[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 अनुमति बिना

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 34007 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 09-20-13 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

‘भुसको आगोसँग सधैं ध्यान दिनु कान्छी । यो भित्र भित्र बल्दछ, ज्वाला दिन गाह्रो मान्दछ । तर भर रात बलिरहन्छ ।’
 
हजुरआमाले खोले पकाँदा एकाध बालेको भुसको आगोको जात सिकाउनु हुन्थ्यो । हजुरआमा जानु भयो, खोले पकाउने परिवेश गयो । तर त्यो शिक्षा म सँग रहि रह्यो । बिगतसँग सँधै शिक्षा दिने कथाहरु हुँदैनन् । यो त्यस्तै उपयोग मरेको ज्ञान भएर मसँग बसि रह्यो ।
 
मेरो बर्तमान मेरो बिगतबाट एक पाताल पर छ । काम छ, सपनाहरु छन् । सघर्षहरु छन्, चाहहरु  छन्, ब्यवहारहरु छन । म ब्यस्त नै छु । तर बर्तमानका यावत ब्यस्तता भएरपनि केहि बिझिरहन्छ । भित्रमनमा चिमोटि रहन्छ । बाहिर देखिन्न। मैले भेउ पाएको पनि छैन । तर मात्र यति थाहा छ, बेला-बेला यसले पोलिरहन्छ । हुन तर लाहुरिएका सबैको कथा यहि होला । छोडेको माटाको चार चिम्टी माया । मेरा हजुरबाउले मजुवा छोडेर तराइ बसे । बाउले तराइ छोडेर उपत्यका, म नेपाल छोडी बिदेश भाँसिए । पात्र फरक, कथा फरक तर सार त उहि हो । छोडेको बसाईले मनबाट मोइयानी माग्दो रहेछ ।
 
‘तिमी जाने नै हो त?’ कविताले अन्तिम पटक सोधि ।
 
‘अँ । धेरै एकोहोरो भयो जीवन । एक चोटी गएर आउँछु । यहाँको ब्यस्तता बाट बिश्राम पनि हुन्छ । फ्रेस हुइन्छ होला ।’
मेरी पहिले देखिकी साथी । अहिले फरक शहरमा भएपनि, मनको नजिक कि साथी । जसलाई मेरो बिगत र बर्तमान थाहा छ । अनि उसलाई मेरा कुरा भन्न सजिलो लाग्छ । मेरो नेपाल जाने कुरै थिएन । सम्भावनै थिएन । तर बनेको परिवेशमा मलाई यहि इच्छा भयो ।
 
‘कति बस्छेस त?’ उसले जानी जानी सोधि ।
 
‘६ महिनाको उद्देश्य बनाएकि छु’
 
‘ छोडेको धेरै लामो भयो, सक्छेस?’
 
‘ हेरौं, प्रयास गर्छु, सकिन भने फर्किन्छु’
 
‘तँ यहाँ धेरै अभ्यस्थ भइसकिस, फेरि तेरो बिगतका कुरा उठलान । नेपाल त्यहि हो । अनेक कारण दिए पनि तेरो बारेमा शुरुमै छवि बनिसकेको हुन्छ । त्यो छविले बेला बेला छोप्छ । होस गरेस ।’ नेपाली समाजको जानकारी छ उसलाई । सुक्ष्म विचारको गहिरो बिश्लेशण गर्ने क्षमता राख्दछे ।
 
‘म तँ सँग सम्पर्कमै हुन्छु नि ।’ म समाजको बारेमा बिश्लेशण बाट पर भाग्न खोजे ।
 
‘टिकट लिइस त?’ उसले पनि शिर्षक सरक्क छोडि ।
 
‘हेर्दैछु, आज नेपाल खबर गर्छु । यो यात्रा लेखाजोखा नगरि गर्न पर्ला । जता जे पर्छ, त्यहि ।’
 
‘मान्छेहरुलाइ झ्याप्प विश्वास नगरिहाल्नु । खासगरी पैसाको मामलामा । अरु कुरा त केहि छैन । खानेकुरा याद गर्नु । ’ उसले संक्षेपमा दुइ महत्वपूर्ण सल्लाह दिइ ।
 
‘धन्यबाद यार’ ।
 
म अल्छि तालले समानहरु समेटन थाले ।  यो मेरो हारको यात्रा होइन । मातृभुमीको अगाध मायाले तानेको यात्रा पनि होइन । बर्तमान एकोहोरिंदा बिगतबाट गति सापट माग्न खोजेको हो ।
 
यहाँ न उमंङ्ग छ न लाचारी । खाली सुस्त भएकि छु । खल्लोपन छ । अनि जबर्जस्ती धकेल्दै छु आफूलाई ।
 
हप्ता निकै ढिलो बित्यो । एक दुई साथीभाइ फोन गरे । दिदी र भाइलाई फोन गरे । काठमाण्डौंमा भएकि फूपुलाई फोन गरे । टिकट लिए । अनि म पनि निस्किए । एघार बर्षपछी नेपाल भेटन । सुरक्षाका अभ्यस्थ जाँच, अनि जहाजको नियमित कुराइ । तर यो यात्रा फरक छ । अहिले बुआ, आमा हुनुहुन्न । केहि आफन्तजन छन्, फूपु को परिवार छ । नेपाल फर्किन जरुरी कहिले लागेन । समयले कहिले बोलाएन । यो पालि मलाइ समयले धकेल्यो । जहाँ गए पनि हुन्थ्यो । तर नेपालले तानेको छ ।
 
यो विमानस्थलमा हजारौं यात्री छन् । आ-आफ्ना भावहरु बोकेका अनुहार छन । यिनको आ-आफ्नै कथा होला । मसँग अहिले कथा छैन । मसँग प्रसंङ्ग बेगरको एउटा बिगत छ । अनि भावशुन्य अनुहार । म खालि पाना बाट यो यात्रा शुरु गर्दै छु । 
 
क्रमश: 
 
meaninglessthinkings@somewhereondearth

 
Posted on 09-17-14 12:18 PM     [Snapshot: 3020]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोम दाइ, कथा टुंगेको हो र? अझै पनि फ्रतिक्ष्यामा!!
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS advance parole Travel document i-131, Class of Admission ?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters