[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVIII

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 82971 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।


 
Posted on 07-19-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइस पोइम मिस!
आइ विस आइ कुड राइट एज गुड एज यु डु।

इन दिज ४ लाइन्स यु ह्याब प्रुभ्ड टु बि सो डेडिकेटेड एन्ड येट सो इम्प्रोभाइजिङ पर्सन।

किप राइटिङ!!

अल द बेस्ट
 
Posted on 07-19-06 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब जी,
अत्यन्त राम्रो लाग्यो तपाईको नियात्रा, सामाजिक र साँस्कृतिक पक्ष पनि समेटेको छ यसले। म धेरै जन्ती गएको पनि छैन, त्यसमा पनि गाउँको नाममा धनकुटा मात्र बसेको छु जिन्दगीको मिर्मेरे बिहानीमा। बाँकि जीवन त शहरहरूको कोलाहलमै बितिरहेको छ। राम्रो प्रस्तुति र मीठा शब्दहरूले नियात्रालाई जीवन्त बनाएको छ। अरू भागको प्रतीक्षामा।

मास्टर्नी दिदी, कति राम्रो कविता लेख्नु भाको! :)
 
Posted on 07-19-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबको कथा राम्रो लाग्यो ।
जन्ती जान मन लाग्यो यार ।
*********************
यो चित्रेले कहिले बिहे गर्छ र जन्ती जाम्ला भनेर पर्खेर बसेको नपाईने भो गाँठे यो जुनिमा!
सुट सिलाउने पैसा ले जिन्स् को पाइन्ट र हूड् किन्नु पर्ला जस्तो छ क्यार्नी हो यार आफ्नो त बिहे को कुरै नगरुम्, आफ्नो भनाँउदी मान्दिने! बिहे को कुरा गर्‍यो कि ठुस्किन्छे!
चौतारीका दम्तरी हरु सहयोग गर्नु पर्‍यो फकाम्नलाई!
रोल नं १५ मिस्टे
हाजिर मिस् (मिस् हजुर् पोएम् दामि लाग्यो!)
 
Posted on 07-20-06 1:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालबको कथा राम्रो लाग्यो ।
जन्ती जान मuन लाग्यो
 
Posted on 07-20-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, मिस्टे र दादालाई कमेन्टको लागि धन्यवाद!
दादाले त लिखुरेको जन्ती गएको कथा सुनाएका थिए क्यारे, अरु पनि जाओस् न!

चिम्सेको जन्ती जाँदा - ३

जन्तीमा सम्मिलित करीब-करीब सबैजना चिनजानका मान्छे थिए। २-४ जना सानोमा स्कूलमा सँगै पढ्ने केटाहरु पनि थिए। गफ गर्दै बाटो काट्न सजिलो हुने देखेर फेरि राहत महसुस भयो। जन्तीमा उसै त सबै लोग्ने मान्छे, त्यसमाथि पनि धेरैजसाले "अलि-अलि" "पञ्चामृत" औसे गरेका। नानाथरीका गफ सुनियो। चिम्से आज साँच्चै हिरो भएको थियो - दुलाहा जो थियो। आज ऊ सँधैको चिम्से थिएन - ऊ सुकिलो थियो र उसका आँखा कालो चस्माको पछाडि लुकेका थिए। गाढा नीलो पाईन्ट, आकासे रंगको सर्ट र त्योमाथि कालो कोट पहिरिएको थियो। ढाका टोपी र सप्तरङ्गी टीकामा ऊ निकै उज्यालो देखिन्थ्यो। गलामा दुइटा माला पहिरेको थियो - एउटा हरियो दुबोको, र अर्को पाँच रुपियाँ र बीस रुपियाँका राता नोटहरु उनेको। जङ्गल आइसकेको हुनाले ऊ अघि नै डोलीबाट ओर्लिएर पैदल हिंड्दै थियो, र उसको हिंडाइको चालसँगै उसको गलामा टाँगिएका मालाहरु पनि एकनासले हल्लिएर एक किसिमको रिदम प्रवाहित थियो। फेरि, जंगल भएपनि दुलाहा भएकोले छाता चाहिं अटुट ओढेको थियो।

जन्तीमा कसैले पनि हामी जन्त आएको भनेर पत्याएनन्। राजु र मेरो मामाघर पनि बाटोको बिचमा नै पर्थ्यो। उनीहरुले हामी आ-आफ्नो मामाघर जान लागेको अनुमान लगाए। म श्यामे सँगै गफ गर्दै हिंड्न थालें। श्यामे र म ४-५ कक्षाको सहपाठी थियौं। मैले विचमै अन्यत्र गएर पढ्न थालें। श्यामे चाहिं गाउँकै स्कूलमा जान्थ्यो। आफू हरेक बिदामा घर आएपनि आफ्नै सुरमा हुने, उसको पनि आफ्नै पारा थियो। त्यसैले ऊसँग भेट नभएको पनि २-४ वर्ष नै भएको थियो। हामी पहिलेका साथीहरु को के गर्दैछ भनेर गफ गर्दै हिंड्यौं। परशुराम भारततिर जागीरे भएको, ज्ञाने आर्मीमा छिरेको, राम दरैले बिहे गरेको, आदि समाचार सुनायो। आफूसँगै पढेका केटाहरु यति छिटै एक-एकवटा लाइन लिएको देखेर मलाई अनौठो अनुभूति भयो, यद्यपि ती सबैजना मभन्दा २-३ बर्ष छिप्पिइसकेका हुनाले अस्वभाविक भने लागेन। यस्तै गर्दै २ घन्टाको बाटो काटियो र आरुघाट बजारमा आइपुगियो। हुन त बीचमा २ वटा साना बस्तीहरु थिए, तर त्यस्तो उल्लेख्यीय खास केही भएन। एक ठाउँमा मलाई क ख सिकाउनुभएका गुरु - यदु सर भेटिनुभएको थियो। सरलाई सादर नमस्कार गरी आफ्नो पढाइको बारेमा बेली-बिस्तार लगाएँ। वहाँले मलाई अँझै मिहिनेत गर्ने प्रेरणा दिनुभयो। यदुसरले कता जान लागेको भनेर सोध्दा, "साथीको जन्त" भन्दा चाहिं श्यामेले मेरो कुरा अलि पत्याए जस्तो गर्यो।

बुढीगण्डकीको किनारमा रहेको आरुघाट बजारको बिचमा गोरखा र धादिङ् जोड्ने पुल छ। दुई जिल्लाका मान्छेहरु ओहोर-दोहोर गर्ने सेन्टर परेकाले दशकौं पहिलेदेखि यो भेगको आर्थिक केन्द्र रहिआएको छ। यहाँ अँझै पनि लेकालीहरु आलु, मान्द्रो, थुन्से, निरमसी बेच्न आउँछन्, अनि चामल, गहुँ र पैसा लिएर फिर्ता जान्छन्। मेरो मामाघर पनि आरुघाटैनिर पर्ने हुनाले यो बजारसँग मेरो सानैदेखिको आत्मीयता छ। म ३ वर्ष जतिको हुँदा तीजमा आमाले मलाई पनि सँगै लिएर आउनुभएको थियो। त्यो बेलामा मैले पहिलोपटक लाखेनाच देखेको थिएँ। लाखे देखेर म खुब डराएको थिएँ। केही घन्टापछि त्यो नाच्तै गरेको लाखेले नजीकैको घरको छेलपरी मुकुन्डो झिकेर अर्को मान्छेलाई थम्याएको देख्ता ममा कौतुहलता जागेर आएको थियो। अँ म भन्दै थिएँ, आरुघाट आइपुगेपछि केही जन्तीहरु पसलहरुमा पस्न थाले, आफूलाई चाहिं मामाघरतिरबाट कोही आएको छ कि भन्ने चिन्ता। कसैले देखे भने, आरुघाटसम्म आएर मामाघरमा नपसी फिर्ता गयो भन्लान् भन्ने डर। सकेसम्म जन्तीको हुलमा मिस्सिएर नदेखिने गरी हिंड्न थालें। बजार सकिन लागेको बेलामा ऋषिको पसलमा ठुलामामा यतै हेर्दै बसिरहनुभएको रहेछ। अब, आँखा जुधाजुध नै भइसकेपछि त्यसै हिंड्न मिलेन। बुढालाई पनि यही समयमा आएर बस्न पर्ने! नमस्कार गरें। बिदामा आएर पनि किन मामाघर नआएको भनेर सोध्नुभयो। मसित उत्तर थिएन, अब के ३-३ महिनामा मामाघर जाने? भनेर भन्नु पनि भएन। "साथीको बिहे भएकोले यसो सहयोग गर्नु पर्यो, समय नै मिलेन" भनेर टारें र अप्रतक्ष रुपमा "आज जन्ती जानु छ" भन्ने अर्थ लगाइदिएर १ ढ्याकले २ ढुकुर हानिदिएँ। तर, निम्तोबिना जन्ती जान लागिराखेको बुढालाई कसले भनिदिने? यसरी मामाबाट फुत्किइयो, र ३ बजेतिर बल्ल आरुघाट छोडियो। बाटो भने बल्ल तीनभागको एकभाग भन्दा कटेको थिएन। "पञ्चामृत" को असर कम भएर बेसुरबाट सुरमा फर्केका शिरेदाइले फेरि कतिखेर लगाउन भ्याएछन् गीतको तालमा भूईंमा विनर जुत्ता ठटाइ-ठटाइ शरीर घुमाउँदै थिए, अर्थात् नाच्तै थिए।

मलाई अँझै सँगै हिंडेको देखेर होला, श्यामेले आँखा ठूला पार्दै सोध्यो - "हैन, तँ साँच्ची नै जन्ती नै हिंडेको हो भन्या'?"
"कस्तो कुरा गर्छ। एकचोटि हो भनेपछि हो नि!" राजुले मभन्दा अगाडि उत्तर फर्काउन भ्यायो। राजु पनि मौका पाउने हो भने अलिअलि पिउँथ्यो। अघि शिरेदाइसँगै हिंडेको देखेर यदा-कदा शंका लागेको थियो, तर पिएको भने रहेनछ।
"किन र? हामी सँगै जान हुँदैन र?" मैले थपें।
श्यामेले अहिलेचाहिं हामी पनि सँगै जान लागेको कुरामा विस्वस्त भयो, र भन्यो "हैन, तिमीहरुको मामाघर यतै छ। मामाघरसम्म जान लागेको हो कि भनेर नि! हिंड् न सँगै जाऊँ"।
केही बेरमा नै हामी बजारलाई छोडेर पर पुगिसकेका थियौं। जन्ती र दुलाहा हेर्न बाटो वरिपरि लाइन लाग्नेहरु पनि देखिन छोडिसकेका थिए।

क्रमश:
 
Posted on 07-20-06 6:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा चौतारि का दौतरि हरु धेरै समय पछि म तपाइ हरु को साथ आइ पुगेको छु । नचाहदा नचाहदै पनि चौपारि बाट टाढ हुनु परेको ले माफि चाहन्छु । चौपारि मा धेरै रमाइलो भैरहेको रहेछ। धेरै कथा हरु आउन थालेछन यस्तो कार्य ले निरन्तरता पाइरहोस् चौपारि ले सदैब धेरै गाम्ले हरु लाइ सितलता प्रदान गरोस भन्ने कामना गर्छु।
अन्त मा सबै गाम्ले हरु लाइ मेरो नमस्कार गर्दै बिदा हुन चाहन्छु ।
 
Posted on 07-20-06 6:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाने बेला मा एउटा गित तपाइहरु लाइ छोडेर जादै छु । गित कस्तो लायो लेख्न नभुल्नु होला है ।


 
Posted on 07-20-06 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सानु काँचो धरै दिन पछी आउनु भो नि । त्यसरी चौतारी लाई माया नमार्नुस्न । गाना त औधी राम्रो लाग्यो ।

रोल्# ६ थुलि
हजुर् मस्तेर्नि दिदि।
 
Posted on 07-20-06 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले हरु , फेरि अर्को गित पनि तपाइ हरु लाइ राखेको छु कस्तो लायो लेख्न नभुल्नु होला है , मलाइ त अति राम्रो लाग्यो अनि तपाइ लाइ नि ?



 
Posted on 07-20-06 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

uptown girl
so fast to post articles right? he he he it's funny honey.
You have fun in Sajha
take care girl
I love you lots
Kisses
hugs
baba
 
Posted on 07-20-06 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-20-06 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब तपाईं को तेस्रो भाग नि औधी राम्रो लाग्यो ।

Hey Mr. Pradhan be nice la. JPT hoina hai mardinchu.
 
Posted on 07-20-06 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # ८ चित्रे
हजुर मास्टर्नी दिदी

सानो कान्छा कता हराएको यती दिन ?

ठुल्नानी, आइपुग्यौ तिमी नि स्कूल ? के छ हालखबर ? :)
 
Posted on 07-20-06 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

can we just talk uptowngirl
 
Posted on 07-20-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पर्धान भन्नी रिकुटेलाई चौतारीबाट लखेट्नु परो! बेला बेलामा किन अन्मरिन्छन् होला यस्ता पातकीहरु?!
 
Posted on 07-20-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

great one sano kancha
...thanks alot

barsau pahile ko din haru taja bhayera aayo :)
 
Posted on 07-20-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि हाजिर गर्न आएँ है मिस,

गालब् ले कति "क्रमश:" भन्न सक्या होला??

सानो कान्छाको गाना राम्रो छ जस्तो बुझ्या छु अहिले अफिसाँ हेर्न मिलेन बेलुका हेर्नु पर्ला।

मिस अर्को कबिता नि जाओस अब।

अनि यो पर्दे को हो नि? हाम्री ठुल्नानीलाइ जिस्काउने। चित्रेले थाहा पायो भने बिजोग पार्ला।
 
Posted on 07-20-06 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे म आएपुगे । तिमीलाई यहाँ देखेर मन हलुको भयो ।
 
Posted on 07-20-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरु सबैलाई नमस्ते

अनि यो ठुल्नानीलाई जिस्काउने को हो पर्दे भन्ने ?
पख्लास् तेल्लाइ त ।

ठुल्नानी तिमी चिन्ता नगर्, म छु नि
 
Posted on 07-20-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank U chitre. that is so nice of U. :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters