[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सपना, उकालो र आस्था।

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 21183 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-13-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

फिल्ड अनुगमनको कार्यक्रमले चाइनाको ग्वाङ्सी (दक्षिण भाग) प्रान्तमा दुइ हप्ता देखि ब्यस्त थें। कामभन्दा बढी यात्रा थ्यो। हरेक दिन म, दोभासे "ली" र ड्राइबर "झाङ" कार्यक्रम भएको शहरमा पुग्थ्यौं, त्यहाँ दिनभरीको मीटिङ पछि फेरो अर्को "साइट" जाँदा त्यस्तै घटीमा ४- ८ घन्टाको "ड्राइब" हुन्थ्यो। सडकहरु पक्कि नैं थे, तैपनि त्यत्रोबेर गाडीमा बस्दा असाध्यै थाकिन्थ्यो। ग्वाङ्सी प्रान्तभित्रै ६ वटा फिल्ड साइट थियो, त्यससैले हामी नानिङ सहरबाट अन्तिम साइट ४५० कि। मि। को दुरीमा "उजो" भन्ने सानो उपत्यकामा पुग्यौं। बाटोमा मैले "ली" लाइ सपना सारै नराम्रो देखेको कुरा बताएकी थें। हरियो बाँस भनेको नेपाली सपनामा राम्रो कुरा होइन, नेपालमा बुबाआमालाइ फोन नगरेको पनि धेरै भएको थ्यो। सन्चो बिसन्चोको कुराले चिन्ता लागेको थ्यो। खराब सपना देखेको बिहानै मन छटपटिरहेकोथ्यो। कतै बुबालाइ फेरि सन्चो भएन की? वा आमालाइ प्रेसर बढ्यो की? मनमा अनेक चिन्ताहरु आँउदै, तर्साँउदै जान्थे। बिहानै नेपालमा फोनको लाइन पनि लागेन। मन झन् भुट्भुटियो। अन्तिम अनुगमन थ्यो, बिचैमा छोड्ने कुरा पनि थिएन। चाइनीज बिस्वासमा "हरियो बाँस" एक्दम राम्रो हो सपनामा देखिएको भये। ली ले मेरो मनलाइ शान्त गर्ने कुरा सुनायो।


"तिमी अहिले चाइनामा छौ, त्यसैले अहिले तिम्रो सपना चाइनीज अर्थको हुनेछ। हरियो बाँस भनेको सम्पति हो हाम्रो बुझाइमा। तिम्रो सपना अनुसार तिम्रो जिबनमा अझै धेरै सम्पति आउनेछ।" ली ले जे भने पनि मन खुसी थिएन।
बाटोमा हरियाली देखेर काठमान्डौको याद आयो। हरियो पहाड, चिसो बतास र मेरो जन्मथलोको माया। अङरेजी मार्च महिनाको अन्तिम अन्तिम थियो। बसन्तको भर्खर आगमन शुरु भएको थ्यो उजो शहरमा पनि। शुक्रबार सबै काम सकेपछि भोलिपल्ट बिहान मन्दिर जाने योजना बनायो ली ले।
"के तिमीहरु पनि भगवानमा बिस्वास गर्छौ?" सोध्नै मन लागे पनि मैले रोके यो प्रश्नलाइ। मन्दिर जानु राम्रै कुरा थ्यो, अरु भन्दा पनि चाइनिज मन्दिर हेर्ने इक्ष्या थियो मलाइ।


"मन्दिर गएर धुप बालेपछि तिम्रो "सपना" झन् राम्रो हुन्छ।" झाङले धेरै बेर पछि मौनता तोड्यो।


"तर मन्दिर जाँदा उकालो  चढ्नु पर्छ। हिम्मत छ?" ली ले सोध्यो।


"कति बेर लाग्छ?" अलि हिच्किचाँए म। उकालो  चढ्ने रहर थिएन मलाइ।


"धेरै होइन १ देखि २ घन्टा आउन जानलाइ। यहाँको त्यो उकालो प्रसिद्द छ पर्यटकहरुको लागि।"
मलाइ मन्दिर हेर्नु थ्यो, भगवान हरु हेर्नु थ्यो, मैले सहमति जनाए उनिहरुको प्रस्ताबमा।

बिहानै हामी उकालो चड्न शुरु गर्यौं। बानी नभएकोले पसिना र "स्याँ स्याँ" हुनु स्वाभाबिकै थ्यो।
"जिबन उकालोको प्रतिबिम्ब हो। कहिले कहिँ जति माथि पुगियो त्यति थकाइ लाग्छ। तर माथी पुगेर आफु तलको धरातल हेर्नुको आनन्द नैं अर्कै हुन्छ।" झाङ मलाइ उकालो र जिबनको सम्बन्ध बताँउदैथ्यो। म चुपचाप सुन्दैथें, ली पनि।


"जब म कुनै समस्याको को समाधान पाँउदिन थें, म हाम्रो गाँउको यस्तै उकालो चड्न मन पराँउथे। त्यस्ले मलाइ केहि शक्ति दिएको जस्तो लाग्थ्यो र फर्किदा म केहि संयम हुन्थे। समस्या सङ जुध्न केहि साहस बढ्थ्यो।"


"जीवन उकालो जस्तै कठिन छ। जति ठुलो सपना बोक्यो उति धेरै चुनौतीहरु,कहिले नसकिने दुखका पहाडहरु।" ली ले अलि गम्भीर हुँदै भन्यो।


"मलाइ त यो पनि थाहा छैन म यो उकालो किन चढ्दैछु ? खोइ कहाँ छ तिम्रो मन्दिर?" मैले ली लाइ जिस्काउन थाले।


"धैर्य गर भगवान भेट्न त्यति सजिलो हुँदैन। उकालो र ओरालो जिबनका नियमहरु हुन्।"
ली ले हाँस्दै भन्यो।

१ घन्टा पछि हामी त्यो टुप्पोमा पुग्यौं ली र झाङ सङ मैले अङरेजी बोलेको सुनेपछि एक हुल निम्न माध्यमिकका बिध्यार्थीहरुले मलाइ भने "उजो सहरमा तिमिलाइ स्वागत छ। फेरि फेरि आउदैं गर है।" उनिहरुले म सङै फोटो पनि खिचे र तल झरे।


त्यहाँबाट देखिने द्रिस्यले मलाइ चोभारको हरियो डाँडा याद आयो। त्यहाँ बहने शीतल हावा अनि किर्तिपुर जाने त्यो थोत्रो हल्लिने पुल भएको बाटो। ती सबैसङ सम्झनाहरु गाँसिएकाथे। नजिकैको चमेली फुलबाट मिठो बस्ना आइरहेकोथ्यो। "यो फुल त हामीकहाँ पनि छ।" मैले झाङलाइ भने।
"यसको नाम ९ किलोमिटर फुल हो। यसको सुगन्ध ९ किलो मिटरसम्म फैलिन्छ रे नि।"
नाम जे भए पनि सुगन्ध उस्तै थ्यो, सुन्दरता त्यस्तै। २० मिनेट बसेर बसन्तको सौन्दर्य अनुभुत गरेपछि हामीहरु मन्दिरतिर लाग्यौं, मन्दिर चारपाटे खालको देखिन्थ्यो परबाट र भर्खरै रङाएको जस्तो। मन्दिर देख्नासाथै मेरो थकाइहरु एक्छिनलाइ हरायो।


मन्दिर भित्र पस्नु अघि ली ले मलाइ  स्टीलको बाटामा रहेको फोहोर थिग्रेको पानी देखायो र भन्यो, "मन्दिर पस्नु अघि त्यहाँ हात धुनु पर्छ।" र उसले हात धोयो र त्यही राखेको रुमाले हात पुछ्यो।


"त्यस्तो फोहोर पानीमा म त धुन्न हात।" मैले भने।


"भगवानको मन्दिरमा सबै सफा छ। मन सफा पार तिमी पहिला। सबैले यही हात धुन्छन्।" मैले ली ले भने जस्तै गरें।


"तिमी सङ चानचुन "यानहरु" छन् ?" झाङले सोध्यो।


"किन?" मैले पनि सोधें।


"भित्र धेरै भगवानहरु हुनुहुन्छ। उहाँहरुलाइ चढाउन। छैन भने यी लिउ।"
म सङ चानचुन नभएको लिनु पर्ने बाध्यता आयो। "तर म तिम्रो पैसाले धर्म गर्न सक्दिन। म सङ पछि फिर्ता लिने भए मात्र लिन्छु। येदि मैले तिम्रो पैसा चढाँए भने मेरो  सबै धर्म तिमिलाइ लाग्छ नि।" मैले झाङलाइ भने।


"हुन्छ नि त। मलाइ भरै डलर दिनु नि त।" झाङ पनि जिस्क्यो।

"ल हेर ! यो चाहि यस मन्दिरको सबै भन्दा ठुलो भगवान, उहाँलाइ ढोग। त्यो जनावरमा चढ्नु भएको भगवानले चाँही तिम्रो सुरक्षा गर्नु हुन्छ, गुलाबी फुल हातमा लिनु भएको भगवानले चाँही तिम्रो गल्तीहरु माफ गर्नु हुन्छ, उताको भगवानले चाहि सन्तान प्राप्तिको लागि कल्याण गर्नु हुन्छ, त्यो भन्दा परको भगवान चाहि अलि कडा रिस भएको हुनुहुन्छ, राम्ररी ढोग र भेटी पनि चढाउ...." मैले सबै भगवानहरुलाइ त्यसरी नैं ढोगे जसरी ली ले सिकाएको थ्यो। बाहिर निस्केर धुप पनि बाँले। एक्छिन त्यही शीतलमा बसेर मन्दिरको कथा सुने। मेरो मन हलुका भैरहेको थ्यो। भगवान, मन्दिर र देश फरक भए पनि हाम्रो आस्था उस्तै थ्यो। म मा फेरि एउटा आनन्दको अनुभुति हुँदै थ्यो र हामी मन्दिरबाट ओरालो झर्दैं थ्यौं। थकाइले हो कि आनन्दले हो सबै मौन थे बाटोमा। म  चाँहि सोच्दैथें, सपना, उकालो अनि आस्था।

समाप्त!

Last edited: 13-Jun-08 01:46 PM

 
Posted on 06-14-08 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

९ किलो मिटर फुल : कस्तो फुल रेछ ... ... ...
भनेसि कोसे ढुगांमा यो फुल रोप्नु राम्रो होला।

Nice story, अरु नि सुन्न पाम्।

 
दशैँ तिहार
Posted on 06-15-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CL, ma ta China gako vanya tei khasa bajar ho; tato pani jada gako, ek ghanta ho ki kati ho bus yatra garera gako. haina china ma testa deuta-deuti haru pani raichhan hai, thaa thiyena.

birkhu lay pani byapak contribute garya raicha yo thread ma. Daami !!

keep rockin'.

Last edited: 15-Jun-08 12:57 PM

 
Posted on 06-16-08 3:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

First of all ,If its fiction , u have desribed whole life in a  para....simply ,क्यान्भाषमा जीवन पोतेर गयौ,

"जिबन उकालोको प्रतिबिम्ब हो। कहिले कहिँ जति माथि पुगियो त्यति थकाइ लाग्छ। तर माथी पुगेर आफु तलको धरातल हेर्नुको आनन्द नैं अर्कै हुन्छ।" झाङ मलाइ उकालो र जिबनको सम्बन्ध बताँउदैथ्यो। म चुपचाप सुन्दैथें, ली पनि।


"जब म कुनै समस्याको को समाधान पाँउदिन थें, म हाम्रो गाँउको यस्तै उकालो चड्न मन पराँउथे। त्यस्ले मलाइ केहि शक्ति दिएको जस्तो लाग्थ्यो र फर्किदा म केहि संयम हुन्थे। समस्या सङ जुध्न केहि साहस बढ्थ्यो।"


"जीवन उकालो जस्तै कठिन छ। जति ठुलो सपना बोक्यो उति धेरै चुनौतीहरु,कहिले नसकिने दुखका पहाडहरु।" ली ले अलि गम्भीर हुँदै भन्यो।

And if its reality,त्यो चाईनिज सँग सङ्गत गरे धेरै सिक्न पाइने रहेछ जीवन दर्शन ।



 
Posted on 06-16-08 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Crazy love,
It was a nice read; yet another superb narration from you.Thank you for sharing a skillful piece decorated by few profound lines.

 
Posted on 06-16-08 7:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, प्रेरणाले मेरो नेपाली बुझिनछ। आफ्नै साथीले नबुझे पछि अरुलाइ के भन्नु?

रिट्ठे,

पढेर मन पराइदिनु भएकोमा धन्यबाद!

शिरीष ज्यु,

हेर्नु न म सङ त्यो बेला साँच्चै चानचुन नैं थिएन। अहिले त एक सिसी छ म सङ।

हजुरको कमेन्ट पढेर यहाँ म हाँसेर मुर्छा पर्न लागे। धन्यबाद!

नेपे दाइ,

हजुरको समस्यालाइ काल्पनिक रुपमा अबलोकन गर्ने skill पनि मलाइ मन पर्‍यो। हजुरको साथीको तरीका पनि राम्रो छ समस्यालाइ हेर्ने। मैले पनि सिक्नु छ त्यो तरीकाहरु।

दादा गिरी ज्यु,
त्यो चमेली  फुललाइ उनिहरु "९ किलोमिटर फुल" भन्दा रहेछन्। अर्को चोटि जाँदा तपाइलाइ त्यो फुल ल्याइदिउला है?

दशै तिहार,
म तपाइको "साइकल" पनि पढिरहेको छु है।

फुच्चे,
यो कथा होइन नि, बास्तबिक यात्रा हो मेरो जिबनको।
हो त त्यो मेरो चाइनिज साथीको संगतले छिट्टै भिक्षु भइन्छ। तिमी पनि उसको संगत गर्ने?

Yakku
नमस्ते,
के छ हालखबर? धेरै पछि देखे तपाइलाइ।
लेख मन पराइदिनु भएकोमा धन्यबाद!

 

 


 
Posted on 06-16-08 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy, dami chha yar.  ma pani bhanchu crazy chanchune manche haina. sisiko chanchun bhanda pani weighty chan timro words

good work buddy


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters