[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
  ~चौतारी १६७~

[Please view other pages to see the rest of the postings. Total posts: 344]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 151445 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 12-07-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६७~




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"




कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 167 editions.


 
Last edited: 07-Dec-09 02:29 PM

 
निशान्त
Posted on 12-10-09 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कच्याक कुचुक पार्दिन्छ हौ म्याड तेरो कालो अनुहार मोइले आज!


आबो बल्ल बल्ल एता हुकअप होला जस्तो भैराको बेलामा ...काssssलो फेस प्वाsssक्क बिचमा ल्याएर कि, छिर्के हान्न आइदिन्छ झारे। पहिला तिम्रो होल फेस ब्लिच गरेर आऊ ल म्याड अन्त बल्ल ट्राई मार्ने। लरकि पाएन रे? यस्टो रड्डिज फेस र डर्टिज लुगाले छब्कि पाउँदैन ल!


 
Posted on 12-10-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लहरे लोल
पुरेको खुल्यो पोल


निस ब्रो कता हराको हो एत्तिका दिन।।अनी ब्रो धेरै दिन भोन्त ब्रो कैलाश तिर नगाको, ब्रोको अस्ती त्यो धुलिखेल्को माल ले त नराम्रो दियो नि ब्रो


"घटककोच पनि न अट्ने"


लोल ठुल्दाइ लोल हेर्दा त ठुल्दाइकै जस्तो छ् टोल 


 
Posted on 12-10-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिज्ञापन


घर मा बसी बसी हुकुम चलाऊन जान्ने, घर को काम केही आउनु पर्ने जरुरत नहुने, खान मा सौखिन, ३६-२६-३६ साइज नभएपनी केही फरक नपर्ने कोही केटी विवाह योग्य छ भने तु हामीलाई खबर पाम। केटा हातमै छ फुस्केला।


केटा को विवरण


नाम - मदनवा


निक नेम - म्याडी


उमेर - उमेर मे क्या रख्खा हे


रङ - कृष्ण भन्दा त गोरो


मन पर्ने लुगा - लुङ्गी


मन पर्ने खान - खैनी, पान आदी


के गर्ने आउछ त - ट्राक्टर चलाऊन


एक्पेरिएन्स - बिगत १२ बर्ष देखी केटी खोजेको, हेरेको


इच्छुक केटी ले आफ्नो दुई प्रती फोटो - यता पुरै टाउको देखी खुट्टा सम्म देखिने र अर्को क्लोजप अनुहार मात्र देखिने - का साथ मा २५० को फारम भरी निबेदन दिनु होला।


केटी सेलेक्ट हुने सम्भावना - २००%


बिहा भएपछी केटी के केही गर्नु नपर्ने - २४/७ मदनवा साथ हुने केही गर्नु परे - काम अर्‍हाउनु परे। खुशी साथ आफ्नो जिन्दगी बिताउने इक्षा छ भने तु काम कारवाही शुरु गरी हालौ - मौका आउछ पर्खदैन।


संपर्क
चौतारी बिहा बर्तबन्ध समिती
चौतारी चोक 


 


 
Posted on 12-10-09 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी, भीमसेन मन्दिर भनेर पुगेन, कहाँको पनि भन्नु पर्‍यो। भीमसेन मन्दिर त कति छन् कति नि।
ठुल्दाइ, किन साइज नमिल्नु? गरीब देशमा देवता पनि दुब्लाइसके। नेताहरुको घर हो र ठुलो हुनलाई? 
मदन्वा, टाढैबाट खैनी गन्हाउँछ अनि कहाँबाट लरकी पाउँछ? खैनी खान छोड्नु अनि गाउँको हेल्थ्पोस्ट होइन बरु सदरमुकामतिरको जिल्ला अस्पातलमा सरुवा माग्नु अनि नर्स ताक्नु।
पूरे, क्या हो चाला त्यस्तो?
निशपाट्, आज त च्याङ्बा र मदनवालाई ठीक पार्ने बिचार  छ कि छैन?           
 
Posted on 12-10-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol madness!

aachhhhh kasto raicha yo nishant ta torpe kura nagara la mosanga ahile mero daile ek kick dinchha ni ani timi minus hunchha. :P

 
Posted on 12-10-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लहरे
लोल म्याड भाईया,
लोल निशे


हैन बिस्टे हाम्रो टोल को भीमसेन त अजङग को छ। पाटन को भिमसेन पनि उस्तै । पक्कै पनि पोखराको  भीमसेन हुनु पर्छ । मखुला चिप्ले ?


 
Posted on 12-10-09 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तक्मा लिन नि लाज लाग्ने रे ! लोल !



कामले सार्है पेल्यो यार ! कस्तो दिन देख्नु पर्‍यो यो लौन अब त केही गरौ ! :D


 
Posted on 12-10-09 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


निशान्त भैया भन्छ कि सुसरा हमरो फेस कालो छ। हँ? छ त सला छ कथि करने? हमरो थोडै तपाइँको जैसन कालो दिल छ? त पिरोबलम जो छ सुसरा हियाँ छ। लरकि जो छ ऊ दिल देईखके मन परावँछ थोबडा देईख के होइन। हँ? खुसिया? बताईदेऊ? कथि देईखके मन परावँछ? खुसिया भि वहि भन्छ कि दिल देईखके मन परावँछ। पर सुसरा हमि सोचेछु कि हमरो दिल कैसन दिखाईहालुँ? सला हनुमान जैसन शक्तिसालि हमि हुन्थ्यो र सुसरा दिल चिरके दिखाईहाल्थियो। पर हमि हनुमान जैसन छेन, हमि मदनवा जैसन छु। हमि सैरियल दाजुको धनवाद भनेछुको हमरो लागि ऊ ऐड जो दिएछ। अब हमि बिजि हुन्छ, सुसरा सौ का सौ ऐप्लिकैसनवा जो आवँछ ऊ को साँटआउट करनेको लागि। कोहि टैबे सुसरा करावँछ र करावनको दिन्छ हम्रो कोनो बाल झडने वाला छेन, वैसन बाल तो सुसरा हमरो पुरे बदनिया पे छ खेँ खेँ खेँ!


 
Posted on 12-10-09 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज यो निशे खाते संग दर्हो पर्ने भो आफ्नो अली फुर्सत छैन र मात्र नत्र त यस्को त्यो साइकिल को खिया लागेको चेन सँग डराउनी मान्छे हो र म उहिले उहिले सिरुपाते नचाको मान्छे पो त ! कसो खुशी? :)
 
Posted on 12-10-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल बाउचा, लोल खुशी.
निश्, खुशी त डेन्जर रहिछ हौ, केरफुल हुनु ल। कच्याक्क पार्देला ल ओभर भो भन्देखी त।  
ठुल्दाइ, पोखराको पनि मखुला दोलखाको पनि मखुला।    नजिकैको द्रिष्य राखिदिएको छु, फेरि प्रयास गरम्। 
 
Posted on 12-10-09 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहिले उहिले सुरुपाते नचाको मान्छे त हो नि यो रिट्ठे


उहिले उहिले भएपो निहुँ खोज्न नहुने त - अहिले त जती नि मिल्छ निश पाट -


रिट्ठे ले भिलेन खेल्ला जस्तो छ तिम्रो लोप स्टोरी मा निश पाट -


केही गर्न परो - नत्र त आश मार्देनी भयो


 
निशान्त
Posted on 12-10-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित् खित् खित् .... बिस्टे सुड्डा! आबो बल्याक मिसाएको थियोन्त हौ, सुड्डाले ४ स्टिक कन्टिन्यू दियोकि अन्त भरै सुड्डा सेन्टिफ्लयाट भएछन्त! खित् खित् खित्


आम्बोssss! रिठ्स पाट आबो तपाईँ  खुसिको दाजु भनेर थाहापाएन कि मोइले! दाजुलाई बबाल भोक लागेको होला मो डोल्माको पसलमा लगिवरि मोमो र तोङ्बा खुवाउँछ ल दाजुलाई!


खुसि, आपुईsssss! के साह्रो मिssठो बोलिले तिssssखो गोलि हानेकु हौ तिमिले, मेरो त स्ट्रेट दिलमा लाग्यो हौ! आबो मेरो कुरा मात्र तोर्पे हो हौ, मान्छे त फिरि जि तानेपछिको अरेन्ज बल र म्याङ्गो टार्ट भन्दा पनि गुलियो छ हौ मो! बेकरी जाने? मो बिल तिर्छ, झारपातहरुले पनि आँखा लाऊन पाउँदैन कि मोसंग गएपछि! कि भर्खरे खुलेको के.एफ.सि जाने? अरुमा त मेरो उधारो चल्दैन हौ फिरि!


 
Posted on 12-10-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छुटेछ फोटो। रिट्ठे सर, लोल।  

 
Posted on 12-10-09 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशान्त मेरो दाई मो मो मा भुल्छ भन्ठानेकु? तिमी जस्ता रोड साइड रोमियो लाई त कती ठीक पारेको छ हौ उल्ले होस् पुराउ बेलाइमा फेरी वार्निङ दिएन नभन्नु ल :P

 
Posted on 12-10-09 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo kumarigal ho chiple dai?

 
निशान्त
Posted on 12-10-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईssss! कस्तो रिसाईदिएको खुसि आम्मामामामा...रिसाऊँदा त झन हरिsssप राम्रि देख्यो त हौ मोईले.....आबो मोइले जैले देख्छ तइले जिस्क्याउँछ हौ! मो रोडसाईड रोमियो होइन ल, मो त योरसाईड रोमियो पो हौ! बोरु रिठ्स पाटले चक्कु, चेन कता लुकाएर राख्छ भन ल? पहिले नै सोमलाई तोङ्बा खुवाईवरि लुकाईदिनुपर्छ! मेरो बौ ले पढेन भनेर कि लास्टै रेला गरिराख्छ कि, बोरु हामि सङ्गै ट्युशन जाउँ ल? फि मो तिर्छु हौ तिम्रो!


 
Posted on 12-10-09 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो त मन्कामना जस्तो छ् नि चिप्ले ब्रो कि भक्तपुर तिर हो कतै?
के खार कुमारीगाल हुनु नि खुशी?का छ् र कुमारीगाल्मा त्यस्तो ?


निसे ले नि कत्ती हसाउने,एस्तो झारे ताल ले केट्टी पट्टिन हो निस ब्रो, आज्कल को केटीहरु त हो अलिक डिसेन्ट केटा खोज्छ हो तिमी जस्तो होइन के


 म तिम्लाई आईडिया दिम्लान्त भरे कान्छी को भट्टिज मा भेटेर।


 
Posted on 12-10-09 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मो त फेरी अहिले सुपर्णखाँ देख्छ है तिम्ले चन्डी रुप लिन्छ नि मोइले कैले कैले तिमी जस्तो रोमियो लाई ठीक पार्नु हे हे

ट्युशन त मो जान्छु नि हौ अलरेडी हाम्रो ग्याङ नै छ कि तिमी आयो भने त सेन्टीफ्ल्याट खान्छ ल च्वाँक हरुलाई देखेर :D

 
Posted on 12-10-09 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hoina tyasto pasalharu chha ni kumarigalma tara bato chai kalo patre (bigrisakeko) nai chha hehe.

 
Posted on 12-10-09 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!


चुप् लाग नालायक निशे! फि तिर्छु रे! यो बज्जे भर्खर हिजो झ्यालखानाबाट छुटेर आ'को हो गाम्ले हो। बजियाले बौलाई बस्न खान द्या छैन। घरमा जे भेट्छ तेई बेचेर यामानका जगल्टा पाल्ने, कुन्डलेहरुसिर माथि भेटेटारमा ग'र नानाभाँति खान्छ, एस्ताले पड्छ कई? अस्ति भर्खर बाउले भित्रर्या दुई भकारि बाली, झ्यालाखनाटि आम्ने बित्तिकै बेचेर हिन्या एता अन्मरिया रेछ। कुन दिन कसको टाउको फोर्छ र फेरि जाकिन्छ बज्जे खोरमा। म हजुरबाऊ पर्छु यो मोरोको मेरो त टाउको फोर्न बेर लाउँदैन असत्तिले! अस्ति सम्धीज्यूलाई मिठो बोलेर फकाई फुलाई पारेर तमाखु भनेर नानाथरी खान देछ बज्जेले, बरा सम्धिनीज्यूले बोला'र हेर्न गा' त सम्धिज्यूले 'नारायन' नै भन्ने बेला भओ भन्ठान्या धन्न पछि बउरे र मात्तै हो! बउरिसकेसि नि कि हाँस्या हँस्यै अर्छन, कि रोरोएइ अर्छन। कईले " आयो आयो आयो!" भनेर चिच्याम्छन त कइले " समात्यो समात्यो समात्यो....बटार्यो बटार्यो बटार्यो " भनेर कराम्छन। केले समात्या के ले बटार्या पत्तो छईन। तल घट्टका साईँला काकाले धतुरो खा' बेला जस्तो भा थे बिचरा सम्धी।


धेर नकरा निशे, फेरि पुलिस बोलाईदिन्छु।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters