[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी -- २००८ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 742]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
[VIEWED 326600 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 38 pages, View Last 20 replies.
Posted on 12-31-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - २००८ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 92 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीको संगीत


 

मैले भेटेका चौतारीका अबतारीहरु!

                                  --- राहुलदाइ

अबतारी, चमत्कारी बिर्खे जिम्माल को के कुरा,
हाँसो ठट्टामात्र कहाँ हो र  गीतमा नि छ छुरा।

नेपे दादैको    बहुमुखी  प्रतिभा    देखि चकित सारा,
भावमा कतै अभाव छैन जता ततै चम्केको सितारा।


भौते काजीको गला र कला मा अदभुत मिठास्,
अतियोग्य    बरको   उपलब्धताको  हुन्छ आभास।

चित्रे जासुस सधैं खासखुस् अनि कूल,
जता ततै भेटिने मित्रहरु हुलका हुल।

अन्तरे ब्रो को नाच नि कति झिल्के,
भलदमी मान्छे नि कसरी यता पल्के?


आँखामा राखे नि न बिझाउने दिलको छ रिट्ठे,
कति दिल घायल बने होलान देखेर ह्यान्सी पट्ठे।

ठुलनानीको बयान गरुं यो ओठले कसरी
निर्दोष ज्यान फलको छ  बोटमा जसरी।


पूण्टे दाई पूण्टे दाई नै हो, अर्को पूण्टे दाई हुन सक्दैन।
सबको ब्यथा सजिलै  बुझिदिने झर्को दाई पक्कै होइन।


चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 31-Dec-07 03:40 PM

 
Posted on 01-03-08 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याउ झै गाला हो नि
स्याउ झै गाला

एउटि लाइ त लान्छु लान्छु
ज्यान गए जाला।

सन्ध्याकालिन् जदौ, कोहि छ?

 


 
Posted on 01-03-08 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ! हुल्याहा ग्याङ !

बोर्डर काटेर यता ला'सी कस्तो सुरक्षित महसुस भो गाँठे, सुनौली बोर्डर काटेर बैरहवा आएपुग्या जस्तो।

३ बर्ख सम्म सप्पैलाई सक्तोसराप अरेर अहिले फिरी तिनैलाई भेट्न जाँदा कता लाशै गायप पार्नीहुन् कि भनेर मुटुमा ढ्याङ्रो ठोकिराथ्यो के रे। त्यै भे'र बोल्यो कि धोबि-पछाड पार्लान भनेर चुप्प लाएर भलाद्मी बनेर बसियो। अब त कम्पुटर आफ्नै हो, भोलि बिहानै भालेको डाँको सँगै सप्पैलाई पालैपालो सराप्न सुरु अर्नु पर्ला। आज त सराप्ने ताकत नि छैन।

जे होस जिउँदै आएपुगियो, गाम्लेहुर्। आजलाई पसारिएँ। एउछिनमा रिठ्ठेले भिँडियो देखाउन सुरु अर्ने होला। लु, अहिलेलाई गुटनाइट।


 
Posted on 01-03-08 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute guru - Happy Belated Birthday and from what I "heard" it sounded like you had tons of fun in Boston...next time ahem ahem I would love to meet my guru...!! :)

Happy New Year everyone!! :D

 


 
Posted on 01-03-08 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो,
गुरु फर्किनु भो। ल बधाइ छ, सर् साउदै फर्कन सक्षम हुनु भएकोमा।
 
Posted on 01-03-08 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रिकालिन तारेमाम् है!
भउते गुरुले रंग बदले जस्तो छ गाम्लेहरु, होश गरम्।
के छ सुन्तले? दिउसो दिउसो देखिन्न नि चौतारिमा अचेल?

 
Posted on 01-03-08 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ssssल..... बल्ल ढुक्क भो आफुलाई त्यो ज्यान राम्रो सँग फिर्ता भयो भनेर
भोली देखी हाम्लाई सराप्ने रे, हैन त्यो सेन्टल पार्क को डि पि गरेको फोटो नि नेपे दाजु लाई भनेर टास्नु पर्‍यो कि क्या हो
हैन भने किन सराप्ने अर्का लाई????

 
Posted on 01-03-08 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो रिट्ठे हो, त्यसले बेइमान गर्न थाल्यो भने त्यो डि पि गरेको फोटो अनि अर्को गोप्य फोटो नि टांसिदिनु पर्छ, बडा सराप्ने सपना देख्दा हुन्।

 
Posted on 01-03-08 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ

खास कहिं गा वा केहि भा त हैन, ढिला उठ्यो, १-२ वटा पोस्ट पढ्यो, comment गर्यो, news पढ्यो अनि येसो काम गर्न बसे झै गर्दा ५ बजि हाल्छ, ५ बजे पछि घर फर्किम फर्किम लागि हाल्छ। चौतारिमा नमस्ते गर्न मात्र भ्याइ राछ। अव अलिक् छिट्टो उठ्ने resolution गरिराछु, हेरुम्?

अनि दाइ आरामै?


 
Posted on 01-04-08 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste to all Dauntaries,

Does anyone of you know Mr Shree Prasad Khadka living in Norway? Originally, he is from Butwal and his family is now living in Maharajganj, KTM. I couldn't find his contact address / phones. I'd be very much grateful if anyone of you nice people could help me to about it. Please, I have a very very urgent (private) message to pass on.

ThankU,

Mundre Babu

Kathmndu


 
Posted on 01-04-08 6:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

punte daiko katha pachhi hai yo. :D

अनि त्यो लोले औरिका आयो। अब ल्यास्से पाउँ वालि लाइ कसरि भेट्ने, फेरि भेटेर उस्को लेटर मैले च्याते जस्तो मलाइ नै धार्धुर् पार्ने हो कि त्यो ल्यास्से पाउले भनेर के गरौ कसो गरौ भन्दै सोच्न थाल्यो। अनि उस्को दिमागमा एउटा आइडिया आयो, नाम् र फेस् चेन्ज गर्ने। डाउटर् का गयो प्लास्टिक् सर्जरि गर्न। डाउटर्ले कोहि जिवित् मान्छेको फेस् देखाउनुस् अनि मात्र हाम्ले तपाइको फेस् उस्को जस्तो गर्न मिल्छ यस्लाइ "कपि क्यात् ताअाअाअाअा" प्रबिधि भनिन्छ र यहि तपाइले अफोर्ड गर्न सक्ने एक् मात्र प्रबिधि हो।

लोलेले औरिकामा अब कस्को जस्तो फेस् बनाउने सोच्न थाल्यो, कसैलाइ भन्दा उसैले मार्ला भन्ने डर् उस्तै फेस् बनाउन को चाहला र? अनि उ नेपालि हरुको चौतारी गाममा कोहि भेटिने आशमा गयो। एक् त धेरै ह्यान्सि नभाको गाम् दोस्रो जो ह्यान्सि उ के मान्थ्यो र आफ्नो जस्तो ह्यान्सिनेस् अरुले लिओस् भनेर। रिठ्ठे ह्यान्सि लाइ अप्रोच् गर्दा झन्दै लोलेले गोलि नखाको। अनि उस्ले अब कुनै पुरानो जमानाको, मोडर्न टेच्नोलोजि नबुझ्ने मान्छे खोज्दा जिम्माल भन्ने बिर्खे माइला बर्ष ६५ को लाइ भेट्यो र ल यसैलाई लिएर जानु पर्यो डाउटर् का भनेर सोच्यो।

बुढोलाइ तरुनो बनाउने औसधिको लोभ् देखाई जिम्माल् लाइ लिएर उ पुग्यो दाउटर्का। जिम्माल् दङ परेर नया सुरुवाल् र नया मोजा अनि अलि पुरानै कमिज र टोपि ढल्कार गाका थिए खुब् खुशि देखिन्थे।त्यासि डाउटर्लाइ लोलेले खुसुक्क यो बुढो जवानिमा ह्यन्सि थियो रे ल येसैको जस्तो फेस् गर्दिनु मेरो भन्दा डाउटर् मरि मरि हास्न थाल्यो। तिमिलाइ जवानिमै बुढो हुन किन मन् लागेको भनि सोध्यो। लोलेले उस्को जवानिको फेस् हाल्न मिल्छ भन्ठान्या रैछ बोर् भो लौ अब के गर्ने भनेर सोच्दा सोच्दा टेन्सन् भो उस्लाइ अब कस्लाइ खोज्ने होला भन्ने।

उता जिम्माल् बुढो पहिला मलाइ जवान् बनाउ अनि मेरो फेस् हालन भनेर फत्फताउदै थे। त्यतिनै बेला एउटा डाउटर् को अस्सिस्टेन्ट् जस्तो देखिने केटो सर्जरि को सबै सामान् ठिक् पारे भन्दै भित्र छिर्यो लोलेले डाउटर् को कानमा खुसुक्क केके भन्यो। डाउटर् का आखामा खुशिको चमक् थियो र उस्ले हुन्छ भन्दै तेहि केटो को फेस् लोलेलाइ नि हालिदियो। त्यो केटो चाहि हाल् डाउटरि पढ्दै गरेको रैछ।


अब भन्नुहोस् त्यो केटो को हो?

लोलेले अफ्नो नाम् चाहि के राख्यो?

जिम्माल् को त्यस्पछि के भो?

 जिम्मालले किन पुरानै कमिज् र टोपि लगाएका?

अनि लोलेले डाउटर् को कानमा के भन्यो?


 
Posted on 01-04-08 7:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु गाम्ले हो चौतारीको ढोका खोले हैईीईीईीईीई। अनी सबैलाई दर्शन गरे है ताअाअाअाअाअाअाअाअाअा


 
Posted on 01-04-08 7:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau thuli jhelli maile dhoka kholisake ni kasti bathi
 
Posted on 01-04-08 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा ब्यानब्यानै सान्नानी र ठूल्नानी,  गजब रै च त।

जदौ गरें है!!


 
Posted on 01-04-08 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau hari ke chha kata busy aajkaal?
 
Posted on 01-04-08 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सानानी कै मैले त तिम्ले धका खोलेको देख्दै देखिन। निन्दार्को सुरमा थे। लु अब माफ पाम।
हरी तिम्लाई नि दर्शन गरे है।

Nails Happy New year to u too


 
Posted on 01-04-08 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअाअाआ?
शुक्रबारे झम्झमे जदौ!


एका बिहानै सान्नानीको कथा पढियो, दिल खुश भयो।


हरिको मन परि जारि ?


ठुली चिया खायौ?
( मेरी अनुराधालाई बेवास्ता?)


 
Posted on 01-04-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

सान्नानी, ठूली, राहुलदाइ, हरीमा जदौ!

सान्नानीको कथाले हँसायो!

ए मुन्द्रेऽऽऽऽऽऽ! के छ हो तपाइ त बर्षौं पछि देखा पर्नु भो त चौतारीमा, ९ औं भागबाट एकै पल्ट ९२ औं भागमा मा्त्र
झुल्किनुभो। फेरी जरामुनिबाट खाटमाडौं पुगिसक्नुभा' रैछ, विद्यावारिधि सकियो? तपाइले भन्नुभा'को मित्रको बारेमा
चैं मलाइ था' भएन, सायद यामे(Yahoooooo) लाइ था' होला कि, ऊ नि त्यही गाममा हो!
 
Posted on 01-04-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअाअाआ?
शुक्रबारे झम्झमे जदौ!



 
Posted on 01-04-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्
आज त म पनि बिहानै अैपुगे है।
ठुल्दै, सान्नानी, ठुलि लाई तारे को माम
सान्नानी पनि क्या कथा लेख्ने क्या, कस्तो सस्पेन्स,
सबैलाई ठुलिको  भूत चढेको जस्तो छ।
ए ठुलि तिम्रो हिजोको कथा मैले पनि पढे है, फेरी पढेन भन्लाउ,
धेरै राम्रो छ, अरु पनि जाओस,
काल्पनिक भएपनी बास्तबिक भएपनी आफुलाई पढ्न पये पुगी हाल्छ क्यारे।

 
Posted on 01-04-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे र रित्थे लाई पनि तारे को माम लु जा त

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters