[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सिलिगुडि, मेरो तनाव र सुधा !

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE: <<  1 2  
[VIEWED 37582 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-19-08 7:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काकडभिट्टाको पैसा सटहि काउन्टरमा दशैको नियमित भिड थियो । पुराना साथी; बल्ल बल्ल दशैमा भेट भएर बिना प्लान घुम्न भनेर हिडेका -सिलिगुडि ।  म बर्ष दिनपछि काठमाण्डौंबाट फर्केको थिएं । सुधाले रोकटोक गरिनन् । मिल्यो भने  एउटा माइक्रोवेभ ओभन किन्ने विचार थियो, रहर पनि गरेकि थिइन् । फेरि हाम्रो सल्लाह पनि थियो यसपालि को दशैमा फजुल खर्च नगर्ने  । त्यहि अनुसार भारु पैसा साटें, रोशन र तिर्थ ले पनि आ-आफ्नो हिसाब गरे।

 

गर्मी नै थियो त्यो दिन । त्यो मेची पुल जांदा, ओरालोमा रिक्सामा आएको आनन्द । अहो, बडो मीठास पूर्ण । म सुधासंग त्यो बाटो हिडेको थिंइन । एकचोटि उनलाई लिएर आउने मन भयो । मोबाइलमा 'टावर' फुल थियो । 'missed call' गरिदिए । बिहे भएको २ बर्ष नाघे पनि, हाम्रो प्रेम छेडछाड् यसरी नै चलेको थियो।

 

'पारि' को वातावाण नेपालको भन्दा फरक थियो । मलाई त हावा नै अर्को जस्तो लागेको थियो ।

तिर्थ त्यो वातावरणमा बढी भिजेको थियो । यो बसमा जाऔं छिटो पुगिन्छ भन्यो । हामी उसको पछि लाग्यौं । बस लगभग खालि थियो । म र तिर्थ सगैं बस्यौं । रोशन एक्लै । बिस्तारै बसमा मान्छे बढ्दै गए ।

'मत्‌वालि' अनुहार गरेका २ वटि कलिला ठिटीहरु बसमा चढे । रोशनले आफ्नो सिटमा ठाँउ बनायो । सानी चाँहि आएर उ संग बसिन् । हरियो टि र कालो जिन्स; हामीले जिस्काउने बहाना पायौं ।

बस अगाडि बढ्यो ।

सिलिगुडि पुग्दा सम्म गाडिमा यात्रुको भिड धेरै भएको थियो । जसो तसो हिलकार्ट रोड पुगियो । 'शहर त ठुलै हो मेरो पुरानो प्रतिक्रिया दोहोरियो । यता उता डुल्न थालियो । गर्मि थियो तर पनि मतलब गरिएन । कहिले स्कुले बेला को छेडछाड त कहिले खेलकुदका गफ । सिलिगुडिको बजार अनि हाम्रो उधेश्य हिन भ्रमण । हामी अझै केटाकेटि नै थियौं ।

 

घुम्दै जांदा I. Sc. मा bio group ki साथी भेटिइन् । श्रीमान र छोरोको साथमा । धेरै मोट्टाइछन्। तर मुहार उस्तै ।

मुसुक्क हासेर सोधे "सन्चै छ?"

"हो सन्चै छु। तिम्रो के छ नि?"

"मेरो पनि ठिक छ । सन्चै छु । “

उनको कुर्ता सलवार र कपाल बाध्ने रबरको रंग म्याच गराएर लगाउने बानि अझै उस्तै रहेछ ।

“दशैमा घुम्न त होला नि है?" मैले नियमित प्रश्न सोधें ।

उनि मुस्काइन् । उनको मुस्कान मलाई कलेज पढ्दा पनि मन पर्थ्यो

उनले श्रीमान चिनाइनन् । उनलाई मेरा साथी चिनाउन जरुरि थिएन ।

ल त है भनेर हामी आफ्नो बाटो लाग्यौं, उनि आफ्नो ।

सुधाको रहर । माइक्रोवेभ ओभनको दाम बुझ्नु पर्‌यो । साथीहरुले दिक्क माने । मैले अलिक जिद गरे । ६-८ वटा पसल डुलियो । दशैंको भिड । मैले भाषा english नै प्रयोग गर्न खोजे । केहि मतलब गरेनन् दोकानदारले । रिस उठ्यो । मैले त्यो street को पसलहरुमा सोध्न मन गरिन। पछि तिर्थ र मैले एउटा राम्रो पसल फेला पार्‌यौं । राम्रो कुरा गर्यो त्यो दोकानदारले । कोक मगाएर खुवायो । कोक को सोझो गर्न लाई सामान जबर्जस्ति त किन्नु पर्ने होइन ?? कता कता मनमा चिसो पस्यो ।

तर मान्छे भलादमि रहेछ । किन्न त किनिएन, तर सिलिगुडि प्रति बनेको बिम्ब थोर बहुत राम्रो भयो ।

 

अब कता जाने त?? कता कता!! भर्खर १२ बजेको थियो ।

तिर्थले "जाने त?" भन्यो ।

मैले केहि कुरो बुझिन ।

मलाई केटोहरुको नियत ठिक लागेन । ढिलै भए पनि पछि कुरा बुझें ।

 

“गर्ने केहि होईन, जाने भए जाउं न त।“  मलाई पनि किन किन जाउँ जाउँ लाग्यो, त्यो दिन ।

"के भनेको तिमीहरुले, फर्कने होईन?" रोशनले अन्कनाएको स्वरमा भन्यो ।

 

तिर्थले "केहि हुन्न यार, एकछिन घुमेर मात्र आउने हो" भन्न थाल्यो ।

तिर्थ पनि बिवाहित, म पनि अनि रोशन तयारीमा।

तिर्थले रोशनलाई प्रस्ट्यायो ।

"हेर, केहि हुन्न, एसो घुमेर मात्र आउने । कसैले केहि गर्दैन । तं टेन्सन न लि ।"

 

म पनि अस्समन्जस्य मा परें । यस्तो कुरा काकडभिट्टा मा नै भएको भए शायदै सिलिगुडि पुगिन्थ्यो होला । तर त्यो बेला म उनिहरु संग छुट्टिन सकिन ।

 

३ जना नेपाली केटा । २ बिवाहित । सिलिगुडिको बदनाम बाटोमा गइयो । हामी तिनै जना सफा थियौं । नियत पनि खराब थिएन । हामी समाज का भलादमी र सज्जन युवा । सिलिगुडि आउँदा सम्म शायदै कसैले सोचेको थियो होला, त्यो बाटोमा हिडिन्छ भनेर । तर त्यो बेला हामी त्यहि बाटोमा हिडिरहेका थियौ, अगि बढि रहेका थियौं । सत्य त्यहि थियो, मन जसको जस्तो भए पनि, उधेश्य जसको जे भए पनि । किन हाम्रो समाजका लोग्ने मान्छेको रुप यस्तो unpredictable हुन्छ ???

 

 

बस्ति साधारण थियो । मोटरसाइकल, रिक्साहरु कुदिरहेकै थिए । बच्चाहरु खेलिरहेका थिए । उमेरमा केटि हरु धेरै जिस्काएको भए पनि म पहिले पटक त्यस्तो माहोल मा हिड्दै थिएं । मलाई प्रत्येक पाईला झन् झन् गह्रौं हुदै गइरहेका थिए । शायद रोशनलाई पनि अफ्ठ्यारो लागेको थियो होला। न बाध्यता, न बानी, न चाह, तर पनि हामी हिड्न सकिरहेकै थियौं । कस्तो बिडम्बना !!!

 

तिर्थ एउटा बस्ति भित्र पस्यो । हामी पछि पछि गयौ । एउटी अधबैसें नारी थिइन् । उ घरको भित्र नै पुग्यो । रोशन र म पछाडि थियौं  । टाउको निहुराएर उभिएका ।

"यहां एउटा नेपाली दाइ थियो नि" तिर्थले सोध्यो ।

"अहिले बाहिर गएको छ" उनले भनिन् ।

हेर्दा उनी बानेश्वर कि तरकारी बेच्ने साउनी जस्ति थिइन् । सिंदुर पोते लगाएकि, परिचित झैं लाग्ने अनुहार । भाषा पुरै नेपाली ।

 

"अरु कोहि छैन?" तिर्थले सोध्यो ।

"भित्र छ, एकछिन है"

एकछिनमा २-३ वटि जवान केटिहरु आए ।

"मैले नेपाली खोजेको थिएं" तिर्थले भन्यो ।

 

"ए एएएए पार्वती !!" उनि कराइन् ।

 

 

 

क्रमश:………………………………………………………………………………


 
Posted on 01-22-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो आनन्द आउँछ तर गग नै लगाइहाल्नु पर्ने आनन्द आयो र भन्या?


 
Posted on 01-22-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yeha gham lagera utpat cha tesaile. ankha tirmir bhayera ratnaparkko petima kineko mero rayban chasma lako ni?
 
Posted on 01-23-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

raascal जि, पढेर कमेन्ट गरिदिनु भएको मा धन्यबाद ।
bhakunde bhut  जि, शायद कथाले तपाईंले expect  गरेको भन्दा अर्कै मोड लियो । मलाई पनि रहर छ, त्यो सुरुको plot लाई त्यहि हिसाबले अगाडि लैजाने, मीलेछ र सकिएछ भने म प्रयास गर्ने छु । कमेन्ट कोलागि धन्यबाद ।
fucheketo भाई। i know you always support me. thank you for the inspiring words, ill try to meet the mark.
JagataDhari जि, धन्यबाद ।
दिपे दाई, तपाईले नि कमेन्ट गरिदिनु भएछ। मलाई २-३ दिन को डोज पुग्यो । फुर्काइदिनु भएको मा धन्यबाद ।

Birkhe_Maila दाई, हजुर ले नछुटाइदिनु न । कस्तो चित्तै दुख्छ । धन्न पढिदिनु भो । हजुर कै हौसला ले प्रयास गर्दै छु । बिग्रियो भने एसो झपारि दिनु है ।

CL साईंलि,  कस्तो राम्रो लाग्छ तिम्रो कमेन्ट । मन छोएको हो र । गाँग लाउ लाउ, बिर्खे दाइ ले फुलि मा नि ठगे, गाँग मा नि । कुईरेका देशाँ छेउ, मुरा मुरि ले चिनलान नि ओरिजिनाल खासाको भनेर, चाईनिस उक्षर छोप्नु लाउँदा ।
 मैले तिम्रो " तिमी यौनको मामला मा कमजोर छौ" series लाई पढेको छु । एक दुई कुरा भन्न मन छ । कमेन्ट गरिन, बिस्तारै भन्छु है ??


Brain Malfunction जि, धेरै धेरै धन्यबाद, कमेन्ट को लागि ।

kalejo जि, किन किन तपाई लाई देख्ने बित्तिकै खांउ खाँउ लाग्छ
। पढिदिनु भएको र मन पराई दिनु भएको मा धन्यबाद ।


 
Posted on 01-23-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि पढें। धेरै पछि। तपाईंको सोचाइको पारीधी निक्कै उत्क्रिस्ठ छ। र प्रस्तुती उत्तम। मैले बुझे सम्म तपाईंले बिहे गर्नु भएको छैन (हालै गरेको भए कुन्नि)। र पनि बैबाहिक जीवनको कती सुकिलो तस्बिर प्रस्तुत गर्नु भो। अरु पनि लेख्दै जानु होला।


 
Posted on 01-23-08 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेज्यूले भन्नु भए जस्तै "परिपक्व" कथा । अनि कथा-उठान, द्वन्द र रिजोल्युशन गरेर सबै अंग पुगेको कथ्य । राम्रो ! लेख्न जारी राख्नुहोला, वन्सअपनडिअर्थज्यू ।

*** *** *** *** ***

"आत्मबोध" ! हो केवल उच्चारण नै ले पनि आनन्द दिने शब्द । यसको एउटा निकटार्थी शब्द "साक्षात्कार" हुन सक्छ ।

Nepe


 
Posted on 01-24-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै भाग १ चोटि मै पढें। रमाइलो रेछ। अरु पनि पढ्न पाम।


 
Posted on 01-26-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

surNaTal दाई,  पढिदिनु भएकोमा धन्यबाद,
हजुर जस्तो त जान्दिन, तर प्रेरणाले हौसिएको छु ।

अनि दाई म अझै अबिबाहित नै छु । यो माघ नि त्यसै गयो् ।।।

Nepe दाई, पढिदिनु भएकोमा धन्यबाद,

Torikophul  जि, पढिदिनु भएको मा र कमेन्ट टाँसिदिनु भएकोमा धन्यबाद ।

अरु सबै लाई पनि धन्यबाद ।।।


 
Posted on 01-26-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhereondearth, अर्को मन छुने प्रस्तुती रहिछ। अरु पनि लेख्दै गर्नुस् र पढ्ने मौका दिदै गर्नुस् है।

 
Posted on 01-26-08 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Someoneunderneath, saarhai ramro prastuti rahecha...
 
Posted on 01-26-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि पढें, राम्रो लाग्यो। कथा बस्तु उत्क्रिस्ठ छ र प्रस्तुती उत्तम। बैबाहिक जीवनको कती सुकिलो तस्बिर प्रस्तुत गर्नु भको ।  अरु पनि लेख्दै जानु होला, पढ्ने काम हाम्रो ।
 
Posted on 01-26-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika02 ji, धन्यबाद,  म प्रयास गर्ने छु ।
अनि, im waiting for your posts.. खोई लौन छिटो लेख्नु न ।

Kancha  दाई, धन्यबाद,
Nepal ko chora जि, thank you for such a sweet comment. त्यहि बैबाहिक जिवनको कल्पनाले त बाँचिएको छ नत्र के गरि बाँच्ने हो यो संसार मा, एक्लो यात्री ।

धन्यबाद ।।


 
Posted on 03-30-17 10:54 AM     [Snapshot: 5950]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोम दाइ ,

आज पढ्ने मौका मिल्यो यत्रो समय पछि . तर जति नै समय बगे पनि सरस अनि मधुर कथाको मुस्कान सदैव उस्तै . एकदम मिठो कथा .

- थाहा छैन
 
Posted on 04-01-17 2:18 PM     [Snapshot: 6240]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो कथाको सिर्शक हेर्ना साथ् मलाइ झापा गएको बेला याद गरायो | कलेजमा थियौ . झापालि साथि संग सिलगुडी गएको बेला मलाइ पनि लेखकले लेख्नु भएको बाटोको सैर गरिएको थियो | झग्गु झोपडी अगाडी ग्राहकको प्रतिक्षामा बसेका महिला हरुमा कोहि चै १५-१६ का जस्ता पनि देखिन्थे| गर्भ बती भएर जन्माएका हुन् सक्छन भने नेपालि पनि छन् भनेका कुरा याद छ | अनि तेतिखेर मैले नया सन्देसमा पढेको कथा " ५-६ बर्स श्रीमती बनाएर २ ओटा छोरा छोरीका आमा बनाई सके पछि लाल्टेन बजार पुर्याइएको" सम्झेको थिए | येही पेसा नै बनाउछु भनेर यहा आई पुगेका अबस्य होईनन होला | मन मनै सझेको थिए यस्ता व्यापारीलाई मृत्यु दण्ड दिए केहि फरक नपर्ला अनि मात्र यस्ता तस्करी बन्द होला ?

अर्को अंकको प्रतीक्षा मा ,

 
Posted on 06-27-17 8:20 AM     [Snapshot: 7094]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अर्को अंश पस्कनु हुन्छ भन्ने आशा मा छौ !
आजकल एम्बी पनि बैबाहिक जीबनमा प्रवेश गरेर बेफुर्सदी भएकी हुन् कि साझा मा देखिन्नन् ?
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters