[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 172709 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-06-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुलि आइपुग्यौ तिमी, आउ आउ ........ त्याँ खाली कुर्चिमा बस् । सान्नानी तिमीलाइ पनि स्वागत । त्यो तिमीले ल्याएको फुल चाँइ माझको टेबलमा राख । कस्तो राम्रो देखिने भो अब हाम्रो मञ्च । लौ तिमी पनि बस् । चिया कफी के के खाने हो भन है म ल्याइहाल्छु ।

नमे कफी सिद्धियो ? अरु केइ खाने हो कि ?
 
Posted on 09-06-06 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलाई, हत्तेरी आज चौतारी महोत्सब भन्ने त भुतुक्कै बिर्सेको भन्या। केहि पनि कोसेली तयार छैन मेरो त। गार्‍हो पो पर्यो।

ल ल साथीहरु लेख्दै गरुम्, म भने बेलुका यसो एउटा केहि लेखेर आउँछु।


******************************************************************

लौ शुरुको अंश चाहि यहाँ प्रस्तुत गर्छु, बाँकि चाहि बेलुकी पुरै लेखिसकेर टाँस्ने।

"जम्मा ३१% रे, हत्तेरी त्यो त अत्ति कम भयो यार! एस्. एल्. सी. मा पनि पास हुन ३२% ल्याउनुपर्छ नि हैन? ओ हो! त्यसो भए म फेल?......... भएन यार फेरि चेक गर त" मलाई भउतेले प्रिन्ट गरेर दिएको रिजल्ट चित्तै बुझेको थिएन।

"अब कत्ति चोटी हेर्नु नि? जत्ति चोटी गरेपनि त्यहि हो। सबै Input मिलेकै छ क्यारे! कम्प्युटरले पनि गल्ती गर्छ त? अब तिम्रो भाग्यमै त्यहि ३१% छ त मैले के गर्नु?" भउतेले मलाई थर्काउदै सम्झाउन खोज्यो।

"भएन यार भएन! मलाई यो रिजल्ट चित्त बुझेन" म भुइँबाट जुरुक्क उठेँ अनि त्यो रिजल्ट छापिएको कागजलाई कच्याक कुचुक पारेर छेउ को Dustbin मा बास्केट बल हाने झै फ्यालेँ। त्यो पोको परेको कागज डस्टबिनमा छिर्यो।

"Nice Score!" भउतेले थप्यो।

क्रमश:
 
Posted on 09-06-06 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महोत्सबमा पनि यसैले अभिबादन गर्नु पर्यो।

अचेल ---

नजिस्काउ झुकाइ ती परेलीहरु
थामि नसक्नु छन अचेल मेरा आँखाहरु
नबोलाउ रोकेर ती चालहरु
बेहाल छन अचेल मेरा हालहरु
नभड्काउ अधरमा ती आँधिहरु
आगो सरी छन अचेल इ मेरा ओठहरु

जदौ।
 
Posted on 09-06-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दीप कबिता राम्रो छ । माथि तिम्रो नाम छुटेछ पछी राख्उल। है ।
मैले त फेरी पनि कफी खाए । धन्यवाद ग्वाचे ।
 
Posted on 09-06-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन नमे, सप्पै गाम्ले'रु कता गा हुन भुन्या ? ?
 
Posted on 09-06-06 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेले कति राम्रो लेखेको रहेछ, काल्पनिक नै हो त ग्वाँचे यो पनि?
कुम्लेले चाहिँ अब हाम्रो मामाको पोल् खोल्ने जस्तो छ, ल लेख लेख ...
कविता एकदम राम्रो छ दीपको, कथा पनि लेखन।
ठुल्नानी, तिरु, मास्टर्नी दिदि कता हो? चाडो आओ सबैजना ह्यँ महोत्सव शुरु भैसक्यो।
 
Posted on 09-06-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, सबै काल्पनिक नै हो भन्नु भन्दा पनि मैले देखेको हाम्रो समाज भित्रका दृश्यहरुको मेरो किसिमको interpretation भन्नुपर्छ यसलाइ । अर्को शब्दमा भन्नुपर्दा बास्तविकतासँग धेरै धेरै हदसम्म मिल्ने कल्पना ।
कथा मन पराइदिएको मा धन्यवाद ।
तपाईंहरुको हौसला पाउँदै गए अझै परिस्कृत रुपमा हाम्रो समाजको चित्र बर्णन गर्ने कोशीश गर्नेछु ।
 
Posted on 09-06-06 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी महोत्सब् भोलि होइन ssssssssssssssss ???????

कि मैले थहा न पाएको? :(

जे होस् चौतारी महोत्सब् को उपलक्ष्य मा सबै साथि हरु लाइ मेरो " हार्दिक् बधाइ" ,
नया चौतारी बनाउने नमे जि लाइ पनि धेरै धेरै धन्यबाद्

सान्नानि पर्ख तिमिलाइ :( म त सान्ननि हराएको सुचना टास्न ला'थिए। :D
 
Posted on 09-06-06 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतरीमा सबैलै नमस्कार।
हे प्रभु म संग त केहि पनि कोसेली छैन। महोत्सवमा बिजोकै हुने भो। आजै पर्न पर्ने फेरी। अव अरुको खुराक पढेरै भे' नी धित मार्न पर्यो।
 
Posted on 09-06-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम् जि को कबिता ,ग्वाचे को कथा ,चित्रे को कबिता , कुम्ले को के हो त्यो आधा कथा?? अनि दीप दाइ को कबिता सबै सारै राम्रा । ल ल अरु पनि सुनुम् :D
 
Posted on 09-06-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी स्वागत छ तिमीलाइ पनि, आज केही छिन सम्मको लागि पाहुनाहरुलाइ स्वागत गर्ने जिम्मा मैले लिएको छु । सान्नानी त अघी नै छिरेर गै सक्या हो चौतारीमा, तिमी चाँइ कता नि, बरु हामी पो तितौरी हरा'को सुचना लेख्न लाइसक्या'थ्यौं ।
लौ, के खाने हो भन्, तातो चिसो या तातो कुरा पाकुन्जेल सम्म चिसो नै खाने हो ?
 
Posted on 09-06-06 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, चौतारी महोत्सवको मुख्य दिन भोलि भए नि तीन दिनसम्म (सेप्टम्वर ६,७, ८) मनाउने सहमति भाको थियो

मेरो नि फुर्सद नभएर खाली चियाइरा'छु. घर गएर केही लेखम्ला.
 
Posted on 09-06-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे साइला तिमीलाइ पनि स्वागत छ ।
 
Posted on 09-06-06 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे खाली त्याँ'बाट चियाउने मात्रै हैन है, यो त तिमी हामी सबैको चौतारी हो, लौ यस्सो पस्किनुपर्‍यो, केइ खुराक । चिया'को भे'नी स्वागत छ तिमीलाइ पनि ।
 
Posted on 09-06-06 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु थाहा थ्यो मलाई तिमि रिसायौ होला भनेर, त्यस्तै पर्यो के अनि आउनै पाइन। नरिसाउ है? :)
 
Posted on 09-06-06 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर के के भएरा रैछ आफु त बिजी भर आउनइ पाएन । लौ सपै मिली चौतारी महत्सब मनाउ । सबै लाई मेरो शुभ कामना छ ।
 
Posted on 09-06-06 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-) सबैलाई शुभकामना है चौतारी महोत्सबमा।

एकछिन यसो फुत्किन पाएर च्या'को। गजब गै'राछ ल। मेरो फेरि आज , भोलि र पर्सि ३नै दिन चटारो छ। भ्याइएछ भने लास्टाँ दुना-टपरी चाट्न आइपुग्छु कि ! हेरुम :p :p

ओइ कुम्ले ! धेरै बढी बढी नलेख है, पुन्टेदाईको बङ्गारा झार्न नपा'को यी मुठ्ठी तिम्रा बङ्गरामा गएर उधिन्ला। तिमी सँग त क्यै बोल्नै नहुने रे'छ गाँठे, धुत्तेरिका। :D :p :)

:-)
-भउते
 
Posted on 09-06-06 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते दाइ स्वागत् छ यहा लाइ चौतारी मा लौ, के खाने हो चिसो या तातो ? टपरि चाट्न मात्र होइन टन्न खाने खुराक् हरु लिएर आउने भोलि ,भन्दिया छु है ऐले नै :p:P:d

कुम्ले ल ल कथा सकेसम्म लामो, सबै पोल् खोलेर लेख्ने है कथा को हिरो भौतेदाइ को।(इन्स्युरेन्स् छ होला नि नडराइ लेख्ने के)

सान्नानि हो नि त म तिमि सँ रिसाको :( ....:D

ग्वाचे धन्यबाद् स्वागत् गर्नु भएको मा , म हरा'छुइन , बरु आज महोत्सब् भन्ने थाहा नभएर केहि पकाएर ल्याउन पाइन है , अरु ले ल्याएको खानु पर्यो आजलाइ ।ल म चाहि तातो चिया खाने ऐले :D

चित्रे मलै त थहा नै थिएन ल ,हेरन आज नि कस्तो बिजि छु तर चियाउदै गर्छु घरि घरि समय् मिलाएर :D

ठुल्नानि तिमि पनि कबिता सुनाउ है आज चै:D
 
Posted on 09-06-06 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु हेरन दिप ज्यो सँग अस्ती कोचिङ क्लास् लिन गाको त खै त्यो दिन उहा बिजी छु भनेर मलाई घर पठाएँदिनु भो । तेसै ले हेर न यो चौतारी महत्स्वोब मा कबिता लेख्न नै सकिन । तर यस मा मेरो केही दोस् छैन दोस् जती सबै तेही दिप ज्योको हो ।
 
Posted on 09-06-06 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म घर त पुगें, तर आजै यौटा काम पर्यो, त्यसैले एक दुइटा प्रश्न मात्र सोध्न भ्याउँछु होला। अरू भोलि सोधौंला। कथा या कविता नि आज चैं लेख्न नभ्याइने भो। :(

पहिलो प्रश्न:
१) यो कुन देशको झन्डा हो?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
2020 : Why No Trump !
legal Query for married nepali girl now have taken US citizenship
Tps decision coming or not nov 18
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Work Permit
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters