" आफुलाई शिवजिको दर्शन गरेको त याद छैन चन्दन त परैजावस। छैन मा मुन्टो हल्लाए। फेरी सोध्नु भयो "चारै तिरको मन्दिरलाई ढोग्यौ?" सेन्टर को शिवजिलाई ढोगेको  त याद छैन चार तिर त झन के भन्ने। अब चै गाली भएट्ने भयौ दुबइले जस्तो लागेर " मेन शिवजी को दर्शन गरेर आयौ मामु" भने। "यस्ता अल्लारे हरुलाई मात्रै पठाउने म पनि उस्तै, आँफैले लग्नु पर्ने रहेछ" भन्दै जानु भयो। सारी नलगाउदा त मान्छेले चिन्छन, याद गर्छन् भन्ने मुवाले हामी सग जानु भएको भए त त्यो आईमाईले त्यस्तो शब्द प्रयोग गर्दा "त्यस्ता आईमाई सग नि बोल्ने हो?" भनेर मैले कती गाली खान्थे होला? हे भगवान त्यो भिड्मा उहाले चिनेको मान्छे कोही पनि नभएको होस् भन्दै प्रार्थना गरे मैले त, ठुल्दाइ।


लौ ठुल्दाइ हजुरको यस्तो रोचक भईराखेको धागोमा मैले आफ्नो दुखेसो पोखिदिए है


 
Posted on 01-30-12 9:56 AM     [Snapshot: 2282]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

भाग ३

 

लेट अस एक्स्चेन्ज को फ्रिक्वेन्सी बढ्दै गयो । महिना महिनाबाट हफ्ता हफ्तामा "पार्टनर " चेन्ज रे ।


राम्री पनि अती नै राम्री, बिष कन्या नै । उनीहरुको बानी ब्यहोरा जगजाहेर भए पनि पुरै शहर एक झल्को हेर्न आतुर हुन्थ्यो। बाँकी परेको शरीर मा वेष्टर्न लवाइ । यौबन ढकमक्क फुलेको फूलमा भँवराको लावा लस्कर हुनु अस्वाभाबिक हैन । दरबार होटल को हरएक पार्टी मा तिनीहरुको उपस्थिती हुन्थ्यो । पार्टीबाट नै पार्ट्नर खोज्ने र रोज्ने गर्थे । तिनताका दरबार होटल ( हाल निर्वाचन आयोग रहेको दरबार ) एक मात्र पाँच तारे होटल थियो ।

यौबन र यौबनको नशा अजर र अमर हुँदैनन। जवानी फुल्छ , फल्छ र झर्नै पर्छ । १०-१२ बर्ष सम्म यी दुई ले लेट अस एक्स्चेन्ज गरे । हरप्रकार को टेस्ट बाँडे एक आपसमा । जब रुपमा "कु" जोडीन थालयो, पोतिला अङगहरु शिथिल हुन थाले , ईन्द्रचोक कि उर्मिलाको मस्ती भरी मस्तिष्कमा एउटा गतिलो बिचार  फुर्‍यो । अब एकजना धनाध्यसँग घरअजम गर्नु पर्छ । अन्यथा पार्टी गर्लबाट पाटी गर्ल भैइन्छ् ।


न्यूरोड घर भएका एक अधबैंशे धनाध्य उर्मिलाको अप्सारायी फसे नै । यसपाली देखी लेट अस एक्स्चेन्ज बन्द भो । लेट अस सेटल भन्दै ।
अब भने सती साबित्री उर्मिला भाउजु । शहर अझै दिवाना थियो , एक झलक देख्न पाईन्छ कि भनेर न्यूरोड को पेटिमा घण्टौ कुर्नेहरु हुन्थ्यो । गजबको थियो रुप रङ र अङग अङ्ग को नशा ।
 
बुढाले कसरी फसायो अप्सरालाई ? अप्सराले के देखेर त्यो बुढालाई......................................... ? आदी इत्यादी बहस को बिषय हुन्थ्यो ।

जमना रङ बदलन्छ । उर्मिलाको दाम्पत्य जीवनमा अर्को रङ्ग थपियो ।दिनेश जन्मियो । समय सँगइ हुर्कियो । दिनेश अब्बल दर्जाको विद्यार्थी भएर निस्के । उर्मिलाको पतीदेब पनि स्वर्ग सिधारे।

दिनेशले बी ए पासा गरी नेपाल बैंकमा जागिर खाए । आमाको च्वाइस र टेस्ट अनुसार कै दुलही भित्र्याए दिनेशले , आज्ञाकारी सुपुत्र । आमाको कहिलेइ चित्त दु:खअेज्को थिएन दिनेशले ।

दिनेशको पनि एक छोरो भयो । एउटा आदर्श परिवार जसरी बग्नु पर्थ्यो त्यसरी चलेको थियो दिनेश को परिवार ।

तर एक दिन सासु बुहारी  को एउटा सामान्य बिषयमा तल माथि पर्‍यो । तब देखियो उर्मिला देबी को असली रूप।

क्रमश:
 


 
Posted on 01-30-12 10:29 AM     [Snapshot: 2338]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kasto milayera lekhna sakya hola yar.....sahi jadai cha guru
 
Posted on 01-30-12 12:56 PM     [Snapshot: 2440]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ठुल्दाईको कथाको तीनै भाग पढी भ्याए, आफु मुग्लाना बासिएको बेला यहा कस्तो कस्तो कथा आइसकेछ...
ल ठुल्दाई अरु भाग पनि जाओस, के के होला कथामा भन्ने भैराछ
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters