[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 293002 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 03-29-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाइ, यो धेरै लोकल कुरो परो जस्तो छ। :-)
 
Posted on 03-29-07 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाह्ह! लोकल परो कि ब्वाइलर्, सानो गिदी भन्दा २ इन्च माथिबाट हुंइकिने रहेछ । हास्ने कुरो रैछ, झन्दै रुन पो लागेको, तिरु को मुख च्यातिएको देखेर पो झल्यास्स् भएं, आज त चिलिम पनि छोएको छैन, के ले घुमायो ? अड्डा मै छु, काम गरे जस्तो गरेर ।
 
Posted on 03-29-07 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hetterika!! अर्थत हरि, त्यो साह्रै मिठो, मलाई औधी मन पर्ने गीत यो धागो म टासेको भएर, चुप रहनै सकिन!

म चौतारी को मौन स्रोता/दर्सक हु, तर यो गीत सुने पछी तपाईंलाई धन्यवाद भन्न एसो चौतारी म झरेको!
 
Posted on 03-29-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*************हास्ने कुरो रैछ, झन्दै रुन पो लागेको, तिरु को मुख च्यातिएको देखेर पो झल्यास्स् भएं, आज त चिलिम पनि छोएको छैन, के ले घुमायो******* :D:D:D:D

भौतेदा, ल अब हास्ने बेला भयो पनि थप्नु पर्यो त्यो कथा मा !
 
Posted on 03-29-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहा क्या हँसायो यार हाहाहाहाहा रोट्फल रोट्फल हाहाहाहा

(हाँसेको नि दुई तीन चोटि पेस्टियो कि क्याहो ? हुन त त्याँ बाइर नि कुन्नी को ले एउटै धागो दुई चोटि बनाएच, आज सप्पै झ्याप जस्तो छ हाहाहाहा हिक्क हिक्क हाहाहाहा हिक्क हिक्क हाहाह्हा)
 
Posted on 03-29-07 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....बिचरी सरले!! यो भउतेपनि नजानिदो तरिकाले उत्ताउलो काम गर्ने रहेछ। मान्छे त सोझै झैँ लाग्थ्यो मलाई। अरुपनि भए हामीलाई भन भउते। यो कुरा चाँहि मैले सुनेकै रहेनछु। नत्र उहिले लोड सेडिङ भा'बेला भउतेकै कथा सुन्ने न हो हाम्ले, कि कसो?

सबैलाई जदौ है!!
:-)
 
Posted on 03-29-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए प्रभु, त्यो गीत कम्प्युटर मा राख्न त मिलेन भन्या । त्यो थिच्न मिल्ने ठाउँ मा एसो थिची हेरेको त, त्यो गीत नै खुल्यो, एसो तपाईंले दोराएर हेरिदिनु पर्‍यो!

तपाईं को जय होस् एस्तो मिठो गीत चौतारी म घन्काउनु भएको मा!
 
Posted on 03-29-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:):)
उप्स् देवर जी सानै देखि जो बाख्राको पुच्छर खा'को अस्तो उभद्रो अर्ने बानि रे'छ
सरलेको संगले पो सिक्नु भ'र च के रे ठ्याक्कै हाम्रै अस्तो शब्द राखेर कुरो अर्न ।(मनमनै देउरानी ल्या'सि त झण के हुनि होला बाबै ) :)

थ्याङ्क्यू हरि मिठो गित को लागी
मैले किन रिस गरुम नि याहू बरु कता पो लागेचन बकाइनोको अचार बनाम्न पो लागे कि भनेर संझेकिम के रे मुइले नि
 
Posted on 03-29-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहाहा क्या हँसायो यार हाहाहाहाहा रोट्फल रोट्फल हाहाहाहा

सिल्के (Slackdemic), हुन त पैले फुटबल हेर्दाको मित्र नै हो, चौतारीमा स्वागत छ। मलाई नि खुशी लायो, मौन दर्शक/श्रोता लाई नि केही बोल्न बाध्य पारेछ गीतले, लु अब यसो बोल्ने लेख्ने काम गरौं।
 
Posted on 03-29-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Slackdemic,

Right click and save the target as....

I hope u undestood what I am talking about.

:-)
 
Posted on 03-29-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिल्के, त्याँ मुसोको चुच्चो राखेर दाहिने आँखामा थिचुम, अनि कम्पुटराँ झार्न मिल्छ। भएन भने मलाई एउटा बिजुली पत्र मिल्काईदिम, म गीत तेतातिर हुर्याईदिम्ला!
 
Posted on 03-29-07 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यहाँ त गज्जब रमैलो पो भइराख्या हैछ । आधा घन्टा लाएर सपै पढ्न नि भ्याइँ, ग्वाँचेको रिपले, स्लोमोसन समेत गरेर । दिनभरि हलो जोतेर थाकेको ज्यानलाई फुर्तिलो बन्न आज शेर्पा साबुननि चाइएन । ग्वाँचेको सयको नोटदेखी भउतेको सरलेसम्म आइपुग्दा त किरिकेट नि कता पुगो पुगो । सार्‍है नै रमाइलो भो हौ गाँठे, कस्तो फरर्र फुरेको फुर्न नि ।

सबैलाई अभिवादन टक्राएँ है ढिलै भए नि ।

Slackdemic मुसोको दाहिने कान अँठाएर सेभ गर्नुस्, झर्छहोला त्यसपछि ।
 
Posted on 03-29-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Slackdemic jee,
हो त्यसै अर्न पर्ने रे'छ् मैले नि मुसोको दाहिनेकान'ट हिर्काइदेको त ठ्याक्कै कम्पुटारमा गएर बसिरारे'छ आराम सअ
 
Posted on 03-29-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितुले एति मेहेनेत् गरेर लेखेको एस्तो राम्रो कुरालाइ फेरि टास्दिन मन लाग्यो
-----------------------------------------

युनिक चौतारीबासिहरु :

जिम्माल्बा: को को छौ? कहि कोहि देख्दिन बुढो एकलै आयो फत्फतायो गयो हरिशरणम्!बुढो भएछि सप्पै ले हेप्ने किन हेप्छौ हो पछि तिमिहरु नि म अस्तै होलाउ असत्ति हरु !

राहुल्दाइ: कबिता सबिता कता हरायो चिलिम् मात्र हात् मा आयो ,दुइ घन्टा मा २ हा पोस्ट् चौतारी मशान् घाट्!

भौते दाइ: ओ पुन्टे दाइ जुरेलि लाइ बाख्रा को खोर् मा थुनेर नराख त कत्ति भए नि नपुग्ने उनैलाइ !

पुन्टेदा: आउन भौते आउ बिहे नभएकि सालि भए तिमिनै लिएर जाउ ,धोबिनि कै खै के जाति को कस्सम्!

नेपेदा: यो चौतारि फलोस् फुलोस् सधै मेरो कामना ! म पनि आउदै गर्नेछु !

गोताएदाइ: गाम्ले पातकि हरु , जिम्दै छौ होला क्यारे!

दादा: " झरे ओरालि म त पात् बजाउदै " भन्ने मानिचु!

नमे: आओ बस गाम्ले हो यो ढुङाको छपनि हाले को चौतारी हाम्रै हो रमाइलो गरम्!

झिल्के: लाउ माया गाम्घर् को नलाम् टाढा को खै रौसि कता छ हँ?

निशान्त: आँच् आन्द्रै देखि नमस्ते ठोके ल सुड्डा सुड्डि हरु दाजु भाइ दिनि बहिनि र च्वाक् हरु लाइ आबो मो गए ल!

कुम्ले: सबै लाइ नमस्कार् छ ल यो सोझो कुम्ले को हिहिहि!

दीप: जिन्दगि आउछु भन्छे रात्भरि पर्खिन्छु ,ब्यान् ब्यान् तिर एक्लै निदाउछु अनि उठेर चौतारी चिहाउछु ,जदौ यो दीप् को!

मिस: नमस्कार् मेरा प्यारा भाइ बुइनि,तिमिहरु लाइ सिस्नो पानि लाम् कि खुरुक्क हल्ल नगरि पड्छौ हँ? मार्चन् होला भागे म उता गैरि बारि मा बोडि रोप्न जानु छ भन्ने सोचेकिम् !

प्रीति: मिस् नमस्ते, ठुलि तिरु के छ तिमिहौर्को खबर्? कुखुरा हराएर रात्भरि खोज्द खोज्दा हैरान् बिहान् पो थाभयो यो ग्वाचे र हरि को काम् रे छ ..पख तिमेरु लाइ मेरो हजुर्बा ले थिक् पार्नु हुन्छ।

ठुलि: गाम्ले हरु के छ ताआआआआ गालु तता दयो आज ? "तता दयो आज "त्यो भने को के हो?
तितौरी: रोट्फल् ओ सान्नाइ ठुल्नानि तिमारु को के छ खबर ,जिम्माल् हजुर्बा मेरो पुस्टकारि खै ।ऐया मरे हासेर रोट्फल्!!

चित्रे: के छ गाम्ले हो? ठुलि के छ भरे जुन्किरि लाइट् डिनर् जाम् है ;-) म सेतो सुट् लाएर आउछु ल त गाम्ले हो ल सुत्न गए गुड् नोइट्!

डल्लिफुपु: के हुदै छ चौतारी मा ल म पनि आए मेरो छोरो ठुलो भयो मिसको इस्कुला पठाउछु अब मिस् नकुट्नु है मेरो छोरो लाइ!

गालब् : गालब् कुमार् आग्या गर्नु हुन्छ गाम्ले हो मैले भने को जोक् मा पेट् मिचि मिचि हास :ल अब हास्नि बेला भयो" हिहिहिहिहिह्हिइ सप्पै हास!

ग्वाचे:ठुलि के छ चिया के के चोपेर खायौ आज वेदर अप्डेट् बाहिर " हिउँ पर्या छ मेरो कोठा मा झलमल्ल घाम् लागे को छ पल्लो कोठा को छिमेको मा चै पानि परि रा छ !

मिस्टे: को हो ह कोहो त्यो? ओइए दाट्साट् भत्काइ दिन्छु है जिस्काउछ हाम्रो चौतारीको दिदि बहिनि हरुलाइ! जिम्माल् बा टाइगर बाम पठाइदिम नलिखुट्टो दुखे को ठाम् मा लाउन !

हरि: खै त्यो चिलिम् यता ल्याउनुस् त ठुल्दाइ यो सान्नानि ठुल्नानि तितौरी ले नदेखि । तिनिहरु ले देखे भने हल्ल खल्ल मचाउछन् । के छ ग्वाचे सोल्टि , म त हलो जोट्दै छु एउटा गोरु हरायो कि अनि एकातिर गोरु एकातिर म भएर!

यामे: के छ हो गाम्ले हो खै को हो मेरो छिमेकि? लौ न एउटा बिजुलि पत्र पाम !

नेप्चे: जदौ गाम्ले हो कोहि छैन कि क्याहो ल मेरो एउटा आज फुरेको यो टुक्रो राक्दैछु " आप् आति तो मेरा ........ "

नेप्चि: चौतारी तल झरेछ उचाल्दे है मैले कोहि चैन रहेछ ल म लागे अब!

सान्कान्छा : ल गाम्ले हो यो गीत् सुन्दै सुत !

जग्गि: खै के भा हो के यो खरानि धसेर हिनेहो चारधाम् बाटो म मेरो लोटा (जोगिले बोक्ने के) नै हरा छ , गाजा नि भन्या जाति खान पाएन र फर्केर आए चौतारी मा फेरि जानु छ जय शम्भो!

राम्चन्द्रे: "यो चौतारी का मान्छे कम्तिका चैनन् सपै को आन्द्रो जोडेअको छ मेरो मात्रै छैन कोहि न आओ यहा कसैले वास्ता गर्दैन मेरो चित्त दुख्या छ " .......मलाइ लाज् लाग्यो त्यो हिजो मैले भने को कुरा मेटाए देओ

रिकुटे: सलुट् यो रिकुटे को जम्मु कास्मिर बाट ! सब्लाइ सम्जे को छु लेकिन् पछि आम्दा एउटा ठुलो क्यासेट् जो छ ल्याएर त्यो चौतारी को रुख मा झुन्ड्याउने बिचार् करेको छु!
:P

र अरु मैले नाम् छुटाए का सबै चौतारीयन् हरु युनिक् हुनुहुन्छ !

: ) लौ त म चाइ अब सप्पै हिजो देखिको चौतारी पोस्ट् हरु पढ्न गए है !
 
Posted on 03-29-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् झिल्के के गरेको मार्ने भए गाम्ले ले अब
अनि हाउज् चिम्सा अखा वालि डोइन :P
 
Posted on 03-29-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब आज रोदिघर (NIthgClub) मा कम्मर् मर्काउन भनेर हिडेको, बबाल् नै भयो नि, भित्र छिर्या मात्र दुइ हजार रुपिया रे, ल हामिपनि ल जा भनेर फर्कियो, फेरि अर्को रोदिघर जाउ भन्या त्यो कालुराम (African friend) ले नमान्ने
---------
तर आज चौतारिमा सारै रमाइलो जमघट भाको रहेछ

रौसिको सुरमा दिइहाल्न पर्यो
-------------

साझको एकान्त बेला
हातमा रौसि नभए मन कति खिन्न होला

मुटु टुक्री छिया छिया हुदा
चिसो चिसो फेन्टालाइ रौसि भनि पिउदा

यो मनमा दनदनि आगो बल्दो रहेछ
नक्कलिलाइ बिर्सु भन्दा, यो कठोर झिल्के पनि दुइ थोपा आसु झार्दो रहेछ

खै थाहा नपाएर हो कि बौलाएर हो
त्यो कुहेको आलुलाइ सुकुटि भन्दै कपाकप खातो रेह्छ

haa haaगफै त होhahaha
 
Posted on 03-29-07 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छो

ब्यान हुनै नपाइ कान्छो मातेछ एक दिन। दिनभरी कामको चटारो -- मात्न नमिल्ने – राती धन्न सन्ना सकेर टन्न दिएछ केटाले --- अब नदिनु दी सकेसी छिडीको कोठामा एक्लै भुतभुताएर केइ न केइ --- जुन घराँ बस्या तेइ घर अघि बोतल सिद्धिएपछि आफु सुरु हुनु हुन्न भन्ने होस् हुदै डबलि तिर बाट हुरिदै लागेछ किस्न मन्दिर् तिर -- भुतेस्वर् तिर आएसी कैले गाउने कैले सराप्ने -- कैले हिन्दीमा कैले अङ्ग्रेजीमा धेरै चै नेपालीमै गरेछ चर्तिकला– उस्ले यता र उती हुरिदै लर्बराको स्वर्ले "दर्दे दिल दर्दे जिगर" गाउँदा पान सात वत जती भुस्या कुक्कुर कोरसमा थिए रे –

पुरा भुतेस्वरै उस्को थ्यो रे राती दुइ बजे तिर --- तेस्तो आफ्नो एकछत्र हैकम चल्या बेला अनि अघि ओरालेका दुइ तिन सिसि उत्पात सङ्ग ज्यानमा चडीरा बेला आँखै तिर्मिराउने गरी भिम्सेन्थान तिराट आएछ एउटा मोटर साइकल – कान्छो ले आखै देखेन रे ---के सुर चडेछ उस्लाइ त्यो बेला – भैरब पछि लुकेछ ---र जसै मोटरसाइकल भुतेस्वर बाट डबली तिर मोडन सुस्ताउदै थ्यो एकास्सी आइलगेछ मोटरसाइकाल्मा कान्छो--- खास बाक्य सुरु हुनु अघि तीन मुख जती मनपरी बोलेसी कुर्ले छ केटो --- साले एउटा मोटरसाइकल् किनेर यत्रो फुर्ती गर्छस्?
तेरो बाउको सटक हो यो -- दिन रात केई नभनी यसरी मोटरसाईकल कुदाउन?"

सवार त भुइमा गुल्टी सक्या --- तेस्तो आक्रमण त्यो पनि आफ्नै टोलको सेरो फेरोमा --- सवार त अवाक! कान्छो थामिएकै थिएन रे --- चडेर कुदाम भने चलाउन नआउने रे तेसैले थुकदेछ मोटर्साइकलमा उस्ले र सोधे छ सवारलाई फेरी -"-- ए को हो तँ? काँ ग र आ यो राती हुँदी? रात बिरात भ्यारारारा गरेर हिन्दा हुँदी त खुस्काई दिन्छु ऐले अनि --- चिन्या छस् मलाइ?"

यत्तिकैमा सवारले फुर्तीले झिकेछ हेलमेट – तेस्तो फुर्ती देखेर कान्छो लाइ अलि कस्तो कस्तो त लाग्या हो रे भन्थ्यो --- मोटरसाइकल वाला गर्जेछ यस् पटक --- "बौलाइस् कि के हो?"

कान्छो त सिताङ्ग! बिनोद दाइ! --- भो कि --- अब --- पैला त कान्छोलाइ बिनोददाइ घर अघिनै आइसके जस्तो लाग्या थ्यो रे – अनि तेस माथि दाइको मोटरसाइकल त नीलो थ्यो उस्ले त कालो लाइ पछार्या हो भन्थ्यो --- के जान्नु उस्को कुरो।

पछि कसैले बत्तिसपुतलीमा बस्या छ रे भने कोइ पुलिस्म गयो रे कान्छो भन्थे।

जुन घराँ बस्या तेइ घरको दाईलाइ तेसरी आधाराताँ भुतेस्वर हुँदी पछार्न थालेसी कान्छोले जति सुकै "म होइन दाइ --आइन्दा गर्दीन" भने नी केइ न केइ --- डर भो रे भन्थे. हो नी बरा।
 
Posted on 03-29-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....कुम्ले: सबै लाइ नमस्कार् छ ल यो सोझो कुम्ले को हिहिहि! ..... LOL... ma हिहिहि garera haaschhu ra bhanyaa? ani khoi ta "Jadau!!" lekhyaa!

Nice one titauri.
 
Posted on 03-29-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु...how u doin ni?? khana khayo
---------------
काला गय गोरा आउछन्
गोरा गय काला

कालो गोरो भन्नु मात्र
केहि रहेनछ छाला

मृग नयनि (European) नभय पनि
चिम्सि (Japanese) ले नै काम् चलाउला

चिम्सि पनि धाक दिन्छे
मै हु पो भन्छे

चौतारि को दौतरि सङग कति मिठो छाया
मुश्किल पर्दो रहेछ पाउन नेपालिको जस्तो माया
 
Posted on 03-29-07 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो त नि, कस्तो तेती पनि सोच्न नसकेको त! थुक्क बुद्धी! धेरै धन्यवाद, hatterika!!, CaMoFLaGeD, miss_ me, र रामचन्द्रे जि हरुलाई!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters