[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी ६३~~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE






[VIEWED 216536 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-18-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी-६३


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६३ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँदाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


जिम्मी बूढाको कविता
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर

ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा

भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क

हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ
















 
Posted on 07-20-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा दादा!

व्यस्तताको कारणले बिजि भए पनि, आयट लिस्ट कम्तिमा एक पटकलाई वान ट्याम साझा छिरे हुन्थ्यो नि! जिन्दगीको लाइफ हो, व्यस्तताको कारणले बिजि भएको यो फस्ट टाइम पहिलो चोटि त हैन नि? कि कसो? यहाँ त व्यापक भिड छ बस्ने ठाउँ सिट पनि भेटिन्न, कहिलेकाहिँ त ह्याङ्गिङ कन्डिसनमा झुन्डेर बस्नु पर्छ, बेकारमा कपालको हेयर स्टाइल बिग्रन्छ बेला बेलाको टाइम टाइममा!
 
Posted on 07-20-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-20-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

व्हेर इज कुम्ले दादु? कफि विथ कुम्ले कहिले अौच।
 
Posted on 07-20-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा बिर्खे दाइ र दादा, ब्यस्तताको कारण बिजी भएको, गल्तिले मिस्टेक भएको। तारेमाम।
क्रिक्रेटको पारखीहरुको लागि नयाँ भर्‍याङ्
http://www.bangladesh-cricket-forever.blogspot.com/
 
Posted on 07-20-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा के हो हिजो नि क्रिकेत हेरर चौतरिमा अौन नै बिर्सनु भा हो?
 
Posted on 07-20-07 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन ठुली, हिजो म पनि ब्यस्त भएर बिजी भएको।
 
Posted on 07-20-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-20-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रेडियो चौतारि हो। अब नेपाङ्ग्रेजीमा समाचार सुन्नुहोस।

देशको अर्थतन्त्रको इकोनोमि डावाँडोल भएयता बिभिन्न बिदेशि फरेन प्रोजेक्टका योजनाहरुले नेपालमा इन्भेस्टमेन्ट गर्दै लगानि गर्ने भएका छन्। उक्त फ्याक्ट कुरा भाषणमा स्पिचको दौरान एक एम पि सांसदले बताउनुभयो।

नेपालगंजबाट दाङ तर्फ स्ट्रेट सिधा गैरहेको एक यात्रुबाहक प्यासेन्जर बस आज एक्सिडेन्ट हुँदा दुर्घटनाग्रस्त हुन पुगेको समाचारको हामिलाई न्युज मार्फत प्राप्त हुन आएको छ।

साम्यबादि कम्युनिस्ट नेता र सरकारको गभरमेन्ट बिच भइरहेको वर्ताको मिटिङ अन्डरस्ट्यान्डिङको सहमतिमा पुग्न नसक्दा अचानक टुङ्गिएको छ।

मनसुनको बर्षातले यस बर्ष पनि राजधानि क्यापिटलमा प्रोब्लम दिएकोले समस्या उत्पन्न भएको छ। पानीको ड्रेनले निकास नपाउँदा जताततै पन्डिङ हुन गएर पोखरि जमेको समाचार प्राप्त हुन आएको छ।

क्षयरोगको टिबि उन्मुलन तथा इर्याडिकेसन संस्था ले गत महिनाको लास्ट मन्थमा गरेको रिसर्च अनुशंधान अनुसार, नेपालमा बर्षेनि हुने एनुअल मृत्युदर करिब १.१५ प्रतिशतमा घटेर रिड्युस भएको छ।

रेडियो चौतारिबाट समाचारको न्युज समाप्त भयो।

धन्यवाद सहित थ्याङ्क्यु!

 
Posted on 07-20-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“मदनवा अथी झुठ् बोलेछ”

मदनवा बुर्हो भये छेन
जवानी उस्को गये छेन
सफेद् बाल् त सिर्फ् दिखाने को लगि
लरकी पटियाउन छोडे छेन

बाल् सफेद् दिख्छ आ ईना मे
त सला केश् काला कर्छ दु बार् महिना मे
दु सौ बीस जर्दा पान्
गुट्खा उठ्खा खान्छ खेनी बलवान्

हटिया उटिया सैकल्वा मे घुम्छ
गोगल् पहीन्के वाक्मेन् सुन्छ
मिथुन्वा गोबिन्दा के इस्टाईल् मे घुम्ने
गाँव् बिरादरी मे त सबसे हिरो दिख्छ

टेलिभिजनवा मे इन्टेर्भिउ उसे को आ उने
चुप्पा उप्पा पनि मदनवा ले पाउने
डिनर् विनर् पनि उहि लैजान्छ
अनि बुर्हो भये भनेर कसले मान्छ ??

हे मदनवा नरिसाइहाल् खालि जोकिङ् वोकिङ् मे मजाक् करेछु
 
Posted on 07-20-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त टु मच भएर अति भयो। हास्दा हास्दै मरेर डेड होईएला जस्तो छ!

रोटफल, बि एम एल बी
 
Posted on 07-20-07 12:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नमस्कार् है सप्पै गाम्ले मा। साउले चौतारीयाँ बात् मार्या देखे भनि पाता कस्चन् र हिज आ उन नपा।

आज चै दौरा को फेर् र मजेत्रो ले पसीना पुछ्दै छम् छम्ती नाचम् लौ चौतारी मा।

बरु जोर् मादल् मै घन्काइ दिम्ला।

बैनी को दया छ भने
रोदी घर् दाइ नाचे नभने
 
Posted on 07-20-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ अन्तरे, आज चैं साउको फन्दाबाट निस्किसक्या हो?

मदनवालाई जबाफ त खतरा मारेछ नि त!
 
Posted on 07-20-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hasara maarna lagyo LOL
 
Posted on 07-20-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

we need madanwaa now :P
 
Posted on 07-20-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन साउ मोरा लखेट्दै आ झै लाग्या छ हरि फिरी नाङे झार् पारेर पता कस्चन बुढा ले।

लौ भरे तिर भेटम्ला है बरु नाच्दै गर तेती बेला सम्म।
 
Posted on 07-20-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा, न्युज खबरको लागि धन्यवाद। अब म त दिउसोको लन्च खान जान लागें। पैसा तिर्न नपर्ने फ्री कन्सर्ट हुन लाग्या रहिछ त्यता। त्यो बस दुर्घटनाको कुरा गर्दा, आज काम गर्ने अफिस आउँदैथिए बिहान। राती चल्ने एुटा नाइट बसले सानो मिनीबसलाई ठोकेछ पछाडि ब्याक गर्दा। त्यो सानो मिनीबस चलाऊने ड्राइभर त घाइते भएछ सिरियसली नराम्रैसँग।
 
Posted on 07-20-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म नि लन्चमा भात खाएर् कुरा गरौं कि भनेर बात मार्न आएको। तारेमाम्।
 
Posted on 07-20-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल अन्तरे! हाहाहाहाहाहाह
अब मदनवाको पालो!

भान्जो, चिप्ले, ठुल्दाई गुड आफ्टरनुनको नमस्ते!
 
Posted on 07-20-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा म नि भात खाने के। भोक लग्यो
 
Posted on 07-20-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो पाठशालामा ट्रकमा भात बेच्छन्, त्यहि खाएको। त्यो ट्रकको ड्राइभरलाई डी सी पठाइ दिन्छु, ठुली, त्यतिन्जेल सम्म भोकलाई एक छिन पाछि आइजा भनेर फर्काइ देउ है।
लौ गाम्लेहरु, मोहर (रुपैया)लाई डबल बनाउने गुरु मन्त्र सिक्ने भए, तलको चित्रमा ध्यान दिएर हेर्ने ज्ञान प्राप्त गर्ने। तारेमाम्।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
EAD HELP NEEDED URGENTLY!
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters