[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 साझा - फाझा

[Please view other pages to see the rest of the postings. Total posts: 52]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 27453 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 09-27-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“ हैन के गरि राख्नु भएको ? त्यो टिभी र ल्यापटप खोल्न पाईन्न है ! मैले पहिल्यै भनि दिया छु !” डिश बासिङ्ग गरि रहेकी मेरी श्रीमती मुनाको तिखो आबाज सुनें !

“यस्सो केहि हेल्प गरि दिनु भए त कति छिटो काम सकिन्थ्यो नि ! आफूलाई यहां ढाड दुखेर कस्तो छ ! दिन भरि काम गरेर आउनु छ अझ घरमा आउदा नि मोजा समेत सोफाबाट उठाएर ठाउंमा राखि दिनु पर्ने ! यसो साफ सुग्घर गरि दिए के बिग्रन्थ्यो र !”

“लन्द्रिको लुगा ड्राएरमा राखि दिनुस् त ! बरु मन छ भने एक पल्ट फेरि रिन्स गर्दिनु भए हुन्छ ! छोरीको लुगा, मोजा सबै मैला छन् – ती पनि बासरमा राखी दिनुस् !”

“हिजो राईस कुकर माझ्नुस् भन्दा भोली माझ्छु भनेर त्यतिकै – पानीमा मात्रै डुबाई राख्दिनु भा’को भए पनि माझ्न सजीलो हुन्थ्यो नि !”

त्यो रेड सक्स- फेड सक्सको गेम पनि किन दिन दिनै हुनु पर्ने होला ? काम न काज सित कति न आफूलाई फ्यान भन्ने ! के के न होला जस्तो – संधै बस्या छ त्बां परेर हेरि रहन्छ – आफू त त्यस्तो भो छोरीलाई समेत काउच पोटेटो बनाई सक्यो – छोरीको भोलीको होम बोर्कलाई हेल्प गर्नुस् त !”

“कम्प्यूटर स्लो भो भनेर नंया ल्यापटप किनेको खै के काम ? रिसर्च पेपर लेख्ने रे- कम्प्यूटर राम्रो चाहियो भनेर किनेर खै पेपर लेखेको ? खाली खेलेर बस्ने ? त्यै साझा फाजा हेरेर बस्नलाई होला !”

“अस्ति सबमिट गरि सकें – काम नगरि त्यसै लेख्न सकिन्छ कि क्या हो?’ बल्ल एउटा जबाब दिएं !

“ल यो मासु पनि फ्रोजन रहेछ – माईक्रोबेभमा हाल्दिनु त ! पाक्ने गरि हैन न नि – स्वाद जान्छ ! केहि काम गर्दिए पनि बिगारी मात्र दिन्छ- खै के भन्नु !”

“अदुबा लसुन छोडाएर ब्लेन्ड गर्दिनु त !”
“कि त चाहिने नचाहिने गजल फजल लेख्यो –यस्सो क्रियटीभ काम साम गर्नु छैन !”
“हिजो तपाईले पखालेको साग चिरचिर गर्ने गरि बालुबै-बालुबा थियो ! खानै मन लागेन मलाई !”
“जिममा जानलाई पनि दिन दिनै सम्झाई रहनु पर्नै ! कोलेस्टेरोल हाई भा’को मान्छे आफै सोचेर सम्झेर गर्नु पर्छ नि ! के खानु भो आजको लन्च मिटिङ्‌गमा ? अब देखी सालाद मात्र खानु होला - भन्दिया छु ! पाए सम्म बिफ खान्छ- आफ्नो धर्म र हेल्थ पनि त केयर गर्नु पर्छ !”
“यो भांडा पनि कति कट्कटिन सक्या होला !”
“त्यो बाथरुममा साबर कर्टनको हुक फुस्क्या छ – मिलाई दिनुस् त !”
“ह्याण्ड बासिङ्ग सोप सिधिया छ – भरि दिनुस् त !”
“खाने बेला हुन लाग्यो – टेबल सेट गर्नुस् त ! पानी खाने हो कि जुस खाने हो राख्नुस् ! छोरी के खान्छे सोधेर मात्र आधा राखी दिनुस् – जहिले नि फ्याल्छे सित्तै आ’को पैसा जस्तो ! मरि मरि खाम गर्नु छ – घरमा आएर पनि यत्तिकै !”

“आफूलाई यंहा सास फेर्ने फुर्सद हुदैन ! तपाईलाई भने गेम हेर्ने – गेमको कमेन्ट गर्ने – काम न काज सित – चाहिने नचाहिने डिस्कसन गरेन बस्ने – पर्‌या छैन है त्यो साझा- फाझा हेर्न ! काममा पनि त्यस्तै त होला नि – दस चोटि गई बस्ने होला !”

“पर्‌या छैन त्यो बिबिसी सुन्न पनि – नया कुरा केहि हुने हैन ! बिबिसी सुन्ने भनेर आखीर त्यै साझा-फाजामा झुण्डिने त हो नि !”

आफूलाई भने आज बिहान शुरु गरेको नया थ्रेडमा कति हिट भो ? ककस्ले कमेण्ट गरे ? भनेर हेर्न उकुस मुकुस भै राख्या छ ! अझ क्याफे एन जोईन गरेको कुरा त ऊस्लाई थाहा नै भएको छैन !

(अलि अलि सत्य घटनामा आधारित)

यो कथाको बिबरण कसैको बास्तबिक जीबनसंग पूरै पुर मिल्न गएमा लेखक आफै छक्क पर्नेछ – पूण्टे
 
Posted on 09-28-07 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

afno ta bihe bha chaina
na mari swarga dekhinna bhanchan
aba yesta kura afno lagi naulai bho
 
Posted on 09-28-07 6:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा त मेरो बास्तबीक जिन्दगी संग पनि अलि अलि मिल्छ हो । अब केहि भन्न मिल्दैन क्यारे ००००००००० "छक्क पर्नु होला नै"

हाहाहाहाहा खुब मजा आयो पढन।


 
Posted on 09-28-07 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
ठरकी दादा
Posted on 09-28-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा ! क्या तिखो मारेको हो !

बाहिर पो "ठरकी दादा!" घरमा त आफ्नो पनि यहि हाल हो ।

यो "ठरकी दादा!" हत्त पत्त "कमेण्ट" लेखी हाल्दैन तर आज त आफ्नै कथा रे'च के गर्नु ?

ठरकी
 
Posted on 09-28-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मोजा समेत सोफाबाट उठाएर ठाउंमा राखि दिनु पर्ने "
यो त अत्ति भो शिरिश दाई, अनि यसो भाउजुलाई हेल्प गर्दे त हुने नि। हेहे म जान्नि भै टोपल्या के।
 
Posted on 09-28-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-28-07 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब नेपाल तिर भापो एसो भ टि सटी तिर जान पैन्थ्यो साथीहरु सँग यन्ह त सबै इ-मित्र मात्र पर्‍यो क् गर्ने साझा फाझा अली छिर्नै पर्‍यो नी कोइ इ- कबिको गजलपान्, `कथाकार्को कथापान् गर्न पाइयला की
कोइ काली गोरी भेटियला की। कोइ मुर्खलालहरु झगडा गरि राख्या छन् की।
 
Posted on 09-28-07 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I was not expecting this magnitude of response.

Thank You guys and gals for liking it.

Pretty,

That socks thingy was borrowed from a friend of mine..not my real life story...
However, assuming you are unmarried, be careful with such a lazy guy...might have to do little screening hai !
 
Posted on 09-29-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लओ, न, सबैको घरको काहानी उस्तै रहेछ। हाम्रो पनि अली त्स्स्तै छ.
 
Posted on 09-29-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I really enjoyed reading this thread.

Thanks Shrish
 
Posted on 09-30-07 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरुले मिचेछन्, म पो लेखुँ भन्दै थेँ यो त।
 
Posted on 09-30-07 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहहा भनेसि यस्तो हुने रेछ साझाले गर्दा!

 
Posted on 10-01-07 1:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.ही ही....तेइ त नि है....कती कोम्प्लेन कती कर्कर् कती काम...बाफरे
मै तो सोचमे पड गया...वैसे तो कोई बाल देता नही फिर भि कोई साझा सिटिवाली
मिल्गयी तो मेरो मेरा हाल क्या होगा...रातदिन वो रोमन्शी करेगी बौते से और लुम्रे से कल्लु मिया के पास बर्तन और बाबु ही...आरे ए तो दबल ट्रिपल घाटा....
Last edited: 01-Oct-07 08:13 AM

 
Posted on 10-01-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. even though i don believe there should be any prejudice against languages please forgive me for hindi and hope above comment remained in jest. by the way all the characters mentioned there were fictitious.
 
Posted on 10-01-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Interesting ...hahha Malai pani Nepali keti biha garna mann lagyo yaar
 
Posted on 10-03-07 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehheheh funny
 
Posted on 10-03-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hehe! Ma pani tyastai thiyen; rehab ma gayera ali sapreko kya! ;)

Nice going Shirish ji. Tara, yeso, help selp ta garnoo paryo ni afno sirimaati lai. :)
 
Posted on 10-04-07 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shirish ji, enjoyed reading it. I'm still single though, but pretty sure most of sajha user must be going thru this situation. lol! 

“आफूलाई यंहा सास फेर्ने फुर्सद हुदैन ! तपाईलाई भने गेम हेर्ने – गेमको कमेन्ट गर्ने – काम न काज सित – चाहिने नचाहिने डिस्कसन गरेन बस्ने – पर्‌या छैन है त्यो साझा- फाझा हेर्न ! काममा पनि त्यस्तै त होला नि – दस चोटि गई बस्ने होला !” ** I loved these lines.

एक दिन काम मा बोस ले  चोरि पकडेको नि , तर नेपाली मा लेखेको कथा पढ्दै थिएं , घर बाट आको मेल हो, इट्स फ्रम माइ ड्याड भनेको त, टेक योर टाईम भन्दिहल्ल्यो नि , हा हा हा हा। अनी त के एसो फेरी कहिले काहीं देख्यो भने, योर ड्यद ड्याड मस्ट बि मिसिङ यू अलट दिज डेज पो भन्छ नि। कुन दिन थाहा पाउन्छ अनी मार्छ बज्याले ।


 
Posted on 10-05-07 3:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जिममा जानलाई पनि दिन दिनै सम्झाई रहनु पर्नै ! कोलेस्टेरोल हाई भा’को मान्छे आफै सोचेर सम्झेर गर्नु पर्छ नि ! के खानु भो आजको लन्च मिटिङ्‌गमा ? अब देखी सालाद मात्र खानु होला - भन्दिया छु ! पाए सम्म बिफ खान्छ- आफ्नो धर्म र हेल्थ पनि त केयर गर्नु पर्छ !”

कसरी थाहा पाउ नु भयो यार मेरो बुदी को बोल्ने स्टाईल। माने गुरु माने। जे हो एस् राम्रो सँग सुर्वीए गर्नु भको राइछ। यो त प्रये हामी जस्तो अर्ध बैसे को काहानी हो ने।

हजुर् त अन्तर्यमि हुनु हुदो रैच ।।।।जै गुरु शिरिश् बब कि। सरै मिथो लाग्यो, धेरै पचि नेपलि लेक् मान्पर्यो। धन्येबाद्।

 


 
Posted on 06-25-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया बनाई दे भन्छे अचेल ! 

तरकारी बसाएर डढेको नि सुषुम्नाले चाल पाउँदिनन् !

 मैले तरकारी पकाउन पर्छ ! भात पनि पकाउनु पर्छ !

देग चल्दैन क्रेजी लभको कथा पढ्न थाले पछि ! 

क्या लेखेको है डायरीको खाली पानाबाट भनेको सुनेर मेरो कान पाक्न लागी सक्यो !
को मान्छे होला / होली भनेर मात्र सोधेर हैरान छ ! 

फेरि क्रेजीले अर्को लेखेको/ लेखेकी छ रे !

पक्कै चिन्या हुनु पर्छ तपाईले - भन्नु  न भन्नु भनेर हैरान पार्छे !

के तातो न छारो गजल लेख्नु नि - यस्तो पो लेख्नु भन्छे बा ! 

बेकारमा क्रेजी लभको कथा बारे Introduction गरि दिएको  !

मलाई भाँडा माझ्न लगाएर उनी साझा - फाझा तिर लाग्छे अचेल !


 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters