[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-२ **

[Please view other pages to see the rest of the postings. Total posts: 680]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 300060 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 10-11-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-२ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 81 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैं
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग

---लेखनाथ पौड्याल


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून

Last edited: 11-Oct-07 06:24 PM

 
Posted on 10-12-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे पाट, म खाइ'रा छु साथी, अब सक्किन लाओ
चित्रेलाई म:म खान आउँदैन भन्या हो?
म जस्तै रैछ ठ्याक्कै, मलाई पनि म:म खानै आउँदैन, चपाउन मात्र आउछ खेँ खेँ खेँ
ठुलि, त्यो २१ पत्ती टक्क सँगले दुवै हातमा सजाउने भनेको जम्ने भन्या क्या जम्ने, जुवा तास को कुरा हो, तिमी केट्केटी मान्छे ले खेल्नु हुन्न जुवा अहिले देखी
भोली पर्सी ज्वाँई ले लगे पछी खेल्नु है

 
Posted on 10-12-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe ज्वाँईले तास खेल्यो भनेर कपाल भुताल्यो भने के गेर्ने। खिल्दिन ज्वाँईको घरआ नि।

 
Posted on 10-12-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याsssऊऊऊ!!

ठुलि सुपारी छ???


 
Posted on 10-12-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दा जहिले नि सुपादी छ भन्छ। अब भाई टिकाको दिना हजुरलाई मिठाइको सत्ता सुपदिनी सुपादी ल्याइदिम्ला। 

 
Posted on 10-12-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि तिम्रो कपाल त बोइज कट छ भन्या हैन हिजो, ज्वाँई ले भुत्लाउनै सक्दैन, खेल खेल

 
Posted on 10-12-07 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe हो नि कपाल त मेरो बोइ कत नै छ। तर मैले विग लगाको चुनी। तेही विग भुताल्छ भनेको के।

 
Posted on 10-12-07 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ल फेरी राजामति भन्ने गीत टाँस्न मन लाग्यो, यसपाली चैं अडियो मात्र!
 
Posted on 10-12-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे यो प्रेम धोज ढकाल ले होइन प्रेम धोज प्रधान ले गएको हो

 
Posted on 10-12-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"छुहै मचोगु, तुयु भोंते (भउते), छये चोसा जिउ, म्ए चोसा जिउ
बिहा, मायापी मएजु पिन्त (पुन्टे) छ, सोस जिउ, जि सोसा जिउ"

 

मैले नि बुझे, नेवारी। सजिलो रे'छ के। अब त्यो माथिको शेरले के भनेको भन्देखिन के भनेको भन्देखिन
 के भनेको भन्देखिन
 के भनेको भन्देखिन
 के भनेको भन्देखिन
उम्म्म्म्

त्यसै मच्चिन्छ, त्यो भउते, छ्या च्याँसे जिउ, मोरो च्याँसे जिउ

बिहेगर्ने रे, पुन्टेकी मायालु साली, सुरिलो जिउ, सुरिलो जिउ

ठुल्नानी, मैले तिमीलाई भनेको काम बनिसक्यो नि। हिजो चित्रेले त एक झ्यापमै काम सिध्याइदियो। धेरै धन्यबाद चित्रे। मैले ३ महिनामा नसकेकोकाम तिमीले ३ मिनेटमै गर्दियौ यार।  अब ट्राइ गर्न परेन, ठुलु। जे भे नि तिमीलाई नि धेरै धेरै धन्यबाद है।

सबैलाई नमस्कार गरेँ है।

चित्रे, अगि नि तिमीलाई पठाको एउटा ईमेल त दुर्गी-भावीलाई गएछ झुक्केर। चोर पक्रिइहाल्यो नि।


 


 
Posted on 10-12-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, मैले यो गीत imeem.com बाट चोरर ल्याएको हो। अपलोड गर्ने मान्छेले गल्तीले मिस्टेक गरेको रैछ, प्रेम ध्वज प्रधान लाइ 'प्रेम ध्वज ढकाल' लेख्या छ,  राजामति कुमतिलाइ 'कुमारी' लेख्या छ। के गर्नु, मैले चेन्ज गर्न नमिल्ने रैछ।
 
Posted on 10-12-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते दा सँग चित्तै भेट्न पाउने खबर सुने र म त अहिले कम्मर मर्काइ मर्काइ नाच्दै छु।
चित्रे लाई धन्यवाद। तेसो भए दिसेम्बर मा बबाल म्:म पार्ती गर्नु पर्छ।

 
Posted on 10-12-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते दा सँग चित्तै भेट्न पाउने खबर सुने र म त अहिले कम्मर मर्काइ मर्काइ नाच्दै छु।
चित्रे लाई धन्यवाद। तेसो भए दिसेम्बर मा बबाल म्:म पार्ती गर्नु पर्छ।

 
Posted on 10-12-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेकाजी,
यू आर वेलकम, अब नयाँ खर्कमा किसमिसमा (Christmas) भेट हुने भो! लु राम्रोसँग पढेर अन्तर्वाता दिनुस् भिसाको लागि, अनि मिसाको लागि पनि।

हा हा! भौते, झुक्केर दुर्गे भाउजूकोमा गयो रे!
झन् लुकेर नेवारी गुरू बनिटोपल्या त भण्डाफोर गराइहाल्यौ नि!
 
Posted on 10-12-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझ झुठो बोल्छस्, केही थाहा न भए जस्तो गर्छस्?"

"अनुराधा जस्तो सोझीलाई बिगार्ने तँ नै होस्। तं पनि बिग्रिस्, बोर्ड फस्ट आउनु पर्ने मान्छे, लास्टाँ झुण्डिस्।"

" केही होइन सबैलाई प्रेम रोग लाग्या हो। जुंगा आएको छैन लभ गर्नु पर्ने होइन, तं लाई? लौ खा " भन्दाई अर्को एउटा झ्यापु उपहार दिनु भयो।

अनुराधा
भाग ८

बजारमा उपल्ब्ध छ। खोजी खोजी आफ्नो प्रति समयमै सुरक्षित गर्नु होला।
ढ्यानटर्‍याण@@@@@@@@@@@@@@@


 
Posted on 10-12-07 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! को को नयाँ गाउँलेहरु आउनुभएको रहेछ, सबैलाई यो सोझो कुम्लेको जदौ!

ल यार च्याँङवा पनि आएको रहेछन्त! ओह! च्याँङबा ब्रो! तिमी आस्दिनाइ मालाई फोनमा कुरा गार्ने च्याँङवा ता होइना? कास्दो कास्दो सुनेको नाम जास्दो पो लागो हाउ!

चित्रे, ठुली, सान्नानी, मिस, भउते, पून्टे दाई, ग्वाँचे, अन्तरे, सुन्तले, हरितालिके, मदनवा, जिम्माल बा, चना ब्रो, राहुलदाई, नेप्ची भाउजु, दुर्गे भाउजु, नेपकान्छी, कालीकेटी, उफ्रि, रिट्ठे, अनि मैले नाम बिर्सेका सबैलाई दशैँको शुभकामना!

नवदुर्गाले हामी सबैको कल्याण गरुन!


 
Posted on 10-12-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>मैले नि बुझे, नेवारी। सजिलो रे'छ के। अब त्यो माथिको शेरले के भनेको भन्देखिन के भनेको भन्देखिन

 के भनेको भन्देखिन
 के भनेको भन्देखिन
 के भनेको भन्देखिन
उम्म्म्म्

<b>त्यसै मच्चिन्छ, त्यो भउते, छ्या च्याँसे जिउ, मोरो च्याँसे जिउ

बिहेगर्ने रे, पुन्टेकी मायालु साली, सुरिलो जिउ, सुरिलो जिउ</b><<<<<

हा हा हा! भौतेकाजीले हँसाएर मार्न लागे!


 
Posted on 10-12-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kumle dadu happy dashain to u n bhauju. 

 
Posted on 10-12-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमलवा बिरादर, तपाइलाइ नि शुभकामना दशैंको!
अब किसमिसाँ नयाँ खर्कतिर जाने तर्खर गर्नु भए हुन्छ।

ल राहुलदाइ, म 'अनुराधा' खोज्न गएँ बजारमा!

ठूली, लु डिसेम्बरमा पार्टीमा नाँच्नको लागि पिराउटिस् गर्दै गर।
 
Posted on 10-12-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्स पाट लाई पनि शुभकामना दशैंको! 

 
Posted on 10-12-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्स पाट लाई पनि शुभकामना दशैंको! 

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
2020 : Why No Trump !
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
NOV 18th TPS DAY
EAD Filing
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters