[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 177952 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 10-27-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?

 
Posted on 12-06-05 1:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते:
घर त मेरो याँ हैन ले ले हो?
याँ हैन, पापी मन बुझाउनी के ले हो,
चाइना फुन्टिन ... ... ...
काँ भागिस् यमाकली, यता गुल्टिन !


त्यसरी थर्काऽर नि हुन्छ? लैना गाईलाई एकैचोटी कल्चौडामा हात लगेसी उफ्रिन्छ के।
बिचरा भउते ! यस्तो हुन्छ भन्ने त लाग्या थियो।


गोतामे:

Nisthuri le chhadera gai hali
Herda herdai aarkai ki bahi hali
Eaklo pare ra, ho… maya mare ra – 2
Nirmuhi le hari taal bhai hali
Jindagi ma dhar dhari roi hali
Eaklo pare ra, ho… maya mare ra – 2

chhati bhitra aago balyo, Pasina ta khal khali
HO., chhati bhitra aago balyo, Pasina ta khal khali
Aajhai pani…
Aajhai pani dekhchhu ma ta tyhi mori lai jhal jhali
Jali rahichhe sarai nai tirtali
Malai phali aarkai lai aangali
Eaklo pare ra, ho… maya mare ra – 2

Aafnai budhi bigriyera maile dhoka khaayan
HO.. Aafnai budhi bigriyera maile dhoka khaayan
Baimani ko…
Baimani ko chhal ma parda ahile dukha paayan
Kali pari jhlke lai phasayi
Gati thali duniya haansyi
Eaklo pare ra, ho… maya mare ra – 2
Nisthuri le chhadera gai hali
Herda herdai aarkai ki bahi hali
Eaklo pare ra, ho… maya mare ra – 2

Nirmuhi le hari taal bhai hali
Jindagi ma dhar dhari roi hali
Eaklo pare ra, ho… maya mare ra – 2


यामकलाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ हैन को सेतीमा हाम्फालेर म-यो? नमे?
एउटी केटीले ३टा केटा मारी बा एकैचोटी।
 
Posted on 12-06-05 1:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ को मरेच कुन्नि सेतिमा हाम फालेर ? पि एन क्यामपस तल थुप्रै मान्छे जम्मा भका छन ? ल हेरे यो गोतामे र यमकलाले अर्दा कतिको ज्यान जाने हो?
बिछट्टै राम्रि छ के त्यो यामकला पनि ।याद अर है गोतामे , ' नराम्रि स्वास्नि आफ्नि, राम्रि स्वास्नि सबैकि' भन्चन गामले हरु , तिम्रि यामकला चाइ आफ्नै मात्र बनाउ है । उता भउते र्याल काटेर बसेचन दादाको रागो झै, मुख उवाउदै तिमि भन्दा पइला पुग्लान है यामकला भको ठाममा । अघि मात्रै अर्को धागोमा ४ बर्ष फुनबाट लप परेनि हात लायो सुन्ने भन्दै छन, तेइ झोकमा केइ हात लाउनु ? मान्छे त सोझानै छन तर रिस उठेसि त आखा साखा देख्दैनन है तिनिले त ?
 
Posted on 12-06-05 2:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोक्सीङ्गका चुरामणि (यामकला का बा) ले मलाई भेट्न भनेर उनका जेठा छोरा - चईनी यामकलाका दाई चिन्तामणिलाई
पठाका रैचन् केरे । अब जमुनिले यामकला सित मीतिनी लाएकी केरे, तेसो भएर चुरामणिले पुनि चिन्तामनिले पनि मलाई
चईनी जवईँ (ज्वाँई) भन्चन् के ।

चिन्तामणि मेरा घराँ गएछन केरे पहिले त, त्याँसी जमुनिले "गोरु चराम्न जानु भा'छ तपैँका जवईँ त " भनेर भनिछ ।

उता म र जङ्गे (amazing) भनि गोरु चराम्न गाका थिएम् । खास त के चराम्नी हो र, गोरु जुधाम्न गाका थिएम् केरे नि ।
दादाको खले गराँ मेरो थाले गोरु र जङ्गेको जुरे बाच्छो दिन भरि जुधेका जुधेई, हार-जितको भनि टुङ्गो नै भएन । लास्टाँ
दुईटै थाकेर पाखा लागे । भोलि भउतेको टिल्के र जिम्मालको चईनी गुरे गोरु पुनि ल्याएर जुधाम्न पर्च भनेर सल्लाहा अर्दै
थियम् केरे म र जङ्गे ।

 
Posted on 12-06-05 2:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिन्तामणि जेठान त कता-कताबाट खोज्दै-वर्दै म भएका ठाउँमा जो आईपुगे केरे । त्याँसी एकै छिनको सन्चो-बिसन्चो पछि
मलाई "हजुरसित सानो मोतो छ, यता आम्नुस त " भनेर एकान्त तिर लगे केरे । किन हो कुन्नि, जङ्गेलाई नसुनाम्न खोजे
है उनका कुरा, उनलाई के थाहा जङ्गेको र मेरो चईनी उहिले देखिकै गाँजा तान्नी सङ्गत, मैले उति खेरै जो के भाको हो
चईनी जङ्गेलाई त सुनाईहाल्चु केरे ।

जे होस, एकै छिन गोताएँ कस्ता मुन्छे हुन्, बैनि दिन हुन्च कि नाईँ भन्नी जस्तो कुरो अर्चन् बा । अब चईनी जमुनिले
तेत्रो कस्सिएर हामी जो लागेर गर्न लागेको बराउनी, गोताएँको ब्या अराम्न भनेर पाखुरा सुर्किनी मुन्छे जो म, फेरि कुरा चईनी
कहाँ सम्मन पुगि सको, के कुरा गर्चन् चिन्तामणि भनेर म त एकै छिन त अक्क न बक्क परें केरे नि । अर्थोक कुरा पुनि
गर्न गर्न खोज्छन, ओंठ टोक्छन्, मुख पुनि चलाम्छन्, फेरि केही भन्नै सक्तैनन् केरे । तेस पछि भनि अब यसरी भएन
भनेर "ल हिड्नुस, उता जाम" भनेर जङ्गे भए थिम् नै गएम् ।

अनि एक चिलीम गाँजा चईनी भरेर जङ्गे, मैले र चिन्तामणिले तानेम केरे । त्याँसी बल्ल पो खुले त चिन्तामणि ।

चिन्तामणि, " खास कुरा त के भनि अब ब्या हुनी भओ केरे, अब अहिलेको जमाना, फेरि घर-परिवारको ईज्जत पुनि राख्नै परो
केरे, उताबाट के के खोज्नी हुन् दाईजो गर्धुवा भनेर बा ले मलाई येसो कुरो बुझेर आएस त भन्नु भाको थियो र हो के " ।

तेतिखेरै जो जङ्गेले त मलाई येस्सो कोट्याएर "के को गर्धुवा चाईनी हो, गोताएँ तेस्तो आत्तिएको छ, दुईटा खुट्टा टेक्नी भा हुन्च
गोताएँलाई " भन्च है । मैले घुरेर हेरें तेस्लाई, चईनी बोल्न हुनी नहुनी ठम्याम्न पर्च नि ठाम अनुसार, धन्न चिन्तामणि गाँजाले
लट्ठ जो परि सकेका थिए र । अनि फेरि कुरो मिलाम्न " अब केटा केटी आफू आफूलाई मन पराम्नी, मया-पिरिम गरेका, तेस्तो
कुरो साह्रै सोधखोज गर्न पर्दैन, फेरि पढेलेखेका केटाकेटी, चईनी उनीहुरलाई जो नसोधेर के हाम्लाई सोधेको हो तेस्तो कुरो पुनि, यी
बरु ककड तान्नुस्" भनेर फेरि एक सर्को तान्न लगाएँ केरे ।

चिन्तामणिले फेरि तेही कुरो गर्चन है । " हैन, हाम्रो घर-परिवाको ईज्जतको लागि पुनि त केही त अर्न परो केरे नि, हजुरसित
सल्लाहा माग्न आको " भन्चन है । मैले फेरि "तपाईँको घर-परिवार को ईज्जतको कुरो भए तपाईले जो ठह-याम्नुस न त, बरु फेरि
एक सर्को तान्नुस्" भनेर फेरि चिलिम थमाएँ केरे । चिन्तामणिले मरे मान्नी हैनन्।

अनि फेरि, "कतिवटा गाग्री, ताउला " भन्दै थिए,
जङ्गेले प्वाक्क " के को गाग्री चाहिनी हो, सके यामकलाले पढेकी जो तेतै, पखरातिरै बस्नी होला, नभए पुनि गोताएँको घर आँगन
अगिल्तिरै जो पक्की सिल्मट्टी लाको कल-धारा छ पन्चाईतले बनाऽको, गोताएँको तो घरलाई जाबो पानी त बौनामा सारेर पुनि खान
पुग्च, बरु हामीलाई लेउ गाग्री " भने केरे ।
 
Posted on 12-06-05 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले फेरि, "बेकाराँ गर्धुवा दिएर जन्तिलाई दु:ख दिन्चन के कहिले कहिले गाम तिर । जन्तिले बोकेर ल्याम्न परो, बेकाराँ द:ख मत्रै ।
अब हेर्नुस, पोहोर साल तो सिर्काङ्गे साँहिलाको छोराको बिहेमा चईनी टिभी दिएछन्, अब सिर्काङ्गको डाँडामा बिजुली बल्नी कहिले हो कहिले,
तो टिभी लाई अब क्यार्नी हो, भकारोमा बाँधेर घाँस हालेर दूध दिन्न, गोबर दिन्न, तेही भ'र तेस्तो काम नगर्नुस, बरु बैनिलाई दिन मनै जो
छ भने पैसै जो दिए हुन्छ, तर फेरि तेस्तो तपैँको घर-ब्यबहारका कुरा हामी सित क्यार्न गर्नु हुन्च त नि " भनेर बल्ल बल्ल सम्झाईयो केरे ।

उनका त चित्त बुझे जस्तै जो लागो केरे ।
"मेरा मन परे तपैँहुरका कुरा, गएर बा लाई सम्झाम्न पर्च " भन्दै थिए,
जङ्गेको पालो " तिम्रा बालाई मकहाँ पठाईदेउ, मैले ठिक पारम्ला " भनेर पाखुरा सुर्क्यो केरे । चिन्तामणि चईनी हाँस्दै गए आफ्ना घर तिर ।

चईनी अब कहिले बोलाम्नी हुन् कुन्नि गोताएँले जन्त जान परो भनेर ।
 
Posted on 12-06-05 2:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(हैन यो कन्ननी डाँडातिर मान्छे कतिखेर सुत्छन्? सिरे, नमे अझै यतै हल्लिरा'छन् अझै!)
 
Posted on 12-06-05 4:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काल बेला ठिक छैन, आँट्या शूभ कार्जे (कार्य) गरिहाल्नु पर्छ भनेर याम्कीका घरतिर लागियो। खास घर त फौसिङ हो के रे तर याम्कीका बाले जागिर पनि धान्न सजिलो छोराछोरीलाई पढाउन पनि सजिले बनेर पखरा माटेपानीमा सानो घर बना'का रचन्। बिहा पनि त्यैं'ट गर्नी कुरो भ'छ।
चौतारीका गाम्ले हुल बाँधेर गइयो केरे। जिम्माल बूढा हेर न गमक्क परेर आफ्नै ब्या हुन आँटेझैँ बसेका!

 
Posted on 12-06-05 4:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याम्कीका हजुरबाले टिका लगाईदिँदै छन् हाम्लाई। कारोबारी हुम् भनेर निकै चुरीफुरी छ माईल्याँको। के के परीपाठ लाऊँदैछिन्।

 
Posted on 12-06-05 4:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cdcddऔँठी लगाईदिएँ। ढुक्क भएँ म अब, याम्की मेरै भई! यो गोताएँको पुनि किलो दाम्लो भो गाँठे!
Last edited: 16-Sep-07 08:52 AM


 
Posted on 12-06-05 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, पोखरामै ग-या हो बिहे? ती पछाडिका मोटा बुढा इन्द्र प्रसाद त हैनन्?
 
Posted on 12-06-05 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो, गोतामेलाई सुखद दाम्पत्य जीवनको धेरै धेरै शुभकामना है मेरो तर्फवाट, ल फलोस, फुलोस, फेरि फलोस, फेरि फुलोस, keep rolling...


आफूलाई फेरि गोरु जुधाको भनेसि हेर्न मन लागि हाल्नी के, अब गोताएँ र यामकला त कता थिए कुन्नि, हामी
जन्तिहुर चईनी बाटामै जो गोरु जुधाएको हेरेर रमाईलो अरियो एक छिन त,

Keep rolling...

 
Posted on 12-06-05 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नेपे गुरु, धन्नेबाद है कानपक्डेको मा। गल्ति भयेपछि समातिहाल्न पर्छ। म गुरुको दर्सनसित सतपर्तिसत सहमत छु।
 
Posted on 12-06-05 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्छे उल्किनुको नि सीमा हुन्छ नि। ए गोताएँ क्यारेका हौ त्यो ? यिनले त आफ्नै बे' का
सप्पै फुटा हालेछन् यार साझामा :-)

होइन, यी याम्की भाउजुका माइतितिर बे' अर्न जाँदा त बिचार पुर्याम्नु पर्ने रे'छ गाँठे, जन्तिका
मुख भरि कमेरो घसेर लखेट्दा रचन। कि सप्पैले सम्धेरो लगा'र दही घसेका हुन् ? :-)

:-)
-भउते

कैफियत: गौतम जी, यो छाडा गफ भा'को ठाममा साँच्चिको भन्दा फिलिम सिलिमको फुटा
हाले ठीक हुने हो कि ! प्वाक्क बोल्न नि पुर्व, पश्चिम, उत्तर, दक्षिन, नैऋत्य, बायब्य, ईशान्य
र, हे हे अर्को बिर्सेछ, सोच्न पर्ने भो के। जे भे नि फोटु हेर्न चैँ मज्जै आयो। एक दुइ
जनालाई त चिने चिने जस्तो लाग्यो।
 
Posted on 12-06-05 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(ठिकै छ भउते गुरु। आफ्नो कथा सिध्याईदिहालेको क्या! किन फिलिम सिलिमका फुटाको
झञ्झट?मुख कमेरोले पोतेपछि भइहाल्यो नि।
त्याँ भ'का केहि मान्छेहरुलाई तपाईँले पनि चिनेकै हुनुपर्छ, मेरो विचारमा पनि। )
 
Posted on 12-06-05 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दौँतरीहुर अब रियल रियल काँचा कथाहरु सुन्न पाइन थालो बा। आबो बिर्खे जिम्मालले जहानसित पिरिम गाँसेको कथा सुन्न पाए हुन्थ्यो। अरुको भे नि हुन्छ।
-------------------------------------------------------------------------------------------
रियल कुरालाई थाँती राखेर रोदीको निरन्तरता दिँन्छु है त।


लाउके: साँझको बेऽला आरती लाउँ, कण्ठै खोली पहिलो चरण!
सबै लाउके लाउकी: हो, कण्ठै खोली पहिलो चरण!

लाउके: सिरिखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!
सबै लाउके लाउकी: हो, बजाऊ गुरु धमधम! ... ... ...

 
Posted on 12-06-05 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, अरु पनि जावोस है गीत,

ल मैले अझै एउटा थपिदिएँ , क्यार्नी त नि

keep rolling...

 
Posted on 12-07-05 2:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफूलाई त बुढेसकालले छोईसको के रे। यी तन्नेरीहुरका रमईलो कुरा सुनेर मन मनै आफ्नो जवानी सम्झँदै बस्छु्। बोल्न मुन लाग्दैन धेरै अचेल। बोल्न परि हालो भुने पुनि तई नरभक्षी शाह देवलाई सराप्न मात्र मुन लाग्छ।

माया चईं मारेको छैन है तिमेरुको! तई धोबिनीको च्यात्त्याऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्!

गोतामेलाई बधाई, है! घुसाउनु अधि अगेना माथि बेस्सरि सेक्न नभुल्नु के रे। तोरीको तेलाँ खुर्सानी फुराएर धसे नि हुन्च। भत भती पोलेर रन रनी सन्कँदा मज्जा हुन्च। बुढा पाकाले भनेको पत्त्याम्। :p
 
Posted on 12-07-05 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-07-05 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन् आज बल्ल अलिकति फुर्सद पा'र चौतारियाँ घुस्या! कता मरेछन् केटाहुर?

कि जाम् कि के हो म नि धोबिनीको च्यात्त्या पेटिकोट सिउन?

:D
 
Posted on 12-07-05 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पून्टे दाइ,
आज त धेरै पछि साझातिर झुल्किनु भो नि! लौ चौतारीमा बसेर एकछिन थकाइ मारम् न त, कति त्यै धोविनीकै च्यात्त्या पेटिकोट मात्र सम्झिरा' होला भन्या। अरू केटाहरू पनि खै कता लागे था' छैन, म चैं यौटा चित्र कोरेर आइहाल्छु है तुरून्त, कतै नजानुहोला।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters