[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Pyari Bahini

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 23276 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 10-28-05 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यारी बहिनिलाई चिठ्ठी

प्यारी बहिनी,
शुभाशिर्बाद, धेरै धेरै सम्झना ।

तिहार आउन लागेको बेलामा मात्र दाजुले सम्झिएछ नभन्नु। सम्झिन त म जहिले पनि सम्झिन्छु नि। तीजमा पनि सम्झिएको थिएँ- मेरी बहिनी दाजुको घरमा आएर छमछम् नाच्थिन् होला म नेपालमै भएको भए भनेर। दशैँमा पनि त कति सम्झिएको थिएँ- फोटामा मात्र देख्न पाएका मेरा भान्जा मैले टीका लगाईदिँदा तोते बोलिमै कति मुस्काउँथे होलान् भनेर। हुन त तिमीले यो दाजुले बनावटी कुरा बनायो भनौली। तिमीलाई त्यस्तो लाग्नु पनि स्वभाविकै हो। किनकी मैले यसैगरी सम्झिन थालेको पनि पाँच बर्ष पुगेर छ बर्ष लाग्दैछ। आउँदा बर्षहरुमा पनि केहि परिवर्तन हुने छनक पाको छैन मैले।

आज शुक्रबार बेलुका। बिहान अफिस जानलाई गाडि स्टार्ट गर्न लागेको बेलामा झल्याँस्स तिमीलाई सम्झिएँ "ए साँचि, अर्को हप्ता त तिहार पो है। मेरी बहिनी के गर्दै होलिन् अहिले? मलाई कति सम्झिन् होला है यो तिहारमा!" दिनभरि काम गर्न मन लागेन। त्यहि सम्झनाले धेरै पिरोले पछि तिमीलाई यो चिठ्ठी लेख्दैछु। तिम्री भाउजु यो चिठ्ठी लेखिरहँदा मस्त निद्रामा छिन्। उनलाई तिहारको केहि यादै छैन। उनका पनि दाईभाईहरु त छन् नि, तर पनि उनलाई कुनै मतलबै छैन। दशैँ-तिहारको के याद हुनु नि, डिष्को, जीम, पार्टी, एरोबिकको भा पो। भाउजु त भाउजु, ४ बर्ष भर्खर लागेको तिम्रो भदो त ब्रिट्नी स्पेयर्सको गीत आउनासाथ जिउ मर्काई मर्काई नाच्न थाल्छ, बिमा कुमारी दुराको गीत लगाँउदा उस्ले कम्पुटरमा हिर्काएर फोर्दिउँला झैँ गर्छ। सबैको आ-आफ्नै संसार छ।
क्रमश:
 
Posted on 11-01-05 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Anyways Happy Tihar
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
2020 : Why No Trump !
legal Query for married nepali girl now have taken US citizenship
Tps decision coming or not nov 18
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Work Permit
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters