[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --- चौतारी - १०८ ---

[Please view other pages to see the rest of the postings. Total posts: 586]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 226346 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-26-08 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी - १०८ ---

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 108 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!



चौतारीको चियर्स

चौतारीका दौंतरीको गिलास बज्यो ट्याक्क
हाजिर होऔं चौतारीमा बज्यो बाह्र ठ्याक्क
गज्जबका गफ गरियो तास खेलियो टक्क
निकै चाँडो समय बित्यो सबै परे छक्क

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-27-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि अब बोर्ड भएपछी चौतारी मा बस्ने कुरै भएन अरु नक्कली हरु पनि कता गए
रिठ्ठे खोइ आज हुनी नहुनी चित्र बनार बस्ने मान्छे हो अस्ती को खाएको फोटो टास्न बेर छैन
हाम्रो हर्के भाई दाउरा खोज्न गएका छन अरु सप्पै बेफुर्सती
मदनबा आएको रहिछ नि कता गयो खै? लर्की मिल्यो रे भन्नि हल्ला ब्यापक छ केही बोल्दैन
एक्ले हो कि दुक्ले (साच्चै नाम त अर्कै हो कि क्या हो त्यो ट्यान्का भरेर फर्किनी बेला भयो होला अब त

नेत्रे, लहरे खै? लहरे बिरामी छ रे हो? के भयो बिचरा लाई


 
Posted on 03-27-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्दा भन्दै  खाएको फोटो
 
Posted on 03-27-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहुरररर!

के हुँदैछ हँ?

ए रिट्ठे, कति हसुर्न सक्या त्यो पाउरोटी?

ठूली, के भो? बोर भा'हो तिम्लाइ?

पर्वतेदाइ, टंके, कुम्ले दाइ, नेत्रे सबलाइ दीवाकालीन जदौ!


 
Posted on 03-27-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Helllllloooooo guys!!
 
Posted on 03-27-08 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढीलो भयो जस्तो छ आज। लागे है म त एक भरी घास काट्नु पर्ने छ। अनी फर्केर ग्यस स्टेसन मा उही त होनी!
 
Posted on 03-27-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को बिरामी छ यहाँ, कल्ले हल्ला फैलायो हँ।
काम नपाको गाम्ले हरु सद्दे मान्छे लाई बिरामी
छ भनेर।
अनी मेरो पनि भखरै हसुर्ने काम सक्यो, सबैको सक्या हो,
पर्वते के छ हो, चित्रे पनि दुई दिन देखी तेती आक्तिव छैन,
वो रिट्ठे बज्या के छ, कती पाउरोटी खान सक्या,
बिस्टे के हुँदै छ,
खोइ अरु कता गयो,
जिम्बाल पनि सुस्त छ, के भा हो, 
 
Posted on 03-27-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Helllllllllllllllllllllllllllloooooooooooooooooooooooo CHELI
 
Posted on 03-27-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बज्जे बिरामी रेछ त्यसइलेत भन्छु आज मलाई बिहान देखुन किन असन्चो होला जस्तो भा भनेर। अली पर सर लहरे पातकी।
अनी अरुको के छ ताअाअाअाअाअाअाअाअ?
 
Posted on 03-27-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन मैले खा'को किन टाउको दुख्या हो ए पातकी हो? तिमारु नि भुँडी फुटाओ न मन छ भने
तेसै अर्का लाई देखी न सक्दा हुन --अब भुँडी दुख्ने भो बेस्कन यि पातकीहुरुले आँखा लगाइहाले नि -- भोली देखी त लुकेर खानु परो


 
Posted on 03-27-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल जम्मा भएछन असती हरु। के हुनु केही छैन लहरु, खाउ खाउ रिट्ठे पेट फुटिन्जेल खाउ।
हाईीईीइी कस्तो निन्द्रा लागेर आयो आफुलाई त रेडियो सुन्दै बसेको गोर्खा रेडियो ,कबिता महोत्सब भाई राछ,रमाइलो रमाइलो कबिता सुन्न पाइराछ।

 
Posted on 03-27-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नेत्रे के सारो चम्केहो, कुरै बुझिनसक्नु
वो रिठ्हे बज्यो, हिजो राती हर्के लाई थर्काएको भनी
सुन्या थे। के हो? अनी हाम्रो भागुत महाराज पनि
के के कुरा गर्दै थियो,

 
Posted on 03-27-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्यारिचौ गाउले हो? ल दोश्रो राउन्ड ठोके है मैले

पर्बते - हसुराइ भो? आज हिजो त निक्कै देखिन्छ नि चौतारी हुँदी ? ल ल ठीक छ !
चित्रे - हसुराइ भो? आज हिजो त तेती देखिदैन नि चौतारी हुँदी ? ल ल ठीक छ !
लहरे - हसुराइ भो? आज हिजो त बेलुकी खेर नि तेती देखिदैन नि? दिनभर त साहु बुढाले पेल्याछन, ल माने -- राती हुँदी त फुर्सत नै हुनु पर्ने हो?
नेत्रे - हसुराइ भो? के सन्चो भएन रे? लहरे को बिसन्चो सर्यो रे? लौ न नि -- ये सुन्ने से पेहेले मेरा कान क्यु नही अन्धा हो गया हे भगवान
बिस्टे - हसुराइ भो? अनी हामी सञ्चै छौ त?
चेली - हसुराइ भो? आज हिजो त औरेजी ठोकिन्छ नि बेलाँ बेलाँ-- अनी तो 'गाइज' भन्या चाँही औरेजीमा 'गाइहरु' भन्न खोज्या हो?हामी त फुक्या राङो हौ क्यारे -- हाम्लाई त सानोमा माह्टरले तेस्तै सिकाँ थे' क्यार ! दुई वा दुई भन्दा बढी को समुह भयो भन्देखुन लाह्टमा 'एस' जोड्ने भनेर
नारने - हसुराइ भो? अनी उता सुन्तली को के छ नि?


 
Posted on 03-27-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

कथि करने हुजुर अफ्नो त सला सब बात घुइमफिरके वहिँ आवँछ। त एक्टा गना कबिता हमि लिखेथियो हुजुर पहले, हियाँ चोतारीपे भि दिए थियो, वहि फिर से एक बार।

गलफिरेन बनावने दिल करेछ:

आजकल लाग्छ हुजुर हम्लाइ जवानिके झट्का भरेछ
हमको भि सला एक्टा गलफिरेन बनावने दिल करेछ

बाजारपे हमि बहुते देखेँ माँडल वाँडल लरकिलोग
जवानिपे लट्टु हमि वैसन दुनियाँके सब लरकालोग
होश उडावने फिगर देख्यो गोलि मार्ने करारि चाल
वैसन लरकि पावनेको पर्छ हुजुर हमि हुन्छ मालामाल
हमको भि सुसरा चालढालके बहुते नशा चढेछ
कथि करने हुजुर हमलाई गलफिरेन बनावने दिल करेछ

भेँटनेको त सुसरा लरकि भेँट्छ मैट्रिक वैट्रिक करेको
दुनियाँमे लरकि दु टाइप टैलेन्टवा या जवानि भरेको
टैलेन्टवापे हमि साउट कर्छ भरे जवानिपे होश आउट
जव हमि पटावनेको खोज्छ अफनै फेसमा हमको डाउट
हमको भि सुसरा कालोसे गोरा बननेको नशा चढेछ
कथि करने हुजुर हमलाई गलफिरेन बनावने दिल करेछ

एक्टा लरकि हमि देख्यो बिल्कुल अन्जलैना फस्ट साइट
एक सिँटि हमि के मारेथियो लरकिके सैन्डलसे हलवा टाइट
दुगो मुस्टन्डा साथमे रहेछ हमि मार खायो वान वे फाइट
पुरे बदन सला सुजाइदियो रुँदै हमि बस्यो होल नाइट
हमको भि सुसरा जिम विम जाके बाँडि बनानेको नशा चढेछ
कथि करने हुजुर हमलाई गलफिरेन बनावने दिल करेछ

आजकल लाग्छ हुजुर हम्लाइ जवानिके झट्का भरेछ
हमको भि सला एक्टा गलफिरेन बनावने दिल करेछ

जे राम जि कि।


 
Posted on 03-27-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हामी त फुक्या राङो हौ क्यारे" jpt
 
Posted on 03-27-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"एक सिँटि हमि के मारेथियो लरकिके सैन्डलसे हलवा टाइट"

 
Posted on 03-27-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>एक्टा लरकि हमि देख्यो बिल्कुल अन्जलैना फस्ट साइट
एक सिँटि हमि के मारेथियो लरकिके सैन्डलसे हलवा टाइट
दुगो मुस्टन्डा साथमे रहेछ हमि मार खायो वान वे फाइट
पुरे बदन सला सुजाइदियो रुँदै हमि बस्यो होल नाइट<<<


बहुते हसाइलियो रे मदनवा

 
Posted on 03-27-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सला पुराना दिन हमि याद करिरहेछु, एक्टा दुसरा गना कबिता हुजुर, पहले रखेको एकबार फिर से-

हमि बुह्रो भएछ-

 लरकि ढुढ्दा ढुढ्दा हम्रो जोबनिया गएछ

आज सुबह ऐना हेर्दा खटिया खडि भएछ

कनपटिके दुबै तरफ दु-चार गो बाल फुलेछ

लरकिके टेन्शनवामे हमि उमरवाको भुलेछ

अब तो सुसरि जिन्दगिके आधि कुरो गएछ

अचानक थाहा पायो सला हमि बुह्रो भएछ

 

एक्टा दोस्तको हमि सोध्यो हम्रो बुह्रापेको कुरा

भन्छ सुसरा हाँसि हाँसि तेरो जवानि भयो पुरा

कल जस्तो लाग्छ हम्रो जुङ्गाके रेखि बसेको

गावँके बुह्रोहरु देखेर बेकारमे बार बार हँसेको

अब तो सुसरि नाचगानके आधि कुरो गएछ

अचानक थाहा पायो सला हमि बुह्रो भएछ

 

 

आज् भने आफैँलाई तेरो भि दिन सला गएछ

लरकिके आसमे बस्दा मदनवा तेँले दुख् पाएछ

लरकि औरत जो मिल्छ अब् जल्दि शादि बनाइहाल

बाल बच्चे पेदा कर् जिन्द्गगिके साइकिल चलाइहाल

अब तो सुसरि लाइन मारनेको सब कुरो गएछ

अचानक थाहा पायो सला हमि बुह्रो भएछ

 


 
Posted on 03-27-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>राती हुँदी त फुर्सत नै हुनु पर्ने हो? <<

राती त झनै फुर्सद हुन आजकाल,
काम को पेलान भन्नु पर्‍यो, सैदे इफेक्त क्या,
कस्तो कुरा नबुझ्या, 


 
Posted on 03-27-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त बात बातमे हुजुर हमि धोका खाएको बात भि बतियाइहाल्छ। उहि बखतको बात छ हुजुर एक बार जब हमि हियाँ चोतारिपे भनेथिएँ-

 

हमको लरकि धोका दियो-

 पैसा वेसा कागज वागज सबके सब बन्दोबस्त करेछ

उसको अम्रिका लियाउनेको हमि सब इन्तजाम करेछ

भन्यो सुसरि अम्रिकामे आउनेको बादमा शादि करने

मदनवाके हड्डि हँस्यो काहे को अब देरि करने

 

नवाँ अपारटमैन्टमे गियो दु सालके पेपर कियो

फर्निचर और किचनके सारे बन्दोबस्त हमि कियो

यार दोस्तोँको खबर कर्यो भन्यो हम्रो दिन आएछ

एक्ले एक्ले बस्ने हमि हमने भि लरकि पाएछ

 

दोस्त लोग यो बात सुन्यो भन्यो मदनवा पारटि कर

हम भि पैसा बहुते लुटायो जब लरकि छ त कैसन डर

लरकि आवने टेम जति नजदिग आवनेको लग्यो

एक हफ्तेमा हमि दु बार ऐइरपोरट जाने पैरेक्टिस कियो

 

बाल काट्यो, जिम गियो, जगिंङ वगिंङ सब कियो

खैनि गुट्का सब छोर्यो, वैक्सिङ थ्रेडिङ भि हमि कियो

एक रोज सला इमेल आयो लरकि भन्छे पिरोब्लम भयो

दुसरे अस्टेटसे सला एक्टा लरका नेपाल गियो

 

माइ बाप सब भन्छ रे उसको उहि लरका संग शादि कर

अम्रिका जाने तेरो किस्मत वहिँको लरका काहेको डर

भन्छ सुसरि माफ करिदेउ हमि उसके टाइप के छेन

एकबार शादि कर्ने भन्दैमा कर्ने पर्ने जुरुरि छेन

हमको दियो हमरे सारे हेल्पके खातिर धनवाद्

जान्कि मन्दिरमे शादि रचायो हम्रो लाइफ बरबाद्

 

जे राम जि कि।

 


 
Posted on 03-27-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्री ठुल्नानी उता अर्को गाउमा झगडा गरि'रा देख्या थे है मैले ! लौ न कोइ गएर फका'र ल्याउनु पर्‍यो ! नाक्मै रिस छ केटीको केही अनर्थ गर्देली फेरी 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters