[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी - ७६ --

[Please view other pages to see the rest of the postings. Total posts: 627]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 249654 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-13-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७६ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 76 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद

रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म
जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म
चकमन्न यो झरीमा बास बिसाइदिम् कि
छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि
-------------------------

चौतारी समाचार को मुख्य अँशहरु:
" रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न"
" चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको"
" बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको"
" माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा"
"ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको"
"चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्


 
Last edited: 13-Sep-07 03:00 PM

 
Posted on 09-17-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परपरपरपरपरपरपरपरपरपर...पुन्टे...आथाथाथाथाथा...दा...पिरररररररररररररर पुरररररररररररर...लबलबलबलबलबलबलब...बुलबुलबुलबुलबुल...ब्ररररररररररररररररररररर" !!!
 
Posted on 09-17-07 7:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै लाई गूड् नाइट
 
Posted on 09-17-07 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी के छ हौ?
 
Posted on 09-17-07 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्टे निकै न्यास्रो लाग्यास्तो देख्छु नि :) के भओ भन्चु र ? मेरो त सब ठिखठाक छ बाबु । क्यार्नु बुढेसकाललाओ नातनातिनालै कथा सुनाम्दै बसेकिम
 
Posted on 09-17-07 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सुमधुर संगित है त ...म गाडि हाक्दा सधैजसो सुन्छु:) यस्तो सुन्ने भा'कोलेकहिले काहि गालि पनि खाईन्च भन्चु । तर बानि लागिसक्यो र पनि क्यार्नु र!!


 
Posted on 09-17-07 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो दिदी आज साह्रै न्यास्रो लागिरछ भन्या, अनी एउटा कथा हामीलाई पनि सुनाउनुस् न
 
Posted on 09-17-07 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा त आम्दैन बाबै हउरलै सुनाम्ने बरु ल यो मिठो गजल ---- अघि नै गुड नोइट भनेओ मान्छेलै यस्ले निद्रा लाम्च कि भन्छु :)




 
Posted on 09-17-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो बिहान आउने मान्छे ले गूड् मर्निङ भन्छन आफु चाँही राती आएर तेइ देखi सिकी गरे गूड् नाइट भनेको
नि
 
Posted on 09-17-07 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किस मोड पे आते है भन्ने मेरो पनि favourite हो
 
Posted on 09-17-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तु प्यार हे किसि औरकि तुझे चाहत को हि और हे ..............

सुभ सन्ध्या मिस्, रिठ्ठे अनि पुन्टे दाइ र समस्त गाम्ले दाजु भाइ अनि दिदि बहिनि हरुलाई
 
Posted on 09-17-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले लाई निक्कै तोड पर्‍यो जस्तो छ नि, के भको हो कुन्नी !
 
Posted on 09-17-07 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई उबेला उमेरको कुरो पर्यो
आज गजलको कुरो सम्झिदा तो गीत् याद आ'छ।
 
Posted on 09-17-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु, कोहि हुनुहुन्छ?

आज सुत्नु अगडि सानो diary को टुक्रा पस्किएको छु,
ढल्ने वेलामा के को हल्ला खल्ला गर्छ नभन्नु होला।
 
Posted on 09-17-07 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विदाईको त्यो पल

२०५९-५-११,
पुल्चोक क्याम्पस।

...................................
समय पंक्षि हो खुल्ला यसको बन्धन
बाधेर बाधिदैन उड्छ हरपहर;
दिन रातको पंख सेतो कालो
चालेर आकाशैमा उड्छ निरन्तर।
......................................

साच्चिकै समयका क्रुर चक्रहरु घुमि नै रहे र म वाध्य बनिरहेछु।

भावना भरि भरि स्‍मृतिका सुमनहरु सँगालेर, मन भरि भरि सितलताक उद्वेगहरु भरेर, मुटु भरि भरि संब्रिद्धिका सगुनहरु लुकाएर, आँखा भरि भरि प्रफुल्लताका करिस्माहरु अनुबन्धित गरेर, अन्जुलि भरि भरि शुभकामनाका कोसेलीहरु बोकेर, दिल भरि भरि टलपल् टलपल् बिक्षिप्तताहरु कुम्लो कसरे,
म विवस छु - मेरो मुटुको आधा टुक्रा कतै वाटोमै छाडेर आफुलाई असह्य चोट र व्याथाको परिधि हुँदै एकान्त तर्फ, अनकन्टार् तर्फ, आँधिवेहेरी तर्फ, छालहरु तर्फ धकेल्न।

म बाँधिएको छु, समयका जन्जिरहरु भित्र।

आज एउटा अन्तिम मौका हामीहरु सामु निमेश भरका लागि उपस्थित् छ - सहयात्रका लागि।
म चाहन्छु - आजको यो पल, हामी छाती भरि भरि कुराहरु साटौं, मनहरु साटौँ, अन्तरंगहरु साटौँ, मुटुहरु साटौँ - के भर आज उप्रान्त फेरि यस्तो अवसर् हामी पाउँला/नपाउँला; नाचौं, गाऔं, रमाइको गरौं।

आफ्ना आफ्ना कर्मका कचौराहरु लिएर भोलि त हामी आ-आफ्ना भाग्यका वारीहरुतर्फ फसल खोज्न लम्कनु नै छ - के भर पुन: वाटोमा भेटिउँला - नभेटिउँला, या भेटेनै पनि चिनौंला - नचिनौंला या चिनेरै पनि चिनेझैं गरौंला नगरौँला।त्यसैले आजै साटौँ साइनोहरु - स्‍मृति भरि भरि, आँचल भरि भरि, हत्केला भरि भरि।

...................................
आधि वाटो हिंडे पछि तिमि संग भेट भयो
जिन्दगीको हाम्रो यात्रा तेहिंबाट सुरु भयो
सानो मोडैमा।

थोरै अरु हिंडेपछि दोवाटो पो फेला पर्यो
जिन्दगीको हाम्रो यात्र तेहिंबाट टुटिगयो
सानो मोडैमा।
...................................

हामी बिच वाटोमा भेटियौं। हामीले हाम्रा उत्सर्गहरु संगसंगै उद्वेलित गर्यौं, हाम्रा आकाँक्षाहरु संगसंगै खुसी मनायौं, हाम्रो यात्राका धेरै मोडहरु/घुम्तीहरु संगसंगै पार गर्यौं।

र सत्य त यहि हो - कोहि कसैको जीवन पर्यन्त साथ रहन सक्दैन। चाहेर पनि हामी हाम्रा गोरेटोहरुलाई एउटै दिशातर्फ, एउटै विन्दुतर्फ निर्धारित् गर्न सक्दैनौं।

जीवनको वक्ररेखा - म चाहन्थें - मात्र विन्दु - टक्क अडिएको - तर संभव थिएन। तेसैले भोलित हामी आ-आफ्ना वक्ररेखा तर्फ लम्कनै छ। आजै मात्र हो हामीसंग - हाम्रा मनोभावनाहरु सापट लिन, दिन र चुक्ता गर्न। हामी अघाउन्जेल आजा हाम्रा दिलहरु साटौं; धेरै अरु रातहरु जस्तै आजको रात पनि हामी विताउँ - हाम्रो पारामा, फेरि भोलि कहाँ पाउँला र हामी यसरि संगसंगै न्याना पलहरु साट्न। मानौं आज घडीको सुइ रोकिएको छ, समय ठिंग उभिएको छ - किनकि हामी उभिएका छौं - हाम्रा भवनाहरु साट्न।

.............................
केहि मिठो वात गर
रात तेसै ढल्किदै छ,
भरे फेरि एकान्तमा
रुनु त छंदैछ।
.............................

सुर् न ताल्
 
Posted on 09-17-07 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo sur na tal lai ta chinnu parne, k padeko ho timile ?
 
Posted on 09-17-07 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिभिल्,

अनि आफुले?
 
Posted on 09-17-07 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

civil pari ko building
D blluock
 
Posted on 09-17-07 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइ सि

Mechanical

तेसो भए ५२ batch भन्दा त पछि कै हुनु पर्यो?
 
Posted on 09-17-07 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.सुर न ताल, राम्रो लाग्छ है तपाईंको शैली...शसक्त हुनुहुन्छ।
 
Posted on 09-17-07 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद् क्रिश्न जि
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Need Help of IT consultancies
NEPAL TPS IS GONE
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters