[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 283818 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-13-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म त सप्पै गाम्ले साथिहरुलाइ जदौ टक्राए,

गौतम दा को "के काम?" ले मेरो दिन रमाइलो बनाउने भो एहा। दा, रिसानि माफ होस् है! हजुरको त्यो मुक्तकलाइ मैले पनि उधारो लिएर मेरो यथार्थलाइ आकार दिने सानो प्रयास है?

Inbox र Outbox दुबैमा तिम्रो नाम कहि छैन,
एक मुट्ठिको यो मुटुमा चाहि तिमी बिना केहि अट्दैन।

छ्या, कस्तो नराम्रो लेखिएछ। मन नपरे पनि माफ पाउँ है।

uffri
 
Posted on 07-13-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गी दि माफ पाम है हजुर ले फुन गरेको बेलामात म सपना देखी रा थे।
राहुल दाई, बिर्खे दा, ग्वछे, मिस दि सबै लाई दर्शन गरेल।
 
Posted on 07-13-07 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-13-07 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन् गरें मिस नानी र उफ्रि।
उफ्री त्यो चुक्तक( मुक्तक भन्दा सानो) लाई यसो गरे कसो होला। तारेमाम्।
inbox र outbox दुबैमा तिम्रो नाम कहि छैन,
एक्ली सीता माला लिई पर्खि रहें, मेरो राम कहिं छैन।
 
Posted on 07-13-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय स्रोता महानुभावहरु,

हामीले गत हफ्ता भनेजस्तै एक हफ्ता भरिका "चौतारी ताररम्पम अन्तरबार्ता" मा आउनुहुने पाहुनाहरुलाई एकै मन्चमा ल्याएर उहाँहरुका अनुभवहरु बटुल्ने प्रयास गर्ने छौँ भनेर।

"चौतारी ताररम्पम अन्तरबार्ता" यत्ति पपुलर भयो कि यस कार्यक्रम सन्चालक आफैँ निकै ब्यस्त हुनुभयो। उहाँले यसपाली अन्तरबार्ता लिनै पाउनु भएन। त्यहि भएर हामीले यसपाली उक्त कार्यक्रमका सन्चालक बिर्खे माइला ज्यु अथवा हाम्रा प्यारा जिम्माल बा लाई यस कार्यक्रममा बोलाएका छौ। त्यस बाहेक हामीले अरु दुईजना पाहुनाहरुलाईपनि निम्त्याएका छौँ। उहाँहरु को को हुनुहुन्छ भन्ने कुरा हामी यहाँहरुलाई एकैछिनमा भन्ने छौँ। अहिलेलाई यत्ति भनौ कि उहाँहरु नहुनुभएको भए यो चौतारी रंग बिनाको होली, स्वर बिनाको कोइली हुन्थ्यो। हो हामी उहाँ दुईजनालाई निम्त्याउदै छौँ यस कार्यक्रममा।

अब तपाईँहरुलाई लाग्न सक्छ आज सन्चालकले किन कार्यक्रमको नाम भनि रहेको छैन भनेर। हजुर मैले आज कार्यक्रमको नाम भनिरहेको छुइन। यसमा के कारण होला भनेर तपाईहरुले एकैछिनमा थाहा पाउनु हुनेछ। जस्ले पहिलेको कार्यक्रम सुन्नु भयो उहाँहरुले अनुमान लगाइसक्नु भयो होला। हो! हजुर हरुको अनुमान सहि छ। हामीले हाम्रो कार्यक्रमको नाम परिवर्तन गरेका छौँ। राहुलदाईले रुबरूलाई रु-मोरु भन्नु भएको र मिसले आधि कार्यक्रममै छोडेर जानु भएको ले यसपाली हामीले पाहुनाहरुलाई लोभ्याउने प्रयास गरेका छौँ। हैन हैन! उहाँहरुले पैसा पाउनुहुने छैन। पैसा हामी खर्छ गर्दैनौ, जत्ति सक्यो कुम्ल्याउछौ, पाहुनाहरुको बानी बिगार्दैनौ। यसपाली हामी पाहुनाहरुलाई तातो तातो मिठो मिठो कफी खुवाउनेछौ अन्तरबार्ताको बेलामा। त्यहि भएर आजको हाम्रो कार्यक्रमको नाम हुनेछ "कफी विथ कुम्ले" !!

स्वागत छ यहाँहरुलाई कफी विथ कुम्लेमा! आजका पाहुना हाम्रा जिम्माल बा हुनुहुन्छ अनि अरु दुईजना यस्ता ब्यक्तित्व हुनुहुन्छ जस्को म अहिले बयान गर्न सक्दिन। किन भने अहिले कमर्सियल ब्रेक को बेला भएको छ।

एकैछिन कमर्सियल ब्रेक!!

 
Posted on 07-13-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-13-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाअहाअहा, कुम्ले नि कम्ताको छैन, सोझो मान्छे। बिरेक सिरेक केही होइन, छिटो जिम्माल बा र अनाम पाहुना ल्याउनु पर्‍यो। नत्र हुलुश लिएर ( हुल दंगा गर्ने जुलुस्=हुलुस्) घेर्ने अनि फोर्ने बेर छैन। तारेमाम्।
 
Posted on 07-13-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

आफ्नो त हिजो रातिदेखि ईन्टर्नेट बन्द भएर चियाउनै पाको थिइनँ। बल्ल अहिले अर्के साँचो लिएर छिर्न पाएँ, तर एकदम स्लो छ।

ग्वाँचे, ठूली, राहुलदाइ, गोतामे, दुर्गे भाउजू, मिस दिदी, कुम्ले, उफ्री, जिम्मी बूढा सबैमा जदौ!

ए आज त भानु जयन्ती रैछ!

मैले कक्षा छ हुँदा आफैले लेखेको कविता सम्झेर केही लाइन लेख्दैछु। यो मेरो पहिलो कविता होला सायद।

भानुभक्त

थिए भानुभक्त आदि कवि हाम्रा
लोकप्रिय भए उनी नेपाली सबका

शिक्षा पाए उनले एक गरीब घाँसीबाट
कविता लेख्न शुरू गरे त्यसैबेलाबाट

धनन्जयका छोरा थिए हाम्रा भानुभक्त
कविता लेख्थे उनी अति शसक्त

उनले लेखे रामयण, बधुशिक्षा, प्रश्नोत्तरी पनि
भानुभक्त थिए उनी कविताका धनी।


ए! मैले त पूरै कविता सम्झ्या रैछु कि क्या हो, छ किलासाँ लेख्या कविता पनि?

लु भानु जयन्ती मनाम् आज धूमधामले चौतारीमा।
 
Posted on 07-13-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽई,

खै कफि कता हो, कति लामो बिरेक हो?

जदौ!!
 
Posted on 07-13-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽई,

खै कफि कता हो, कति लामो बिरेक हो?

जदौ!!
 
Posted on 07-13-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम कुरा एकातिर्, कुम्ले कुम्लो बोकी ठिमि तिर्। तारेमाम्।
 
Posted on 07-13-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलाई । बिहानै के को अन्तर्वार्ता हो? एउटा बिरेक त यती लामो छ अरु ले पलो कहिले पौने? कफी गफ विथ कुम्ले!!!
 
Posted on 07-13-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमर्सियल ब्रेक पछि फेरि स्वागत छ प्यार स्रोता महानुभावहरु।

अघि भने जस्तै आज कुम्ले सङ बसेर कफि पिउनको लागि आउनु भएको छ हाम्रा चौतारीका आदरणिय सदस्य, चौतारी ताररम्पम अन्तरबार्ता का संचालक श्री बिर्खे माइला ज्यु उर्फ जिम्माल बा! उहाँलाई धेरै ले माया गरेर मामा, हजुरबा पनि भनेर बोलाउछन्। जोरदार तालीले स्वागत गरौँ जिम्माल बा लाई!!

संवाददाता: नमस्ते जिम्माल बा! सन्चै हुनुहुन्छ?

जिम्माल बा: नमस्ते कुम्ले बाउ! सन्चै भन्न परो! तो अलि अलि नली खुट्टो दुखेओ छ, जिम्माल्नीले चाइन्जो बेलुका मालिस अर्छे अन्खेरुन ओखती खुआउँछे त्यसैले धानेओ छ।

संवददाता: हजुरलाई आजको कार्यक्रममा स्वागत छ। अब आजका अरु पाहुनाहरुलाई नि निम्त्याउनु पर्यो।

जिम्माल बा: स्वाउत अरे मुइँले नि। हन क्यार्न त्यस्ता नउचराहरुलाई बोलायौ हँ कुम्ले? हाउँरो उमेरकाहरुलाई बोलाओ भए राउँरो हुन्तो।

संवातदाता: हुन त हो जिम्माल बा! तर स्रोताहरुले निकै पत्र पठाउनु भयो उहाँहरुलाई बोलाउनु पर्यो भनेर। हजुरलेपनि अन्तरबार्तामा उहाँहरुलाई बोलाउनुहुन्छ भन्ने सबैले आसा गरेका रहेछन्।

जिम्माल बा: चाइन्जो क्यार्न बोलाउथेँ ति उरेन्ठेउलाहरुलाई? चौतारीमा चाइन्जो अरु बोल्न सउने मानिस छैनन्?

संवातदाता: ल जिम्माल बा! अरु कुरो त्यस्तै हो, तिनीहरुका अगाडी अलि राम्रै भएर हाँसी हाँसी बोलिदिनुस् न, भित्र मन जस्तो भएपनि।

जिम्माल बा: अब बोल्नै परो नि। चाइन्जो तिउँरो कार्जेक्रममा बोलायौ! तिउँरा पाउना हुन्, भलाद्मी भएर बोलेछन् भुने राउँरै संअ बोलौला। क्यार्न जोरी खोज्थेँ यो बुढेसकालाँ?

संवाददाता: त स्रोता महानुभावहरु! यहाँहरु को प्रतिक्ष्याको घडी समाप्त भएको छ। अब हामी ति दुई पाहुनाहरुलाई यहाँ निम्त्याउदै छौँ, तर यो कफि ब्रेकपछि।

एकैछिन् कफि ब्रेक!!

जिम्माल: गज्जब को कार्जेक्रम गरेउ कुम्ले! कफि ब्रेउक गरेउ, यो बुढोलाई एउटो कफि खुवाएनौ।

संवाददाता: हत्तेरिका! ए जिम्माल बा लाई कफि ल्याओ!!



कमर्सियल ब्रेक पछि फेरि स्वागत छ स्रोता महानुभावहरु! अब हामी आजका अरु पाहुनाहरुलाई बोलाउन चाहन्छौँ। जिम्माल बा, हजुरले बोलाउने हो कि?

जिम्माल बा: फेरी मै बुढोमुन्छेलाई काम लाउछ यो कुम्लेपनि। लु मै भनौँला, सोर्ता मानुबाउ हुर, चाइन्जो हाउँरो कुम्ले सँअ बसेर कफि पिउन आउदैछन् हाउँरो चौतारिको अल्लारे ठिटो, बोल्दा त्यो के जाती भुँडी भित्रओ आन्द्राँ'टै सलाउँ ठोउने हाउँरो कुम्लेओ प्यारो, निशे

संवाददाता: स्वागत गरौँ चौतारीका हिरो, दादा, अनि मेरो जिगरी दोस्त निशान्त थापा ज्युलाई।

निशान्त: आँsssच कुम्स पाट बबाsssल इन्टरभियु लिनु लागेछन्त! मो त अड्डामै थियो कि, अन्त नोर्बुले पो सम्झायोन्त आजु एफ एममा खोक्स दिनु जानु पर्दैन भनेर। त्यै भएर फास्ट आकोन्त। फिरी बाहिर त त्यो झारेपनि बसिराको छन्त उसलाईपनि बोलाको? ल फिरी जिम्स सुड्डापनि यहिँ? आम्बोsss! मोलाई लाsssस्ट र्याग हान्नु सोचेको हो तिमीले?

संवाददाता: ल निशान्त पाट तिमी यो कुर्सीमा बस है। अब हाम्रो अर्को पाहुनालाई बोलाउने काम तिम्रो।

निशान्त: लौ फिरी के भन्छ हो! आबो मोइले बोलाउने त्यो तोर्पेलाई? लु लु आबो तिमी जिगरी दोस्त होन्त त्यहि भएर बोलाइदिन्छु है त! ... मेरो भोइस सुनेर सिक भइराको सबै चिक्सहरु अन्त लास्ट टेन्स भइराको झारेहरु सबैलाई आन्द्रैsss देखि नमस्ते ठोकेँ ल। आबो काम लगाइहाल्यो कि हाम्रो कुम्स पाटले त्यहि भएर मो आजुको अर्को पाहुनालाई बोलाइहाल्छु है त!

जिम्माल बा: हन! चाइन्जो चाँडो बोलाम्न परो निशे! क्यार्न यस्तो ढिलो गरेओ?

निशान्त: आबो हामी सङै बस्नु अनि खोक्नुलाई आउदैछ मेरो ट्याब्स सप्लायर, जिम्स सुड्डालाई सान्डेको तेल सप्लायर अन्त सब चौतारीलाई बबाल बबाल गीत सप्लायर, चौतारीको कम्पाउन्डर मदनवा!!

संवातदाता: स्वागत गरौँ हाम्रा चौतारीका कम्पाउन्डर मदनवालाई!

मदनवा: हमि चौतारी अन्तरबार्ता मे आएछु
लरकि पट्टाउने एगो चान्स पाएछु
जे राम जि कि।

संवाददाता: स्रोता महानुभावहरु, हाम्रा सबै पाहुनाहरु आइसक्नु भएको छ, अब हामी उहाँहरु सङ बार्ता गर्ने छौँ तर त्यो भन्दा पहिले यो सानो कमर्सियल ब्रेक!


 
Posted on 07-13-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-13-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्यो बबाल हिट हुने भयो 'कफी गफ विथ कुम्ले'
 
Posted on 07-13-07 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु मन्तयेक ला!!!!

आज नि चौतारी गज्जब रमैले भइरा'छ के रे नि । आजआ म्यान अफ द चौतारी कुम्ले ब्रो ।

ए कुम्ले पख पख त्यो रेडियो कार्जेक्रम एकछिनलाइ रोक्न परो, प्राबिधिक गडबडि अर्न मिल्दैन ? (लु अब सब गाम्लेले मलाइ खेद्ने भए)

कुरो के भन्देखुन नि, शुक्रवार साँझ नपर्दै सब्बै गाम्लेहरु धमाधम गायब हुन्छन, तिनेरुलाइ भोलि पर्सि दुइदिन कुरा'को कुराइ अर्नु परो के, जिम्माल बा, निशपाट र मदनवा को तेडि (तेडि-तीनजनाको जोडी) गज्जप छ के रे, सब गाम्लेहरु चौतारिआ चियाको चियाइ अर्लान नि विकेण्डाँ पनि ।

चित्रे त बच्चैदेखि कवि रहेछ, वाह!!!!
 
Posted on 07-13-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फेरो बिरेक, कुम्ले बाउ साह्रो झ्याउ भयो। तारेमाम्।
हसाउने बिद्या नि कहाँबाट सिकेका हुन्, कुम्ले ले नि, हास्दा हस्दा, आशु उम्ले।
अनि नेपली टेलिभिजन हेर्‍यो, च्यानलै पिच्छे हास्य कर्यक्रम। झारे, नारे, पारे, तारेको जबर्तस्ति मुख बङ्ग्याइ, शरीर नङ्ग्याइ हसाउने।
कर्यक्रम भनेको यस्तो पो, प्राक्रितिक हाँसो, कलात्मक प्रस्तुती।
मेरो भन्नु यति को, कुर्नु पर्ने कत्ति हो। तारेमाम्।
 
Posted on 07-13-07 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँहरु सबैलाई नमस्ते!

सर्वप्रथम यहाँहरुलाई मेरो कार्यक्रमको नाम कस्तो लाग्यो?

जिम्माल बा: कस्तो लाउथो र कुम्ले बाउ? क्यार्न कफि खाने भन्नु पर्थो? कफि पियो भुने रात भरी आँखा खुलेओ खुलेइ हुन्छ। अस्ति सान्नानीको छोरीको न्वारनाँ कफि खुवाकी थि, तो रातभर सुत्न गारो भओ। जिम्माल्नीपनि कराउदै थि। बरु 'कुम्ले सअँ बसेर तमाखु खानी' भन्न पर्ने, हाउँरा उमेरका सबै लाइन लाएर आउथे।

मदनवा:
कफि के अगारी स्टारबक्स पनि राख्नु पर्ने
स्टारबक्स के नाम मे मात्रै सबै लरकि मर्ने
बहुत लरकि लोग आइलिन्थ्यो लाइन लगाइके
हमि अपने घर गइलिन्थ्यो एगो लरकि पटाइके
जे राम जि कि

निशान्त: ब्रो! दामीsss छ ब्रो दामी! तर ब्रोले "तोङ्बा विथ कुम्ले" राखेको भए हाम्रो अड्डाको सबैजना आउन्थ्योन्त। अन्त मो बबाsssल खोक्स दिनु पाउथ्यो के केटाहरुको अगाडी।

संवाददाता: तपाईहरु चौतारीमा यत्ति पपुलर हुनुहुन्छ, त्यो पनि महिला बर्गमा बिशेष। यसमा तपाईहरुको के भन्नु छ?

जिम्माल बा: हे हे हे लोल कुम्ले! कस्तो कुरो गरेउ बाउ। म कसरी पउलर हुदोँ हुँ? एउटी छे जिम्माल्नी, त्यो नि घरि घरि खाँउला झै गरेर हेर्छे। एउटीले त देखि सहन्न क्यार्न पउलर हुदो हुँ? एउटी सान्नानी थि, 'जिम्माल बा हउरलाई कस्तो छ' भनेर सोध्थी, त्यो पनि छोरी पाएदेखि नाक मुख देखाउदिन, हिजो रीडियाँ बोल्न फुन गरेओ थिएँ, उसको नाम सोधेओ स्वाँsss स्वाँsss मत्तै आओ। अर्कि नातिनी थि, 'हजुर्बा पुस्टकारी खान्छु' भन्थी, अचेल उ नि हराकी छे, हिजो डेढी खेत गरेओ थिएँ एउटो गाना उसैलाई।

निशान्त: लु आबो चाँहि लाsssस्टै र्‍याग हान्यो हाम्रो कुम्स पाटले। आबो ब्रोलाई थाहा छदै छन्त हो छप्किहरुले बाल दिनु छड्यो मोलाई भनेर। आबो साsssनो देखिको ग्याँस थियो सिम्स। उ पनि टाप दियो कत्ता हो कत्ता, साली थियो हो कहिले काँहि मल्हम लगाउनुलाई मात्रै भएपनि बोल्ने उ पनि आउदैनन्त आजकाल अन्त के को पपुलर हो? आबो अरु सुड्डीहरुले बबाल गाली मत्रै गर्छ हो! फिरी ब्रोले चाँहि चप्किहरुमा पपुलर भनेर लास्ट चर्हाएको घाउमा नुन हाल्दिन्छ, आम्बो!!

मदनवा: खेँ... खेँ... खेँ..., हमिलाई शरम लागेछ। कहिले देखि हमि कराएछु हमिले लरकि पाएन भन्दै, अब तपाई भन्नु हुन्छ हमि लरकि मे पापुलर छुँ भनेर, खेँ... खेँ... खेँ...।

संवाददाता: तर पनि तपाइँहरु चौतारीका प्रमुख ब्यक्तीहरुमा पर्नु हुन्छ नि। सबै फरक किस्सिम को ब्यक्तित्व हुनुहुन्छ त्यहि पनि सबैको प्यारो हुनुहुन्छ। तपाईँहरुलाई एक अर्का कस्तो लाग्छ नि?

जिम्माल बा: कस्तो लाउनु नि कुम्ले बाउ? उहिले पो थिए राउँरा मुन्छेहरु। सिरे थो मुउलान भासियो, रुइना थि कुन कुनामा छिरी? अहिले यि अल्लारेहरु आ'छन्, निशे छ कहिले होसाँ हुन्न, जहिले नि तो के जाती फिउस हान्चु भन्च राता राता आँखा लाउच। अर्को 'डाउडर हुँ' भन्च भन्नलाई, आफै बिरामी छ जस्तो लाउछ। नलिखुट्टो दुख्यो भनेर देखाउन गयो लरकि पाउन सकिन भनेर रोएर बस्न दिन्न। आफु बिमारी मान्छे उसलाई ढाडस दिएर फर्कन्चु। हन कस्ता मुन्छे पउलर हुन्चन् चौतारियाँ अचेल?

निशान्त: आम्बोsss जिम्स सुड्डाले भन्नु पायो भन्ने बित्तिकै बबाsssल खोक्दिने? आबो मो रातो रातो आँखा बनाएर हिड्यो भने सुड्डालाई चाँहि के को टाउको दुख्यो हौsss? बबाल गर्छ यार! आबो योङ जेनेरेसन मान्छे होन्त हामी अन्त फिक्स हान्नु, झारेहरुलाई कुट्नु भन्ने कुरा त हाम्रो खुनमै छन्त। फिरी धरानको काsssलो सुङुरको बल कोस्लाई देखाउने हो? आबो चौतारीमा सुड्डाहरुले बबाल लोक गाना मात्र सुन्छन्त अनि मोइले कहिले काँहि हाम्रो ग्याङको गाना बजाउछु कि अन्त त्यहि भएर रिस पोखेको। आबो म्याडको बारेमा चाँहि ठिकै भनेको हो! मो सिम्सले छोड्दा त केहि भनेको छैन हगि आबो यो भैया चाँहि छप्कि पाएन भनेर फिरी बबाsssल रुइदिनेन्त।

मदनवा: नियमापत्ति! कुमलवा तपाइँ हमिलाई सम्मान कर्नेलाई ल्याउनु भएछ कि अपमान कर्नेलाई। सबै गावँ मे हम्रो कित्ना इज्जत छ, गावँमे पखला लागेको बेला जिवनजल कस्ले खिलाउछ? हमिले। त निशान्त दाजुलाई उ डेट इस्पाइर भएको दबाई कस्ले दिन्छ? हमिले। त जिम वाला बुर्होलाई बिमार भएको बेला कस्ले दबाई दिन्छ? हमिले। और हमिलाई गालि कर्ने बोलाएछ तपाईहरु?

संवाददाता: होइन होइन--- एकछिन ...

जिम्माल बा: एउछिन चुप लाग कुम्ले तिमी! यो बुढो नलिखुट्टामा अझै ताकत छ। ए निशे क्यार्न मलाई यसरी भन्छस? तैले फिउस लिएको कुरो भन्दा के नराम्रो भओ?

निशान्त: जिम्स सुड्डा एकैछिन्, पहिले यो म्याड्स लाई ठिक पार्छु, तोइले मोलाई डेट एक्स्पायर भएको दबाई दिन्छ रे? ट्याब्स देउ भनेको त त्यस्तो पो गर्देको तोइले? आबो कि तो छैनस् कि मो छैन। कस्सsssम पहिला छप्काउछु अनि मात्र छप्काइदिन्छु भन्छु हो मोइले।

मदनवा: अरे बाप रे! हमि पनि पेहेलवानी करेछु गावँमा! कोहि माइकालाल ले हमिलाई छुने कोशिश कर्यो भने उ अन्तिम दिन दिख्छ।

निशान्त: लु आबो बबाsssल गर्ने नै भयो हैन त? लु आइज!

संवाददाता: जिम्माल बा तपाईँ यतातिर आउनुहोस, ओ निस पाट र मदनवा, झगडा नगर न!

निशान्त: कुम्स पाट तिमी बिचमा नआउ ल! आबो कि यो छैन कि मो छैन! डिङो को बबाल भेट्ने भयो आबो।

मदनवा:
हमिलाई डिङोको धमास दिकाएछ
हमिपनि साथमा कटबाँस ल्याएछ
जे हेनुमान जि कि।

संवाददाता: स्रोताहरु हामी यो झगडा मिलाउन तिर ब्यस्त छौ, आजलाई यो कार्यक्रम यहिँ समाप्त गर्दछौँ। सेकुरिटी ... सेकुरिटी ...!!


 
Posted on 07-13-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा! कुमलवा बिरादर! रोटीफल रोटीफल मरें हाँसेर! क्लासिक प्रस्तुति!

हरि, पर्वते, चनादाइ जदौ!
 
Posted on 07-13-07 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

happy bhanu jayanti hai kahi ta aru pani kabita haru januparne ho ni ta aaja ta.

chiple, mama, chitre, chana dai, gotame dai sabailai thanks chhoriko photo man paraidinubhaekoma. yahaharuko bhanji pratiko mayale ma atti prafullit chhu.

poonte daiiiiiiii, la bhannu aba ma cute chhu ki chhaina?

hahahahhaha "koffee with kumle" dami gayo hai kumle. Great talent you are man. maannai parchha timlai. one of the most popular person in chautari ma timi pani ho ke.
atti hasiyo baba, kati ramailo chha hai hamro chautari.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters