[Show all top banners]

Gautam B.
Replies to this thread:

More by Gautam B.
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

[Please view other pages to see the rest of the postings. Total posts: 28]
PAGE: <<  1 2  
[VIEWED 31550 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-15-08 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमरेडले गाईलाई गधा, बाघलाई जरायो,
हात्तीलाई गोही र गैंडालाई खरायो भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

अरुले दौरा-सुरुवाल-कोट-टोपी लगाऊँथे
कमरेडले सूट-टोपी लगाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिला नाताबादमात्रै थियो देशमा
कमरेडले ‘क्रान्तिकारी नाताबाद’को आविष्कार गर्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

अरुले साली लान्थे र ‘टाइप’ गराउँथे
कमरेडले छोरो लानुभयो र ‘टाइप’ गराउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिला अरु हुन्थे मालपोत-यातायात-अदालतमा
अहिले कमरेडले आफ्नापनि हुल्दिनुभयो
र कमरेडले क्रमभंग गर्नुभयो!

जनयुध्द हुँदा ‘सफाया’ गर्नुहुन्थ्यो कमरेडले
आज जनयुध्द नभएपनि ‘सफाया’ गर्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

कमरेडले हिजो पत्रिका जलाउनुहुन्थ्यो
कमरेडले आजपनि पत्रिका जलाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिला बाढी आऊँदा अरुले हेलिकप्टर चढ्थे
अहिले कमरेड आफैंले चढ्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

कमरेड विदेश गएर "पूच्छर झिक्छु!" भन्नुभयो
र स्वदेश आएर "पूच्छर थप्छु!" भन्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिला अरुलाई ‘हुतीहारा’, ‘भातमारा’ भन्नुहुन्थ्यो
आज “यो कुर्सी टेढो छ!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

बन्दुक कहिले पो छोड्नुभएको छ र कमरेडले!?
तर आज “फेरि बन्दूक बोक्छु!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!





आज बिहान शब्दकोष हेर्दा ‘क्रमभंग’ शब्द कतैपनि देखिएन। कतै ‘क्रमभंग’ले आत्महत्या त गरेन?!

(सूचना:यो 'क्रमभंग' महिमाको प्रतिलिपि अधिकार खुल्ला छ। जोसुकैले कमरेडहरुका 'क्रमभंग'का उदाहरणहरु थप्न, अरुलाई पठाउन वा जे सकिन्छ त्यहि गरेर 'क्रमभंग' गर्न सक्नेछ:) 

(Also posted in http://www.basantagautam.com/ )
Last edited: 15-Dec-08 12:48 AM
Last edited: 15-Dec-08 12:49 AM

 
Posted on 12-21-08 6:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

from my side also......

नयाँ नेपाल निर्माण को चर्को नारा दिएर जनता लाई मक्ख पार्नु भो
सत्ता मा पुग्ना साथ उहि फोहोरी खेल मा रमाउनु भो
श्रद्देय कामरेड ले क्रमभंग गर्नु भो

श्रमजिबी सर्वहारा बर्ग को जीबनस्तर सुधार्ने आश्वासन दिनुभो
लगत्तै महँगी र चर्को कर को उपहार दिनुभो
श्रद्देय कामरेड ले क्रमभंग गर्नु भो

राजतन्त्र र पुँजिबादी परीपार्टी को दुहाइ दिएर आमुल परिबर्तन को कुरा गर्नुभो
बालुवाटार को ठाट्बाट र बिलासी जीबन मा भूमिगतकाल का अफ्ठेरा हरु को हिसाब बराबर गर्नु भो
श्रद्देय कामरेड ले क्रमभंग गर्नु भो

 

 


 
Posted on 01-01-09 6:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमरेड, २००८मा सुत्नुभयो
र २००९मा उठ्नुभयो
र कमरेडले क्रमभंग गर्नुभयो:)

सबैलाई नयाँ वर्ष २००९ को शुभकामना!!!

 
Posted on 01-04-09 8:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूच्छर काट्छु भनेर बर्बराउँदा-बर्बराऊँदै
उल्टो पूच्छरमा फुर्कोनै थप्नुभयो
र कमरेडले 'क्रमभंग' गर्नुभयो!

कमरेडले 'राजा खत्तम!' भनेर डकार्नुभयो
र 'राजावादीचाहिं उत्तम!' भनेर खकार्नुभयो
र कमरेडले 'क्रमभंग' गर्नुभयो!

 
Posted on 01-04-09 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोम्रदे ले १०० मा १२० नम्बर आँफैलाई दिनुभो
कोम्रदेले क्रमभङ गर्नु भो
 
Posted on 01-07-09 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारतीय पुजारी लखेटेर नेपाली पुजारी राख्नु भयो
बिरोध गर्ने भण्डारीलाइ गोर्खे लौरी ठोक्नु भयो
र कमरेडले 'क्रमभंग' गर्नुभयो!


मन्दिरमा पुजारी भारतीय हैन नेपाली चाहिन्छ भन्नु भयो
"तरीका मिलेन" भन्नेलाइ "दलाल" उपाधि दिनु भयो
र कमरेडले 'क्रमभंग' गर्नुभयो!


भैँयाहरुले "के हो यो?" भनेसि सात्तोपुत्लो उडाउनु भयो
हैन हैन नेपाली हैन भारतीय नै राखिन्छ भनी बताउनु भयो
र कमरेडले 'क्रमभंग' गर्नुभयो!


 
Posted on 01-13-09 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिगार्ने भत्काउने बाँदरको जस्तो पुच्छर "माओबादी" झर्को भयो !
बनाउने कसम खाएको हुनाले अब पुच्छर फाल्छु भन्नुभयो !!


गीता छोइ शपथ नखाएपनि पशुपतिमा कमरेड पुजारी चाहियो !
धर्मात्मा बनेको हुदै हैन तैपनि टुप्पि "एकिकृत" जोड्नुभयो !!
र कमरेडले 'क्रमभंग' गर्नुभयो !!!


 
Posted on 01-13-09 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले सम्म बौ र दाजु लाई मात्र मारेको ईतिहास मा
अबला आसहय छोरी लाई पनि जोड्नु भयो |
हत्या हिन्स र तोद्फोड को श्रिन्खला मा एउटा महिला
लाई पनि नछोड्नु भयो | टलिबान र अल्काइदआ लाई
पनि लाज लाग्ने घटना घटाऊनु भयो |
येसरी महान कोम्रेद ले क्रम्भङ गर्नुभयो ||
 
Posted on 01-14-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक हफ्ता अगाडि कुनै सभा सम्मरोह र उड्घाटन्  मा जान्न भन्ने काम्रेड ले आज भर्खर ४ वटा  सम्मरोह भ्याउनु भो कम्रेड ले  क्रमभङ गर्नु भो




 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
legal Query for married nepali girl now have taken US citizenship
Tps decision coming or not nov 18
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters