[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ऽऽऽ चौतारी - ९४ ऽऽऽ

[Please view other pages to see the rest of the postings. Total posts: 686]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 267973 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 01-15-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९४ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 94 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

चौतारीवासीहरूको पूरा नाम
१)श्री  भउत भाई भन्डारी
२) श्री कुमल कान्त कार्की
३) श्री बिर्ख बहादुर बोगटी
)श्री  राहुलभाई राजभन्डारी
५)श्री नेपच नाथ नेउपाने
६)श्री पुन्टेन्द्र  प्यारा परियार
७)श्री मदनवा महतो
८)श्री च्याङ्बा चामलिङ
९)सुश्री ठुलिमैया ठकुरानी
१०) श्री दान बहादुर दवाडी
११)श्री  सुन्तलमान स्थापित
१२)श्रीमती सान्नानी सापकोटा
१३)सुश्री तितौरादेवी तिमल्सिना
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी
१५) श्रीमति नेप्चीमाया नेम्वाङ
१६) सुश्री किरेजी क्राफोर्ड
१७) श्री दिपेन्द्र दङ्गाल
१८) श्री नमेकान्त नगरकोटी
१९) श्री दादागिरी दवाडी
२०)श्री  गौतमबिक्रम गोतामे
२१) श्री गालबेन्द्र गिरी
२२) श्री चित्रबहादुर चित्रकार
२३) श्री हरि हर हाडा
२४) श्री गवाँचेन्द्र गुभाजु
२५) श्री रिठा राम रायमाझी
२६) श्री चना चन्दर् चौरासिया
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा
२८) काली केटी कार्की
२९) उफ्री "उदास" उपाध्याय्
३०) श्री जग्गे जंग जम्मरकट्टेल
३१) श्री सेरियलमान श्रेष्ठ
३२) श्री अन्तरे प्रसाद अधिकारी
३३) सुश्री शबनम सुनुवार
३४) सुश्री रुइना रुपाखेती
३५)सुश्री लप्पु लुइँटेल
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी
३७) श्री गुन्टे गैह्रे
३८)श्री निशान्त निरौला
३९) श्री विवश विश्वकर्मा
४०) श्री पर्वते प्रसाद पुडासैनी
४१) याम बहादुर यमी
४२) बिस्टे राम विष्ट
४३) झिल्के दास झाँगड

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
Last edited: 17-Jan-08 11:46 AM

 
Posted on 01-17-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो यहाँ त यूरोप को कुरा भे रा रेछ, आफ्नो त सपना भयो यूरोप घुम्ने त २००९ लाई लक्ष बनाउनु पर्ला। पैला अंरिका घुमेर सकौ अब बाँकी उत्तर पश्चिम छ् त्या पुगेची लग भाग सकिन्छ अनी जानु पर्ला यूरोप।
अनी म्: म्: भरे खाने कुरा गर्छौ गाम्ले हो म त अहिले खाए राछु। हिजो बेलुकी को रहल पहल खाजा लेर आ। तेही खाँदै आ हा कती मिठो अचा-र 
अनी सम्धी ज्यु र सुन्तले लाई लाग्या रोग ठीक पार्ने केही गाह्रो छैन ,२,४ दिन मन नलागे नि जबर्दस्ती खानि २ चाना पाउरोटी भए नि सिरिअल भए नि अनी ३-४ दिन पछी त भोक लाग्न थालछ। मलाए तेस्ताइ थ्यो पहिला अहिले बानी पर्या छ की नहाली हिन्यो भने त खपी टिक्नु हुन्न भोक ले । अनी हाम्रा  ग्वान्च ए र झिल्के लाई लाए नि तारेमाम । ठुल्नानी को के छ नि खबर

 
Posted on 01-17-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याssऊऊऊऊऊऊ! अह् ऐयाss! ढ्याsssऊऊऊऊ! खै ठुलि सुपारी र सिन्को लेऊ लेऊ!

 

के छ झिल्के? खै कथा थपेको???

हो भन्या सुन्तले त्यहि हालत भएर खतम बनायो!


 
Posted on 01-17-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे के च? दर्सन् गरे हैईीईीईीईीईीइ
झिल्के दा हजुरले अब हिराको हारै किन्दिने भएचि र भाइ तिका सम्म नकुर्ने त कुरै भएन। दादु अब अौने भाइ तिकामा यता तिरा  अौनुस् न क्या।

 
Posted on 01-17-08 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा लु लिनुस् सुपादि। अब सिन्को किन चाहियो बरु ल्वाङले दाइ कोयाउनुस्

 
Posted on 01-17-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो सम्धिज्यू अब त हजुरले भन्या जस्तै अर्नु परो! नत्र त खतमै हुने नि, अड्डाँ आ'को १ घन्टा पछि भोक लाएर काम गर्न मन नलाउने, अनि खाएसि तेसै लट्ठ परेर काम गर्न मन लाउने। हुँदा हुँदा ब्यान देखुन बेलुका सम्म एइ साझाले गर्दा काम गर्न मनलाउने!

अब ल्वाङले कोट्ट्याउन त दाँतमा ठुलो भ्वाङ हुन परो नि ठुली!


 
Posted on 01-17-08 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा अस्ति हजुर् दाइ फुक्ल्यो भनेर कराउदै हुनु हुन्त्यो नि। हूऊू तेहि भ्वाङ् परेको थाउमा कोत्याउनुस् न

 
Posted on 01-17-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


म:म को कुरो गरेर मरे सबै असत्तीहरु
अस्ती का दिन बेलुका बनाको म:म तेइ बेलुका खाइयो, अनी भोली पल्ट बिहान नि लन्चमा तेइ म:म पोको पारेर ल्या'र तेइ खा'को, त्याहपछी त पुग्या थियो अलिक दिन लाई भन्या त फेरी म:म को कुरा निकालेर फेरी खान मन लाग्यो
फिरिजा ६-७ डल्ला अझै देखिराथे अब आज घर पुगेसी जुत्तै नखोली तेइ म:म मा अट्याक दिनु पर्‍यो, अत्ती भयो
गाम्लेहरु अर्काको मार नबुझिदिने
ठुलि मैले नि दर्शन फर्काये ल, खै आजकाल त माया मारेउ नि तिमीहरु ले मलाई, यसो फोन सोन नि छैन
बिस्टे आइडिआ गूड् लाग्यो
अनी के छ नयाँ खबर बिस्टे? सम्धी भेट भईहालेछ चौतारीमा


 
Posted on 01-17-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे अरुलाइ माया मरेनि तिम्लाइ त म माया मर्नै सक्दिन। तिम्ले फोन गरेनि हुन्त्यो नि। लु मिल्यो भने भरे तिर कल गरुमला।


 
Posted on 01-17-08 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुलाई माया मार्या भन्या कल्लाई भन्न खोज्या हो कुन्नि? हाम्रो नि फोनको घन्टि नबज्या त जुग भै सक्यो के रे!


 
Posted on 01-17-08 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धन्यवाद ठुल्नानु, लव यु
>>>बिर्खे दा अस्ति हजुर् दाइ फुक्ल्यो भनेर कराउदै हुनु हुन्त्यो नि। <<<
जिम्माल बा को दाई फुक्लेको ठाउमा रे


 
Posted on 01-17-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है, धेरै जानै छन जस्तो छ सप्पैलाई होलसेलमा नमस्ते!

मामाले भन्या जस्तो  हाम्रो नि फोनको घन्टि नबज्या त जुग भै सक्यो के रे!, अरुमै परिएको होला नि


 
Posted on 01-17-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो त्यसरी ब्यानै बेल्कै म्: म्: लतारे छि त अंमन् हुन्छ हो मलाई त। नयाँ खबर केही छैन हो सबै पुरानै छन यो चौतारी मा आए देखी काम त ठ्प भा छ मेरो कुन दिन घोक्रो ठ्याक लाउछ्न मलाई। पुरानो चौतारी केलाउदै गा , चौतारी भेला पुगेथे, साह्रै रमएलो गर्या रछौ गाम्ले हरु ले, फुटा हरु नि हेरी तर को को भनेर चि ठम्म्याउन गाह्रो मुखा मोसो दलेर राख्या रछ।
 
Posted on 01-17-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ritthe love u too dear

बिर्खे दा अब कस्लाइ हुनु हजुरलाइ नै भनेको नि। अब हजुरले मेरो फोन # नै बिर्सिसक्नु भो जस्तो च। आज् भोलि र हजुर् नेपालमा फोन लगाउदै बिजि होला भनेर फोन नगरेको।
लु बिर्खे दाको भान्जोको नि सवारि भो। हरि तिम्लाइ त मैले फोन नगरेनि दिन को १०० त मन मनै सम्झिनचु। तिम्लाइ नभनेको पो त।


 
Posted on 01-17-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-17-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lahare feri aaj ni pagal bho jasto cha ni

 
Posted on 01-17-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी समाचार-

यो रेडियो चौतारी हो। अब बिर्खबहादुर बोगटी बाट चौतारि समाचार सुन्नुहोस।

वयोबृद्ध चिल्ला चौतारि सदस्य श्री पुन्टेन्द्रविक्रम परियार लामो समय देखि चौतारीमा अनुपस्थित भएको बारे छानबिन गर्न गठित १ सदस्सिय छानविन आयोगको प्रतिवेदन सार्वजनिक गरिएको छ। श्री भगुतभाई भन्डारी सदस्य रहेको उक्त छानविन आयोगले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ कि पुन्टेन्द्र विक्रम परियार तालुमा आलु उमार्ने सिलसिलामा अझै केहि समय चौतारीमा अनुपस्थीत हुनुहुनेछ। गत सिजनमा उमारिएको आलु सबै डढुवा लागेर सखाप भए पछि पुन: नयाँ बिरुवा लगाइएको थाहा हुन आएको छ।


कुनै समयका सकृय चौतारी सदस्य श्री कुमलेन्द्र कार्कीको भुमिगत अवश्था बारे बिभिन्न अनुमानहरु आउने क्रम जारि रहेको छ।


लहरेकान्त लाकौल चौतारी रसरंग प्रधान पद बाट निश्काशित गरिएका छन्। आफ्नो पदको गरिमा,प्रतिष्ठा र लोकप्रियतामा नै आँच आउने गरि निज लहरेकान्त लाकौल द्वारा देखाइएको पद प्रतिको उदासिनतालाई मध्य नजर राख्दै, चौतारी मन्त्रिपरिषद्ले निज लाकौललाई उक्त पद बाट भविश्यमा अयोग्य नठहरिने गरि बर्खास्त गर्दै, श्री बिष्टेराम बिष्टलाई नियुक्त गरेको छ।


स्वस्थानी व्रतकथा मुल समारोह समितिको अध्यक्ष पद बाट गालबेन्द्र गिरी द्वारा अत्याधिक व्यस्तताको कारण देखाई राजीनामा पेश गरिएको छ। गालबेन्द्र गिरीले समहाल्दै आउनुभएको उक्त पदको लागि बिज्ञापन खुलेको छ।


सुश्री ठुल्नानी ठकुरानी,महिला तथा चौतारि हरियाली कल्याण समिती बाट चौतारी साहित्यिक समाज को महासचिब पदमा सरुवा भएकि छिन्। निज ठुल्नानी ठकुरानीले चौतारीमा हरियालि ल्याएको आधारमा पहिले हरियाली कल्याण समितीको अध्यक्ष रहेकोमा, यो बर्ष लगभग सबै चौतारी युवाहरुलाफ उनले 'दा' 'दा' भन्दिँदा हरियाली खोज्ने युवाहरुले हरियोलाई पँहेलो देख्न पुगेको अवश्थामा, निजको साहित्यिक समाजमा भएको सरुवालाई चौतारि युवाहरुले सकारात्मक रुपमा लिएका छन्।
बाँकि समाचार एकैछिनको बिश्रामपछि।


 
Posted on 01-17-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अनी ठुल्नानी 'उ' को हालखबर के छ नि? हाम्ले नि सम्झिन्छम भन्देउ है
खै अरु सबै कता मरेछन त ठुलि?
ह्य्रारिस सोम टाउको हा टा गर्देको?

ठुल्दाइ पुग्नु भएन अझै अड्डा? हेत्तेरिका, ति खैरेका सन्तानलाई अल्मल्याउन नि कत्ती बेर ला'का होलान बुढा ले


 
Posted on 01-17-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उनले 'दा' 'दा' भन्दिँदा हरियाली खोज्ने युवाहरुले हरियोलाई पँहेलो देख्न पुगेको अवश्थामा यो बिर्खे दालाइ दा भन्यो भनेर रिसाको हेरन। धन्न मैले दा मात्र भनेको चु अरुले त जिम्मल बा भन्दै च। मैले झन् तरुनो बनाइ देको त उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् नसकिने भो बा


 
Posted on 01-17-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थे उस्ले तिम्लाइ फोन गर्चु भन्दै थियो। खै गर्च होला।


 
Posted on 01-17-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बर्ष लगभग सबै चौतारी युवाहरुलाफ उनले 'दा' 'दा' भन्दिँदा हरियाली खोज्ने युवाहरुले हरियोलाई पँहेलो देख्न पुगेको

अरुलाई माया मार्या भन्या कल्लाई भन्न खोज्या हो कुन्नि? हाम्रो नि फोनको घन्टि नबज्या त जुग भै सक्यो के रे!

हाम्लाई त अरुले भउते भउते मात्र भन्छन के रे, बा' भन्दैनन् के रे।   

 

Last edited: 17-Jan-08 01:22 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters