[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - ९५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 212914 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-21-08 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९५ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 95 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!

 

गोतामे ज्यूको गजल

सुनको कात्रो ओढाइरहेछ को?
सिनोको आयु बढाइरहेछ को?

मलामी हैन, सतीनै पो जान्छौ कि!
अझै सलामी चढाइरहेछ को?

तोपको मुखमा मलाई घचेटेर
बर्दीमा ढाड अड्याइरहेछ को?

आलै छ हिजो बगाएको रगत
आजै चित्त यो डढाइरहेछ को?

कोइली बन्न खोज्दैछन् कागहरु
मलाई भाका पढाइरहेछ को?

 

चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 01-23-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को को रहेछन सब हुऋदै आउँलान भनेर उपाए जो गरेको थें.

अव नमस्ते लाई नि कन्जुस्याइ भो र, लु रिठ्ठे र लहरे लाई पनि नमस्ते। हिजो अस्ती छुटेको र शायद भोली पर्सी छुट्ने सबै नमस्ते एकै मुठ्ठा पारेर दिएको छु है।

जिम्माल बालाई फेरी किन उभो कै सुर हो भन्या, आफु गर्छु सोझो कुरा।


 
Posted on 01-23-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बौचालाई मेरो तारेमाम्।

घाँटि क्याप्प भओ रे रिट्ठेको?? कुन चइनि बाइफालेलाई फकाउन करा करायै गरो जस्तो छ केटोले घाँटि समातिहाछ!

क्यार्नु सुन्तले, चइनि सोजो काल जमाना नभ'र नि नारन बोल्या कुरो बाङ्गो सुन्या मइँले! अब हेरि तो सोजो टिकेस त मिलिहालो नि चाइन्जो जम्बुद्विप हुँदै तिर्थ गर्नलाई!


 
Posted on 01-23-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहुर !

आफूले त साह्रै भोक लागेर  दुधमा बिस्कुट चोप्दै खाँइदै छ।  धेरै बर्ष पछि कस्तो बालखकाल सम्झना भो यार।

सबै कुशलै मङ्गलै होला के रे, हैन त ?

अनि बिर्खेदा'को टिकेस भैसकेको हो? लु बधाइ छ।


 
Posted on 01-23-08 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन यि दुइटै बुढाहरु लारिएर आउनी र'छन सँग सङै कि के हो?


 
Posted on 01-23-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ रिठ्ठे डाँका, कोल्लाई बुढो भनेको।  तिम्रो जिब्रो सिब्रो थुतेर हाताँ राख्दिम कि तिउँरा हर्रो भन्दा टर्रो शब्दहरु फिर्ता लिन्छौ, हँ?  अर्कोफेर भेट्दा तेजाप बोकेर आउन परेको हो?
 
Posted on 01-23-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बुढो लाई बुढो नभनी तरुनो भनेर चौतारीका हामी जस्ता सोझा साझा गाम्लेहरुलाई अन्धकारमा राख्न आउन्न मलाई तिम्रो जस्तो
तेजाब ले'र आउनी रे अर्को पाला? लु भो
यसपाली त खै कस्को आशिर्वाद ले'र आथ्योउ के रे, त्यस्तो अप्रिय केही नि भोग्नु परेन तिम्ले,
जानी जानी २ घण्टा टिरेन ढिलो बना'र हामी सँग भाग्या कुरो त परस्टै छ नि, हैन भने अन्तरे दाई र म त बेलुकी ७ बजे देखी नै तम्तयार भा' हो सेन्टल पार्का लगेर थिलिपितिली बनाम्न भनेर
कुरो गर्छौ अझ


 
Posted on 01-23-08 4:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भउतेsss, दाँतमा दाँतमाsss हो हो बजाइहाल...दाँतमा भन्या दाँतमा..."

"रिट्ठेsss, बङ्गारा बङ्गाराsss हो हो झार्दिहाल आनन्दै..."


 
Posted on 01-23-08 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बङारा सँगरा हान्नी हैन म त, त्यो बिखालु दात मेरो हातमा पार्नु छैन मलाई
सिधै घुच्चुकमा हान्नी हो



 
Posted on 01-23-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झगडा नगर है केटकेटी हरु हो।
सात दल हौ र तिमीहरु? दाँत साँत झार्ने कुरो गर्छ। हैन कस्को असल दाँत बनाउने पसल छ हो गाम्लेहरु मध्ये? धेरै सुन्छु बङगरा सङ्गरा को कुरो।
पक्का मदनवाले असली दाँत बनाउने दुकान खोलेको हुनु पर्छ।

 
Posted on 01-23-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो खोलापारि साइँला साउको पसलाँ गजप गजपको खुकुरी र चक्कु बेच्न राख्या छ बाबै!  भओ भओ म बुडो नि यि दुइटा ठिटा सिँगौरी खेलिरा' बेलाँ क्यार्न खुकुरीको कुरो गर्नु नि गर्दिन! साँच्चि, भुत्ते खुकुरी नि छ, मासु काटो छ्याक छ्याक पार्न पर्छ छिन्दैन! ल म बोल्दिन फेरि केइ तल माथि गरे ठिटाहुरले भने तैँ बुडोले खुकुरि देखार' त हो नि भन्लान्, ल केइ बोलिन है गाम्ले हो मैले!


 
Posted on 01-23-08 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ईsssssssssssssssssssssssssssssssssssssssssश पार्‍यौ थिलीपितिली। भेट्नि बित्तिकै बुरुक्क उफ्रेर दुइ राउण्ड घुमेर फ्वाssssssssssssक्क घुच्चुकमा दिम कि जस्तो ला'थ्यो। डराएर खिसक्क हाँसेको देखेर मुयाँ लायो उतिबेला। अब त भउतेले बोर्डर काट्यो भनेर था' पा देखिन निखुल्किएर बस्न खप्न छैन, दुबै जना। साँच्चि आउन परेको हो? हो भने अरु दुइचार जना पनि खोजेर मलाई घान पुर्‍याएर राख।


 
Posted on 01-23-08 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो टोलमा के  के नि सिंह हुन्छन् रे  नि रिट्ठे। अब बोर्डर् पारी बसेर हुंकार् दिन्छ  चर्को अर्को। भैगो रिट्ठे भैगो।  एउटो उखान छ नि- के राम् देखि हे राम् डराए, भने जस्तै  म चाहिं डराएं है भनेर कराएं।

 
Posted on 01-23-08 4:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ जिम्मी सुड्डा, तिम्रा दुइ नलिखुट्टा ठनक्क भाँचेर त्यसैले तिम्रा खप्पराँ हान्न परो कि के हो? बडो कान्ला माथि बसेर लुङ्गी समाउवदै खुकुरी र सुकुरी भन्दा रे'छन।  हाँमी भोजपुरका साँढे हुम् र हाम्रो जुधाइमा तालीबजाउँदै बस्याछौ ?  निहु खोज्न पनि यसो घान पुग्नेले खोज्नु नि। अनेकका पाङ्दुरे बुढाले निहु खोज्नी। खुपी नभा'सी कि चुप लाग्नु, कि राहुलदा' जस्तो छेरुवा कुरो अर्नु नि।
 
Posted on 01-23-08 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेइ हो ठुल्दाइ तेइ हो, अस्ती अम्रिकामा हुन्जेल सम्म त्यो दुई राउन्ड फननन घुम्ने सुर का' हराथ्यो रे सोध्नु न
एक राउन्ड घुम्दै आँफै चिलिम फर्किन ला' जस्तो थ्यो उ बेला, अझ दुई राउन्ड घुम्ने कत्रो धोको कठै
ए आउछौ भने आउन त हौ, के को धाक लाउछौ
अरु दुई चार जाना हैन, पैला एइ ज्यान लाई त छोएर हेर सक्छौ भने


 
Posted on 01-23-08 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! ल हेर हेर भउते, कसरि भन्न सक्या नारन मान्छेले, बङ्गारा हैन सिधै घुच्चुकमा रे! मेरि बास्सै!! अझ बिषालु रे तिम्रा बङ्गारा... कठै कठै कठै, म भाको भए कि रोइदिन्थेँ कि यस्तो भन्ने थुतुनो लुछिदिन्थेँ! म र तिमि एउटै त क्यार्न हुन्थेम र, तै पनि मान्छे को इज्जत भन्या इज्जत हो गाँठे जस्लाई भने नि रिस त उठिहाल्छ नि!

 

हे भगवान ल सकिएन! रिट्ठे सहन पनि सहन सक्ने मान्छे हो! दुई-चार जना खोजेर आइज भनेर कसरि जोरि खोज्न सकेको प्रभु! हझ बोर्डर काटेर आउने रे! यस्तो बेइजेत त शत्रुलाई पनि नपरोस बाबै! म भए बरु ओसामा लादेनलाई फुन सुन अरेर मिसाइलले उडाइदिन्थेँ यस्तो बचन लाउने मान्छेको टाउको साउको! रिठ्ठे साह्रै सोजो हो हुन नि, यस्तो नि सहेर बस्या छ। डराउन त के डराउँथ्यो र हाम्रो रिठ्ठे, तै नि अब गाम समाजले कुरा बुझ्दैनन चुप ला'र बस्दा डरायो भन्छन नि। भन्नेको मुख थुन्न त सकिन्न ब्यारे!

 


 
Posted on 01-23-08 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टिरेन् को ट्याम् भयो, तारेमाम् !

 
Posted on 01-23-08 5:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रेबिज लाग्छ जिम्माल बा रेबिज भउत्या भाडँ को बङारा यो पवित्र हातले छोयो भने
त्यो मिसाइल सिसाइल नि चाहिन्न त्यो फिस्टे ज्यानलाई भकुर्न त
यि हाम्रा पाखुरा नै  काssssफी

Last edited: 23-Jan-08 05:08 PM

 
Posted on 01-23-08 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाssssssssssssssssssssssssssग्यो !  भाssssssssssssssssssssssssssग्यो !  भाssssssssssssssssssssssssssग्यो !  टिरेनमा चढेर भाssssssssssssssssssssssssssग्यो !

उ, एक जनालाई त यहाँ बाट गर्जनले नै भगाइदिएँ। जिम्मी बुढालाई छुट्टै भाग हान्नै पर्दैन। रिठ्ठेलाई हान्दा फुत्केर गा'को मुक्काले नि पुग्छ। रिठ्ठे चैँ मुन्छे दह्रै छ जस्तो छ, गर्जनले डराएन, स-शरीर भर्जन नै आउनु परेको जस्तो छ।


 
Posted on 01-23-08 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरि बास्सै! ल सकिएन कलिजुग लाग्यो पर्भु! ठुल्दाई जस्तो समाजका ठालुलाई "भाग्योss" भनेर भन्यो गाँठे! हेर्नोस ठुल्दाई, तपाइँ हाम्रो गाममा इज्जत र परतिस्टा छ, तेसमा नि तपाइँ ठुल्दाई, तपाइँलाई तेस्तो बचन लाउने हिम्मत गर्छन् पर्भु कलिजुगमा! हुन त तपाइँ यस्ता झैझगडा बाट पर जानुहुन्छ, तै पनि मान्छेले भन्ने एउटा सिमा' हुन्छ नि! ठुल्दाई कइलेकाइ झगडा नगर्दा नि गाम्लेले अनेकथरि भन्छन, अब म छुच्चो मुख किन फोर्नु, यसरि चुपचाप सहन त भएन है, वल्लो गाम पल्लो गामले के भन्ला?


 
Posted on 01-23-08 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब डराएर भागेछन् कि के हो ! कहिँ नभा'का छेरुवाहरु।

हैन ब्यारे ! मैले ठट्टा अरेको हो के डराउन पर्दैन।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters