[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दशैं विशेष - चौतारी

[Please view other pages to see the rest of the postings. Total posts: 601]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 256913 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-30-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

~ * चौतारी-१३०*~
विजया दशमी २०६५ को मूरी मूरी शुभकामना


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 130 editions.


Last edited: 30-Sep-08 04:48 PM

 
Posted on 10-02-08 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसि, मेरो घर,त्यतै नजिकै हो तिमी त मेरो छिमेकी रहिछौ!

 

जदौ चिप्ले!

यो शनीबार जाने हैन त खसि किन्न?

त्यसपछि खसि छानेको, किनेको देखि लिएर काटेको भुटेको र चुठेको सम्म सचित्र रेसिपि राख्न पर्छ कि क्या हो?


 
Posted on 10-02-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो भिडियो नै अप्लोड गरे झन राम्रो अनी बब्ली लाई नि देख्न पाइनी

चेली लाई आउंदैन?


 
Posted on 10-02-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जिम्माल बा त्यो खशी किनेर मार हान्ने कल्ले नि? लौन
 
Posted on 10-02-08 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा एक समनामी मित्र र अत्यन्त प्रतिभाशाली गजलकार, दीपक जडित, को एउटा तात्तातो अन्यथा अप्रकाशित गजल चौतारीमा बाँड्दैछु चौतारीका समस्त औतारीहरुलाई, दशैंको औत्सविक अभिवादन र शुभकामना सहित,

 

Nepe

 

 

गजल

दीपक जडित

 

न छेक्न सकियो न थुन्न, लौ हेर बडादशैँ आयो ।

घाँटीबाटै नछिर्ने हाड लिएर कडा दशैँ आयो ।

 

नहुने सँधै रित्ता छन् उधारो खुशी हो दु:खको,

हुनेकै त छ ठाँट् र बाँट् गज्जब तगडा दशैं आयो ।

 

शिकारको जोहो, दक्षिणा, पाहुनापासा, ज्वाँईचेला

पुर्‍याउनु टार्नुकै छ धौ कस्तो लफडा दशैं आयो ।

 

राजधानी छट्पटीएकै छ काकाकुल प्यास बोकेर

पहाडमा पनि त तिर्खा खप्दो छ घडा, दशैँ आयो ।

 

जिन्दगीले तैंलाई बनायो खसी के ढाल्थिस् ए दीपक ?

ढाल्छस् नै भने तँ भित्रको राक्षस लडा, दशैं आयो ।

 

साभार: http://groups.google.com/group/nepalighazal/msg/df71328a6d52793c?hl=en

 


 
Posted on 10-02-08 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल यसपाली दशैँमा कसले के बनाउने के गर्ने बाँडफाँड गरौँ!

 

दीप- खसि किन्न जाने तर मन्दिर तिरै हराउने लोल!

चिप्ले- वास्तवमा अब भएन भनेर खसि ल्याउने र काटकुट पार्ने

बब्ली -  सेल र सेकुवा पकाउने

चेली नानी-  मासु साँध्ने

खुसी- प्याज काट्ने (रुन पाइन्न नि फेरि), लसुन छोडाउने, खुर्सानि मसला पिस्ने

हर्के- तिनापनेको व्यवस्था गर्न जाने

ठूल्दाई- चिलिमको व्यवस्था गर्ने

सान्नानी- देवीको पूजा गर्ने

रिकुटे-  ३ गड्डि तास, च्यूरा र मादल खोज्न जाने

बिर्खै बुडा- मजाले पलेँटि कसेर बसेर कपाकप खाँदै जाने

 

कृपया यस काम बाँडफाँडमा केहि सुधार गर्न सकिन्छ भने गर्नुहोला।

धन्यवाद्

चौतारि दशैँ काम बाँडफाँड समिती


 
Posted on 10-02-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गरिरा सबैजना?

सेल  खान मात्रै आउछ  सेल पकाउन आउदैन आफुलाई

पिरती नानी म पुरानो भए पनि चौतारीको साइनो थाहा नपाएर सोधेको  


 
Posted on 10-02-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sudhar yas prakar chha:


दीप- खसि किन्न जाने तर मन्दिर तिरै हराउने लोल!

चिप्ले- वास्तवमा अब भएन भनेर खसि ल्याउने र काटकुट पार्ने

बब्ली -  सेल र सेकुवा पकाउने

बिर्खै बुडा-  मासु साँध्ने

खुसी- प्याज काट्ने (रुन पाइन्न नि फेरि), लसुन छोडाउने, खुर्सानि मसला पिस्ने

हर्के- तिनापनेको व्यवस्था गर्न जाने

ठूल्दाई- चिलिमको व्यवस्था गर्ने

सान्नानी- देवीको पूजा गर्ने

रिकुटे-  ३ गड्डि तास, च्यूरा र मादल खोज्न जाने

चेली नानी - मजाले पलेँटि कसेर बसेर कपाकप खाँदै जाने



 
Posted on 10-02-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्मालबा, ठीक छ, कारबाही अघि बढाम्।

त्यो कार्य बिभाजन चाँही अलिकती परिवर्तन गर्नु पर्‍यो है।

(बिर्खै बुडा- मजाले पलेँटि कसेर बसेर कपाकप खाँदै जाने)

उपरोक्तको सट्टा सरसफाइको सबै कामको जिम्मा बिर्खे बुढोको   

 
Posted on 10-02-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाइ नमस्कार टक्राउन आकी।
दशैंको पावन उपलक्षमा सुख, शान्ती र सम्व्रिद्धिको कामना सबैलाइ

 


नेप्ची - सबैले आ-आफ्नो भागको काम-कर्तब्य स्व-धर्मले निभाको छ या छैन हेरि बस्ने


 
Posted on 10-02-08 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maldai kati batho kya!! maili bhauju lai chhin kehi kaam nalaune!
darayera hola!!
lol lol

 
Posted on 10-02-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! चेली नानीको बाँडफाँडको हेरफेर सम्म त ठिकै लाग्यो, बिचरी कति खाएर बस्न सक्थिन र थाकेपछि मेरै पालो आउँथ्यो, तर चिप्लेको त्यो सरसफाइको कामले चाहिँ बिजोग पार्ला जस्तो छ!

नेप्चि भाउजु नमस्कारम्! सबै हालखबरम ठिकम?

लोल चेली नानी!


 
Posted on 10-02-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नेपे दाजु!

यो गजलको लिंकमा गए पछि गुगल ग्रुपमा पुगियो। गुगल ग्रुपमा पुगेपछि गुगल मेल नि हेरियो। कयौँ पेजहरुमा यस्ता गजलहरु कयौँ रहेछन, अहिले सम्म हेरेनछु। धेरै राम्रो डिसकसन हरु भएका रहेछन्। धन्यवाद दाइ गजलको लागि र यहाँ आउनुभएकोमा! तपाइँलाई पनि दशैँको धेरै धेरै शुभकामना छ!


 
Posted on 10-02-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा n आल चौतारीलाई सलुट
सब कुरो ठीक छ लेकिन बुढाले यो ज्यानलाई मात्र किन ३-३ वोटा काम सुम्पेको ।

रिकुटे-  ३ गड्डि तास, च्यूरा र मादल खोज्न जाने

हेर है यो त ज्यादती भो । अब खोज्न जाने तक त ठीक छ , लिएर आउने चाँही ग्यारान्टी छैन  ।
ह्वाँ पून्टे दाई र मलाई धोबिनीले जात्रै मिस गरेर भट्टीमा आउनु है भनेर sms गर्या छ ।
 


 
Posted on 10-02-08 7:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kyaa naam salute rikute ko!

rikute dekhiyo, dil khus bhaiyo, kassam!

kya naam, baanki jawan ko badaa dashain ko suvkamna!

aboutttttttttt turnnnnnnn! (ghadyak ghudyuk) left right left...left right left...

 
Posted on 10-03-08 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

poonte daaaaaaaaaaaaaaaaaaaa dashain ko subha kaamana hajur ra poonteni bhaujulai.
 
Posted on 10-03-08 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गम्लेहरु!
आश्विन शुक्ल चतुर्दशिय जदौ!

मीटिङ छ एका बिहानइ। त्यताइ जान लागेको तारेमाम भन्दै । चिया नि खान भ्याइन्न। थुक्क जिन्दगी! 


 
Posted on 10-03-08 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भिज्यो तिम्रो रातो पछ्यौरी नि हाइ हाइ
भिज्यो तिम्रो रातो पछ्यौरी
गंगा जले पानीले भिज्यो तिम्रो रातो पछ्यौरी

शुक्रबारे जदौ गाम्ले हो।

ठुल्दाइ, तारेमाम। बल्ल हिंजो देखि ईन्टरनेट चल्यो र गीतान्जली हेर्न पाइएला कि भनेर राति आएको त शून्य पो रहेछ।   

 
Posted on 10-03-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी,
तारेमाम ठुल्दाइ, ह्यालो चिप्ले।
ए हैन हो यो असोज मैनामै चौतारी लाई किन यसरी खडेरी लाग्या भन्या,झन सप्पै जना गाउँ फर्केर आए भन्या त कोई देखिदैनन।
ल आउ हो सपका सप एसो बाट मारौ एक्चिन,खै खै ठुलादाइ त्यो तम्बाखु एता दिनु त।
चिप्ले खुकुरे उद्ध्याउदै हो कि के हो अस्टमी लाई?
चेली बेटी त तल पाखा लिङे पिङाँ मचचीदै छन केरे।
 
Posted on 10-03-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली बुइनी, ठूल्दाई, चिप्ले तथा सम्धीज्यूलाई जदौ!

चिप्ले खुकुरी मजाले उध्याउँ है, भोली छ्याक्क पार्न पर्छ!


 
Posted on 10-03-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिष्ठे, कहाँ अष्टमी कुर्नु नि, भोलिलाई नै उँध्याइसकेको छु।
जिम्मालबा, खुकुरीको जिम्मा मेरो खड्कौंलोको ब्यवस्था चाँही गरम् है बरु।     

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters