[Show all top banners]

nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 122971 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 05-01-06 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल #६ ठुल्नानी
हजिर मिस्
 
Posted on 05-01-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन यो ठुल्नानि लाइ के भएको कुन्नि चौपरि आयो हाजिर गर्यो भागो कार्बाहि हुन्छ अब त धेरै भाग्ने लाइ ।
 
Posted on 05-01-06 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानु कान्छा होइन के हो आज् आफ्नो चस्म बिर्सनु भो कि क्य हो म येतै चु। म आज् लस्त् बेन्च बस्दै चु।
 
Posted on 05-01-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा गीत हामपनि गाइदिम न त!
हुक्का चिलिम ले
मोहनी लगायो मया पिरिम ले
 
Posted on 05-02-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sun saan chha chautaaro
 
Posted on 05-02-06 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब जना कत हराउनु भएछ ।

सुचना ! सुचना! सुचना!

मेरा प्यारा विधार्थिहरु अब देखि कक्षा सुरु हुन्छ है

सबै जना अभिवापक ज्यूहरुपनि उपस्थित भैदिन बिनम्र अनुरोध गर्दछु

सानो कान्छा यस् वर्सको उत्कृस्ट विधार्थिको उपाधि बाट सम्मानितभएको कुरा पनि जानकारि गराउन चाहान्छु

साह्रै सुनसान भयो :D
 
Posted on 05-02-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घराँ आगो सल्काम्न नपाओ चाइन्जो गोडा दसेक दिन भओ के रे। अस्ति सम्म काका बुडाओ घराटि आगो ल्यार चुलो बालेको अइले आर काका बुडाले नि मइतेल भ्याईएओ कुरो अरेसि ‘ लु भएन एस्तो चालाले’ भुनेर म शहरतिर लाएँ गाम्लेओ। मइतेल नि किन्छु, बुढिलाई एउडा धागो र एक पाउ गुँदपाक नि लइदिन्छु भनेर। आँधि तरेर चाइन्जो बयरघारिआँ के पुग्याथेँ; लाले त, किस्ने साउको पसलाँ भित्तोले छेकिएर ‘तुच्च तुच्च’ पार्दै रेछ। म नि एसो किस्ने सअँ भलाकुसारि अरुम, तेस्को भैँसि ब्याओ ब्याएन भनेर पसेओ मात्तै थेँ लाले टिल्ल परेर पहेँला दाँत देखाम्दै “ कताटि हो जिम्माल!” भन्दै ङिच्च हास्न थालो।
“ के हो लाले आज दिउँसै ठाडो घाँटि लाएचौनि?” भनेको त- “ ढुन्मुनिँदै म थिम आ’र “ हैन जिम्माल, बैशाखा घामले पोलेर एसो एउ गिलाँस शर्बत खान पसलाँ पसेओ” भन्न थालो। तो तिनपानेओ गन्ध मैले जति कस्ले ठम्म्याउँथो र अब!
“ लु भै हालो लाले, शर्बत खाए नि चाइन्जो तुच्च तुच्च पारे नि तो मिती पुइसकेओ चौतारिआँ गाम्ले खोज्दै जानु त भएन नि” भनेर लालेलाई सम्झार किस्ने साउ सँअ भैसिओ कुरो अरेर त्याँट बस चडेर पखरातिर लाएँ।
मइतेल खोज्दा खोज्दै चाइन्जो दुई दिन बितो। लोउतन्त्रको कुरोले अर्दा शहराँ जम्मा अरेर राखेओ मइतेल पनि मैजारो अरेछन्। बल्ल बल्ल पइराघरे काईँलो खत्रिको छोरो जेठाको पसलाँ ग’र “ हेर बाबु तिम्रा बा र म, त उइलेई गोर्खपुर, लखनउ के के जाति ठाम ठाममा डुल्दै एउटै थालाँ भात खार बैँस बिताओ मुन्छे, तिम्ले चाइन्जो मलाई मइतेल नदिनि?” भनेसि ठुसुक्क पर्दै भित्राटि एउ जर्किन मइतेल भरेर ल्याइदिओ। हुनत तेस्को बुढिले भित्र गुईँगुईँ अर्दै थि मुइँले सुनेओ। “त्यस्तो हेर्दै चाउरे गाम्ले बुडालाई क्यार्न मइतेल दुनुपरो” भन्दै थि तै पनि जेठाले कजिनिओ कुरो सुन्या नसुनेइ अरेर भ’ नि मइतेल दिओ गाँठे। जस्तो चाउरे बुडा भअ नि मुन्छे त म सोरस फोरस वाला नै छु गाम्लेओ।:)

लु साने, अड्डाँ फर्केछौ के कसो भओ नेपालाँ कुरो भट्ट्याम्दै अर है मिलेओ बेलाँ?
माष्टरनि नानी हाम्रा ३-४ जना भुराभुरि नि ईस्कुल जाने भनेर खलबल अर्दैछन् पठाइदिम?
 
Posted on 05-02-06 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-02-06 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानी, मुसुक्क मिठो हाँसो हाँस्नुभो नि? भुराभुरि पठाए हुन्छ भन्नुभएको होला :)

हाम्रो सानेले घरमा गएर यस्तो चर्तिकला अरेछ-

सानोकान्छा-

ए बा ए बा ब्या गर्देउ मलाई
काम गर्नलाई दुख भो आमालाई
कल गरेर हुन्न जुहारी
हुन्न जुहारी, यो घरमा खाँचो छ कान्छि बुहारी


बा-

टाउको खायो यो कान्छो मोराले
सधैँ भरि बिहेकै कुराले
कल गरेर हुन्न जुहारी
हुन्न जुहारी, यो भो हाम्लाई चाइँदैन कान्छि बुहारी


सानोकान्छा-

बिहे गर्दे यै गाउँमा बस्छु म
नत्र भने लाहुर पस्छु म
कल गरेर हुन्न जुहारी
हुन्न जुहारी, यो घरमा खाँचो छ कान्छि बुहारी


बा-

थाछ मलाई दुख छ तँलाई
एकपटक सोध्छु म आमालाई
कल गरेर हुन्न जुहारी
हुन्न जुहारी, यो भो हाम्लाई चाइँदैन कान्छि बुहारी


आमा-

बाउ छोरा नि के खेल्छौ जुहारी
भो भो अइले चाइँदैन बुहारी
कल गरेर हुन्न जुहारी
हुन्न जुहारी, यो भो हाम्लाई चाइँदैन कान्छि बुहारी


सानोकान्छा-

साथि भाईको घरबार भैसक्यो
बिहे गर्नि उमेर नि गैसक्यो
कल गरेर हुन्न जुहारी
हुन्न जुहारी, यो घरमा खाँचो छ कान्छि बुहारी

 
Posted on 05-03-06 5:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन स्कुल जान पनि नपर्दा
रोल लम्बर पनि भुलि सकियो
लौ मिस
रोल लम्बर १२ होकि जस्तो लाम्च क्या
Yahoooooo

यस् मिस


माइला दाइ को कुरो सारै मनासिब छ !!!!!!!!!!!!
 
Posted on 05-03-06 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानु कान्छा उत्कृष्ट बिदर्थी भाको सुन्द धरै खुशी लाग्यो । सानु काँचो तपाईंलाई बधाई छ । अर्को साल्मा म उत्कृष्ट हुने कोशी गर्छु ।
रोल #६ थुल्ननि
येस् मिस्
 
Posted on 05-03-06 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अचम्म भओ के रे क्यार्नि हो त , अबु मास्टर्नि ले भुने पुछि मान्नु त परो केरे । मेरो किलाश मा मेरो नम्बर त १-२ कति थियो के रे । जति ले बुलाए पनि कान्छो हाजिर हुन्छु के रे .... मलाइ पनि कथा त लेख्नु मन् लागेको थियो क्या गरुम गरिब का छोरा छोरि मारेर चोर नेता हरु अहिले कुर्चि का लागि लडेर बस्याछन केरे , आन्दोलन त नेता हरु लाइ कुर्चि को लागि लडन गरेको जस्तो भयो । यस्तो हुदा त जँगल तिर लाउन मन लाउने रहेछ ।त्यहि भएर पनि केहि नलेखि बसेको हो । हिजो सम्म राजा को पुच्छर भएका हरु आज लोकतन्त्र भन्न थालेक छन । जस्ले गलत समचार दियेर जन्ता लाइ भ्रम राखे आज तिनि हरु लाइ नै गणतन्त्र को पक्षधर भन्नु अल्ली नमिठो लाउने रहेछ।मौका मिले सम्म मेरो कथा लेख्ने नै छु । अझै पनि गणतन्त्र को आश चै मैले मारेको छैन । लौ त केहि समय पछि हाजिर हुने नै छु । अहिले दाउरा चिर्न जानु छ । पारि भिर तिर जानु पर्यो । भोलि दाउरा वालिङ तिर पठाउन छ भन्थे सिरे दाइ । आज सिरे दाइ को मेला मा जान लाको हो के रे ।गर्मि ले अर्दा यो सेदिखोला को पानि पनि सुक्न थालेछ। बाय खोला त पानी नै हुन्न। आधि खोलो पनि ढल मिलाउदा कालो कालो भको छ केरे । पानि पनि घर् तिरा बाट बोकेर जान पर्छ के रे कयार्नि त । लौ त अबेला भओ लागे म त ।
 
Posted on 05-03-06 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भन्न त भनेको हो केरे नि जम्मैलाई तर नसुनेसी क्यारम् त नि कानाँ प्युरी घुसारेर बसेका हुन् कि क्यारेका हुन् कुन्नि "चौतारीयाँ आम्न पर्नी मुन्छे आऽनन्।" ।
के भनेका हुन् यी जिम्माल बुढाले, मैले बुझिन तर कान ठाडा ठाडा पारेर मैले सुनिचु के चौपारीथिमका बान्नामुनि बसेर।
यत्तिकैमा गरामुनि सानोकान्छा पनि आयो अनि सुइईई सुसेलेर बस्यो छपनियाँ तल आँधिखोलातिर हेर्दे। "खोला पनि सुक्न लाए ।" दुखेसो पोख्यो बैशाखमासको सुकेके खोलातिर हेर्दै।

जिम्मालले रिडियो खोलेछन्। के के फलाको के के नि।

के भनो जिम्मालबा? मैले बडो कान सुन्दिन थुल्नानीले सोधिन्।
"जुद्द बिराम अरो केरे के। जुद्द बिराम। " जिम्मालले कुरो बुझाए।

सुईईय गर्दै सानोकान्छाले भन्यो, "भनेसी अब चन्दा सन्दा माउन नि आम्दैनन्?"
"तो ता ट्वाक्क भन्न सउतिन कान्छा।" जिम्मालले रित्तो नै भे नि खल्ति छाम्दै भने र सुर्तिको धुलो टकटकाए।
 
Posted on 05-03-06 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ठुल्नानिको तोते बोलि सुन्दै उसलाई कुरो बुझाम्दै थेँ। मैले खल्ति टक्टक्याएको देखेर दादा कान्लामाथिआट फुत्त ओर्ले र पटुकाको गाँठो फुकाएर सुर्ती निकाले।
" लु जिम्माल, आज मलुवा च्यापुम्"
दादा मधेस सधेस गइरनि के रे सालमा दुईफेर बालि उठाम्नलाई, तेता ग' र सुर्ति पनि नानाथरिका खान जान्ने भएछन्।
" यो जुद्ध विराम कति दिन टिक्ला जिम्माल?"
सुर्ती माड्दै, हात फुकेर दादाले मलाई सोधे।
सुर्तीओ खारले मेरो नाक चिलाओ तर हाच्छिउँ आएन तेसैले माथि घाममा हेरेँर एउडा लामो हाच्छिउँ गरेँ।
" खै दादा राउनितीओ कुरो, आज मिल्छन् भोलि काट्छन् तै पनि गाममा सधैँ ढुक्क भ' र बस्न पाए त हुन्तो के रे"
नाक पुछ्दै आफ्नो मनओ कुरो गरेँ।
ठुल्नानीले घाँसको भारि पुर्याईन र नाम्लो ला'र बोक्दै उकालो लागिन्।
साने भने हाम्रो कुरा नसुनिकन एकनासले आँधितिर हेर्दै थ्यो।
तल सार्कि खाल्डो तिराट एउडा ठिटो उकालो लाग्दै चौतारिआँ आउँदै थ्यो, त्यो देखेर दादाले भने-
" तो हाम्रो यामे हैन जिम्माल?"
मैले आँखा ठुलो बनाम्दै ध्यान देर हेरेँ।
" हो यामे नै हो दादा, तेस्तो सुकिलो लुगा ला'र गाममा अरु को हिँड्छ र?"
मनमनै म खुसि हुँदै थेँ।
किनकि, यो तितो सुर्ति भन्दा यामे आएपछि याक चुरोट खान पाईने निश्चे थ्यो"!
 
Posted on 05-03-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नोट:
यामे=Yahoooo
 
Posted on 05-03-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे के गर्नु त आफुलाई त तोते होली मात्र बोल्न आउछ । खै एसो सिकैदिनुस् न कसरी राम्रो सँग बोल्न ।
के गर्नु आफ्नो कर्म मा त घास् को भरि बोक्ने लेखे छ । कैले यो घास् को भरि बत चुत्करा मिल्च होले। येस् पलि नि DV परेन। आफु लै रुनु न हस्नु भच।
 
Posted on 05-03-06 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन हौ यो डि भि भन्ने कस्तो जन्तु रहेछ भन्छु। हाम्लाइ पनि पर्नु नि । होइन मैले के सुन्छु भने नि यो यो डि भि भन्ने जन्तु अहिले बाहिर आएको छैन रे नि । अहिले कता हो थुनेर राखेको छ रे ।

त्यो मिर्मि मा काली थुनेको जस्तो

मिर्मि मुनि कालि थुनेको अन्तै माया लाइछौ रे माया ले साच्चै हो कि हल्ला सुनेको ।
 
Posted on 05-03-06 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अइया!!! कति हास्नु र चौतारीमा बसेर। सब जना के बोल्या हो के ? बुझ्नि भए पो?
माथि बिर्खेजी ले लेखेको 'मइतेल' बुझ्न निकै धौ भाको थियो ।फेरि दादाले " जुद्द बिराम" भन्नु हुन्छ।
...."चौतारीयाँ आम्न पर्नी मुन्छे आऽनन्।" ।......

फेरि चौतारी मा पहिले नै आएका मान्छे जालान् नि दादा!

ठुल्नानी कति वर्षभयौ नानी !! कति सिकाउने तिमीलाइ ह? तोते बोलि नबोल भनेर
अब स्पिचथेरापि मा जानु पर्ला जस्तो छ।

:D :D
 
Posted on 05-03-06 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन कसरि बोल्नि हो त नि , क्यार्नि त ठुल्नानि ले तोते बोले पछि तोते बोल्ने बुढो पाउने त होला नि ।
 
Posted on 05-03-06 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँच्चै गजब छ बा!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters