[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी-१३६ *~

[Please view other pages to see the rest of the postings. Total posts: 784]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
[VIEWED 320739 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 40 pages, View Last 20 replies.
Posted on 12-10-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी-१३६ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 136 editions.

                            भउत भाई भण्डारी लाई बिवाह को हार्दिक मंगलमय शुभकामना 
                                                                          ~चौतारी परिवार~
 
Last edited: 10-Dec-08 10:55 AM

 
Posted on 12-16-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर रिठ्ठेले तरकारी बनाको हेर्दै खाउ खाउ लाग्ने रछ ।


 
Posted on 12-16-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रिठ्ठे किन न्यू खोज्छ बज्जे , तेही हो नेपाल जान ला भेर बधाई दिएको भनेको , पर्शी बेलुकाको फ्लाईट छ ।
 
Posted on 12-16-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ महेन्द्र बौचाको , मो मो पसल को ठेगाना, शही सलामत छ , ब्याग्मा राखेको छु, गको पर्शी पल्ट खान जान्छु ।

तारेमाम है झन्डै छुटेको ।


 
Posted on 12-16-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हाम्रो चिप्ले धनकुटा भनेसी किन हुरुक्क गर्छ , जहिले केही लेखेको भेट्छु , के छ धनकुटा सँग चिप्लेको त्यस्तो ।
 
Posted on 12-16-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकुलमा मदनवा अस्टाईलमा बसेर बुंगुर काट्दै हर्के

तस्बिर: कुमल कान्त कार्की


 
Posted on 12-16-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गाम्ले हो यो रिठ्ठेको फोटो टासम त , मैले खोजेको कही भेटिन ।
 
Posted on 12-16-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर्दा हेर्दै हर्के पनि महेन्द्र बौचा को म: म: खान जाने भए। खप्परमा लेखेर आएकै रहेछ।
म: म: खानु ठुलदाइ को नाम लिएर, डिस्काउन्ट न दिए पनि एकाउण्ट चाँही खोली देला।

 
Posted on 12-16-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु रिठ्ठे ले बनाको बूङूर्को मासु ।


 
Posted on 12-16-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही भन्या , अब गर बजायिन्छ तीन प्लेट एक्कै चोटिमा ।
 
Posted on 12-16-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

धेरै भयो चौतारीमा नया केहि राख्न सकिएन। यो पुरानै वार्ता फेरि टाँसेको क्यारम क्यारम भएर-

-----

बाटो बाटै जाँदै थिएँ, अलि परल दोबाटोमा हाम्रा च्याङ्बा चाम्लिङ, मदनवा महतो र निशान्त निरौला जस्ता तिन ध्रुवका तिनजना जम्का भेट भएर गफ गरिराका रहेछन्। यसो लुकेर सुनेको कुरो गाम्लेलाई भन्न मन लाग्यो क्या!-

 

 

मदनवा- त निशान्त भैया और चैंगबा दु जने साथमे आवनुभएको हुजुर चोतारि गावँमे?

 

निशान्त- खोकिहाल्ने के आइडिया फिरि म्याड्स सुड्डाले, आबो मो यस्तो झारे च्याङ्स संग हिन्छ? टोलमा हरिप इज्जत छ हौ मेरो, आबो तोर्पेहरु संग हिन्यो भने भरै लास्टै इन्सल्ट हुन्छ हौ मेरो!

 

च्याङ्बा- के भान्जा धातुरे? म्ह यो गुम्बाको लामा जास्दो कुन्डल लगाउने निशाद्दे सांगा क्याना जान्जा लु भान्? म्ह ता जाँदाइना जाँदाइना म्हेरो लोल खाच्चार पानि जाँदाइना यो सांगा!

 

निशान्त- ओ च्यांग्स! बेसि हैन ल सोम? फिरि मेरो गिदि घुम्यो भने भेट्ला नि दह्रो? माल चिन् सोम पहिला अनि चिनिवरि खोक्ने, यो स्टाइल हो तँ झारेहरुले बुझ्दैन!

 

मदनवा- अरे झग्रा काहे कर्नुहुन्छ हुजुरहरु? हमि बस दु जने साथमे देइखके सोचेँ कि साथमे आवनुभएछ!

 

च्याङ्बा- कुरा सुन धातुरे, म्ह खाच्चार सुन्दरी पारतियोगिदा गार्नालाई बिगिनि किन्ना जानु लागेकु!, यो निशाद्दे चाइँ बिगिनि लायेकु सुन्दरी हेर्ना जानु लागेकु! तेरो बुद्धि छाइना, तोइँके कुरा बुज्दाइना धातुरे!

 

निशान्त- खित् खित् खित्…..बल्ल मोलाई चिन्यो जस्तो छ हौ यो च्याङ्सले। तर एउटा कुरा सुन्, मोइले बिकिनि लाएको चिक्सहरुलाई हेर्न जानु पर्दैन ल? उनिहरु आउँछ हौ मेरो हेयर स्टाइल र डिङ्गो देखेर! वालेट ल लुक्स चाहिन्छ सोम जिएफ बनाउन, तिमिहरु झारपातहरुले बुझ्दैन!

 

मदनवा- उ बइक्नि कथि चिज छ हुजुर? कोइ लगावनेको चिज छ के? त बताइहाल्नुस हुजुर हमि भि लगावँछ बइक्नि! त जैसन निशान्त भैया बोलेछ वैसन हमि भि केस वेस काइटके बालैठ रखिलिन्छ पाँकेटमा खेँ खेँ खेँ!

 

च्याङ्बा- म्हेरो कुरा सुन धादुरे! तोइँले यो जुनिमा केटि भेड्दाइना, केटि भेड्नुलाई खाप्पारमा लेखेरा आउनु पारछा, तेरो खाप्पार खालि छा!

 

निशान्त- खित् खित् खित् लास्टै हँसाउँछ हौ म्याड्स सोम पनि, आबो बिकिनि थाहा छैन रे सोमलाई, बेसि खोक्ने के फिरि उसले लगाएर हिनिदिने गफ हान्छ! रेला गरेको सोम हामि संग? हरिप सोझो पल्टिदिने के फिरि! तोर्पेको दराज खोल्यो भने बिकिनि का बिकिन झर्ने होला भरै अहिले हामिलाई खोक्स दिन्छ!

 

मदनवा- चयाङबा भि सहि बात करेछ कि हमरो लाइफमा सबकुछ छ पर सला लरकि छेन। और हमि भि सहि बात कर्देछु हुजुर कि हमि जानेछेन कि बिइक्नि कथि चिज छ! हुजुरके बात जब सुनेँ त सोचिहालेँ कि कोहि लगावनेको चिज छ!

 

च्याङ्बा- यो धादुरेले केहि बुजदाइना! बिगिनि भन्याकु तोइँले लागाउने लाङ्गोडि जास्दाइ हो, तारा केटिहारुले लागाउछा! तोइँले लागाउना मिल्दाइना!

 

मदनवा- खेँ खेँ खेँ हमि अब बुझेँ हुजुर खेँ खेँ खेँ, सला हमि बुरबक सोचिलियो कि कोइ शानदारके लगावनेको चिज छ , त हमि जब लगावँछ त लरकि लोग आइहाल्छ हमरो संगमा! पर हुजुर हमि अब् बुझेछु कि बइक्नि जो छ सला अन्दरको बात छ खेँ खेँ खेँ!

 

निशान्त- खेखेखे..हाँसेको हेर् त फिरि? केहि नबुझेको जस्रो नगर् ल? फिरि मेरो गिदि हल्लियो भने तेरो अनुहार कच्याककुचुक होला! बेसि इनोसेन्ट नबन ल, होल बडि तिरपट पारदिन्छु!

 

च्याङ्बा- ओइ झागारा नागार!

 

मदनवा- हँ? कथि बतियावनुभयो निशान्त भैया? हँ? त वैसन बात छ त हमि सला भि कोइ चुरि लगाए छेन! हँ? त एक वार हुजुर जो कर्नुस तब सला दिखाइदिन्छु हम्रो देहाति गबरु जवानिमे कैसन ताकतवा भरेछ! हँ? सला बहुते दिन से देखेछु कि हमरो संग हमको गिराइके बतियावँछ! हँ? हमि थोडै सला बार बार अपमान सहिलिन्छ? हँ? बात बडे बडे बतियावनेको सजिलो छ, पर पहलवानि जो छ सला करनेको चिज छ! हमि भि देखे छु कि सला चरस गंजा दवाइ वबाइ खाइ खाईके, पिछवाडा जो छ सला सब पुरे के पुरे सुखेछ! हँ? सला बाँडि पे बोटिको जो छ ठिकाना छेन, हमिलाई कथि तरिपट बनावने बात कर्छ?? हँ?

च्याङ्बा- ओइ धादुरे! तँ पानि झागारा गार्ना लागेकु? नागार भान्या!

 

निशान्त- ओ सेकुवाघरको गोल! घुरेर हेर्छस??? मो को चिनको छस्? होल हाँडिगाउँको डन हो डन! डिङ्गोले हानेर हस्पिटलाइज्द गरिदिन्छ हौ मो, अब बेसि बज्ने हैन ल चुपचाप बस्ने!

 

च्याङ्बा- जादि भाने पानि नाहुने! तिमेरु दुबाडाइजानालाई म्हो पाछार्छा! लु आइजा तिम्हारु दुई जाना म्हो एग्लाई! झागारा गार्दोराइछा, दुबाइलाई भोटेकोसिमा लागेर खुगुरिले काटेरा फाल्छा आबा म्होइले! म्हेरो सुनदारी पारदियोगिदा साम्मा चुप् लाग् नाद्रा मोइले काट्छा! तेसपाछि तँ धादुरेले निशाद्दे लाई काटे पानि निशाद्देले धादुरेलाई काटे पानि म्हो र मेरो लोल खाच्चार तोङ्बा खाएरु नाच्छा! चुप् लाग भन्याकु!

 

मदन्वा- हमि चुपे छु हुजुर! साँरि बोलेछु हुजुर कहा सुना माफ दिहाल्नुहोस!

 

निशान्त- ओ च्याङ्स झारपात्!, अहिले मोलाई टोलको केटाहरुले बोलाएको छ कि ग्याङ फाइटलाई मो मेरो रेस्पोन्सिबिलिटि पुरा गरेर फिर्केर आइवरि कि तँ र यो म्याड्स साइकोलाई ठिक पार्छ! अहिले हतार भएर हो, लुजर झारपातहरुलाई छुँदैन हो म शुक्रबारको दिन त्यसैले जानु लागेको कि, अब आज लास्ट डे हो ल तँहरुको जति बाँच्नु छ नि बाँचिहाल ल? भरै निशान्त दादाले लास्ट विस पुरा गरिदिएन भनेर नभन्नु ल! मो माइनस अब, झारेहरु संग बसेर इन्सल्ट गर्नु छैन ल मोलाई!!!!””

 

 


 
Posted on 12-16-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाग्यमानी नै हो हर्के पनि। अनि धनकुटाको कुरा छ नि, जवान हुँदा यसो पाइलो टेक्ने मौका पाएको थिएँ के। सार्है मन पर्‍यो त्यो ठाउँ, झलझली सम्झना आउँछ अनि यसो साझामा मौका पर्दा अलिअलि कोरिहाल्न मनलाग्छ के। अनि हर्के पनि पूर्वतिरकै जस्तो लागेको थियो, कता पर्‍यो घर?                   

 
Posted on 12-16-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सम्धी ज्यु लोल
लास्टै हास्यो हो मेरी आन्द्रा भुँडी त तिन ब्रो को काहानी पढेर।
 
Posted on 12-16-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन: लोल जिम्माल । लोल लोल लोल। ( यो ३ लोल चाँही ३ अबतारी पात्रहरुलाई समर्पित)
 
Posted on 12-16-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 माइला दाई मैले यो पहिले पनि पढेको हो, तर उतिनै हासुठ्यो यो पाली पनि।
अरु भन्दा पनि त्यो निशान्त कस्तो गफाडी। हुँदा हुँदा त च्याङ्स झारपात रे
च्याङ्बा ले न्वारन देखी बल लगाएर भुइमा खँदारिद्यो भने निशान्त को डिङो को सोल पनि बाँकी रदैन अनी ठीक्क पर्छ अर्काको च्याङ्बालाई झारपात भन्दो रहेछ   
 
Posted on 12-16-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लोल लोल लोल जिम्मालबा। अरु सबैलाई अपराह्नको पुन: तारेमाम।    

 
Posted on 12-16-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन पनि हो, लहरे र रिट्ठे नै रहेछन चौतारीका २ खम्बाहरु। एक जना केन्टुकी तिर टुकी बाल्न हिड्या छन, अलख निरंजन भन्दै । अर्को कता हो? बुढाहरुको भर मा घर न चल्ने रहेछ। महिला संघ नि सुस्त छ। मंसिर सकियो। पुष मा त लगन को कुरा हुन्न नि । तै पनि लगन मै मगन जस्तो छ।

 
Posted on 12-16-08 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी नमस्कार , लोल लोल लोल ।
हैन चिप्ले त्यो ठाउँ सँग मेरोनी दोस्ती छ , तर मलाई त केही राम्रो लागेन है , केही त छैन , ठिङ परेको पहाड तातो न chaaroko अनी सुन्तलाको बोट , लौ जे भनी आफ्नो आफ्नो बिचार  के गर्ने त मैले ।
हामीनी पूर्वको हो तर हामी चै ढल्केबर वारीको परियो , ढल्के पारी चै तेही हो २० ३० चोटि गयियाछ होला ।।
 
Posted on 12-16-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हक्रे नेपाल जान ला' रेछौ ! ल राम्रो सँग जानु ! म:म धेरै नखानु ! उपहार टन्न लिएर जानु ! छिट्टो फिर्ता आउनु सकुशल ! शुभ यात्रा !

अरु सबै गाउलेहरुलाई मेरो अल्छि लाग्दो हाइ


 
Posted on 12-16-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ठाउँ कहाँ होला लु पत्ता लगाम त ?


 
Posted on 12-16-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो ठाउँ चै डर लाग्दो छ है , कालो तेलको खानि , कालो बालुवा ।।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Court Hearing Approval.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters