[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 249642 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-17-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा, ठुल्दाई, नेउचि दि, मिस, पर्बते, सान्नानी, ठुली, जिम्माल् बा, ठुल्दाई, नेउचि दि, मिस, पर्बते, सान्नानी, ठुली, जिम्माल् बा, ठुल्दाई, नेउचि दि, मिस, पर्बते, सान्नानी, ठुली दर्शन

यति लामोले पुग्यो मिस?
 
Posted on 09-17-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो "लामो कुरा लेखम" भनेर कुन्नि कुन दिन हो हाम्ले नि भन्या थेम के रे! तर तेसरि लामो कुरो लेखम् भन्नु भन्दा पइला आफ्नो ३-४ वटा जति लामा लामा पोस्ट हरु गरेर अनि भन्दा सपैलाई " ए रात्तै! हो त रेछ त, लामो कुरा पढ्न मजा आम्ने रे छ!" भन्ने पर्छ! आफूचाइँ "नमस्ते" भनो अनि त्याँसि सपैलाई " लु लामो कुरा लेख!" भन्न काँ पाइँछ? है? सान्नानि है? है है सान्नानि है?
 
Posted on 09-17-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



निलिमाको कथा हाल्नु पर्ला भनेको त्यो निलिमा कता गै गै
 
Posted on 09-17-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भएर पढ्न छोडेर चौतारी तिर

 
Posted on 09-17-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त है है जिम्मालबा है है।
हाल्नु न त ल निलिमा त ह्यँयि त छ नि, जिम्माल बाले नि हाल्छु भन्नु भाथ्यो निलिमा जस्तै तर केटा निलिमा को कथा, खै त जिम्माल बा?
 
Posted on 09-17-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको गम्भिर ध्यानाकर्षण!!

केहि चौतारीका बिगतका सकृय सदस्यहरु बिना सुचना, अनुपस्थित भएको र उपस्थित भए जस्तो देखाउनलाई बेला बेलामा ङिच्च दाँत मात्र देखाएर टाप कसेको कुरा खुल्न आएकोले यस तर्फ चौतारीको गम्भिर ध्यानाकर्षण भएको छ। तसर्थ निम्न व्यक्तिहरुलाई 'पुङमाङे चौतारी सदस्य' को सम्मान आच्या आरोप लगाइएको छ!

१) श्री हरितालिके:
चौतारीको धरोहर म नभए सम्म रहँदैन भन्ने बोक्रे भावना राख्दै पहिला बेला बेलामा आफूले गर्दा नै चौतारीका अंकहरु बनेको अहङ्कारले बशिभूत श्रि हरितालिके, आजभोलि बेला बेलामा आफ्नो उपस्थिती मात्र देखाऊन कहिले काहिँ आउने हुँदा, निजलाई पुङमाङे सदस्य नामाकरण गरिएको हो!

२) सुश्री ठुल्नानि:
कत्ति न प्रत्येक दिन चौतारी सुन्दा पनि दिक्क लाग्ने स्वरमा तआआआअााा गर्दैमा मात्र सुरु हुन्छ भन्ने खोक्रे भावना राख्दै, मख्ख पर्दै सबैको प्यारि भएको सतहि बिश्वासमा मग्न भएर आफू अत्यन्त वयस्त भएको राग अलाप्दै बेला बेलामा शनिबार कोहि नआउने बेलामा ट्वाँस्स एक लाइन लेखेर चौतारीमा पहिला आफुले पाएको स्थान र सम्मान गलत पाराले कायमै राख्न खोजेकोमा, निजलाई पनि पुङमाङे सदस्य नामाकरण गरिएको हो!

३) सुश्री तितौरी:
आफु सबै भन्दा सानि र सबैको प्यारी भएको आकाशे बिश्वासको पराकाष्टामा परेर, आफु अनुपस्थित भएता पनि बुढो जिम्माल देखि लिएर गृहिणी सान्नानि सम्म सबैले उत्तिकै सानि नानिको रुपमा पहिले पहिले गरेको :D सम्झँदै चौतारीमा रमाइलो मान्छन भन्ने कोक्रे भावना राख्दै, एक्लै कतै लुकेर पुस्टकारी खाँदै व्यस्त भए पनि नभए पनि खुरुखुरु चौतारी पढे ता पनि आफ्नो उपस्थिती नजनाएकोमा, निजलाई पनि पुङमाङे सदस्य नामाकरण गरिएको हो!

४) श्री चनातरकारी:
कुनै जमानामा हेहेहेहेहे गरेर, मम खाने देखि दिएर निल्ने सम्मको तरिका बयान गरेर, पल्लो गाउँमा नेताहरुसंग नानाभाँति झै-झगडा गरेर, भारतवर्षको नेपाली गाइनेको अलापको कुरामा झगडा गरेर बेकारमा आफ्नो ५-७ किलो तौल घटाएर, चौतारीमा आफ्नो पुरानो लिडरसिप अझ कायमै छ भन्ने झोक्रे भावना राख्दै, व्यस्त भएँ भनेर आफू त भागेको भागेइ गरे पनि दशैँको मुखमा आएर दुर्गे मातालाई समेत चौतारी चिहाउन नदिएकोमा, निजलाई पनि पुङमाङे सदस्य नामाकरण गरिएको हो!

श्री चौतारी व्यवस्थापन, तथा हाजिर-गयल अनुगमन समिती
Last edited: 17-Sep-07 10:57 AM

 
Posted on 09-17-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

जिम्माल् बा, राहुलदाइ, नेउचि भाउजू, मिस, पर्बते, सान्नानी, ठुली, जिम्माल् बा, ठुल्दाई, नेउचि दि, मिस, पर्बते, सान्नानी, ठुली, जिम्माल् बा, ठुल्दाई, नेउचि दि, मिस, पर्बते, सान्नानी, ठुली सबेलाइ जदौ!

हा हा! जिम्मी बूढाले हँसाए!
 
Posted on 09-17-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



जिम्मालबाको यो निर्णयको सरहाना गर्दछु ।
 
Posted on 09-17-07 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु.
भाग ३



यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।

नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज
फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।

हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।

स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।

सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो।
तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।

शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्‍यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे।
चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु?
निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के?
भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न।
अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो।
संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं।
तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन।
केही बिषेश पर्‍यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्।
क्रमश:
Last edited: 17-Sep-07 11:11 AM

 
Posted on 09-17-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई, अनुराधाको अर्को भआग पस्कनुभएकोमा धन्यवाद्!
तर मैले महसुस गरेको कुरा, यति लामो प्रतिक्षा पछि आयो आउन त, तर छोटो भयो प्रभु! किन किन मनले अनुराधा र तपाइँको बारेमा गरिएका चर्चा हरुको डिटेल ( अलि कथा बनाएर भए पनि) पढ्न मन लाग्यो!

अन्त्यमा ह्युमर है त!
माथिको तपाइँको कथामा यो लाइन- "भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न।" को पछाडि 'तारेमाम्' छुट्यो तारेमाम्!

 
Posted on 09-17-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ यो मध्यानतर कती चाडो आउने होला हत्
 
Posted on 09-17-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भiग पस्कनुभएकोमा धन्यवाद्
 
Posted on 09-17-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जावस् दाजु जावस्, कस्तो भाव बिभोर् भएर पढिराथेँ, क्रमस.. रे, कुर्न गारो भै सक्यो, अरु छिटै आवस्।
 
Posted on 09-17-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबादको लागि धन्यबाद। तारेमाम्।
एकै दिनमा धेरै लेख्न न सकिने रैछ, बुढो भैएछ जस्तो लाग्यो। भोलि नै अर्को भाग राख्ने कोशिश् गर्ने छु।
 
Posted on 09-17-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल म नि आए चौतारी मा घुम्दै -- सबैलाई पशुपतीनाथ ले कल्याण गरुन्
भन्दै मेरो दुई शब्द यहीँ टुंग्याउछु --

ल म गएँ आब
 
Posted on 09-17-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
. लामो लेखेको के।
 
Posted on 09-17-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लामो लेख्दा त्यै नमस्ते भन्न नि छुटेछ।
नमस्ते गाम्लेहरु।
 
Posted on 09-17-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते राजा लामो लेखेर कता टाप?
के छ त?
 
Posted on 09-17-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ रिठ्ठे, मैले तिम्रो के खाइद्याछु र मलाई "राजा" भनेर सराप्छौ, हँ ?
 
Posted on 09-17-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजा मामा अनि हिजो मैले पठाइद्या खाना पुग्यो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Don’t Just Read—Join the Conversation
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters