[Show all top banners]

jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८४

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 210798 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-10 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८४ ~  




                                                                                                                                                                                                             

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी 

चौतारी १८४ औं 
संस्करणमा आइपुगेका छौं। 

अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने 

पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, 

दक्षिण तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र 

उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ। 

अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। 

कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी 
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। 

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै '

हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले 

हार्दिक स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | 
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, 

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? 

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! 

नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो 
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! 
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा ! 
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य !! 
त्यो सुनौलो धौलागिरी, 
त्यो पाखा, त्यो बारी, 
त्यो पाठशाला, त्यो पसल, 
त्यो गैह्रो, त्यो  लाँकुरी.... 
कठै त्यो मेरो गाउँ !!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, 
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



 सधैंझैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली, Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, Baire - बैरे, Khushi - खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस, टुसे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 184 edition




Last edited: 08-Apr-10 11:32 AM

 
Posted on 04-19-10 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु ।
सप्ताहब्यापी जदौ ।



साह्रै सुस्त अन्तरजालो र निस्ठुरी बिजुली मैयाको कारण चौतारीमा चाहंदा चाहदै पनि उपस्थिती जनाउन असमर्थ भएकोमा क्षमा चाहन्छु। आशा छ, सदा झै चौतारीका औतारिहरुले चौतारीलाई जीवन्त बनाइ रहने नै छ ।


 
Posted on 04-20-10 6:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

के हो ठुल्दाइ, बल्ल बल्ल आउने अनी १-२ लाइन मात्रा लेख्ने ? त्येत्रो धेरै टुकी लगेको के काम त ........ सबै एकै चोटि बालेर कम्प्युटर खोल्नुस् न .....
 
Posted on 04-20-10 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी !


तारेमाम ठुल्दाइ तथा रामे !


ठुल्दाइको बसाइ कस्तो भैराछ? स्वास्थ्य राम्रै छ? बत्ती नभा मौका पारेर म्यारिज कत्तीको खेलिदैछ? अनी अड्डा नि धाइदैछ?


त्यो ADSL को ईन्टरनेट त ठिकै थियो त? यहाँको जस्तो खोज्या होला ठुल्दाइले ! त्यो त सपना मात्रै अहिले लाई !


रामे कती ब्यान उठेर पोस्टिन भ्याइसकेछ ! केटो को पिरेम पर्‍यो कि के हो सुत्दै सुत्दैन त !


अरु गाम्ले हरु कता गए?


 
Posted on 04-20-10 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्न अझ सुझाब दिँदो भएको ........
आफु नेपाल छौन्जेल एक चोटि आएको होइन ...
अझ ठुल्दाइलाई ADSL को गफ दिने .......

बल्ल थाहा पाये पिरेम पर्‍यो भने सुत्दैनन भनेर ....... अनुभव नै बोलेको त होला नि होइन ?

अनी खोइ कोसेली ?


 
Posted on 04-20-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ रामे अनी रिट्ठे

के हुँदैछ त - आरामै होइन त


हिजो राती ठुल्दाइ को पोस्ट भन्दा अगाडि ठुल्दाइ र भाउजु सँग गफ भा थ्यो

पहिलो प्रश्न ठुल्दाइ को - चौतारी को हालखबर कस्तो छ रे -


साझा खोल्न नै धेरै टाईम लागेर पोस्ट नगरेको ले - यो भनेको केही बेर मा पोस्ट आइसक्यो

अहिले CDMA हालेको छ ठुल्दाइ को मा - SKYPE बाट हिजो भिडियो च्याट ट्राइ गरेको अनुहार त देखियो र झ्याप झ्याप अड्किने रैछ

भोईस चाहिनी क्लेअर नै रैछ - अब बत्ती नभाको र ब्याटेरी सकिन लाको ले लामो कुरा भएन


अब रिट्ठे को त कुरै बढी भनेर भनी रहनु नपर्ला - रामे ले नै भन्दिहाल्यो, यो रिट्ठे को काम नै त्यस्तै हो के - आफु आउनु छैन - एस्टा पोस्ट छैन चौतारीमा नेपाल बाट - अहिले यो ठुल्दाइ को दोश्रो पोस्ट हो - त्यस्तो ASDL को कुरा थाहा हुने ले अब के भनाइ हो र
 
Posted on 04-20-10 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau hamro thuldai nepal ma ho ra ?

 
Posted on 04-20-10 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चेली

के छ, कुशल मंगल् नै होला के रे

अब ठुल्दाइ नेपाल जान्छु भनेर गा हो के रे, झुठो बोलेर अन्त कतै गा भे चाँही हाम्लाई थाहा भेन

नत्र त नेपाल मै हो -

अब नेपाल मा धेरै लाई गफै सुन्न मन नलाग्ने वाक्क प्याक्क हुने रोग नि लागेको छ रे - ठुल्दाइ भनेको सुन्यो कि सुइकुच्चा ठोक्ने रोग नि

लाछ रे, महेन्द्र बौचा को म: म: पसल मा बिजिनेस पनि काम भाछ रे

अन यो सबै ठुल्दाइ नेपाल मा नभए नहुनु पर्ने हुनाले - ठुल्दाइ नेपाल मै छ भनेर पुष्टी गर्नु पर्ने हुन्छ
 
Posted on 04-20-10 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-20-10 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ! तपाईं हिंड्ने दिन फोन गरेको थिएं, शायद बिमानस्थल पुग्नु अघी नै तपाईंले फोन काटी सक्नु भ'थ्यो के रे... फोन उठेन, जवाफी यन्त्र नि बोलेन। आरामै पुग्नु भएछ, अब मस्ती गर्नुस्। म:म: २०६७ भर्जन सिकेर आउनुस्, पोको पार्ने भाउजु हुनुहुन्छ के रे, क्वाप्प निल्दिने हामी छंदै छम्। रौसी पानीको ब्यबस्था मेरो जिम्मा भो, ल!

तीन पानी अएला र खुकुरी रम नि उतैबाट ल्याउनु भए... धुप बालेर, शन्ख फुकेर, घन्टी बजाएर, १०८ चोटि "ठुल्दाइ र भाउजु कि...जय!" रटम्ला...रौसी लागेसी को कुरो यो चैं!

अरु सबै केट्केटी लाई mmmmmuahhhhh! (yo torilaaure San le kissy ko emoticon kina rakhdaina, huh? Uslaai muah garna khojyaa ta hoina ni gaanthe!)

 
Posted on 04-20-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यहाँ चाँही कसै कसै को टाउको झुन्ड्याउने रोग लागेको छ

यो रोग लाग्यो भने निम्न प्रकारको लक्षण हरु देखिन्छ

आँखा को नानी छिन् छिन् मा माथि सर्ने

रुन मन लाग्ने -

अरुले बाल दियोस भन्ने चाहन्ने - कसैले मतलब गरेन भने रिस उठ्ने

जेलसी हुने -

टाउको झुन्ड्याइरहन मन लाग्ने


 
Posted on 04-20-10 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो पुन्टे दाई के छ हौ

 
Posted on 04-20-10 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु लहरे?

हुल मुलमा ज्यान जोगाउनु, अनिकालमा बिउ जोगाउनु भन्थे के रे तिम्रा बाजे बराजु...हाम्रा दाई भाई... ले। डलरको अनिकाल छ के रे यता, म त लागें अब दाम कमाउन र जोगाउन। 

 
Posted on 04-20-10 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye la thik chha

 
Posted on 04-20-10 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रामे, रिट्ठे, लहरे, चेली , पून्टे दाई, ब्रान्डी



छोटकरिमा भन्दा नयाँ नेपालको बसाइमा हाड घिसाइ भैराखेको छ। ब्यानै देखी हिड्यो, काम बन्ने हैन, घामले पोल्ने मात्र। जागिरलाई सगर्ब तिलान्जली दिएं।



एक हितैषीको सहयोगमा बल्ल लहरेले भनेको  चलाऊने सौभाग्य पाएं । स्वस्थ स्थिती एक दम फस किलास । नाके भाइरस समेतले संक्रमण गर्ने हिम्मत गरेको छैन।



आजलाई नयाँ नेपालबाट शुभरात्री। 
 


 
Posted on 04-20-10 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ , जागिरलाई सधैंको लागि तिलान्जली देकोमा बधाई छ है, अब आफ्नो गाउ ठाउँ जादा केको नाके भाईरस लाग्छ होउ , लागेको भाईरसनी निको हुन्छ मलाई त नेपाल जादा कि कसो गाम्ले हो ।


सप्पै गाम्लेलाई नमस्ते छ है यो हर्केको , चेली लाई निकै दिन पछी देखे जस्तो लाग्यो ।


लु बस्दै गरम है त ।


 
Posted on 04-20-10 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त खान खाएर आइयो

एही बिच मा ठुल्दाइ र हर्के दाई नि आइसकेछ

ठुल्दाइ कै मोज छ - दिन दिनै म: म: खाएर बसेको भन्ने सुनेको छु -


हर्के दाई के हो - लोङ टाईम - के साह्रो मान्छे बिजी भा त


अनी अरु को के छ त - कता लागे फेरी सबै

 
Posted on 04-20-10 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्ड को जरेमाम है !


हर्के नि जिम्दै रेछ खुशी लाग्यो !


अस्ती नयाँ बर्षको पार्टिमा त खुब मच्ची मच्ची  नाच्दै थ्यो रे त बज्जे !


अनी त्यो झ्यप्ल्याङ दारी चाँही के कती कारण ले पाल्योउ ए असत्ती?


लहरे बाओ, के खाएउ त लन्च? अनी नयाँ जागिर कस्तो चल्दैछ? 
 


ठुल्दाइको उता अन्तिम चिलिम बिरेक नि सक्किसक्यो होला


 
Posted on 04-20-10 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जागिर भएपो जागिर खानु

बेरोजगार मान्छे लाई जागिर कस्तो छ भनेर के जिस्काइरा ए रिट्ठे सान


मैले चाँही आलु भात दाल खाको - तिम्ले चाँही के खायौ त
 
 
Posted on 04-20-10 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल म त अस्ती फुर्सत छैन भनेको सुनेर काम थालेको हो कि भन्ठानिरा ! माफ पाम है हाकिम !


मैले त चाइनिज खाको आज ! ठिकै थ्यो !


अनी यता तिर आउने भन्ने सुनेको थिए त लहरे ! कि हल्ला मात्र हो?


 
Posted on 04-20-10 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हल्ला होइन रिट्ठे सान

आर नी फर्किसक्यो -

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters