[Show all top banners]

SaruBhakta-II
Replies to this thread:

More by SaruBhakta-II
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 MERO KABITA - "BHAUTE"

[Please view other pages to see the rest of the postings. Total posts: 310]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 151801 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-18-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो स्याङजा: मेरो सम्झना
(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२)
पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥
(३)
असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै
सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै ।
घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता
उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥
(४)
उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी
मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी ।
अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी
अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥
(५)
कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति
धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति ।
म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति
म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥
(६)
*** *** *** ***
:)
-भउते
 
Posted on 03-31-06 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sajha ka sathiharu lai chedd hanya ho ki kya hoo..testai lagyo malai ta.
 
Posted on 03-31-06 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL @ lfc123, आफै अर्ति दिँदै आफै गल्ति दोर्याउँदैँ किन गर्थे र ! बरु धेरै जसो शेरहरुले म
आफैलाई छेड हानेका छन्। :-)
 
Posted on 03-31-06 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Wah Wah... Bhaute GURU...
Pararaaaaa...tali mero ta..

Tara..."SATHI" vaneko chai k perecha kunni? Ma ta CHELO pare GURU ko
:)
 
Posted on 03-31-06 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह्! वाह्!! वाह्!!!

गुरुजी, क्या मारा। हन गजल पुनि कति आम्नि हो। जति पढेनि धित् नमर्ने। अब गुरु जी ले पुनि नेपे दाजि को जस्तोइ, क्या नाम गजल सङ्ग्रह निकाल्नु परो अब। "लेख्न नसकेको गजल"

:-)>

ईश्वर
 
Posted on 03-31-06 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-31-06 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह भउते गुरु! दामी गजल छ यार!

तर यो शेर भने अलि हजम भएन मलाई त! कता कता पुरुषप्रधान चिन्तन हावी भएजस्तो लाग्यो। बोली चुक्न त कसैको पनि हुन्न, स्त्री- पुरुष जोसुकै होस्।

....विश्वास हराऊँछ मर्दाङ्गीमा
मर्दको बोली चुक्नु हुन्न साथी.....

यस्लाई बरु

....विश्वास हराऊँछ मान्छे हुनुको
मान्छेको बोली चुक्नु हुन्न साथी.....

जस्तै केहि गरे कसो होला?



मैले नबुझेको भए माया गरेर एक थप्पड पाऊँ है!
 
Posted on 03-31-06 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदम समय सापेक्ष्य छ, विशेष गरी अहिले जापानमा भएका नेपालीहरुको अन्योल देख्दा।
अरु कुरा दादालाई सोधौं।

गजलको लागि धन्यवाद काजीसाहेवलाई।
 
Posted on 04-02-06 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको छोरा, ईश्वर र मिस मीलाई धन्यवाद।

गौतम-जी, ... जिसे डर्ता था, वही वात हो गई .... भन्या जस्तै भो त। :-) शंका त
लागि राख्याथ्यो, यहाँ प्रश्न उठ्न सक्छ भनेर। तर मिस जी खिसिक्क हाँसेर हिँडेपछि गलत
अर्थ लागेन छ कि भनेर अलिक ढुक्क भएको थियो।

सजिलै गल्ति स्विकार गर्नु भन्दा कुरा घुमाइवरी तान-तुन पारेर प्रतिरक्षा गर्ने बानीलाई
निरन्तरता दिँदै छु है। हार्ने नै पक्कै भो भने म पनि "संसद पुनर्स्थापना " गरम्ला। :-)

मेरो पहिलो तर्क : यहाँ मर्दको अर्थ जनाना-मर्दानाको (लोग्ने मान्छे- स्वास्नी मान्छे) आशयमा
नलिएर मर्द-नामर्द (सहासी-काँतर) को रुपमा बुझ्ने हो भने गलत अर्थ लाग्दैन कि !

मेरो दोस्रो तर्क : सानो कथा नै सुनाउव के रे।(हुन त यो सबैले सुनेकै हुनुपर्छ) :-) एक जना
महाशयले ठूलो भोज आयोजना गरेर आफन्तहरुलाई निम्त्याएछन। कारणवश निम्त्याइएका
मध्य आधा सँख्यामा मात्र आफन्त उपस्थित भएछन। बाँकी आधा नआएको देखेर
महाशयको मन खिन्न भएछ। अनि प्वाक्क बोलेछन : " आउनु पर्ने मान्छे आएनन।"

उपस्थितलाई निम्तालुलाई यो सुनेर खल्लो लागेछ। "ए हामी त नआउनु पर्ने मान्छे पो परेछौँ"
भन्दै उपस्थित मध्य आधा तुरुन्तै फर्केछन। फेरि यो देखेर महाशयलाई सारै नरमाइलो लागेछ।
अनि फेरि प्वाक्क : "नजानु पर्ने मान्छे गए।" भनेछन्। बाँकी निम्तालुलाई यसले चसक्क
बिझेछ। अनि "ए जानु पर्ने त हामी पो रहेछौँ" भन्दै बाँकी पनि गए पछि त भोज शून्य नै
भएछ।

कुरो के भने हरेक वाक्यको पुरक खोज्दा कहिले काहीँ गलत अर्थ पो निस्किने हो कि !

म पुरै गलत हुन पनि सक्छु। म गलत भए त्यो मायाँ गरेर हानिने थप्पड चैँ मैले पाउँ। :-)
अरु गुरुहरुको पनि नजर पर्यो भने पक्कै क्यै सुझाव दिनुहुनेछ।

तपाईँको शंका र सुझाव प्रति म १०० % सहमत। धेरै धेरै धन्यवाद।

गालव जी, अँधेरोमा हानेको गोलीले ढुकुर मर्यो जस्तो छ नि। चुनावको ठाक-ठुक अझैँ बाँकी
छ कि के हो ? :p

:-)
-भउते
 
Posted on 04-02-06 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो विचार भउतेजीकोसंग खप्टिन्छ ।

लैंगिकता जोडिएका विशेषणहरुलाई अलैंगिक प्रयोग गरी गरीकन लिंग-निरपेक्ष बनाउनु पर्छ भन्ने मेरो विचार छ र वास्तवमा त्यस्तो प्रचलन शुरु भईसकेको पनि छ ।

लेखक = लेखक, लेखिका दुवै
कवि = कवि, कवयत्री दुवै
चालक = चालक, चालिका दुवै
सभापति = पुरुष, स्त्री दुवै

ईत्यादि ।
 
Posted on 04-02-06 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते जी राम्रा गजल छन । म त तपाईं पुल्चोक मा पोखरा को पो हुनु हुन्छ होला भनेको त स्याङ्जा को पो पर्नु भएछ । स्याङ्जा मा धेरै प्रतिभा साली ब्यक्ती हरु जन्मिनु भाको रहेछ । तपाईं को पढाई कस्तो चलिरहेको छ नि ? लौ राम्रा राम्रा गजल अनि कबिता सुन्नु पायियोस् । धन्यवाद । नमस्ते
:-)>
 
Posted on 04-02-06 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आचार्य जी, हुनुत तपाईं त्यस्तो हुनुहुन्थेन तर पुल्चोक मा नै पढ्दा सुनेको थिए स्याङ्जाको मान्छे त डर लाग्दा हुन्छन रे नि हो । राती सुत्दा मुठ्ठी बन्द गरेर सुत्नु पर्छ रे नि हो?
 
Posted on 04-03-06 5:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बाबा ठाकुरे यि भौते आफ्नै दाजु भाइ परेछन क्या हो
आचार्य बन्धु
जे भा पुनी गाँठ्ठी को छ है कबिता चै
एसो साझा मा चियाउँदा पत्तो लगो दरै डेरा जमाका रचन भौते ले
लौ दाई परे कि भाई परे थाहा चै छैन

कबिता को चै बयान् नगरि कसरि छुटुम् तनि
लौ सारै राम्रो छ
 
Posted on 04-03-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-03-06 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलकलाउँदो भेरीकलकालाउँदी भेरी!
यी २ शब्दावलीमा मैले पछिल्लोमा भाषागत मीठास भेट्छु।

हजुरबाले भान्सा गर्नुभो। बाबुले मामा खायो
यी दुबै कृयापदले थोते दाँतले चापाएर खाना खाने भन्ने कुरा जनाउन खोजेका हुन्।
तरपनि छुट्टा छुट्टै प्रयोगले भाषागत मीठास दिन्छन्। यहाँ हजुरबाको उमेरमाथी खिल्ली उडाउन खोजिएको अवस्य हैन।

अझ, फ्रेन्च भाषामा निर्जिव वस्तुमा पनि स्त्रिलिगीं या पुलिगीं कृयापदको प्रयोग हुन्छ।
सायद पानि बग्छे, ढुगां गुल्टिन्छ भनिन्छ होला।
यद्दपी यसलाई लिंगभेद भनिहाल्नु भन्दापनि भाषागत बिबिधता र मीठास भन्नु राम्रो होला।
 
Posted on 04-03-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाबुले माम खायो।
 
Posted on 04-03-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहानिर मलाई पनि केहि भन्न मन लाग्यो
भौतेजी तपाईको गजलमा पाइने समसामयिक ब्यङ्ग्य् जोसिलो भाव अनि मिठास मलाई मनपर्छ ।अनित खिसिक्क हासेर हिडिदिएको नि। :)

समग्रमा भन्दा त्यहा मैले शाब्दिक असमानता भेटाइन । एउटै शब्दमा पनि फरक फरक अर्थ पाइने हुनाले माथिको पङ्तिमा आएको शब्दहरुलाइ एक पक्षिय रुपमा नहेरेको मात्र हो।
गौतमजीले भनेको कुरा कता कता मिल्न नि आउछ त्यसो त।

तर म नेपेदाजुको विचारलाइ आत्मसाथ गर्छु।
 
Posted on 04-03-06 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाज्यू,

परिवर्तन भनेको कुरा आवश्यकताको आधारमा हुनु पर्छ भन्ने सिमानालाई विश्वास गर्छु म । त्यसैले Male chauvinism को संकेत हुने शब्दलाई मात्र आवश्यक परे लिंगनिरपेक्ष बनाउनु पर्छ भन्ने मेरो आग्रह हो । अन्यथा बुझिन गएको भए भुल सुधार ।

कतिपय स्त्रीलिंगी शब्दलाई लघु अर्थमा प्रयोग हुन्छ । जस्तै: उपन्यास= सामान्य उपन्यास; उपन्यासिका= लघु उपन्यास । यस्तो प्रयोग पनि निरुत्साहित हुन पर्छ भन्ने लाग्छ मलाई ।

सारमा Male chauvinism लाई भाषाबाट लखेट्नु पर्छ भन्ने मात्र बिन्ती हो मेरो । बाँकी परिवर्तन भाषा प्रयोगको स्वाभाविक क्रमविकासलाई छोडिदिनु पर्छ ।
 
Posted on 04-03-06 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजी, गौतमजी,दादाजी र मिसजी छलफलको लागि धन्यवाद। लु अब मैले पुरानै शेर राखेँ भो।
टेक्सनजी, मीठा शब्दहरुको लागि धन्यवाद। परिचित मित्र हुनुहुँदो रे'छ। सारै खुशी लाग्यो पढाइ त यस्तै हो हेर्नुस। यो लेभेलको पढाइ भनेको "पहिले पस्न दिँदैन कि भन्ने डर, पसे पछि निस्कन दिँदैन कि भन्ने डर" रहेछ। डिग्री त पसेपछि लगभग पक्का नै भैहाल्यो। ढिलो-चाँढोको मात्र कुरा न हो।

फ्लोराजजी, म प्रेसिडेन्टमा उठेका कुरा देखि लिएर सबै कुरा थाह पाउने तपाईँ त मेरो एकजना झापाली मित्र जस्तो लागेको थियो। फेरि झापाली र स्याङ्ग्जाली बीचको बीजगणित नै नगरी लेखेको देखेर अर्कै पर्नुभो जस्तो लाग्यो। :-) जे होस मित्रहरु भेटिदा निकै खुशी लागेको छ। मुठ्ठीका कुरा चैँ चौतारीमा बसेर गरम्ला भो, हुन्न? :-)

बेनामी बन्धु, नाम नभए नि थर त रे'छ नि त। बन्धु भने पछि दाइ-भाइ किन चाहियो र ! मेरो उमेर त भनिन भो यहाँ। फेरि केटीहरुले थाह पाउँछन् क्या। :P जे होस मेरो कुटीमा पसेर हौसला दिनुभएकोमा धन्यवाद है।

प्रिती भान्जी :p , धन्यवाद !

:-)
-भउते
 
Posted on 04-25-06 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute jee namaskar

it so nice your kavita k

thanks N bye

manoj kafle

kuwait
mjkafle@yahoo.com
 
Posted on 04-25-06 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

floraj

gagat galat k tapailaai thaha chha ? e sabai rajaa ka paalaamaa bhaya ka hun k
don't worry yar aaja loktantra chha na daraunu na bhanya k
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters