[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 212374 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-19-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो ठीकै छ ठूली, अरू मान्छेहरू बिदामा गएर आफू पो बिजी होला जस्तो भैराछ। अब तीन दिन काम गर्नुछ, 
त्यसपछि केही दिन आराम होला।
 
Posted on 12-19-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम् गाम्लेहरु,

के छ ताअाअाअाअाअाअाआ?


बल्ल नयाँ झ्याल जडान गरियो। कीरा न छिर्ने जाली लगाउदै छु। रंग रोगन, खाग्सी लगाउन बाकी नै छ। बडा दुख दियो बुढेसकालमा दुष्ट कीरा फट्याङ्राहरुले, छिमेकीले जस्तै।


ठुली चिया खायौ?


पूण्टे बुढाको आषिश कस्तो, संबिधान सभा अगाडी चित्रेनी पाओस् रे- हुन्न बुढा हुन्न, चित्रेको जवानी जाला, चित्रेको कहानी सकेला तर संबिधान सभा उफ्।


चित्रे थ्यान्कू।


हरि लाई जन्म दिनको साथ सथै अड्डामा बिजुली बलेकोमा बधाइ। अम्रिका को बिजुली नि हाम्रा गाम् को जस्तो झिरिप्प झ्याप हुंदो रैछ, बल्ल ज्ञान भो।


 
Posted on 12-19-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे लु यो तीन दिन मरी मरी काम गर अनी बाँकी ४ दिन चै मस्ती गरेर बिताउ। अरु सपै कता लागे कता।


 
Posted on 12-19-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भेला बिशेषांक पनि प्रकासित भएछ चौतारीको। ल ठिक छ।

चौतारी मेला
भौते मात्या बेला
सोल्टी हेर्ने त्यो खेला
गरे अरे पून्टेले बबाल रेला
दाई सोल्टी बोलाम भन्थे रे चेला
जिम्माल सोल्टी सँग टाप रे भेला न सेला

माथिको सिँढी कबिता भेलालाई समर्पित।


 
Posted on 12-19-07 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा दर्शन गरे। मैले चिया पिए अनी हजुरले नि?


 
Posted on 12-19-07 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप ज्यु दर्शन गरे है। हजुरको सिँढी कबिता राम्रो लाग्यो।


 
Posted on 12-19-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बल्ल कीरा मार्ने काम सकियो, अब चिया सिया खाने। शुक्रबार हो कि शनिबार पिलान गर ठुली, म त ठुलबुइनीकै भरोसा मा।


 
Posted on 12-19-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा खै कहिले जाने थाहा छैन। कही शनिबार रे कहिले शुक्रबार रे खै म त कन्फुजमा छु। घरबाट निस्किने बेला हजुरलाई फुन गरे र खबर गरौला

 
Posted on 12-19-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एकजना बाहेक सबैलाई बधाई!
हरी लाई अड्डाँ बिजुली आएको उपलक्ष्यमा
ठुल्दाइ लाई किरा फट्याङ्रा को सफया गरेर नयाँ झ्याल हाल्न सफल हुनु भएको उपलक्ष्यमा
ठुलिलाई शप्पिङ गएको उपलक्ष्यमा
चित्रे लाई नयाँ चौतारी बनाएको उपलक्ष्यमा
भये जती देखे जती सबैलाई सलाम नमस्ते



 
Posted on 12-19-07 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कन्फुज हुने कुरै छैन। कामबाट २ बजे सम्म छुट्टि मिल्यो भने ६ बजे सम्म यहाँ पुगिन्छ भने शुक्रबार होइन भने शनिबार।
अनि टेउसास् बाट 'उ' आउनु भयो त? नमस्कार सुनाइ दिनु है, ठुलदाइ को।


 
Posted on 12-19-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्योको सिंढी कविता दामी लाग्यो। भेलामा 'लिफ्ट' र 'एलिभेटर' कविता नि सुनाउनु पर्छ है!

राहुलदाइको कम्पुटरको किरा मरेको सुन्दा खुशी लाग्यो। 

ठूली र राहुलदाइ, सकेसम्म शुक्रवार पुग्नुभए राम्रो हुन्थ्यो। भौते र मलाइ त एकै पल्ट पिक अप गर्ने रे पून्टेदाइले,
११ बजे तिर पुग्छम् होला। तपाइहरू नि ११ बजे पुग्ने गरी निस्कनुस् अनि ठिक्क हुन्छ।

रिट्ठे, जिम्माल बा के छ हालखबर?

 
 
Last edited: 19-Dec-07 09:06 AM

 
Posted on 12-19-07 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

हरे ठुलि के कुरा गर्या, घरबाट निस्कने बेलाँ भनेर गइहाल्ने हो र ठुल्दाईकोमा? केहि घन्टा पहिले नै " म यतिबेला आइपुग्छु" भनेर भनेपछि पो ठुल्दाई त भाउजु मिलेर उता तयारि गर्नुहुन्छ स्वागत सत्कारको अनि आनन्द संग जाने। ठुल्दाई कहाँ मिनि भोज खाने, एकछिन आराम गर्ने अनि हिँड्ने नि!

ल दीपको मुखमा दुध र भात पर्भु, तो सिँढि कबिता जस्तो ठ्याक्कै मिले हुन्तो परमेस्सोरि!

चित्रेलाई भेला बिशेषांक बना'कोमा धन्देबात्!

हरितालिकेलाई जन्मदिनको शुभकामना!

पुछार नोट:- भेलामा जाने बाहेकका कुराहरु पनि खोकौँ सपै मिलेर बिभिन्न कुराहरु नि गरौँ नत्र हेरि उसै त सेलाउन थाल्या चौतारी झन औतारी होला जस्तो लाओ!

ऐया ऐया पाप्रो दुख्यो म एकछिनाई बिलाएँ!


 
Posted on 12-19-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुलि को 'ऊ' पनि जे होस् अब सबैको मुखमा पुस्टकारि/दुधबरी बनेर टास्सिन थाल्यो लु राम्रै भयो


 
Posted on 12-19-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पाप्रो bhaneko ke ho birkhe da?

कहिले के कहिले के तेही भनेर अबी घरबाट निस्किने बेला मात्रै राहुल दा लाई म आउँदै छु है भनेर खबर गर्नी हो।


 
Posted on 12-19-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


'ऊ' bhaneko ke ho ritthe?

 
Posted on 12-19-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बाले लेख्नुभो---

>>>ठुल्दाई त भाउजु मिलेर उता तयारि गर्नुहुन्छ स्वागत सत्कारको अनि आनन्द संग जाने।<<<

को हो आनन्द भन्ने? 


 
Posted on 12-19-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा हजुरको भान्जोलाइ एक्चोति ताउकोमा खोत्ता हनेर पुस्तकारि जत्रो फोका बनाइ दिनुस् न। हिजो एक्लै ले सप्पै केक खाएच हाम्लै एकतुक्रा नि नदि। आज त अफिसमा गणेशको जत्रो भुँडी बनार गाको होला नि। लोवी केटा


 
Posted on 12-19-07 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो गणेश को हो फेरी?
हेत्तेरिका कुरा बुझे मरिजाम


 
Posted on 12-19-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए ठुलि तेत्रो कस्ट गरेर खोट्टा हानेर टुटुल्को बनाइसके पछी नि पुस्टकारि जत्रो मात्र किन नि?
हरी लाई लोबी भन्या हैन, अस्सली लोबी त को रहेछ बल्ल थाहा भयो



 
Posted on 12-19-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री पुन्टेन्द्र विक्रम पान्टेयको सछिवालयवाट प्रकाशीत, भेलाको पहिलो एक दर्जन सुची-

श्री पुन्टेन्द्र विक्रम पान्डेय
श्री डाँ. भउतभाई भन्डारी
श्री जा. चित्रबहादुर चित्रकार
सुश्री च्वाँ. ठुलिमैया ठकुरानि
श्री अ.राहुलभाई रायमाझी
श्रीमति डा.नेप्चीमाया नकर्मी
श्री बिर्खबहादुर बोगटी
श्री रिट्ठेन्द्र रायमाझी
श्री दाँ.अन्तरशेख अन्सारी
श्री दीपेन्द्र दीवस
श्री क.मदनवा महतो
श्री डा.नेपेन्द्र न्यौपाने

नोट- डा ‍= डाक्टर, डाँ = डाँका, दाँ - दाँत रुट कनाल, जा = जासूस, च्वाँ = च्वाँक, अ = अनुभवी,क = कम्पाउन्डर

धन्यवाद्!

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters