[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GOTAMEKO GANGAN

[Please view other pages to see the rest of the postings. Total posts: 229]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
[VIEWED 99662 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 12 pages, View Last 20 replies.
Posted on 09-22-05 3:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामेको गनगन

हाईकु लेख्न भनेर बसेको यस्ता टुक्रामात्रै निक्ले । नियममा बसेर लेख्ने कुरा मेरो वशमा नभएजस्तो छ। सुझाव अपेक्षित छ।

"गरिबिको आनन्द"

सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।


"बतास"

तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो बतास ।

"छुट्टी"

दुइ दिने छुट्टी
किताबहरुको माझबाट
सुटुक्क गयो।


हाइकुको जन्मभूमि घुमेपछि एउटा हाइकु तेसैको नाममा।

"क्योटो"

आदिम आँगन
शताब्दीहरु
नाच्दै बग्छन् ।
 
Posted on 09-23-05 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"याद"
पाल्?पाको पहाड
ईन्?द्र कमलको बास्?ना
हिमालको छायाँ
 
Posted on 09-23-05 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह गुरुहरु, एक से एक गएका छन् हाइकुहरु !
अनि दादा, यो नियममा अक्षरहरु गन्दा आधा अक्षरहरु चाहिँ गन्नु पर्दैन जस्तो लाग्छ । लेख्दा नकाटी लेखे पनि बोल्दा आधा उच्चारण भयो भने पनि गनिन्न क्यारे । जस्तै "मन" ले एक अक्षर जनाऊँछ, "आन्दोलन"ले तीन । त्यसै होइन त ? यस्सो सुझाव पाम्न है ।

दुई चार चोईटा थपिहालौँ ।

"हल्ला किन?"

कुन ठूलो काम भो?
हनुमान दायाँ बायाँ-
मूलबाटो हिँड्नु ।

"आँट छ?"

हुती हुनेले-
गाऊँ पाखा घुमे भो,
जन्ती नलिई ।

"समर्थक?"

घाट कुर्ने जोगी?
तालु सुकेका बच्चा?
अरु को को नि ?

"अनशन"

भूँडे नेताजी-
"डाईटिङ्" गर्दै हो कि ?
जूस पिउने रे ।
 
Posted on 09-23-05 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले बुझेको चैं लेख्?दै हलन्?त लेख्?नु पर्छ नगनिनलाई । साउँ अक्षर लेखियो भने त्?यो गनिन्?छ । फेरी हाईकूमा ३ लाईन र ५-७-५ अक्षर हुनैपर्ने नियम पनि मलाई राम्रो मेसो भएन । उदाहरणको लागि जापानी कविको एउटा (अनुवाद) र अभि सुवेदीको एउटा हाईकू --- शीर्षक चैं थाहा भएन ।
१. पुरानो पोखरी
फुत्त छ्?याप्?ल्?याक्?क
भ्?यागुतो
२. आहा !
न्?यानो भयो
तुरी गरेजस्?तो

बाँकी नियमको जिम्?मा जानकारहरुलाई
 
Posted on 09-23-05 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ !!! जे होस हाम्ले नजाने नि अभि सुबेदी जी चैँ हुनुहुँदो रैच नि लाटो देशाँ गाँडो तन्नेरी....खै त ह्वाँको हाइकुमा नियम मिल्या? एस्तो लोचा गर्न पाइन्च ?"आहा न्यानो भयो तुरी गरेजस्तो" भन्ने हाइकुमा नियम कसरी मिल्यो त ? एस्मा त जम्मा २ अक्षर भयो त सुरुमा अनि दोस्रोमा ४ र अन्तिममा चैँ ६ वटा । एदि २-४-६ निएम हो भने मैले एउटा टराइ मारम्त ?---
अोहो !
क्या गनायो !!
पर्यटन नारा !!!
मिल्यो निएम ? नमिले भुत्रै सिति - गनी गनी लेख्या हो क्यारे ! भावको लागिा अक्षर पुर्याउन क्या गारो यार !!
अनि योटो कुरा- शीर्षक चाइन्न र भन्या ? कसैको छ कसैको छैन।
ह्या म त शीर्षक राखेर एक दिन्छु है ? हुन नि कुन सा निएमाँ नै चल्ने देशको परियो र ? जल्ले निएम मिच्यो त्यै "हिरो" वाला देश यो नियम्माँ चल्ने सँधै "बिल्ला" हुन्छ !!!
हैन्त ? हैन भने भनम् !!! लौ जास् "हिरो" शीर्षकमा
"हीरो"
नायिका सँग डेटिंग !
कारमा सान !!
एड्सको भाइरस !!!
यो चैँ दादागिरीको निएममा बसी बनाको हाइकु । दादाजी ! निएम मिलो ? यो नि गनी गनी लेख्या हो ।
कुन चैँ निएम चलाउने हो पिलिज कोइ जान्ने सुन्ने ले कष्ट गरे खल्ती बाट क्यै जान्न क्यारे !!!
 
Posted on 09-23-05 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाइकुका नियम भाषा हेरी फरक पनि होलान्, किनभने हरेक भाषाका आफ्नै ध्वनिगत विशेषता हुन्छन् । नढाँटी भन्नुपर्दा मलाई भने नियमको बाल मतलब नगरी लेख्न मन लाग्छ । तर कुरो यत्ति हो कि प्रवाह चाहिँ मिठो हुनैपर्छ ।
 
Posted on 09-23-05 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा अर्को पनि है;

"संभव?"

एउटै कोठा,
चूपचाप बसेका छन्-
दुइटी केटी ।
 
Posted on 09-23-05 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा नि !!!!
गौतमज्यू, यो पो हाइकु ,
यो पो सोच,यो पो कला ,मुसुक्क
म त निएम गन्दा गन्दा मेरो इन्ट्रेस्ट भुसुक्कै बिर्सेछु, जाँगर गरम् है त ? हे हे हे
"मजा"
चान्सको बेला
होश रत्ती भएन
फेरि जुम्ल्याहा
खितखितखितखित
गुरुहरु हाइकुमा हास्य हुन्छ कि हुँदैन हँ ?
 
Posted on 09-25-05 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दुई चोइटा थपिहालौँ है!

"राजा"

चिल्लो ओकल्दै,
देशको घाँटी कस्दैछ-
गाँठा थपेर ।

"रुटिन"

दुई बजेछ
हेलमेट भिर छिटो-
आन्दोलन गर्न जाउँ

"गन(?)तन्त्र"

दाम्लो निकाल-
साँढे बाँध्न होइन,
बार्गेन गर्न ।

 
Posted on 09-25-05 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"राजा"

चिल्लो ओकल्दै,
देशको घाँटी कस्दैछ-
गाँठा थपेर ।


अति राम्रो ! अति राम्रो ! गोतामे जी त हाइकुमा माहीर नै हुनुहुदो रै'छ हउ। माने प्रभु हजुरलाई।

:-)
-भउते
 
Posted on 09-25-05 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्डितजी, हाइकूमा शिर्षक हुनुपर्छ भन्ने छैन। नहुनु स्वभाबिकै हो किनभने त्यसभित्रका सबै शब्दहरु उत्तिकै महत्त्वपूर्ण मानिन्छन्। NY -याली सम्झिनुस् न - प्रमूख अतिथी थिएन रे, अथवा सबै सहभागीहरु प्रमूख अतिथी थिए रे क्या।
अब अभि सुबेदीका हाइकुका कुरा गर्नु भो ५-७-५ नमिलेको उदाहरण दिएर, त्यो पनि हाइकु त अबस्य मानिन्छ।
यो मात्सुओ बास्योको हाइकुको उळ्था यसरी ५-७-५ मिलाएरै गरिएको पनि पाइन्छ है।
१. पुरानो पोखरी
फुत्त छ्याप्ल्याक्क
भ्यागुतो (-अभि सुबेदी)
=
जिर्ण पोखरी
भ्याकुतो उफ्रिएछ
जल आवाज
*** *** ***

गोतामेजी,

"गणतन्त्र"

दाम्लो निकाल
साँढे बाँध्न होइन
बार्गेन गर्न

"राजा" भन्दा मलाई यो मुन प-यो, लौ जा।
तर एउटा टिप्पणी गरिहाल्न मुन लाग्यो, यो हाइकुमा छ नि आगन्तुक शब्दहरु घुसाएको स्तरीय मानिदैन रे क्या। हेलमेट भो, बार्गेन भो, रुटिन भो। तर राख्नै पाइँदैन भन्ने चैँ हैन।

*** ***

 
Posted on 09-25-05 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाजी, मैले "गन(?)तन्त्र" मा "गन" भन्ने नेपाल भाषाको शब्द प्रयोग गरेको हुँ, जस्को अर्थ "कता" भन्ने हुन्छ। ईँगित गर्न खोजेको भने नेताहरुले आजभोलि प्रयोग गर्ने "गणतन्त्र"लाईनै हो; नेताहरुले आफू के को बारेमा बोलिरहेछु भन्ने होश राख्दैनन् भन्ने आशयमा हो।
अनि दादा, यो हाइकुको अक्षर गन्ने बारेमा केहि सोधेको थिएँ माथिपनि । थाहा भए यस्सो लौ न ।
 
Posted on 09-26-05 2:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथिको एउटा हाइकु सच्च्याऊँदै छु ।

"राजा"

चिल्लो ओकल्दै,
देशको घाँटी कस्दैछ-
गाँठा थप्दैछ ।

 
Posted on 09-26-05 8:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाघको छाला
भारती नेताहरु
स्याल् को रजाईं !
 
Posted on 09-27-05 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा दिम् न त है सोल्टाहरु, ज्याननको तरफबाट
"असी वर्षकी
एउटी बूढी थिइ
सानै मा मरी"
सारै भे'र एक दे'को, बालै भे'न नि ,हैन्त?
तर यो हाइकु भन्ने वस्तुमा हास्य हुन्च कि हुन्न भन्या जवाफै दे'न त ???
हुन्न नै भने अर्कै खाले झट्का दिन हुन्तो ।

 
Posted on 09-27-05 12:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन नि नहुनी हाइकुमा झट्का, मज्जाले हुन्छ।
ए गुरु अरु नि जाओस्।

गौतमजी,
त्यो हलन्त नराखेको अक्षरहरु त गन्नुपर्छ होला।
तन, मन, धन सबै २ अक्षर गनिदैन र? तर जापानीमा यस्तो case हुँदैन अनि कसरी नियमको नेपालिकरण गर्नी त नि। अब अलिकति प्रजातान्त्रिक गरेर नगने नि हुन्छ भन्ने कुरा त छुट्टै हो।
 
Posted on 09-27-05 1:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आँधीबेहरी"
"पिएछु आज
घरभित्र छिर्नासाथ
आँधीबेहरी"

"महत्वाकांक्षा"
"सानो जागिर
काठमाण्डौको डेरा
स्वास्नी र आमा"

"ब्लाइन्ड डेट"
"जाभामाा भेट
सुरिलो कुराकानी
फाँक भइयो"

"पुलिसको संगत"
"ओहो नि के छ ?
जुवा अखडा छापा
सालेलाइ ठोक"

"हावा"
"राम कुमारी
काठमाण्डौको हाव
टेल मी रोमी"

"स्पर्श"
"क्याबिन बार
धुवाँ अनि मादकता
बिलले फ्रेश"

 
Posted on 09-27-05 1:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्यानकाजी उस्ताद; जाओस् अरु पनि हास्य हाइकु ।

दादा, धन्यवाद । यसरी गनेर लेख्न खोज्दा कहिले त मिल्दै मिल्दैन । त्यसैले तत्काललाई "ताक परे -------" सिध्दान्त पालन गर्दै जता तान्दा मिल्छ नियमलाई उतै तान्ने विचार छ ।

आजपनि एक दुई टुक्रा थपिहालौँ;

"नेपाल"

कहाँ भागौँ म ?
घरमा सर्प पसे-
पिँढीमा बाघ ।

"जनयुध्द"

प्रतियोगिता-
"गरिबी घटाउन"-
गरिब मार ।

"कार्यवाहक"

दिने मामाश्री-
भाञ्जीलाई दक्षिणा,
डाहा नगर ।

"खुमे इत्यादि"

फेरि गोठमै-
भेँडाको छाला ओढी,
ब्वाँसाको झुण्ड ।



 
Posted on 09-27-05 2:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"क्षमता"
"युद्धविराम
मूलधारमा आउ
बन्दुके राज्य"

"भिसा"
"धनको धोको
पिलेनको रहर
दलाली धराप"

"मन्तरी"
"आठौँ तारीख
अब चोर्दै चोर्दिन
दृढ अठोट"

"विद्यार्थी"
"ढुंगा र मूढा
देशका कर्णधार
३३% छुट"

गोतामे जी ले भन्दिहाल्नु भो। म फुलेर हप्प । फेरि खसखस सुरु भैगो। दिम दिम जस्तो लागेर द्या !!

 
Posted on 09-27-05 7:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gautam,
>"जनयुध्द"
Nice one!

jyaankaaji ,
>33% छुट
Nice!
 
Posted on 09-27-05 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियमको लागि धानको भात दादा । गोतामेको जनयुद्?ध र काजी
सापको विद्यार्थी खराँट छ । मेरा पनि केही चोईटा
'म'
बाङ्?गाटिङ्?गा धर्साहरू
जोडिन्?छु, अर्थ हुन्?छु
भाँचिन्?छु ,व्?यर्थ हुन्?छु

'तिमी'
कहिले सरल कहिले वक्र
तर म सँग
सधै समानान्?तर
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
Need Help of IT consultancies
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters