[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - ११२~

[Please view other pages to see the rest of the postings. Total posts: 566]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 242936 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 04-28-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ११२ मा यहाँलाई स्वागत छ!

 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  ११२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
 
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

यसपालीको चौतारी डाँडा पाखा कुना काप्चा सबै छाडेर समुन्द्रको किनारमा राखिएको छ। यो पल्टको गर्मी महिनामा यहिँ बसेर केहि छिन पौडी खेल्दै, केहि छिन रमाइलो गर्दै बिताउनु हुन सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदीबहिनीहरुमा चौतारी फलोस-फुलोस समिती निवेदन गर्दछ!

**********************************************************************

*********************************************************************************************

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 112 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
 

 जिम्माल बाको पुरानो गाना आज फेरि सम्झना आयो:
हाम्रा ठुल्दाई साह्रै नै बाठा छन्
पुन्टे भन्दा दस गुना टाठा छन्!
पुन्टे दाईले भेटघाटलाई भनेर
जोडे पैसा डबल आवर हानेर!!
 
ठुल्नानिको त्यो तोते बोलिले
हान्यो सबलाई सिसाको गोलिले!
तितौरीको त्यो मिठो हाँसोमा
आफु भागिन, पारि सब्लाई पासोमा!!
 
भाउते भाँडको त्यो बिघ्न इस्टाइल
बिझ्ने कुरा लास्टमा चाहिँ इस्माइल!
सोझो कुम्ले साह्रै नै लरक्क
बिहे गरि बस्यो है गजक्क!!
 
हरि भान्जो मजाले बात मार्छ
कि त घरमा कि काममा मस्त छ!
सान्नानिको झन सानि नानि छ
कुरा बुझ्ने मजाको बानि छ!!
 
 
Last edited: 02-May-08 11:22 AM

 
Posted on 04-28-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ लौ रिथ्हे लाई बोर्ढ फर्स्ट मान्ने हरुले हात उठौ है त।

 
Posted on 04-28-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

new chautari shuru bha ho? tha ni nai.
 
Posted on 04-28-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

  • किन मान्ने रिट्ठे लाई बोर फस। बराबरी अंक जो छ हाम्रो पनि ।
    ०४-२८-०८ ३:०१
    सबै को बराबर छ।
    गोरखा पत्र संस्थान मा आफ्नो मान्छे छ भन्दैमा धाँधली गर्न पाइन्न। नत्र टायर् बाल्दिन्छु।

 

Posted on 04-28-08 3:01 PM     Reply | Notify Admin
 

TY kumle ma fas.......


 


Posted on 04-28-08 3:01 PM     Reply | Notify Admin
 

ma board first

 


Posted on 04-28-08 3:01 PM     Reply | Notify Admin
 

ma board first

 


Posted on 04-28-08 3:01 PM     Reply | Notify Admin | Edit
 
तारेमाम गाम्लेहरु!
नयाँ चौतारीमा नयाँ तारेमाम।

 
Posted on 04-28-08 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न यो चौतारीमा त कती जना हो बोर्ड फस पनि
जो पनि सिधै म फस भन्दै पो आउनु भएको रहेछ। के म पनि तेसो भए हो त बोर्ड फस

Last edited: 28-Apr-08 03:35 PM

 
Posted on 04-28-08 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


९१ पोइन्ट ५ र ९१ पोइन्ट ४ म फरक हुन्छनी त ठुल्दाइ।

 
Posted on 04-28-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्वाइण्ट स्वाइण्ट के म नि फरक छैन। रिट्ठे ले धाँधली गरेकै हो। रिट्ठेको माग नाजयज छ। कोक   हडताल गर्नु परे गरौला।
Last edited: 28-Apr-08 03:40 PM

 
Posted on 04-28-08 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हामी त सबुत पर्मान सहित् आ'छम है बोर फस केलेम गर्न ! त्या कुम्लेले झेला गर्‍यो भने रेला हुन्छ नि फेरी !
भाभी त्यो ९ वटा झ्यालमा त दुइटा झ्याल साझा कै हो !लोल
अंकले मात्र कहाँ हुन्छ रे ठुल्दाइ ! फसमा नाम आउनु पर्छ ! ए तेसै छ र बोर फस हुन? आफु ह्या भोक निन्द्रा सबै मारेर कुरेर बसेको रिफिरेश गर्दै

 
Posted on 04-28-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाईं नाईं मलाई यो चौतारी त चित्तै बुझेन!! माफ पाउँ है कुम्ले दाइ हजुरलाई केही भन्न खोज्या होइन । तर चौतारी त नेपालमा पो हुन्छ त, अनि हाम्रो नेपाल मा समुन्द्र नै छैन नि!! बरु माछापुच्छ्रेको छायाँ परेको, फेवा तालको छेउमा बनाम् चौतारी, होइन भने, कोशी नदीको तटमा बनाए नि हुन्छ, हाम्रो आँखालाई त कोशी नि समुन्द्र जत्तिकै हो, आँखाले नभ्याउन्जेल सम्म, पानी नै पानी देखिन्छ कोशीमा पनि ।

तर यो गोवा तिर को जस्तो लाग्ने रुख मुनि, त्यो हाम्रो चौतारीको शीतलता कहाँ पाउन सकिएला र ?? फेरि चौतारी त वर -पीपल को पो राम्रो, नरिवल को नि चौतारी हुन्छ ??

Last edited: 28-Apr-08 03:43 PM

 
Posted on 04-28-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सेकेन्ड र माईक्रो सेकोन्ड्को हिसाब गर्दा रिथ्हेले जित्न आएको छ, तेस्सैले रिथ्ह्ले लाई बोर्ड फर्स्ट घोसित गरिएको छ।
लौ रिथ्हे जि यसरी बोर्ड फर्स्ट हुनको लागि दिन्को कती घण्टा पढ्नु पर्छ? हाम्रो दर्सक हरुलाई बतायी दिनुहुन्छ कि?

 
Posted on 04-28-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे हर्के गठबन्धन, जस्तो तस्कर र रक्त चन्दन।

 
Posted on 04-28-08 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली ले कस्तो कुरा नबुझेको
यो नयाँ जमानाको रिमिक्स चौतारी
 
Posted on 04-28-08 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चौतारी पनि पो रिमिक्स ?

 


 
Posted on 04-28-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाई

रिठ्ठेभाईले अलिक बढि लेख्या रैचन चिट चोरेर ।

 अनिखेरी प्रिति अनि लास्टाँ चै  हउर के

यो बोर्ड फस हुनिको 'टप थ्रि' भा अस्तै लाउच है मुलाई त

सिसहरु सोमहरु सप्पै लै जो जदौ अरेकिम 

 हर्कबादुर दाई हउरलै चै गुड अरे है

:)

 


 
Posted on 04-28-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या चेली, मलाई पनि चित्त बुझेन, पहिलेको चौतारी त कस्तो हरियाली पारीयाली थ्यो, यहाँ त हाकिम ले वाक्क खेलाएर काम छोडेर यसो दिमाग बहलाउन समुन्द्री तट मा गए जस्तो छ ल। अनी त्यस्तो तट मा बसेर पनि के कुरा गर्ने आफ्नो गाउँले दाजु-भाइ साथी सङी हरु सँग।
कुम्ले दाई नरिसाउनुस है फेरी यो हिजो भर्खर आएर अहिले मलाई सिकाउदी रेछे नभन्नुस है।

 
Posted on 04-28-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                   अत्यन्त जरुरी सुचना 

           आजको दिन हमरै कुमल कान्त कार्की ले बनाएको चौतारी हाम्रै चौतारी बन्धुहरु एक आपसमा प्रतिस्पर्धा गरी म फर्स्ट म फर्स्ट भनी कराएको सुनी हाम्रो ध्यान आक्रिस्त भएको छ। एसरी झै झगडा नगर्न हुन हामी अपिल पनि गर्न चाहन्छौ। सो घतना पर्स्च्यत मेरै एकल अध्यक्ष र सदस्यता मा बसेको बैठक ले धेरै हल्ला गर्ने रिट्ठे भनिने रिट्ठे राठौद लाई बोर्ड फर्स्ट हुन बाट बन्चित गरिएको छ। एसै गरी ठुल्दै भनिने राहुल भाई राएमाझी लाई पनि टाएर बाल्ने धम्की दिएको ले उन लाई पनि बन्चित गरिएको छ। बाँकी रहयो नेत्रे र सान्नानी। यो चौतारी मा जहिले पनि पुरुष मात्रै बोर्ड फर्स्ट हुने भएकोले एस्पाली हाम्राइ एकल अध्यक्ष र सदस्यता मा बसेको बैठक ले सान्नानी भनिने सुस्री सन्नानी सापकोटा लाई बोर्ड फर्स्ट भएको घोषणा गरिन्छ। धन्यवाद। 
                                                                                  लहरे लाल लाकौल 
                                                                                 चौतारी रस्रङ प्रधान
                                                                                            तथा
                                                                       अध्यक्ष चौतारी गीत टाँस्टुस समिती


 
Posted on 04-28-08 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घोर अन्याय घोर अन्याय !
बराबरी अंक हुंदा नि बोर फस नहुने कस्तो न्याय? नयाँ नेपाल मा यस्तै हुन्छ कि क्या हो?

 
Posted on 04-28-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुड जब बौचा

मैले भन्न खोजेकी पनि त्यहि हो :)

हिहिहि भागे म


 
Posted on 04-28-08 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-28-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aha ma fas bhaechhu thank u lahare u r best!! hurrah

khub ritthe le jhelli garna la thyo khuching.


 
Posted on 04-28-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्यार्न देखी सहदैनौ हौ आर्काले गरी खा' नि ! बोर फस हुनी भन्या तेस्सै मच्चेर हुन्छ र भन्या? हामी त लगनसिल भएर चौतारी नच्याइ कन मुन ला'र टुप्पी कसेर पढ्या थिम र बोर फस नि भयम नारनको किर्पाले !
हन ठुल्दाइ त ठुल्दाइ मिस दिदी नि पो डाहाडे गर्नी भन्या म सोझो साझो को ! हेत्तेरिका हर्के अब चाँही टायर नबालि भयेन क्या !
लहरे पातकी उफ्र्या हेरन त्या ! यस्लाई त म ......................

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters